
सुर्य निभाउन कति पानी चाहिन्छ?
-बोनिस कोइराला
सुर्य हाम्रो सौर्य प्रणालीको बिचमा रहेको तारा हो। यो पृथ्वीभन्दा १ करोड ३ लाख गुणाले ठुलो छ र यसको तौल पृथ्वी भन्दा ३ लाख ३० हजार गुणा बढि छ। सुर्य पृथ्वी देखि १४९.६ मिलियन कि.मी (149,600,000 km) टाढा छ।
के बाट बनेको छ सुर्य?
सुर्य, हाईड्रोजन(hydrogen) र हिलियम(helium) ग्यासले बनेको छ। सुर्यको ३/४ भाग हाईड्रोजनका (isotopes)बिभिन्न प्रकार जस्तै ड्युटेरियम(deuterium) र ट्रिटियम(tritium)ले ओगटेको छ। हाईड्रोजन र हिलियम ग्यासको बिच हुने न्युक्लियर फ्युजन(nuclear fusion)ले गर्दा सुर्यमा ताप र प्रकाश शक्ति उत्पन्न हुन्छ। सुर्यमा यो दुई ग्यासबाहेक केहि मात्रामा अरु ग्यास जस्तै अक्सिजन(oxygen), कार्बन(carbon), नियन(neon) पनि छन्।
के हो न्युक्लियर फ्युजन?
nuclear fusion reactionन्युक्लियर फ्युजन एक परमाणु प्रक्रिया हो। यसमा २ वा बढि अणु एक अर्काको नजिक आएर अति तीव्र गतिमा ठोक्किन्छन् जसले गर्दा एक नयाँ अणुको सिर्जना हुन्छ र साथै शक्ति पनि उत्पन्न हुन्छ। यो प्रक्रिया ब्रह्माण्डभरीका ताराहरुमा हुने शक्तिको मुल आधार हो। सुर्यमा यो प्रक्रिया अनुसार जब कुनै २ हाईड्रोजनका अणुहरु एक अर्कासँग ठोक्किन्छ तब हिलियम अणु बन्छ र यसका साथै ठुलो मात्रामा शक्ति उत्पादन हुन्छ।
सुर्यको आगो निबाउन कति पानी चाहिन्छ त? धेरैले यस प्रश्नको उत्तर अरबौँ ग्यालन पानी भन्न सक्छन्। तर त्यतिले पानीले सुर्यलाई ठुलो असर हुदैन।
पृथ्वीमा बल्ने आगोलाई अक्सिजन(oxygen) ग्यास चाहिन्छ। तर सुर्यमा उर्जा फरक तरिकाले उत्पादन हुन्छ।
पृथ्वीको लागि एउटा मात्र उर्जाको स्रोत, सबैभन्दा नजिक को तारा (The sun)मा शक्ति कसरी उत्पादन भएको छ? कसरी बलिरहेको छ सुर्यमा आगो?
blazing sun pictureसुर्यमा उर्जा कसरी उत्पन्न हुन्छ?
सुर्यको आगो साँचिकैमा आगो हैन। यसलाई बल्न अक्सिजनको केहि आवश्यक्ता पर्दैन। यो आगो खासमा हाईड्रोजन(hydrogen) र हिलियम(helium) ग्यासको प्रतिक्रियाबाट निस्केको ताप र प्रकाश शक्ति हो। यसरी सुर्यमा भईरहेको परमाणु प्रकियाबाट शक्ति उत्पन्न हुन्छ।
यस प्रक्रियामा विशाल मात्रामा हाईड्रोजन ग्यासका अणुहरु, अत्याधिक तापक्रम र चापले गर्दा हिलियम ग्यासमा परिणत हुन्छन्। यस परिवर्तनको क्रममा विशाल मात्रामा उर्जा निष्कासन हुन्छ। सोही उर्जा, ताप र प्रकाश शक्तिको रुपमा पृृथ्वीमा आउँछ।
sun-photo-111सुर्यमा पानी खन्याए के हुन्छ?
सुर्य, पृथ्वीभन्दा १ करोड ३ लाख गुणा ठुलो छ। यसको मतलब पृथ्वीमा भएको सबै पानी सुर्यमा खन्याए पनि सुर्यलाई केहि हुन्दैन। पानीमा हाईड्रोजन हुन्छ जुन सुर्यमा जारी परमाणु प्रक्रियाको मुल आधार हो। यसले सुर्यलाई अझ विशाल र तातो बनाउछ।
तर यसले सुर्यमा केहि हानी नगर्ने हैन। ताराहरु जति ठुलो र जति तातो हुन्छन् त्यति नै चाँडो विनाश पनि हुने गर्दछन्। हाम्रो सुर्य पनि ब्रह्माण्डमा रहेको एक तारा हो। त्यहि भएर पानीको सम्पर्कमा सुर्य झनै विशाल त हुन्छ तर त्यसका साथै सुर्यको आयु पनि कम हुन्छ।
sun surface111
सुर्यको परिवारको आकारः
पृृथ्वी, पृथ्वीको उपग्रह चन्द्रमा, बाकीँ ८ ग्रह, प्रत्येक ग्रहका आफ्ना आफ्ना उपग्रह सुर्यको गुरुत्वाकर्षणको क्षेत्र भित्र पर्छन्। सबैभन्दा टाढा रहेका केही ग्रहहरु र ती ग्रहका उपग्रहहरु हाम्रो आँखाले भ्याउदैनन। जसको लागि टेलिस्कोपको आवश्यकता पर्छ।
पृथ्वी अन्य ग्रहको तुलनामा कत्रो आकार को छ?
तुलना गर्न यो तस्बिरले सघाउँछ। सुर्यबाट तेस्रो तेस्रो स्थानको निलो ग्रह पृथ्वी हो।solar-system size comparision
प्रकाशको गतिः [थप पढ्न]
प्रकाशले एक सेकेन्डमा करिब ३ लाख किलोमिटर (ठ्याक्कै 299792458 मिटर प्रतिसेकेन्ड) यात्रा गर्छ। प्रकाशले यहि गतिमा सुर्यबाट पृथ्वीमा आइपुग्न ८ मिनेट २० सेकेन्ड लगाउँछ। प्रकाशको गतिमा यात्रा गर्न सक्ने प्रविधि पृथ्वीमा आविष्कार भइसकेको छैन। पृथ्वीमा अहिलेसम्मकै उच्च 7274.23 किलोमिटर प्रति घण्टा (4520 mph / 6.72 Mach) को गति सन् १९७७ मा एक्स-१५ जेट विमानबाट रेकर्ड गराइएको थियो।fastest ever speed
Mach गति नाप्न प्रयोग गरिने एकाइ हो। 1 Mach ध्वनिको गति हो। यो विमानको गति र संग तुलना गर्दा ध्वनिको गति भन्दा ६.७२ गुणा हुन आउँछ। ध्वनिले गति माध्यम अनुसार केही तलमाथी हुन्छ।
सुर्यलाई निभाउन सकिन्न त?
परिकल्पनाः
एक विशाल पाइपबाट प्रकाशको गतिमा सुर्यलाई पानी छ्यापियो भने सुर्यको तापमान र चाप कम हुन सक्छ जसले गर्दा सुर्यमा भएको परमाणु प्रक्रिया रोकिएला। यस प्रक्रिया रोकियो भने सुर्यमा उर्जा उत्पादन हुन्न र सुर्य निभ्छ। यो एक परिकल्पना मात्र हो।
अहिलेको प्रविधिमा सुर्यलाई निभाउन सक्ने कुनै विधि छैन। ताराको जति शक्ति, प्रकारको जति गति र ती दुवैलाई प्रयोग गरि मानव विकसक्रममा भुमिका खेल्न सक्ने प्रविधि आविस्कार गर्न बाकीँ नै छ।
उपत्यकाका सडक भत्किरहने समस्या हल गर्न उपप्रधानमन्त्री श्रेष्ठ र सरोकारवालाबीच छलफल
काठमाडौँ — उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकाका सडकहरू पटक-पटक भत्काउने समस्या समाधानबारे सम्बन्धित निकायका अधिकारीसँग छलफल गरेका छन् । बनिसकेका सडक विभिन्न निकायले भत्काउने र टाल्ने गरेको भन्दै आलोचना भइरहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले त्यस्ता समस्या दोहोरिन नदिन भन्दै बिहीबार मन्त्रालयमा सरोकारवाला निकायका पदाधिकारी बोलाएर छलफल गरेका हुन् ।
बैठकमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मेलम्ची खानेपानी आयोजनाका निर्देशक राजेन्द्र सापकोटा, काठमाडौं उपत्यका खानेपानी लिमिटेका प्रबन्ध निर्देशक ज्ञानेन्द्र कार्की, नेपाल दूरसञ्चार संस्थानकी उपमहानिर्देशक विनिता प्रधान तथा मन्त्रालय र मातहतका सहसचिवहरूको उपस्थिति थियो ।
बैठकमा उप्रधानमन्त्री श्रेष्ठले सरकारी निकायहरूबीच नै समन्वय अभावले सडक भत्किरहने समस्या समाधानका लागि सबै निकायले एकीकृत योजना बनाउनुपर्नेमा जोड दिए । ‘भविष्यमा सबै निकायले एकीकृत योजना बनाउनुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘एकले अर्कालाई दोष दिएर होइन परिणाम आउने गरी काम गर्नु जरुरी छ ।’
एउटा निकायले बनाएको सडक अर्को निकायले भत्काउँदा जनतामा नकारात्मक असर परेको भन्दै उनले अबदेखि त्यस्तो समस्या आउन नदिन सबै निकाय जिम्मेवार हुनुपर्ने बताए । ‘काठमाडौंका विभिन्न कार्यालयहरूका कारण सडक भत्किने समस्या रोक्न सरकारले के गर्नुपर्ने हो त्यसका लागि हामी तयार छौँ,’उनले भने, ‘विभिन्न निकायले पटक-पटक बाटो भत्काउने कुराले जनतामा नकारात्मक सन्देश गएको छ । अबदेखि समस्या नआउने गरी सबै कार्यालयहरूले जिम्मेवार भएर सोचौं।’
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले समन्वयमा काम गर्न आफूहरू तयार रहेको बताएका थिए । ‘कहाँ-कहाँ समस्या छ हामीबीच समन्वय गरेर काम गरौं। हामी तत्काल समस्या समाधान गर्ने हिसाबले तीव्रतर काम गर्छौं,’ घिसिङले भने ।
केयूकेएलका प्रबन्ध निर्देशक कार्कीले पुरानो पाइपको नेटवर्कबाट पानी गएकाले समस्या आएको बताए । लिकेज भएका ठाउँको तीव्रगतिमा समस्या समाधान गर्न आफूहरू तयार रहेको उनले प्रतिबद्धता जनाए ।
मेलम्ची आयोजनाका निर्देशक सापकोटाले पनि अहिले पुरानै च्यानलबाट पानी गएकाले समस्या आएको भन्दै आगामी असारसम्म समस्या समाधान गरिसक्ने बताए । ‘असारसम्ममा सबै परीक्षण गरिसक्छौं। त्यसपछि नयाँ पाइपबाट पानी पठाएपछि पानीका कारण समस्या आउने छैन,’ उनले भने ।
दूरसञ्चार संस्थानकी उपमहानिर्देशक प्रधानले भविष्यमा सहर निर्माण गर्दा सडक विभागलाई युटिलिटी डक्ट प्रयोग गरिदिन आग्रह गरिन् । त्यसको लागत व्यहोर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।
विभागका महानिर्देशक थापाले सडक विभागले बनाएका सडकहरू भत्काएपछि त्यस्तै गुणस्तरको नबनाइदिने गरेको भन्दै गुनासो पोखे । ‘जहाँ-जहाँ भत्काइएको छ । त्यसपछि बनाउँदा गुणस्तरीय भएन । भत्काएर बनाउँदा गुणस्तरीय भएन विभागसँगको सम्झौताअनुसार गुणस्तरीय बनाइदिनुपर्यो,’ उनले भने ।
यसैबीच, शुक्रबार बिहान ८ बजे उपप्रधानमन्त्री श्रेष्ठसहित मेलम्ची र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको टोलीले सडक अनुगमन गर्ने भएको छ । लैनचौरबाट सुरु हुने अनुगमन बुढानिलकण्ठ, जाउलाखेल र भैंसेपाटीसम्म पुग्ने उपप्रधानमन्त्री श्रेष्ठको सचिवलायले जनाएको छ ।