सोमबार २२ जेठ २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


भक्तपुरमा एउटै महिलाले जन्माइन ३ शिशु, बच्चा देखेर आमा नै झुकिन्छिन (भिडियो सहित)

प्रकाशित मिति । ६ माघ २०७९

काठमाडौ

भक्तपुर जिल्लामा एक जना महिलाले हालसालै ३ जना तिम्लिया नानी जन्माएयकी छिन । घरकि माइली छोरी उनले केहि बर्स अगाडि बिबाह गरेकी थिइन ।

आमा बुबा को भनाइ अनुसार तीन जना छोरी हरु भयपछि एकदमै खुसी रहेको बताएका छ्न। र उनीहरुले ले छोरी हरुको नाम क्रमस लिजा दिपसिखा र जान्भी रखेका रहेछ्न।

तीन जानै छोरी हरु हुबहु उस्तै देखिन्छ्न जसका कारणले बुबा आमा लाई समेत समय समयमा छुट्याउन गारो पर्ने बतायका छ्न तर एक फरकले सजिलै छ्ट्याउने पनि बताए जसमा कान ढाड र घाँटी मा कोठी रहेको जानकारी दिए। आमाको अनुसार भबिस्य मा डक्टर, इन्जिनियर र पाइलट बनाउने सपना रहेको भनेकी छिन र तीन छोरी को आगमन ले घर मा सुखसान्ती छाएको भनेकाछ्न जसमा तीनै छोरी सन्तोकी रहेको भनेका छ्न ।

तिनै छोरी हरु एकदमै स्वस्थ र तौल मा पनि ६/७ केजि रहेछ्न जस्लाइ एक स्वस्थ रहेको मानिन्छ । तिम्लिया सन्तान हुनु एक त असामान्य नै मानिन्छ तेसमाथी तीन जानै स्वस्थ छोरी हरु पायर दाम्पति एक दम खुसी रहेको जानकारी दिएका छ्न । जन्मिने बित्तिकै केही गारो परेनी अहिले भने समाल्न लाई गारो नभएको पनि बताएका छ्न । भिडियो तल अन्त्यमा राखिएको छ हेर्नुहोला ।

यो पनि: कसरी रहन्छ जुम्ल्याहा गर्भ ?

घरमा बच्चा जन्मनु खुसीको कुरा हो । बच्चाकै कारण घरमा खुसी छाउने गर्छ । त्यो खुसी दोब्बर तब हुन्छ, जतिबेला जब घरमा एउटा हैन, दुई-दुई वटा बच्चाको आगमन एकै पटक हुन्छ । त्यो पनि ‘जुम्ल्याहा’का रूपमा । तर जुम्ल्याहा बच्चा कसरी जन्मन्छ ? यसबारे धेरैमा चासो पाइन्छ । जुम्ल्याहा बच्चा कसरी जन्मन्छन् ? कसरी बस्छ, जुम्ल्याहा गर्भ ?

थापाथलीस्थित परोपकार म्याटरनिटी तथा महिला अस्पताल – प्रसूति गृह)का निर्देशक तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतमका अनुसार नेपालमा असी जनामा एक जनाको जुम्ल्याहा बच्चा जन्मने गर्छन् । यस्ता बच्चा पाठेघरमा एक भन्दा बढी गर्भ रहेमा बस्ने गर्छ । सामान्यतया गर्भधारणका क्रममा गर्भाशय वा पाठेघरमा एउटा गर्भ बस्छ । कहिलेकाहीँ पाठेघरमा एकभन्दा बढी गर्भ रहनसक्छ, जसलाई चिकित्सकीय भाषामा जुम्ल्याहा गर्भ भनिन्छ ।

जुम्ल्याहा गर्भमा गर्भदानी एउटै भए पनि गर्भ भने दुइटा रहनसक्छ । यस्तो गर्भ दुई किसिमको हुन्छ, मोनोजाइगोटिक र डाइजाइगोटिक । डा. जागेश्वर गौतमका अनुसार मोनोजाइगोटिक बच्चा तब पैदा हुन्छन्, जब कुनै अण्डा स्पर्मको सम्पर्कमा आएर फर्टीलाइज भएपछि उक्त अण्डा दुई एम्बि्रओको रूपमा विकसित हुने गर्छ ।

यस्ता बच्चाहरूको आणुवंशिक संरचना एकै किसिमको हुन्छ । त्यस्तै, मोनोजाइगोटिक बच्चा एउटै देखिने तथा आइडेन्टिकल -एउटै अनुहार भएका छोरा-छोरा वा छोरी-छोरी हुने गर्दछ । जब कि डाइजाइगोटिक जुम्ल्याहा हेर्दा अलग देखिने गर्दछन् । त्यस्तै, उनीहरूमध्ये एउटा छोरा, अर्को छोरी तथा एउटा बच्चा गोरो तथा अर्को कालो पनि हुनसक्छ ।

डाइजाइगोटिक बच्चा तब जन्मन्छन्, जतिबेला दुई अलग स्पर्मले दुई अलग अण्डालाई फर्टीलाइज गर्छ । दुई अलग देखिने बच्चाहरू जन्मने गर्छन् । यस्ता बच्चाको आनुवंशिक संरचना पनि भिन्नाभिन्नै हुने गर्छ ।

जुम्याहा गर्भमा ध्यान दिनु पर्ने कुरा

महिनावारी रोकिनासाथ महिलाले सबैभन्दा पहिले गर्भ रहेको जान्न जरुरी छ । गर्भ रहेको थाहा भएमा ६ देखि आठ हप्ताभित्रमै अनिवार्य अल्ट्रासाउण्ड गर्न जरुरी छ । यसले चारवटा फाइदा गर्छ । पहिलो गर्भ रहेको थाहा हुन्छ । त्यस्तै गर्भको साइज पत्ता लगाउन सकिन्छ । गर्भमा रहेको शिशु पाठेघरभित्र छ कि छैन भन्ने पत्ता लगाउन सकिन्छ भने चौथोमा गर्भ एउटा छ कि दुईटा छ भन्ने पनि पत्ता लगाउन सकिन्छ ।

एक पटकमा एकभन्दा धेरै गर्भ रहेको थाहा हुनासाथ उक्त गर्भ बढेको छ कि छैन, रक्तसञ्चार राम्ररी भएको छ कि छैन भनेर पनि पत्ता लगाउनु पर्छ । किनकि कैयांैपटक दुईटा गर्भ रहे पनि एउटा गर्भ अगाडि बढ्दैन । आफंै तुहिएर जान्छ । त्यस्ता गर्भपात रगतबाट पनि बाहिर निस्कन्छ भने कहिलेकाहीँ पेटभित्र आफै हराएर पनि जान्छ ।

जुन महिलामा दुईटा गर्भ बस्छ, उनीहरूलाई पहिलो तीन महिना धेरै वाकवाकी लाग्ने, वान्ता हुने तथा चक्कर लाग्ने गर्दछ । त्यसैैगरी हर्मोन सम्बन्धी परिवर्तन पनि धेरै देखिने गर्दछ तर यसबाट बच्चाको वृद्धिविकासमा भने खासै असर पर्दैन । त्यसबाहेकको तीनदेखि छ महिनामा बच्चालाई कुनै समस्या नहोस् भन्नका लागि गर्भवती महिलाको भिडियो एक्सरे गर्नुका साथै रगत जाँच गर्नु पर्दछ ।

जुम्ल्याहा गर्भ रहेमा गर्भवती महिलामा पर्ने असर ?

जुम्ल्याहा गर्भ रहेमा गर्भमा रहेको शिशुको ध्यान राख्न जति आवश्यक छ, गर्भवती महिलालाई पनि उत्तिकै ध्यान दिन जरुरी छ । किनकी जुम्ल्याहा गर्भ रहेमा गर्भवती महिलालाई मधुमेह, उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ । त्यसबाहेक, जुम्ल्याहा गर्भमा समय अगावै डेलिभरी हुने सम्भावना पनि बढी हुने गर्छ ।

उदाहरणका लागि सामान्य गर्भ रहँदा एउट गर्भवती महिलाले ३९ हप्तामा शिशुलाई जन्म दिन्छिन् भने गर्भमा जुम्ल्याहा शिशु भए गर्भवती महिलाले ३६ हप्तामै बच्चा जन्माउने गर्छिन् । त्यस्तै गर्भमा तिम्ल्याहा शिशु भएमा गर्भवती महिलाले शिशु जन्माउने सम्भावना अझै छिटो हुने गर्छ । जसका कारण गर्भमा रहेको शिशुको शारीरिक विकास राम्ररी नहुने, रोग प्रतिरोधात्मक क्षमता कम हुने लगायतका स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्तिने गर्छ ।

हिजोआज जुम्ल्याहा धेरै जन्मनुका कारण – डा. जागेश्वर गौतमलाई आधार मान्ने हो भने आजकल धेरै दम्पत्तीमा बाझोपनाको समस्या देखिएको छ । बाँझोपनाकै कारण महिलाहरूलाई गर्भ रहने औषधी (ओभ्युलेशन इन्ड्युसिङ्ग मेडिसिन)को सेवन सुझाव दिने गरिन्छ । जसको सेवनले गर्भमा एकभन्दा बढी अण्डा रहने सम्भावना अधिक हुने गर्दछ ।

विशेषगरी, मोनोजाइगोटिकमा दुईटा गर्भ रहनुबारे यकिन कारण थाहा नभए पनि डाइजाइगोटिकमा भने आनुवंशिक कारण, गर्भ बस्ने वा गर्भनिरोधक चक्कीको सेवन, आईभीएफ प्रविधि लगायतका कारण पनि जुम्ल्याहा बच्चा जन्मन सक्ने डा. जागेश्वर गौतम बताउँछन् ।

हुम्लामा हिमपातले किसान हर्षित

हुम्ला — हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात भएपछि किसान खुसी भएका छन् । हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको हो । बिहीबार बिहानदेखि मौसममा बदली भई हुम्लामा भारी हिमपात भएको छ ।

गत वर्षहरुमा पुस लाग्दा बित्तिकै धेरै पटक हिमपात हुने हुम्लामा यो पटक भने माघ पहिलो सातामा हिमपात भएको हो । हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

हिमपात भएपछि सिमकोट आसपासका गाउँबस्ती सेताम्य देखिएका छन् । हिउँ पर्ने क्रम जारी छ । हिमपातसँगै अत्यधिक चिसो बढेकाले जनजीवन भने प्रभावित भएको छ । हिमपातले गर्दा हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध भएको छ ।

गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परे पनि सिमकोटमा भने पहिलो पटक हिउँ परेको हो । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि हिउँ खेलेर रमाइलो गर्न थालेका छन् । रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीका जनजीवन झन् कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी परियारले बताइन् । उत्तरी हुम्लाका बस्तीहरुमा बाक्लो हिउँ जमेका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् ।

मौसम बदलीका कारण जिल्लाको तापक्रम १४ डिग्री सेल्सियसमा झरेको छ । स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको चिकित्सक बताउँछन् ।


Last Updated on: January 20th, 2023 at 8:45 pm


४८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया