
ईश्वर पोखरेल र भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी
प्रकाशित मिति । ५ माघ २०७९
२० चैत, काठमाडौं । चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नोवेल कोरोना भाइरस (कोभिड-१९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विहीबार उजुरी दिएका हुन् ।
उजुरीमा उपप्रधानमन्त्री तथा कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र ठेक्का लिने ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिका सञ्चालकहरूलाई विपक्षी बनाइएको छ ।
ओम्नी समूहसँग सामान खरिदका लागि भएको सम्झौता बुधबार खारेज भइसकेको छ । ओम्नीसँग सरकारले एक अर्ब भन्दा बढी मूल्यको सामान ल्याउने सम्झौता गरेको थियो । १० प्रतिशत सामान आइसकेपछि सम्झौता खारेज गरेर सरकारले जीटुजीमार्फत सामान खरिद गर्ने बताएको छ ।
यो समाधान पढेर गरिएका केही कमेन्ट हेर्नुस
Pramit Thapa लेख्नु हुन्छ
इश्वरे त जमनामै पानी ट्यान्की मा २ करोड लुकाउने माननीय हो नि होइन र! यस्ता अपराधीलाई मृत्युदण्ड हुनुपर्नेमा केही कारवाही हुन्न अनि खुलेआम खादैनन त! यो इतिहासकै भ्रष्ट सरकार , यतिका घोटलाहरु प्रमाणित हुदाहुदै नि कोहि कामकारबाहीमा पर्यो? जनता हरु अब चुप लागेर बस्नुको बिकल्प छैन। अब मिडियामा पनि यस्ता समचार आउन भएन। यस्तो समाचारले सर्वसाधारण लाई बेकारको तनाव मात्रै हुन्छ।
रामे दर्जी
स्याबास दिनेश त्रिपाठी जी! यिनीहरुका दलाल ठेकेदार छोराहरु लाई पनि जाक्नु पर्छ! तर के गर्नु, अख्तियारले यी सबैलाई सुन पानी छर्किहाल्छ!
नयाँ ध्रुवीकरणको पहलमा कांग्रेस
सभामुखमा एमालेलाई समर्थन गरेको माओवादीले राष्ट्रपतिमा आफूलाई साथ दिनेमा कांग्रेस आशावादी
काठमाडौँ — राष्ट्रिय सहमतिका आधारमा शक्ति बाँडफाँटमा सहमति नभएपछि संसद्को ठूलो दल कांग्रेस विपक्षी गठबन्धन बनाउने कसरतमा जुटेको छ । बिहीबार हुने सभामुख निर्वाचनमा उम्मेदवारी दिएर कांग्रेसले राष्ट्रपति निर्वाचनलाई प्रभावित गर्न खोजेको छ । राष्ट्रपति निर्वाचनसम्म सत्तारूढ माओवादीकै समर्थन जुटाउने कांग्रेसको रणनीति छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा संविधानतः दलभन्दा माथि रहेर निष्पक्ष भूमिका निर्बाह गर्नुपर्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा राष्ट्रिय सहमतिको प्रस्ताव राखेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवादपछि यो प्रस्ताव तत्काल निरस्त भयो । तर, कांग्रेस भने निराश छैन ।
‘सभामुखमा उम्मेदवारी दिए पनि सभामुख निर्वाचनको परिणाम हाम्रो पक्षमा आउँदैन, तर राष्ट्रपति निर्वाचनसम्म संसद्लाई नयाँ राजनीतिक ध्रुवीकरणमा लैजान सकिने विश्वासमा नेतृत्व छ,’ कांग्रेसका एक नेताले भने, ‘प्रधानमन्त्रीजीले राष्ट्रपतिमा सहयोग गर्ने बचन दिनुभएको छ । उहाँले सहमतिका लागि सर्वदलीय बैठकमा प्रस्ताव पनि राख्नुभयो । हामीले त्यसलाई सकारात्मक रूपमा लिएका छौं ।’
प्रतिनिधिसभाको सभामुखका लागि सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेविरुद्ध कांग्रेसले नेतृ ईश्वरी न्यौपानेलाई अघि सारेको छ । जबकि अघिल्लो संसद्मा सभामुखका दुईवटै निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिएको थिएन । संसद्मा सभामुखको भूमिका निष्पक्ष हुनुपर्ने भएकाले दलीय आधारमा प्रतिस्पर्धा गर्दा राम्रो सन्देश नजाने तर्कका आधारमा त्यतिबेला उम्मेदवार नउठाएको कांग्रेसले अहिले फरक नीति अपनाएको छ ।
शक्तिका चारवटा पदमा राष्ट्रिय सहमति खोज्न प्रधानमन्त्रीले राखेको प्रस्तावमा एमाले अध्यक्ष ओलीले आपत्ति जनाएपछि कांग्रेस उम्मेदवारी दिने निर्णयमा पुगेको नेताहरू बताउँछन् । कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले सभामुखमा उम्मेदवारी दिने/नदिने निर्णय गरेको थिएन । सरकारलाई विश्वासको मत दिएपछि कांग्रेस सत्तापक्ष भएको सन्देश गइरहेका बेला प्रमुख प्रतिपक्षको कित्ता प्रस्ट पार्न उम्मेदवार उठाउनुपर्ने एकथरी नेताको मत थियो । अर्काथरी भने राष्ट्रपति निर्वाचनलाई असहयोग पुग्ने गरी उम्मेदवारी दिन नहुने पक्षमा थिए ।
उम्मेदवारी दर्ताअघि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारबाहिर रहेका दलहरूको बैठक बोलाएका थिए । बैठकमा एकीकृत समाजवादी र लोसपाका नेताहरू उपस्थित भए पनि प्रधानमन्त्री नियुक्तिको प्रस्तावमा समर्थन गरेको जसपा भने सहभागी भएन । तर, संसदीय दलका नेता रामसहायप्रसाद यादवले देउवालाई धुम्बाराहीस्थित निवासमा पुगेर छुट्टै भेटेका थिए । यादवले राष्ट्रपति निर्वाचनमा फरक परिस्थिति निर्माण हुन सक्ने तर सभामुख निर्वाचनमा सहयोग गर्न नसक्ने पार्टीको धारणा सुनाएका थिए ।
सरकारमा जान खुट्टा उचालिरहेको लोसपाले पनि राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने बचन दिएको छ तर सभामुखमा साथ दिने कि नदिने निर्णय लिएको छैन । बैठकमा सहभागी लोसपा अध्यक्ष महन्थ ठाकुरले पार्टीमा छलफल गरेर निर्णय लिने जानकारी गराएका थिए । एक नेताका अनुसार लोसपाले सभामुखमा कसलाई मतदान गर्ने भन्ने निर्णय बिहीबार बिहानमात्रै गर्ने भएको छ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सभामुख र उपसभामुख पदमा परिणाम हात पार्न नसके पनि राष्ट्रपति निर्वाचनलाई आफूहरूले प्राथमिकता दिएको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँचवर्षे कार्यकालमा संविधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले फेरि त्यस्तै नियति आउन नदिन कांग्रेसले राष्ट्रपतिलाई विशेष प्राथमिकतामा राखेको उनको तर्क थियो ।
‘ओलीजी अहिले जसरी लागिरहनुभएको छ, यसले संविधानको दुरुपयोग झनै हुने खतरा बढाइरहेको छ, संविधान र संस्थाभन्दा पनि दलप्रति बफादार हुने पात्रलाई निर्वाचित गराउने बाटोमा फेरि जानु भनेको संवैधानिक व्यवस्थाकै लागि खतराको घण्टी हो, यसमा प्रधानमन्त्रीजी गम्भीर हुनुभएको छ,’ महतले भने, ‘हिजो सर्वदलीय बैठकमा पनि कुरा राख्नुभएको छ । अन्य दलका नेता तथा सांसद पनि गम्भीर हुनुपर्ने अवस्था छ ।’
कांग्रेसले राष्ट्रपति पाउने आशा राखेरै पुस २६ मा सरकारलाई विश्वासको मत दिएको थियो । विश्वासको मत माग्न पुस ९ मा देउवाको धुम्बाराहीस्थित निवासमै पुगेका दाहालले राष्ट्रपतिमा सहयोग गर्ने बचन दिएको कांग्रेस नेताहरूको दाबी छ । राष्ट्रपति र सभामुख दुवै पद एमालेलाई दिँदा ओलीले कुनै पनि बेला आफूलाई अप्ठ्यारोमा पार्न सक्ने दाहालले ठानेका छन् ।
कांग्रेसलाई राष्ट्रपति दिएर सत्ताको साझेदार बनाउने पृष्ठभूमि बनाउँदै आएका दाहाल सर्वदलीय बैठकमा पुस १० मा प्रधानमन्त्री नियुक्ति हुँदाको र पुस २६ मा विश्वासको मत लिएपछिको राजनीतिक अवस्थामा बदलाब आएको तर्क गर्दै कांग्रेसप्रति नरम बनेका थिए । दाहालले विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको, प्रमुख प्रतिपक्षले सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको बताएका थिए ।
‘प्रधानमन्त्रीले के भन्नुभएको थियो भन्दा पनि सभामुख र उपसभामुखको निर्वाचनपछि राष्ट्रपतिको निर्वाचनमा के गर्नुहुन्छ भन्ने महत्त्वपूर्ण कुरा हो, संवैधानिक संस्थाहरूमा कत्तिको सन्तुलन हुन्छ, कस्ता पात्र पुग्छन् भन्ने कुराले उहाँलाई सरकार चलाउन सहज र असहज परिस्थितिको निर्धारण गर्छ, त्यस अर्थमा पनि प्रधानमन्त्रीजी गम्भीर हुनुहोला भन्ने लाग्छ,’ कांग्रेस नेता महतले भने, ‘अहिल्यै निष्कर्ष निकाल्नुभन्दा पनि परीक्षणको घडीमा प्रधानमन्त्री हुनुहुन्छ । उहाँ कस्तो पात्रका पछि उभिनुहुन्छ, त्यसमा राष्ट्रपति कस्ता व्यक्तिको हातमा जान्छ भन्ने कुरा धेरै हदमा निर्भर रहन्छ ।’
प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्य मतदाता रहने राष्ट्रपतिको निर्वाचन गोप्य मतदान प्रणालीबाट हुने भएकाले पनि कांग्रसले आफ्नो पक्षमा परिणाम ल्याउन सक्ने आशा राखेको छ । संघ र प्रदेशसभाको समीकरणलाई हेर्दा माओवादी जतातिर उभिन्छ, उतैतिर राष्ट्रपति निर्वाचित हुन सक्ने अवस्था छ । महतले पनि माओवादीले गर्ने निर्णयले निर्णायक मोड लिने बताए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सभामुखमा उम्मेदवारी दिएर कांग्रेसले संसद्मा प्रतिपक्षको भूमिका प्रस्ट पारेको बताए । ‘राष्ट्रपति निर्वाचनका बेलासम्म परिस्थिति अलग हुन सक्छ तर अहिले सत्ता गठबन्धनविरुद्ध उम्मेदवारी दिएर कांग्रेस प्रतिपक्ष होइन भन्ने सन्देशलाई चिर्ने काम गरेका छौं,’ उनले भने ।
सत्तारूढ जसपाका प्रवक्ता मनीष सुमनले राष्ट्रपति निर्वाचनसम्म फरक परिदृश्य आउन सक्ने बताए । ‘सभामुख र उपसभामुखको निर्वाचनसम्म हामी सत्ता गठबन्धनकै उम्मेदवारलाई मतदान गर्छौं, राष्ट्रपति निर्वाचनसम्ममा भने फरक परिदृश्य आउन सक्छ, त्यतिबेला के हुन्छ, अहिल्यै भन्न सकिन्न,’ उनले भने । मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि जसपा अहिले सरकारबाहिर छ । उसले तीनवटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ ।