मंगलबार १६ जेठ २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


राजेन्द्र लिङदेनले संसद पद २५ करोडमा बेच्न थाल्नु भो रेः बालकृष्ण न्यौपाने

प्रकाशित मिति । ६ माघ २०७९

काठमाडौं । वरिष्ठ अधिवक्ता एवं नेपालका लागि नेपाली पार्टी अध्यक्ष बालकृष्ण न्यौपानेले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले एउटा संसद पद २५ करोडमा बिक्री गरेको सुनेको आरोप लगाएका छन् ।

उनले एभरेष्ट नेपाल युट्युव च्यानलमा समसामयिक राजनीतिक विषयमा अन्तवार्ता दिने क्रममा यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस, माओवादी, एमाले र राप्रपाबिच केही फरक छ भन्ने पश्न समेत गरे । राजेन्द्र लिङदेन पनि कमल थापा कै पथमा रहेको र हिन्दु राष्ट्र र राजाप्रतिको भोट ल्याएर व्यापार गर्ने दाबी गरेका छन् ।

निर्वाचनबाट हिन्दु राष्ट्र र राजसंस्था नआउने बरु आन्दोलनमा सहभागि हुन न्यौपानले राजेन्द्र लिङदेनलाई आग्रह समेत गरेका छन् । उनले भने– ‘प्रचण्डले संसदबाट जनबाद आउँछ भन्नु र राजेन्द्र लिङदेनले संसदबाट हिन्दु धर्म र राजा ल्याउँछु भन्नु एउटै धन्दा हो । त्यो कुरो हामी प्रस्ट पार्छौ ।

उनले भने– ‘उहाँ राजेन्द्र लिङदेन ठ्याकै पञ्च ‘फरमुला’मा हुनुहन्छ । हामी राजेगारका लागि राजनीति गर्या होइन, उहाँहरु चाहि राजेगारका लागि राजनीति, मेरो व्यवसाय छ, उहाँ राजेन्द्र लिङदेनको के व्यवसाय छ देखाउनुस् ।

कहाँबाट आयो यो तामझाम वाला ? जनताले हिसाब खोज्नु नपर्ने ? प्रश्न गर्दै उनले भने– ‘म सुन्दैछु संसद बेच्न थालिसक्नु भयो अरे ! एउटा मान्छेले संसद बेचे बापत पाँच्चिस करोड रुपौया दिएको छ अरे ! त्यहि पैसाको तामझाम हो ।

भनेपछि माओवादी, कांग्रेस, एमाले र राप्रपामा के फरक ? फरक त देखिनु पर्यो नि केही ! त्यसैले हामीले यहि पश्न उठाको हो उहाँ राजेन्द्र लिङदेनसँग केही छैन् । मलाई देशको चिन्ता हो । कमल थापाको पथमा गएर फेरि नेपाली जनतालाई नअलमल्याउनु त्यति मात्र हो ।’

राजेन्द्र लिङदेन कमल थापा पथमा

बालकृष्ण न्यौपानेकै शब्दमा– ‘बहुदल, गणतन्त्र, धर्मनिरपेक्षा आन्दोलनबाट आयो । अब राजेन्द्र लिङदेनले चाहि कमल थापाको पथमा गएर हिन्दु धर्मको र राजाप्रतिको भोट ल्याएर फेरि व्यापार गर्ने भए । कमल थापाले व्यापार गरे–गरे–गरे जन्दिगी भरि दरबारले उठाँको कमल थापा दरबारलाई ‘पिसाप’ फेरेर हिडिदिए ३ करोड पैसा पनि खाको रैछ ।

त्यहि पथमा राजेन्द्र लिङदेन, छुट्टै लाइनमा हिने, अझ पनि हामी उहाँ (राजेन्द्र लिङदेन)लाई ‘कन्भिन्स’ गर्दर्छौ आउनुस् आन्दोलनमा । आन्दोनल बेगर यो व्यवस्था ‘गणतन्त्र’ बिदा हुन् सक्दैन् ।

तपाई दुई तिहाई ल्याएर यो संबिधानबाट चाहि संशोधन गरेर राजा र धर्म ल्याउछु भन्नु– ‘यो आकाशमा कुखुरा पालेर यो कुखुराले अण्डा पारिदिन्छ अनि तपाई म रोष्ट खुवाउँछु, अम्लेट खुवाउँछु र जनतालाई बेकुप बनाउँनु जुन बेकुप प्रचण्डले बनाइसके ।

प्रचण्डले संसदबाट ‘जनवाद’ आउँछ भन्नु र राजेन्द्र लिङदेनले संसदबाट हिन्दु धर्म र राजा ल्याउँछु भन्नु एउटै धन्दा हो । त्यो कुरो हामी प्रस्ट पार्छौ ।

हामी आन्दोलनमा छौं, यो निर्वाचन हेर्न दिनुस् न यसले एउटा परिणम देखाउँछ नि त ! दलको पक्षमा छ कि छैन मान्छे भन्ने देखिन्छ नि ? अब आन्दोलनका लागि समस्या के छ भने एउटा भर वाला शक्ति चाहिन्छ ।

यसैगरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले महाधिवेशनले पारित गरेको नीतिविपरीत राप्रपा सत्तामा गएको टिप्पणी गरेका छन्।

हेटौंडामा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले आफूलाई सरकारमा गएर गल्ती गर्‍यो भन्नेहरू नै महाधिवेशनले पारित गरेको नीतिविपरीत सत्तामा गएको टिप्पणी गरेका हुन्।

उनले भने‚ ‘राप्रपालाई सत्तामा जान कुन शक्तिले बाध्य पार्‍यो? शक्तिशाली ठाउँ त महाधिवेशन हो, महाधिवेशनले पास गरेको नीतिविपरीत राप्रपा सत्तामा किन गयो ?,उनले प्रश्न गरे।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनतर्फ इंगित गर्दै थापाले अब सिद्धान्तकेन्द्रित राजनीति गर्छौं भन्नेहरू, हिन्दूराष्ट्र र राजसंस्थाको एजेन्डालाई डिप फ्रिजमा राखेर सत्तारोहण गरेकोसमेत आरोप लगाए।

‘विपरीत स्वार्थमा हिँडेका शक्तिहरूको गठबन्धन‚ स्वार्थको गठबन्धन भन्दै थापाले राजा फाल्ने ,राजा चाहियो भन्ने, भ्रष्टाचार गरेर खानु आमाको रगत खानु भन्ने र ठूलो ठूलो भ्रष्टाचारमा गाँसिएकोहरूको गठबन्धन उदेकलाग्दो भएको बताए।

उनले आफू पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा रहेको दावी गरे। उनले म्याराथनमा कुदेको खेलाडीको नतिजा अन्तिममा आउने भन्दै आत्मसमर्पण र विलयको कुनै सम्भावना नरहेको स्पष्ट पारे।

थापाले आफूले आदर्श र सिद्धान्तलाई सत्तासँग नसाटेको भन्दै योजनाबद्ध र षड्यन्त्रपूर्वक चरित्र हत्या गरेको विषय आगामी दिनमा स्पष्ट हुने र भ्रम निवारण हुने विश्वाससमेत व्यक्त गरे।

टोटनहममाथि सिटीको उत्कृष्ट पुनरागमन जित

म्यानचेस्टर — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार टोटनहममाथि ४–२ को उत्कृष्ट पुनरागमन जित रचेको छ । यससँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दुरी पनि पाँच अंकमा छोट्याएको छ ।

इतिहाडमा भएको खेलमा टोटनहमले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । उसका लागि डेजान कुलुसेभ्स्की र एमरसन रोयलले गोल गरे । दोस्रो हाफमा सिटीका लागि सुरुमै जुलियन एल्भारेज र इर्लिङ हाल्यान्डले गोल गरे ।

अन्त्यमा रियाद मेहराजले दुई गोल थपे र सिटीको सम्झानालयक जित सम्भव भएको थियो । यो जितपछि सिटीको ४२ अंक भएको छ र दोस्रोमा छ । टोटनहम भने ३३ अंकमै सीमित रहेर पाँचौंमा रह्यो ।


Last Updated on: January 20th, 2023 at 12:17 pm


३७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया