मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


झापामा खाना नपकाएको निहुमा श्रीमानले लात्ताले हान्दा श्रीमतीको मृ त्यु

प्रकाशित मिति । २८ पुस, २०७९ ।

प्रचण्ड सरकार गठन भएलगत्तै देशमा सुशासन आएको महसुस भएको छ । नागरिकका समस्या ठाउँको ठाउँ सुन्ने र तुरुन्तै त्यसको समाधान गर्न सरकार रातदिन लागेक छ ।

सरकारमा रबी लामिछाने गृहमन्त्री भएपछि देशभर जनता उत्साहित छन । शक्ति र सत्ताको भरमा गल्ती गर्दै कानुनबाट बचेकाहरु अहिले दैनिक पक्राउ परिरहेका छन ।

प्रधानमन्त्री प्रचण्डले पनि रबीलाई आँखा चिम्लेर फुल पावर दिएका छन । अब कानुनबमोजिम सबैलाई कार्वाही हुनेमा सबै ढुक्क छन ।

झापामा खाना नपकाएको निहुमा श्रीमानले लात्ताले हान्दा श्रीमतीको मृ त्यु

झापा – झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । हिजो बेलुकी भोजपुर अरुण गाउँपालिका–१ घर भई झापाको अर्जुनधारा नगरपालिका– ९ खरबन्दिमा डेरा गरी बस्ने बिश्वराज घिसिङले श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको ह’ त्या गरेका हुन्।

खाना नपकाएको विषयमा विवाद हुँदा विश्वराजले लात्तीले प्रमिलाको पेटमा प्रहार गरेका थिए ।लात्ताले हान्दा पेटमा लागि उनको घटनास्थलमै मृ’ त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

घिसिङ दम्पती भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भई हाल झापा अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा डेरामा बसोबास गर्दै आएका थिए । लात्ती प्रहार गर्ने विश्वराजलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी पाठकको भनाइ छ ।

यो पनि: गाउँपालिका अध्यक्षको नवजात शिशको मृत्यु, अस्पतालमा तनाव, दमक । लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आज आक्रोशित समूहले तोडफोड गरेको छ । आक्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ ।

घटनालाई नियन्त्रणमा लिन प्रहरी नै पुग्नुपरेको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का र उनकी श्रीमती रोशा कट्वाललाई आइतबार राति १०ः३० बजे शल्यक्रियामार्फत पुत्रलाभ भएको थियो ।

नवजात शिशुको अवस्था आज बिहानसम्म सामान्य रहेको तर अचानक बिहान ९ बजे शिशुमा समस्या देखिएपछि समयमै उपचार नहुँदा नवजात शिशुको मृत्यु भएको पीडित खड्काको आरोप छ । सुत्केरी आमाको अवस्था जटिल भई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको बताइएको छ ।

प्रनाउ गिरीको पहलमा पीडित पक्ष र अस्पताल प्रशासनबीच आज दिउँसो छलफल भई सहमति भएको बताइएको छ । आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश शर्माले शिशुको उपचारमा सक्दो प्रयास गरे पनि बचाउन नसकेको भन्दै दुःख व्यक्त गरे।

यसैगरी राजनीतिक संक्रमणका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा रोकिएको सरुवा–बढुवा यो साताबाट अघि बढ्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएलगत्तै मन्त्रिमण्डल विस्तार हुने र रोकिएका कामहरू अघि बढाउन लागिएको छ । प्रचण्डले आज मंगलबार विश्वासको मत लिँदै छन् ।

नेपाल प्रहरीमा एआइजीका चार तथा सशस्त्र प्रहरीमा डिआइजीका चार दरबन्दी लामो समयदेखि रिक्त छ । चुनावअघि नै ती पद रिक्त रहेकोमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि गर्न खोजेका थिए । तर, चुनावपछि आफैं सत्ताबाट हटेपछि उनको योजना तुहियो ।

नयाँ सरकार बनेको दुई साता भइसकेको छ । तर, सरकारले विश्वासको मत नपाएकाले यी विषयमा सत्तारुढ दलहरूबीच छलफल हुन सकेको छैन । प्रहरीमा सबैभन्दा चासो एआइजी बढुवामै छ । अहिले एआइजी बढुवाले नै भावी आइजिपीको भविष्य तय गर्ने भएकाले बढुवामा तिव्र चलखेल छ ।

एआइजीका चार पदमा डेढ दर्जन डिआजीबीच प्रतिस्पर्धा छ । पुरानो ब्याचका तीन डिआइजी कार्यसम्पादनमा पनि कमजोर रहेकाले उनीहरू बढुवामा पर्ने सम्भावना छैन ।

नयाँ ब्याचबाट बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, उमेशराज जोशी, भिम ढकाल, मिरा चौधरी, रामदत्त जोशी, दुर्गा सिंह, किरण राणा, सुदीप गिरीबीच मुख्य प्रतिस्पर्धा हुने छ । अहिले बढुवा हुने चारजना मध्येबाट एकजना आइजिपी हुनेछन् ।

१ नम्बरमा बढुवा भएका कुँवर विगतमा नेपाली कांग्रेससँगको निकटताका आधारमा अगाडि तानिएकाले अहिले उनलाई समस्या छ । दोस्रो नम्बरका टेकप्रसाद राईको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकटता भएकाले उनी ढुक्क देखिएका छन्

विगतमा चलखेलकै आधारमा तेस्रो नम्बरमा तानिएका अशोक सिंह प्रचण्ड र ओली निकटस्थलाई मनाउने प्रयासमा छन् । चौथो नम्बरका दीपक थापाको पनि एमाले नेतासँग राम्रो सम्बन्ध भएकाले उनी बढुवामा पर्ने सम्भावना देखिन्छ । त्यस्तै, श्यामलाल ज्ञवाली, सन्दीप भण्डारी, भिम ढकालको पनि एमाले नेताहरूसँग निकटता छ ।

डिआइजीबाट एआइजी बढुवा गृहसचिव नेतृत्वको समितिले गर्छ । जसकारण यसमा गृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष भूमिका हुन्छ । प्रहरी प्रशासनमा सुधार्न लागिपरेका उनले कार्यक्षमतालाई बढुवामा कत्तिको स्थान दिन्छन् उनको लागि पनि यो पहिलो अग्नीपरीक्षा बन्नेछ ।

त्यस्तै, प्रहरीमा इन्सपेक्टरदेखि डिआइजीसम्मको सरुवाको पनि तयारी भइरहेको छ । गृहबाटै ग्रिनसिग्नल नपाउँदा सरुवा रोकिएकोमा अघि बढाउन लागिएको छ । सशस्त्र प्रहरीमा पनि डिआइजीमा बढुवा तथा गणपति र गुल्मपतिको सरुवा हुन लागेको छ ।


Last Updated on: January 12th, 2023 at 10:28 am


१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया