
राप्रपाबाट उपप्रधानमन्त्रीमा लिङ्देन, प्रधान र पाण्डे मन्त्री बन्ने
दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बन्ने
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री हुने भएका छन् । यस्तै राप्रपाबाटै धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र विक्रम पाण्डे सहरी विकास मन्त्री हुने भएका छन् ।
राप्रपाले सरकारलाई समर्थन गरे पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो लगाएको थिएन । अध्यक्ष लिङ्देनले आफूले चाहेको मन्त्रालय प्राप्त गरेपछि भने उनकै नेतृत्व राप्रपा सरकारमा सामेल हुन लागेको हो ।
राप्रपा सरकारमा गएपछी चर्को विरोध भैरहेको छ । राजतन्त्रको नारा बोकेर गणतन्त्र ल्याउने प्रचण्डको नेतृत्वमा सरकारमा किन गएको भन्दै आफ्नै कार्यकर्ताहरु आक्रोशित भैरहेका छन ।
यश अगाडि कमल थापाले पनि यस्तै गरेका थिए तर त्यसैलाई मुल हतियार बनाएर कमल थापको बिरोध गर्दै भोट मागेका राजेन्द्रले पनि उस्तै गतिविधि गरेपछि देशभर राप्रपा समर्थकहरु निराश भएका छन । कमल थापा जसरी पतन भए त्यही बाटोमा राजेन्द्र पुगेपछि राप्रपा साइजमा आउने देखिन्छ ।
त्यति मात्र होइन पुव ठेकेदार तथा ४० करोड भ्रष्टाचार काण्डमा मुछिएका बिक्रम पाण्डेलाई नै मन्त्री बनाएपछि राप्रपालाई हेर्ने दृष्टिकोण नै फेरिएको छ । राजतन्त्र मुख्य नारा बोकेको राप्रपाले पनि सो नारा भुल्ने आँकलन अहिले गरिएको छ ।
राप्रपाको यो निर्णयमा भने कमल थापाको लागि केही राम्रो सन्देश भएको छ । यो देशम अब राजा चाहिदैन भन्दै बिद्रोह गरेका थापालाई धेरैले एजेन्डा छोडेको आरोप लाएका थिए । गणतन्त्रवादी दलसंग सरकारमा गएर नारा भुलेको भन्दै आफ्नै पार्टीले उनलाई एक्लो बनाएको थियो अन्ततः अलग भए ।
कमल थापालाई त्यस्तो आरोप लाउनेहरु मध्य राजेन्द्र लिङ्देन पनि प्रमुख पार हुन जो आज उनै गणतन्त्रवादी पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारमा पुगेका छन । सत्तामा पुग्न गरिने अनेक जाल रच्नेमध्ये लिङ्देन पनि एक पात्र बनेका छन ।
समर्थक तथा शुभेच्छुकको असहमतिबीच अग्निपरीक्षामा होमिने निर्णयमा पुगेँ : लिङ्देन
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थक र शुभेच्छुकले असहमति जनाउँदा पनि सरकारमा जाने निर्णयमा पुगेको बताएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका रूपमा लिङ्देनले शपथ लिँदैछन् ।
राप्रपा अध्यक्ष लिङ्देनले मन्त्रिपरिषद्मा सहभागी हुने निर्णयलाई लिएर असन्तुष्ट बनेका आफ्ना समर्थकहरूलाई धीरता राख्न अनुरोध गरेका छन् । ‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्निपरीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रियजनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु !’
राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने निर्णय लिएको छ । राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री हुने भएका छन् । यस्तै राप्रपाबाटै धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र विक्रम पाण्डे सहरी विकासमन्त्री हुने भएका छन् ।
ठेकेदार मन्त्री विक्रम पाण्डेविरुद्ध ४० करोड घोटालामा छानविन हुँदै
चाइनिज कम्पनीसँग मिलेर वीरगञ्जमा अनियमितता गरेको आरोप
काठमाडौं । भुमिसुधार तथा व्यवस्थापन मन्त्री तथा ठेकेदार बिक्रम पाण्डेले निर्माण सामग्रीमा घोटाला गरेर गुणस्तरहीन सामाग्री प्रयोग गरेको भन्दै उजुरी परेको छ । उनले वीरगञ्ज उपमहानगरपालिकाभित्र ढल निकास सुधार आयोजनामा कम गुणस्तरको सामान प्रयोग गरेको उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले उनीविरुद्ध छानविन गर्न समिति नै गठन गरेको छ ।
प्रधानमन्त्री कार्यालय अन्तरगत रहने सतर्कता केन्द्रका प्रहरी अधिकृतहरु सम्मिलित समितिलाई मन्त्री पाण्डेको निर्माण कम्पनीले वीरगञ्जमा गरिरहेको कामको गुणस्तर जाँच गर्न पठाएको छ ।
वीरगञ्ज उपमहानगरपालिकाले त्यहाँभि रहेका १९ वडालाई समेटेर ढल निर्माणका लागि ०७० साल फागुन ३० गते ठेक्का लगाएको थियो । २ सय ८० करोड लागतको उक्त ठेक्का योजना सीटीसी चाइना/कालिका ज्वाइन्ट भेन्चरले हात पारेको थियो ।
कालिका कन्ट्रक्सन प्रा.लि भूमि सुधार तथा व्यवस्थापन मन्त्री विक्रम पाण्डेको कम्पनी हो । उनी देशैभरिकका ठेक्का यसैगरी ज्वाइन्ट भेञ्चरमा पार्छन् । अर्को कम्पनीलाई काम लगाएर राम्रो कमिसन हात पार्छन् ।
कालिकाले ०७३ जेठ ४ गतेसम्म काम सम्पन्न गर्नुपर्ने गरी वीरगञ्ज उपमहानगरपालिकासँग सम्झौता गरेको थियो । काम सम्पन्न गरिसक्ने समय बितेको करिब ८ महिनापछि जम्मा ६० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । तर, त्यसमा पनि गुणस्तरहीन सामान प्रयोग भएको पाइएको स्रोतले बतायो ।
ठेक्का लिँदा घोटाला, गुणस्तरमा पनि घोटाला
ठेकेदार मन्त्री पाण्डेले सम्झौता अनुसार समयमा काम त सकेनन्, कामको गुणस्तरमा समेत घोटाला गरेका छन् । ढल निर्माणका लागि तोकिएको गुणस्तर कायम नगरेर गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेको आरोपमा प्रधानमन्त्री कार्यालयले उनीविरुद्ध छानविन थालेको छ ।
उनले उपमहानगरपालिका र एडीबीका प्रतिनिधीहरुसँग मिलेर कम गुणस्तरको सामान प्रयोग गरेको र त्यसबापत उनीहरुलाई कमिशन बाँडेको आरोपमा छानविन सुरु भएको प्रधानमन्त्री कार्यालय स्रोतले अनलाइनखबरलाई बतायो । उनले समयमै काम सम्पन्न गर्न नसक्नुमा भूकम्प, त्यसपछि मधेस आन्दोलन र नाकाबन्दीलाई कारणका रुपमा देखाएका छन् ।
सम्झौता अनुसार उनले काम सुरु गरेको २ सय ९६ दिनमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । यसअन्तरगत मन्त्री पाण्डेले वीरगञ्ज उपमहानगरपालिकाभित्र १९ वडामा करिब ८५ किलोमिटर ढल र ११ किलोमिटर सडक निर्माण गर्नुपर्ने थियो ।
४० करोड घोटालाको अर्को छुट्टै छानविन
ठेकेदार मन्त्री पाण्डेले डिजाइन परिवर्तन गरेर करिब ४० करोड घोटाला गरेको आरोपमा यसअघि नै स्थानीय विकास मन्त्रालयले छानविन थालेको थियो । जुन नक्साका आधारमा काम गर्ने गरी ठेक्का सम्झौता भएको थियो, ठेक्का परेपछि ठेकेदार मन्त्री पाण्डेले नक्सा परिवर्तन गरेर करिब ४० करोड घोटला गरेको आरोप लागेको छ ।
स्थानीय विकास मन्त्रालयले नक्सा परिवर्तन गरेको सम्वन्धमा छानविन गर्न उपसचिवको नेतृत्वमा छानविन समिति गठन गरेर पठाएको थियो । सो छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाउने तयारी गर्दैछ ।