सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


मलेसियामा बन्धक बनाइएका थप १२ जना नेपाल फर्किए

प्रकाशित मिति । ६ माघ २०७९ ।

गोरखा — मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार भएको छ । नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि शुक्रबार गोरखाका ३ सहित १२ जना नेपाल फर्किएका हुन् । बन्धक बनाइएका १९ मध्ये ७ जनाको अघिल्लो बुधबार उद्धार भएको थियो ।

शुक्रबार गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का नेपाल फर्किएका हुन् । उनीहरू आफैले विमान भाडा बेहोरेर फर्किएका हुन् ।

रोजगारीका सिलसिलामा मलेसिया पुगेकाहरू पुस १७ गतेबाट केलाङ भन्ने सहरको एक भवनको तेस्रो तलामा बन्धक बनाइएका थिए । काठमाडौंस्थित सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावर कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरू कामका लागि पुगेका थिए ।

कम्पनीका सञ्चालकले एक कामदारलाई कुटपिट गरेपछि अन्य कामदारले विरोध जनाएसँगै उनीहरू कामबाट निकालिएका हुन् । अब म्यानपावर कम्पनीसँग क्षतिपूर्तिका लागि माग गर्ने गोरखाका ठाकुर रेग्मीले बताए । ‘सहमतिमा क्षतिपूर्ति दिए राजीखुसी जान्छौँ,’ उनले भने,‘आफ्नो अधिकार छाड्दैनौँ, क्षतिपूर्ति नदिए कानुनी बाटोमा जान्छौँ ।’

नेपाल फर्किएकाहरू काठमाडौंस्थित एक होटलमा बसेका छन् । नेपाल सरकारको पहलमा नै आफूहरू फर्कन पाएको भोजपुर घर भएका बाबुराम बास्तोलाले बताए । ‘पहिले सात जना आयौं,अहिले थप १२ जना साथी पनि आइपुग्नुभयो,’ उनले भने,‘चरम यातनाले काम गर्न नसकेर नै फर्किएका हौँ ।’

भदौ २३ गते मलेसिया पुगेर काममा लागेको एक सातादेखि नै यातना भोग्नुपरेको उनले गुनासो गरे । ‘हामी परिवार पाल्नु छ, दुःख गर्नुपर्छ भनेर उतै रोकिएर काम गर्ने कोसिस पनि गरेका हौँ,’ उनले भने,‘हात नहाल्ने भनेर थमथमाउने कोसिस पनि गरेका हौँ, थोरै मिस्टेक भयो, केही चित्त बुझेन भने यातना पाइहाल्थ्यौँ, कतिखेर पिटाइ खाइन्छ टुंगो नहुने हर्कतले फर्कनुपरेको हो ।’ अब सामूहिक रूपमा क्षतिपूर्तिका लागि म्यानपावर कम्पनीसँग कुराकानी गर्ने उनले बताए ।

जाडोको कहर

स्वास्थ्यकर्मीका रूपमा ३९ वर्षअघि पुसको चिसोमा म मध्यपश्चिम पहाडी जिल्ला पुगेको थिएँ । हरेक जाडो मौसममा मलाई त्यही गाउँको सम्झना हुने गर्छ । छेत्रीहरूको बाहुल्य रहेको सो गाउँका प्रायः पुरुष मजदुरीका लागि अन्यत्र गएका थिए ।

दुई साथी र मैले बल्लबल्ल बास पाएको घरको अवस्था निकै दयनीय थियो । ससाना चार बालबालिका हामी पुग्दा अगेनामै टाँसिइरहेका थिए । तिनका हातहातमा कोदाका रोटी थिए ।

उनीहरू परालकै ओछ्यान, परालकै ओढ्नेका भरमा रात कटाउने रहेछन् । रातभरि अगेनामा धूवाँ पुतपुताइरहेको हुन्थ्यो । धूवाँले तातो हुन्छ भनेर सम्झाउँदै आमाले छोराछोरी सुताउन खोज्थिन् तर रातिको चिसोले बालबालिका सुत्न सक्दैनथे । रोइरहेको आवाज आइरहन्थ्यो । मध्यबेंसी तथा बेंसीमा घर–खेत हुनेहरू पहाडको टाकुराबाट जाडो छल्न झर्ने गर्थे तर यो परिवारको कतै केही थिएन ।

आज चार दशकपछि पनि यस्तो स्थितिमा परिवर्तन आएको छैन । वैदेशिक रोजगारीमा गएकाहरूले आफ्नो आर्थिक अवस्थालाई थोरै उकासे पनि धेरै परिवारको हालत यस्तै छ । जाडोबाट जोगिन पनि तिनलाई गाह्रो हुने गर्छ । आर्थिक अवस्था कमजोर भएका देशैभरिका लाखौं परिवारको जीवनमा हिउँद सुरु हुनेबित्तिकै कष्ट थपिने गर्छ ।

पहिले बस्ती नजिकका वनजंगलबाट दाउरा सहजै ल्याउन सकिन्थ्यो । अहिले धेरै ठाउँमा सामुदायिक वनले गर्दा चाहिएका बेला दाउरा पाइन्न । जाडोका लागि त महिनौंअघिदेखि दाउराको जोहो गर्नुपर्छ । जोहो गर्न नसक्ने परिवारको हालत निकै नाजुक हुन्छ ।

पहाड मात्र होइन, तराई–मधेशका आर्थिक रूपमा कमजोर परिवारलाई पनि जाडोबाट जोगिन मुस्किल पर्छ । घर निकै कमजोर हुन्छ । बर्सेनि शीतलहरमा धेरै व्यक्तिले ज्यान गुमाउने गर्छन् । विशेष गरी बालबालिका र वृद्धवृद्धालाई शीतलहरबाट जोगाउन हम्मे हुन्छ । प्रत्येक दिन मजदुरी गरेर परिवारको आवश्यकता पूरा गर्नुपर्नेहरूलाई स्याँठको परबाह नगरी काममा निस्कनुपर्ने हुन्छ, जति बेला उनीहरूका आङमा न्यानो लुगा पनि हुँदैन ।

शरीरको तापक्रम ४१.५ डिग्री सेल्सियसमाथि वा ३५ डिग्री सेल्सियसभन्दा कम हुनु घातक हुन सक्छ । एक्कासि २९ डिग्रीभन्दा कम हुन गए ‘हाइपोथालामस’ ग्रन्थिको तापक्रम नियमन प्रणाली नै असफल हुने सम्भावना हुन्छ । तापक्रम अत्यन्तै न्यून हुँदा रक्तकोषसहित मुटु, मस्तिष्क, मृगौला आदिमा रक्तप्रवाह अवरुद्ध हुन गई व्यक्तिको मृत्यु हुन सक्छ ।

चेतनाको अभावमा मानिसहरू जाडो भगाउन भन्दै रक्सी खाने गर्छन् । रक्सी निलेपछि सीधै आमाशयमै सोसिन जाँदा मानिसमा न्यानोको गलत भ्रम पैदा हुन्छ । रक्सीले रक्तनलीहरू फैलाउनाले रक्त प्रवाह बढ्न जाँदा न्यानोजस्तो लागे पनि चिसोमा उल्टो तापको क्षयीकरण हुन जान्छ । यसरी जाडोमा रक्सीले ‘हाइपोथालामस’ बाट सम्पादित हुने तापक्रम नियन्त्रण एवम् नियमन गर्ने स्वचालित प्रणालीलाई नै असर गर्छ । तसर्थ चिसोमा न्यानोका लागि रक्सी खाँदा झन् असर हुन्छ ।

जाडोले फोक्सो एवम् श्वास प्रणालीमा पनि असर गर्छ । त्यसैले नाक र घाँटीदेखि फोक्सोमा समेत विभिन्न संक्रामक रोग बढ्न थाल्छन् । खोकी, दम बल्झिन सक्छ । त्यसैले बिँडी, चुरोट, तम्बाकुको उपयोग झनै हानिकारक हुन्छ । दम, मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, मृगौला आदिका दीर्घरोगीलाई जाडोले झनै पिरोल्ने गर्छ ।

धेरैजसो घरमा जानकारीको अभावमा जाडो भगाउन झ्यालढोका बन्द गरेर आगो बाल्ने गरिन्छ, जुन काम श्वासप्रश्वास प्रणालीका निम्ति अत्यन्त हानिकारक हुन्छ । वरिष्ठ चिकित्सक मृगेन्द्रराज पाण्डेको करिब ३० वर्ष पुरानो अनुसन्धानले यो तथ्यलाई पुष्टि गरिसकेको छ । धूमपानजस्तै भान्साको धूवाँ पनि अति हानिकारक हुन्छ भन्ने उनको निचोड छ । न्यानोका लागि झ्यालढोका बन्द गरेर आगो बाल्दा, बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन् ।

गाउँघरमा मात्र होइन, निकै प्रदूषित वातावरण भएको काठमाडौं उपत्यकामा समेत श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । बिहान हिँड्न बन्देज लगाउनुपर्ने अवस्था आएको छ । चिकित्सकहरूले जाडो महिनामा भरसक काम नपरी घरबाहिर ननिस्कन सल्लाह दिने गरेका छन् ।

पछिल्लो समय शासनसत्तामा लोकतान्त्रिक समाजवाद, कल्याणकारी राज्य व्यवस्थादेखि जनजीविकाको सुनिश्चितताको नारा दिने कम्युनिस्टहरू नै हावी हुँदै आएका छन् । उनीहरूले अपनाएको वितरण प्रणाली, नीति तथा कार्यक्रममा अत्यन्तै विपन्न परिवार तथा बालबालिका समेटिँदैनन् ।

न्यानो कपडा र आवासको अभावमा कठ्याङ्ग्रिन बाध्य व्यक्तिहरूको जीवनमा सुधार कसरी ल्याउन सकिन्छ ? के नेताहरूलाई भूमिगत अवस्थामा रहँदा दूरदराजका गाउँहरूमा जाडो याममा त्यहाँका विपन्न परिवारले कति कष्ट पाउँथे भन्ने सम्झना छैन ?

अहिले विभिन्न तहका सरकार क्रियाशील छन्, उनीहरूले यो मुद्दामा काम गर्नुपर्छ । राजनीतिक दल तथा नेताहरूले यो विषयलाई प्राथमिकतामा राख्नुपर्छ । न्यून आय भएका परिवारको आर्थिक हैसियत कसरी उकास्ने भन्नेमा पनि उत्तिकै चासो लिनुपर्छ । अनि मात्र निम्न वर्गका परिवारलाई जाडोबाट जोगाउन सकिन्छ ।


Last Updated on: January 20th, 2023 at 7:52 pm


१८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया