
प्रकाशित मिति । ३ माघ २०७९
काठमाडौ
पल शाहलेे मंगलबार तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका छन् । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मुद्दाको अन्तिम सुनुवाइपछि उक्त फैसला भएको हो।
दुवै पक्षबाट मंगलबार दिनभर बहस भएको थियो। जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला आएको बताएका छन्। पल शाहले सफाइ पाएसँगै गायिका ज्योति मगरले यस्तो लेखेकी छिन् ।
सामाजिक सन्जाल मा एक पक्ष पल शाहा पिडित हो अर्को पक्ष समीक्षा पिडित हो । एका देश मा एउटा तिर्खा थ्यो एउटा पानी थ्यो तिर्खा पानी खोज्दै जानू पर्ने पानी तिर्खा खोज्दै आइपुग्यो दुबै ले प्यास मेटे पछि तिर्खा लाई था भयो पानी अलि धमिलो रैछ अब नखाउ होला तर पानी लाई लाग्यो मलाइ त उसैले पिउनु पर्छ… कथा तेहा बाट सुरु भयर यहाँ सम्म आइपुग्यो ।
पानी ले तिर्खा लाई ट्रयाप पारिन अनेक गरिन खेताला हरु ले नि कुलो लगाइ लगाइ खुब साथ दिय… जे जे भयो तिर्खा ले खुब भोग्यो फेरि पानी को अटरंगि रुप… फाइनल्ली आज तिर्खा ले सफाइ त पायो तर अझै धेरै प्रक्रिया बाकी छ्न अझै लडाइ हरु बाकी नै छन…तर म चै खुशी छु उन्ले सफाइ पाय…फेरि कतिपय खेताला हरु लाई लाग्न सक्छ पानी ले पानी लाई सपोर्ट गरेन यस्मा एउटा प्रश्न छ मेरो तपाईं हरु ले केटि लम्पसार परि सके पछि उमेर र नागरिकता माग्नु हुन्छ कि लम्पसार पर्नु हुन्छ ?
पानी ले तिर्खा लाई ट्रयाप पारिन अनेक गरिन खेताला हरु ले नि कुलो लगाइ लगाइ खुब साथ दिय… जे जे भयो तिर्खा ले खुब भोग्यो फेरि पानी को अटरंगि रुप… फाइनल्ली आज तिर्खा ले सफाइ त पायो तर अझै धेरै प्रक्रिया बाकी छ्न अझै लडाइ हरु बाकी नै छन…तर म चै खुशी छु उन्ले सफाइ पाय…फेरि कतिपय खेताला हरु लाई लाग्न सक्छ पानी ले पानी लाई सपोर्ट गरेन यस्मा एउटा प्रश्न छ मेरो तपाईं हरु ले केटि लम्पसार परि सके पछि उमेर र नागरिकता माग्नु हुन्छ कि लम्पसार पर्नु हुन्छ ?
जबाफ मा तपाईं आदर्शवान कुरा छाट्नु त हुन्छ तर I know तपाईं लम्पसार नै पर्नुहुन्छ । …को जबर्जस्ती,घन्टा को बलत्कार its all about लम्पसार…इन्ड्स्ट्री ज्योती मगर को जस्तो ग्लामर ले बिग्रेको होइन लामो लुगा लायर सति सावित्री इनोसेन्ट देखिने तर icon type को मान्छे देख्न बित्तिकै सर्लक्कै साइली भयर लम्पसार हुनाले बिग्रेको हो … कसैले माइन्ड गर्नुस नगर्नुस यत्रैसिटि… स्वागतम मेरो भाई पल शाह लाई ।
सभामुखको चर्चामा रहेका देवराज घिमिरे को हुन् ?
काठमाडौँ — प्रतिनिधिसभाका सभामुखमा झापा २ बाट निर्वाचित देवराज घिमिरेको नाम चर्चामा आएको छ । ०५६ मा राष्ट्रिय सभा सदस्य भइसकेका घिमिरेको नाम सभामुखको उम्मेदवारको रुपमा चर्चामा आएको हो । सभामुखको निर्वाचन बिहीबार हुदैछ । सभामुख पदको निर्वाचनका लागि संघीय संसद् सचिवालयले मंगलबार कार्यतालिका सार्वजनिक गरेको छ ।
सचिवालयले जारी गरेको कार्यतालिका अनुसार बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनु पर्ने हुन्छ । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार सभामुख पद एमालेको भागमा परेको भनिए पनि कसलाई बनाउने भनेर निर्णय भइसकेको छैन ।
सत्ता गठबन्धनमा एमालेले सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने सहमति भएको छ । सभामुखमा एमालेका पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, छविलाल विश्वकर्मा, विद्या भट्टराईको नाम बाहिर आएको छ । एमाले संसदीय दलले घिमिरेलाई बुधबार नागरिकता र दुई वटा फोटो लिएर आउन आग्रह गरेसँगै उनको नाम पक्का भएको हुन सक्ने आकलन गरिएको हो ।
‘भोली नागरिकता र फोटो मागेको छ । केही जिम्मेवारी पाउने होकी जस्तो लागेको छ,’उनले भने । आफूले सभामुखको जिम्मेवारी पाए निष्पक्ष ढंगले निर्वाह गर्ने उनले बताए । ‘मसँग राष्ट्रिय सभाको सदस्य भएको संसदीय अनुभव छ,’उनले भने,‘यदि जिम्मेवारी पाएको अवस्थामा निर्वाह गर्न सक्छु ।
’अर्जुनधारा नगरपालिका वडा ६ झापाका उनी २८ हजार ७ सय १६ मत ल्याउदै झापा २ बाट निर्वाचित भएका हुन् । उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ६१ मतले पराजित गरेका हुन् । ०१३ जेठ १३ मा ताप्लेजुङ सिकैचा ३ मा जन्मिएका घिमिरेले स्नातक अध्ययन गरेका छन् ।
०३१ मा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् । एमालेका स्थायी कमिटी सदस्य रहेका उनी ०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए । ०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, ०७८ मा भएको एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए । उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुन् ।
ढाका म्याराथनमा १० खेलाडीले भाग लिने
काठमाडौँ — बंगलादेशको ढाकामा हुने बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपालका १० खेलाडीले भाग लिने भएका छन् । यस प्रतियोगितामा पहिलोपल्ट यति धेरै नेपाली खेलाडीले भाग लिन लागेको हो ।
जनवरी २० मा हुने प्रतियोगिताको म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोषविक्रम विष्ट र करणबहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्नेछन् । पुष्पाले दुई वर्षअघि यसै प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् । विन्द्राले नवौं राष्ट्रिय खेलकुदमा पहिलोपल्ट म्याराथनमा स्वर्ण जितेकी थिइन् ।
हाफ म्याराथनको पुरुषमा गोपीचन्द्र पार्की र सन्तोषनाथ योगी तथा महिलामा सन्तोषी श्रेष्ठ, राजपुरा पछाई र रेखा विष्टले भाग लिनेछन् । प्रशिक्षक तथा अफिसियलमा विमला राना मगर छिन् । ११ सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार ढाका जाँदै छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे ।