सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


बाहिरियो सन्दीपको जेलजीवनको दैनिकी, रसाए सबैका आँखा !

प्रकाशित मिति । २८ पुस, २०७९ ।

काठमाडौ । बकपत्रका लागि सोमवार जिल्ला अदालत काठमाडौं ल्याइँदा नेपाली क्रिकेट टीम पूर्वकप्तान सन्दीप लामिछाने पहिलाभन्दा निकै दुब्लो अवस्थामा देखिए ।खरानी कलरको फुल स्वेटर, ट्राउजर, खरानी कलरकै अफ ज्याकेट र कालो जुत्ता लगाएर उनी अदालतमा उपस्थित भएका थिए ।

इजलास नम्बर १४ मा बकपत्रका क्रममा उनी आफ्ना आमाबुवासँगै बसेका थिए । परिवारसँगको भेटघाटले पनि हुनसक्छ उनी हँसिलो मुद्रामा देखिन्थे ।बलिउड फिल्म ‘तेरे नाम’मा सलमान खानले बनाएको जस्तै हेयरस्टाइल थियो । लामो समयदेखि कपाल र दाह्री नकाटेको प्रस्टै देखिन्थ्यो ।

पातला जुँगा लामा–लामा भएका थिए । बेला–बेलामा आमालाई अँगालो हालेर गफ गरिरहेका देखिन्थे भने कति बेला बुवलाई अंगालो हालेर कुराकानी गर्थे ।बकपत्र सकिएपछि बेलुका ५ बजे अदालत परिसरबाट बाहिर निस्कँदा बुवासँग अंकमाल गरेर केन्द्रीय कारागारको सेतो पिकअप भ्यानमा बसेका थिए ।

बुवा चन्द्रनारायण लामिछानेले आँखाभरी आँसु लिएर छोरालाई बिदाइ गरे । आमाले पनि आँसु थाम्न सकिनन् । छोरामा मा’ नसिक समस्या देखिएको भन्ने समाचार सुनेर चिन्तित बनेका बुवाआमा छोरालाई भेटेपछि ढुक्क भएका देखिए । बुवा चन्द्रनारायणले आफ्नो छोरा स्वस्थ रहेको प्रतिक्रिया दिए ।

‘अवस्था तपाईंहरूलाई नै थाहा छ, अरू त के भनौं,’ चन्द्रनायरायणले भने । ः सन्दीपकी आमाले भने प्रतिक्रिया दिन चाहिनन् । सँगै दाजु मोहनलाल लामिछाने पनि थिए । उनले देशको नाम राखेको व्यक्तिलाई स’ मस्या पर्दा राज्यले नहेरेको गुनासो गरे ।

‘भाइले देश विदेशमा नेपालको नाम चिनायो, अहिले सोधीखोजी गर्न समेत कोही पनि आउँदैनन्,’ मोहनलालले भने । बाहिर आएजस्तो स्वास्थ्य समस्या भने नरहेको भन्दै उनले ’भाइ फिट नै छ’ भन्ने प्रतिक्रिया दिए ।सन्दीपमा मानसिक समस्या देखिएको भन्ने कुरा सत्य नभएको केन्द्रीय कारागारले जनाएको छ ।

केन्द्रीय का’ रागारका जे’ लर ईश्वरीप्रसाद पाण्डेले उनलाई अहिलेसम्म कुनै पनि समस्या नभएको बताए ।‘अहिलेसम्म कुनै त्यस्तो समस्या आएको देखिएको छैन,’ जे’ लर पाण्डेले भने, ‘उहाँमा समस्या देखियो भन्नलाई त डाक्टरले प्रमाणित गरेको हुनुप¥यो नि !

अहिलेसम्म कुनै पनि डाक्टरले प्रमाणित गरेका छैनन् ।’जे’ लर पाण्डेका अनुसार केन्द्रीय कारागारमा आइसकेपछि एकचोटि उनी रुघा लागेर बिरामी परेका थिए । त्यसबाहेक अरू कुनै पनि समस्या नआएको उनले बताए ।केन्द्रीय कारागारभित्रै ३० बेड क्षमताको अस्पताल छ ।

कुनै जटिल समस्या देखिएको खण्डमा मात्र बाहिर विशेषज्ञ चिकित्सककोमा रिफर गर्ने गरिएको जे’ लर पाण्डेको भनाइ छ । जे’ लर परिवारका सदस्यले कुनै पनि समस्या नहरेको बताइरहँदा सन्दीपका कानून व्यवसायीले भने मनोपरामर्श दिइँदै आएको बताए ।

कानून व्यवसायीलाई उद्धृत गर्दै मनोपरामर्शबारे जिज्ञासा राख्दा जे’ लर पाण्डेले भने, ’बाहिर उहाँ स्टार खेलाडी हो । त्यो स्तरको सेवा सुविधामा रहेको व्यक्ति जे’ लमा आउँदा केही अप्ठ्यारो महसूस गर्नु वा सामान्य समस्या देखिनु त स्वाभाविकै हो ।’निगरानीका लागि एक प्रहरीः सन्दीपमाथि प्रत्यक्ष निगरानीका लागि कारागार व्यवस्थापनले एकजना प्रहरी खटाएको छ ।

डि’ प्रेसनमा गएर आफैंलाई हानी नोक्सानी पु¥याउने कुनै गतिविधि नगरून् भनेर निगरानीका लागि प्रहरी खटाइएको कारागार स्रोतको दाबी छ ।‘बाहिर सेलिब्रिटीले भएर बसेको व्यक्ति जेलमा बस्नु पर्दा आफैंलाई हानी नोक्सानी पु¥याउने गतिविधि गर्न सक्छन् भनेर प्रहरी खटाइएको हो,’ स्रोतले भन्यो ।

पछिल्लो समय परिवारका सदस्य र उनका कानून व्यवसायीले २ जना मनोपरामर्शदातालाई पठाएर काउन्सिलिङ गराइरहेका छन् । कारागारभित्रै चिकित्सकहरूले पनि उनलाई नियमित मनोपरामर्श दिने गरेका छन् ।‘उहाँ बाहिर देख्दा हँसिलो देखिए पनि भित्रको अवस्था जे’ ल आएपछि बदलिएको छ, त्यसले पनि मानसिक रूपमा तनावमा रहेको भन्ने देखाउँछ नि,’ सन्दीपका एक वकिलले लोकान्तरलाई भने ।

सन्दीपले जेलभित्रै नेपाल लगायत देश विदेशमा हुने क्रिकेट खेलहरू हेरिरहन्छन् ।पछिल्लो समय नेपालमा चलिरहेको ‘नेपाल टी २० लीग’ पनि उनले हेर्ने गरेका छन् । ‘जेलभित्र टिभी हेर्ने व्यवस्था पनि छ । त्यसको उपभोग सबै कै’ दीबन्दीले गर्छन् भने उहाँ (सन्दीप लामिछाने)ले नगर्ने भन्ने त कुरै भएन,’ जेलर ईश्वरीप्रसाद पाण्डेले भने ।

उनका अनुसार जेलभित्र खेल खेल्नका लागि मैदान, घाम ताप्ने ठाउँ र लाइब्रेरीको पनि व्यवस्था गरिएको छ। आजभोलि सन्दीपको दैनिकी बिहान पत्रपत्रिका पढ्ने, दिउँसो घाम ताप्ने, क्रिकेट खेल्ने र क्रिकेट हेर्ने गरेर बितिरहेको छ । उनले पछिल्लो समय केन्द्रीय कारागारमा योगाभ्यास पनि गर्ने गरेका छन् ।

स्ववियु निर्वाचन समयमै गर्न नेविसंघको ध्यानाकर्षण, बनायो दुई समिति

काठमाडौँ — नेपाल विद्यार्थी संघले तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको छ । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले तोकिएको मितिमै स्ववियु निर्वाचन सुनिश्चिन गर्न माग गर्दै त्यसको तयारीमा जुट्न निर्देशन गरेका छन् । शेर्पाले निर्वाचन सम्पन्न गर्न दुई वटा तयारी समिति समेत गठन गरेका छन् ।

त्रिविले चैत्र ५ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको छ । ‘समयमै परीक्षाफल प्रकाशित नहुनु र शैक्षिक बेरोजगारको सिर्जना हुनुले शैक्षिक क्षेत्रमा देखिएका ढिलासुस्ती र नीतिगत कठिनाइलाई चिर्न स्ववियु निर्वाचन अनिवार्य शर्त भएको छ,’ अध्यक्ष शेर्पाले भनेका छन् ।

उनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सशक्त ढंगले सहभागी भइ निवार्चनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन समेत निर्देशन गरेका छन् । नेविसंघले पूर्वकेन्द्रीय सदस्य पूजन गन्धर्वको नेतृत्वको घोषणा पत्र तयारी समिति गठन गरेको छ भने सन्तोष उपाध्यायको नेतृत्वको प्रचार प्रसार समिति गठन गरेको छ ।


Last Updated on: January 12th, 2023 at 1:43 pm


१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया