सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


विमानस्थलको एलिभेटरमा अड्किएर लडेपछि उषा रजकले भनिन्- यात्रुलाई असुरक्षा भयो

प्रकाशि ननिति। ६ माघ २०७९

काठमाडौ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको एलिभेटर अड्किएर आफू र छोरी लडेपछि अभिनेत्री तथा टीभी पर्सनालिटी उषा रजकले टिकटकमा पोस्ट गरेको भिडियो अहिले भाइरल बनेको छ । यो भिडियोले अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु सुरक्षा र सहजतालाई लिएर बहस समेत छेडेको छ ।

सोमबार मध्यराति उक्त एलिभेटरमा अड्किएर आफू लगायतका केही यात्रु सानो दुर्घटनामा परेको भन्दै उषाले भिडियो पोस्ट गरेकी थिइन् । ट्रली र सुटकेसबीच थिचिएर आफूहरुलाई सानोतिनो चोटपटक लागेको समेत उषाले बताएकी छन् ।

‘अबदेखि यस्तो नहोस् भन्नलाई मैले के गर्नुपर्छ, सुझाव पाऊँ’ भन्दै भिडियो पोस्ट गरेकी छन् । आक्रोशित मुद्रामा प्रस्तुत भएकी उनले गलत इन्जिनियरिङको कारण दुर्घटनाको जोखिम बढेको र यात्रुलाई असुरक्षा भएको बताएकी छन् ।

उषाले भनेकी छन्, ‘यो एकदमै खतरनाक एलिभेटेर हो । यो डिजाइनिङ कसले गरेको हो । झण्डै ज्यान लिन लागेको थियो हाम्रो । झण्डै मेरो बच्चा किचेर मर्न लाग्यो । यो एकदम गलत हो । एकदमै करप्टेड । झण्डै खुट्टा भाँचिएको थियो हाम्रो ।’

उषाले यो भिडियो पोस्ट गरेपछि उनलाई समर्थन गर्नेहरुको ताँती लागेको छ । अभिनेत्री करिश्मा मानन्धरले उषाको भिडियो सेयर गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा भएको गम्भीर त्रुटीलाई सच्याउनुपर्ने बताएकी छन् भने सम्बन्धित निकायको ध्यानाकर्षण होस् भनेकी छन् ।

उषाको उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अन्य यात्रु र सर्वसाधारणले पनि उक्त एलिभेटरका भिडियो सार्वजनिक गरेका छन्, जहाँ कतिपय यात्रु लडेको देख्न सकिन्छ । टाइमलाइनमा व्यापक टीकाटिप्पणी भइरहेको छ ।

यसैबीच, त्रिभुवन विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कामको कुरा गर्दा अभिनेत्री रजकले कुसुमे रुमाल २, इकु, कथा, कठ्पुतली र वान डे फिल्ममा अभिनय गरेकी छन् । यसबाहेक उनी केही टेलिभिजन कार्यक्रम र रंगमञ्चमा समेत व्यस्त छिन् ।

जलवायुजन्य विपद्‌मा महिला

अहिले हिमालमा हिउँ परेको छैन । हेलम्बुमा स्याउ फल्न छाडेको छ । बाल्यकालमा पौडी खेल्ने खोलाहरूमा आज धूलो उडिरहेको छ । कतै खहरेखोलाको बाढीले रातारात बस्तीलाई बगर बनाएको छ । तराईका फाँटमा आजभोलि चना दाल विरलै उम्रेको देख्न पाइन्छ । फागुन–चैतमा कुलेखानीको डाँडालाई राताम्मे बनाउने लालीगुँरास अहिले पुस–माघमै फुल्न थालेको छ ।

मुहान सुक्दै गएको खोलामा पानी नपाउँदा गाईवस्तुहरूले तराईको टन्टलापुर घाममा गोठ फर्केपछि हातेकलको पानी खाइरहेको देख्दा मन रुन्छ । यति मात्र होइन, जलवायु परिवर्तनले दिनदिनै विकराल हुँदै गइरहेको छ । पोहोर असारमा गएको मेलम्चीको बाढीले कैयौं घर र मानिसलाई बगाएर लगेको थियो । त्यहाँ एक गर्भवती महिलाले आफ्नो श्रीमान् र घरसम्पत्ति गुमाएकी थिइन् ।

अहिले उनी सासू–ससुरामाथि आश्रित छिन् । जलवायुजन्य विपद्ले सबैलाई समान रूपमा असर गरे पनि यसको प्रभाव व्यक्ति र समुदायपिच्छे फरकफरक पर्न जान्छ । विपद्को अवस्थामा सबैभन्दा धेरै जोखिममा पर्ने समूहमा महिलाहरू पर्छन्; तीमध्ये पनि गर्भवती, सुत्केरी, एकल, वृद्धा, अपांगता भएका र अन्य सीमान्तीकृत महिलाहरू अति जोखिम वर्गमा पर्दछन् ।

नेपालमा महिला सहरमा भन्दा बढी गाउँमा छन् । सामान्यतया ती गृहिणी, कृषक, संरक्षक, गोठाला र हेरालुका भूमिकामा छन् । आफ्ना घरपरिवारको जीविकोपार्जनका लागि स्रोतसाधनको व्यवस्था गर्न ग्रामीण महिलाहरू प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् । तिनीहरूले आफ्नो अधिकांश समय प्रकृतिमै बिताइरहेका हुन्छन् ।

खेती र बगैंचाको स्याहारसुसार, इन्धन–काठ संकलन, गाईवस्तुको पालनपोषण, खाना र चारा खोज्नमा दिन बिताइरहेका हुन्छन् । यस्तो अवस्थामा कुनै किसिमको प्राकृतिक विपद् आइपर्दा महिलाहरू प्रत्यक्ष रूपमा प्रभावित हुन पुग्छन् । जस्तै- सबैतिर पिउने पानीको सहज पहुँच छैन । केही दशकयता विश्वव्यापी रूपमा असर गरिरहेको जलवायु परिवर्तनले गर्दा पानीको मुहान सुक्दै गएपछि विशेष गरी गाउँमा महिलाहरू पानी संकलनका लागि टाढासम्म हिँड्न बाध्य छन् ।

ठूला सहरहरूमा पनि यो अवस्था सामान्य हुँदै गइरहेको छ । यसरी पानीका लागि टाढासम्म पुग्नुपर्दा अथवा पानी भएको सार्वजनिक ठाउँमा नुहाउनुपर्दा महिलाहरू यौन दुर्व्यवहारमा पर्ने सम्भावना त्यत्तिकै हुन्छ ।

हाल हिउँ नपरेर हिमालहरू काला देखिन थालेका छन् । हिमाली क्षेत्रमा हिउँ परेपछि किसानका लागि सिँचाइको व्यवस्था हुन्छ । हिमालमा हिउँ नपर्दा र अन्यत्र पानी नपर्दा खडेरी निम्तिन्छ । खडेरीको समयमा एकल महिलाहरू अथवा अपांगता भएका महिलाका लागि खेतबारीमा सिँचाइ अति नै चुनौतीपूर्ण हुन्छ । अचेल गाउँघरतिर वृद्धवृद्धा, बालबालिका र महिलाहरूलाई घरमै छोडेर पुरुषहरू रोजगारीका लागि विस्थापित भइरहेका छन् ।

यस्तो अवस्थामा बाढी, पहिरो, खडेरी, आगलागी, डढेलोजस्ता जलवायुजन्य विपद् आइपर्दा आफू र आफ्नो परिवारलाई जोगाउन त्यस्ता विपद्हरूको सामना गर्न महिलाहरू नै अग्रसर हुनुपर्ने अवस्था छ । विपद्पश्चात् पनि महिलाहरू यौन हिंसा, दुर्व्यवहार, यौन शोषण र बेचबिखनमा पर्ने सम्भावना अत्यधिक हुन्छ ।

विपद् आइपर्दा पुरुषका तुलनामा महिलाहरू धेरै प्रभावित भएका विभिन्न अध्ययन तथा तथ्यांकले पनि देखाएका छन् । सामाजिक तथा आर्थिक कारणले गर्दा विपद्मा पुरुषका तुलनामा महिला र बालबालिकाको मृत्युदर १४ गुणा बढी रहेको तथ्यांक छ । महिला र बालबालिका अधिकांश समय घरमै बिताउने गर्छन् ।

कुनै विपद् आइपर्दा आफूसँगै परिवारको पनि उद्धार गर्ने प्रवृत्ति र जिम्मेवारी वहन गर्ने हुँदा महिलाहरू तुलनात्मक रूपमा बढी प्रभावित भएको पाइन्छ । सन् २००४ मा एसियामा आएको सुनामीका कुल मृतकमध्ये ७० प्रतिशतभन्दा बढी महिला थिए । एसिया–प्यासिफिक क्षेत्रमा पानीजन्य विपद्बाट मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको तथ्यांक छ । विपद् पोर्टलका अनुसार विगत १० वर्षमा नेपालमा पनि बाढीका कारण ११८ महिलाले ज्यान गुमाएका छन् । भारी वर्षाले ५१ महिलाको मृत्यु भएको तथ्यांकले छ ।

नेपालको संविधानले महिलाको हकलाई मौलिक हकमा सुनिश्चित गरेको छ जसमा महिलाले लैंगिक भेदभावबिना समान रूपमा बाँच्न पाउने उल्लेख छ । नेपाल सरकारले महिलाविरुद्ध सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि–१९९१ मा समेत पक्षराष्ट्र बनेर हस्ताक्षर गरेको छ । विपद् जोखिम न्यूनीकरणका लागि सेन्डाई फ्रेमवर्कका अनुसार महिला र अपांगता भएका व्यक्तिलाई विपद्ले असमान रूपमा प्रभावित पार्छ ।

पेरिस जलवायु सम्झौताले पनि जलवायु परिवर्तनजन्य विपद् मानवजातिको साझा चासोको विषय हो भनी स्वीकार गरेको छ; पक्षराष्ट्रहरूले जलवायु परिवर्तनलाई सम्बोधन गर्न कदम चाल्दा मानव अधिकार, स्वास्थ्य सम्बन्धी अधिकार, अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी आ–आफ्नो दायित्वलाई सम्मान, प्रवर्द्धन र विचार गर्नुपर्छ भनेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४ अन्तर्गत परिषद्को गठन तथा काम, कर्तव्य र अधिकारमा विपद्को जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तीकृत वर्ग तथा समुदाय, अशक्त तथा अपांगता भएका व्यक्तिहरूलाई राहतको न्यूनतम मापदण्ड सम्बन्धी व्यवस्थामा समावेश गर्नुपर्ने र प्राथमिकता दिनुपर्ने उल्लेख छ । सोही ऐनले महिलासहित सबै जोखिम वर्गलाई विपद् पूर्वतयारी, विपद्को समय र विपद्पश्चात् प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ ।

यी विषयलाई ख्याल गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको प्रत्येक चरण समावेशी हुनुपर्नेमा दुईमत हुन सक्दैन । विपद् पूर्वतयारीका लागि महिलाका लागि विपद्को सामना गर्न क्षमता अभिवृद्धि तालिम तथा मनोपरामर्श सेवाको आवश्यकता हुन्छ ।

विपद्पश्चात् बनाइएका आश्रयस्थलहरू पनि लैंगिकमैत्री हुनु आवश्यक छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४ ले परिषद्मा महिला सहभागिता सुनिश्चित गरेको छ । त्यसैले नीति बमोजिम विपत् न्यूनीकरण र व्यवस्थापनको हर काममा महिलाहरूको भूमिकाको कदर गर्दै समावेशी पहल गर्न आवश्यक छ ।


Last Updated on: January 20th, 2023 at 1:45 pm


२१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया