
ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
प्रकाशित मिति ३० पुस,२०७९ ।
काठमाड
काठमाडौं । चिर्चित अभिनेत्री दिया मास्केले आफूमाथि भएको यौन दुर्व्यहारको खुलासा गरेकी छिन् ।
निक्कै भावुक र संवेदनशील बन्दै आर्टिष्ट खबरमा उनले विगतमा भएको यौन दुर्व्यवहारको बारेमा बोलेकी हुन् ।
अहिले महिलाहरुमाथी हुने यौन दुर्व्यवहारको खुलासा हुँदै आएको छ तपाईमा चै अहिलेसम्मको जीवनमा के कस्ता घटना घटेका छन् ? भन्ने प्रस्तोताको प्रश्नमा दिया भन्छिन् ।
संसारमा कोहीपनि केटी मान्छे यौन दुर्व्यवहारको शिकार भएका छैनन् भन्न सक्दिन । कसैलाई एकदम ठूलो भएको होला, कसैलाई सानोतिनो भएको होला ।
ठूला जघन्य अपराधले एउटा केटी मान्छेलाई जीन्दगीभर हण्ट गर्छ, हण्ट भइराख्छ । मलाईपनि भएको छ । मलाई थाहा छ, की थाहा छैन । तर आज म एउटा कुरा भन्न चाहान्छु । म बच्चाहरुको ग्रुपमा छु क्या ।
मेरै स्कुलको सानो बच्चाहरुसँग छु क्या । एउटा घटना मलाई थाहा छ । कति बर्षको थियौँ र हामी । म्याक्सिमम भनेको ८ बर्षको बच्चाहरु थियो है ।
म ८ बर्षको थिए । स्कुलको मेरो कक्षाको सबैभन्दा ठूलो नै म थिए होला । अरु त ५,६,७ बर्षकोपनि थियो । धेरै भए ९ बर्षको सम्म थियो होला । बसमा यसरी साथी–साथी खप्टेर सुतिरहेको थियौँ ।
कसैले कल्पना गरोस् की त्यो बेला हामी कसैको पिरियडपनि भएको थिएन । म अलिक मोटी थिए । सुटिङमा गएको बेला हो । दिन रात सुटिङले थाकेका छौ । मलाई अचानक असजिलो फिल भयो ।
आँखा खोलेर हेर्दा सुटिङका लगि लगिएको बसको ड्राईभरले मेरो ब्रष्ट मज्जाले पक्रिएको थियो । आइ डण्ट नो, म त्यो बच्चालाई के रमाईलो भयो होला । कम्तिमा त्यो मान्छे ३० बर्षको थियो होला ।
मैले केहीपनि भन्न सकिन । त्यो बेला मलाई डर लाग्यो । त्यो उमेरमा डर लाग्छ के । अनि म सुतेको जस्तै नाटक गरेर प्रतिकार नगरी छोडिदिए मैले । ८ बर्षको बच्चा मलाई के थाहा की त्यहाँ के भइरहेको थियो । त्यस्तो मलाईपनि भएको छ । त्यो चीज चै ड्राइभरले मात्र हैन मलाई स्कुलको टिचरलेपनि गरेको छ ।
त मलाई किस गर, म तलाई पास गरिदिन्छु सम्म भनेको छ । सिरियस्ली सर मैले तपाईलाई अहिले भेट्यो भने हैन । म १४ बर्षको थिए, होला त्यो बेला । तपाईले यो अन्तर्वार्ता हेर्नुभयो भने म छोड्नेवाला छैन ।
म तपाईलाई एक झापड चै दिन्छु । सिरियस्ली मलाई अहिलेपनि त्यो बेला मैले किन बिरोध गर्न सकिन भनेर हिनतावोध छ दियाले भनिन् । यस्तो बसहरुमा भएको छ । त्यसले जीन्दगीभर हण्ट गर्छ ।
यो चै समाजले विचार गर्नुपर्ने कुरा हो भन्ने लाग्छ दिया भावुक बन्दै भनिन् । त्यसपछि प्रस्तोताले यत्रो बेला सम्म चै किन चुप लागेर बसिस् भन्नेपनि हुन्छन् त्यस्तालाई के भन्नुहुन्छ ? भनेर प्रश्न गरिन् ।
दियाले भनिन् बुझ्न नसकेको कुरो । त्यो जुत्तामा चै आफ्नो खुट्टा राखेर नहेरेको हो । जो चिच्याई–चिच्याई बोल्नुहुन्छ नी एक चोटी आफ्नो दिदिबहिनी राखेर हेर्नुहोस् । सोच्नुहोस् । भन्न कति गाह्रो छ । त्यो त्यति सजिलो हैन । १० बर्ष या २० बर्षपछि भनिएपनि त्यो सुन्न जरुरी छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!
लुम्बिनी प्रदेशमा उद्योगको क्षमता उपयोग घट्यो
काठमाडौँ — गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशा सञ्चालित उद्योगहरुको क्षमता उपयोग घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योगहरुको क्षमता उपयोग ४.५४ प्रतिशत विन्दुले घटेको हो । राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका उद्योगहरुको क्षमता उपयोग ४.५४ प्रतिशत विन्दुले घटेको हो ।
जसअनुसार गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा सञ्चालित उद्योगहरुको क्षमता उपयोग ५८.३७ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ती उद्योगहरुको क्षमता उपयोग ६२.९१ प्रतिशत थियो ।
खासगरी, ड्राई सिरप, बिजुलीका तार र केबुल, सिमेन्ट, चामल, सिन्थेटिक कपडा, औषधिजन्य उत्पादनजस्ता वस्तुहरु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका उद्योगको औसत क्षमता उपयोगमा केही घटेको राष्ट्र बैंकले गरेको लुम्बिनी प्रदेशमा आर्थिक गतिविधि अध्ययनले देखाएको हो ।
अध्ययनमा समेटिएका उद्योगहरु लुम्बिनी प्रदेशमा मध्ये सबैभन्दा बढी चाउचाउ उद्योगले ९६.९४ प्रतिशत र सबैभन्दा कम ‘ड्राइ सिरप’ औषधि उत्पादन गर्ने उद्योगले ८.३० प्रतिशत क्षमता उपयोग गरेको छ । यसैगरि औषत भन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरुमा कंक्रिट, ट्याबलेट, आल्मुनियम, तोरीको तेल, रोजिन, प्लाईउड, पशुदाना र मदिरा रहेका छन् ।
यस प्रदेशका अध्ययनमा समेटिऐका उद्योगहरुमध्ये यद्यपी ‘ड्राइ सिरप’ औषधि उत्पादन को मात्रा न्यून भएतापनि समीक्षा वर्षमा सो को उत्पादन गत वर्षको तुलनामा सबैभन्दा धेरै १ सय ७.५० प्रतिशतले वृद्धि भएको छ भने सिन्थेटिक कपडा उत्पादन सबैभन्दा धेरै ४५.४९ प्रतिशतले घटेको छ । प्रतिशतको आधारमा न्यून देखिए तापनि यस प्रदेशको उच्च उत्पादन संभाव्यता भएको सिमेन्टको उत्पादन उल्लेख्य मात्रमा घटेको प्रतिवेदनमा उल्लेख छ ।
प्रमुख औद्योगिक उत्पादनहरुमध्ये कागज उत्पादन ४८.३१ प्रतिशत, रोजिन उत्पादन ३८.८४ प्रतिशत, ट्याब्लेट ३९.१० प्रतिशत, क्याप्सुल उत्पादन ४२.३४ प्रतिशत र लिक्वीड उत्पादन ४५.७७ प्रतिशत, गहुँको पिठो १८.४८ प्रतिशत,
बिजुलीका तार र केबुल १८ प्रतिशतले बढेको छ । यस्तै, चामल उत्पादन २२.०९ प्रतिशत, प्लाष्टिकका सामान उत्पादन १२.९८ प्रतिशत र कंक्रीट उत्पादन ९.०३ प्रतिशत, मदिरा उत्पादन ५.०२ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।