
मेरो काम रोक्नेलाई अब संबिधानले दिएको फुल पावर प्रयोग गरेर ठिक पार्छु : बालेन शाह {सहमत हुनेले सियर गराै}
प्रकाशित मिति । २७ पुस, २०७९ ।
काठमाडौ । महानगरका मेयर बालेन्द्र शाहले कानुनको पालना नगर्नेलाई जसरी पनि कारबाही गर्ने बताएका छन् । आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले कानुनको पालना नगरिकन अनाधिकृत संरचनाहरु बनाउनेहरुलाई कानुन मिचाहाको संज्ञा दिंदै उनीहरुलाई आफ्नो अधिकार प्रयोग गरेर कुनै हालतमा पनि नछाड्ने बताएका हुन् ।
प्रेस विज्ञप्ती अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानूनी आधार स्वतः शून्य हुन्छ ।
आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृती विना निर्माण कार्य गर्न पाउदैनन् । साथै, निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अब उप्रान्त थप संरचना निर्माण नगर्ने र त्यसो गरेको खण्डमा महानगरले आदेश दिएका बखत भत्काउनेछु भनी महानगरसंग सम्बन्धित व्यक्ति वा संस्थाले कवुलियत गरेका हुन्छन् ।
महानगरले आफ्नो नियामक दायित्व पूरा गर्ने क्रममा यस तथ्यलाई पनि विशेष ध्यान दिएको छ । कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैले गरेको कवुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व हो । कानूनको अनुपालना गर्न पैतीस दिनको सूचना दिँदा पनि
अटेर गरेपछि गैरकानूनी कार्यको रोकथाम तथा नियन्त्रण गर्न महानगरीय प्रहल बलको परिचालन गर्नु पर्ने परिस्थिति आएको सर्वविदितै हो । स्मरण रहोस्, भूइ तला वा बेसमेन्टमा पार्किङ्ग गर्ने गरी भवनको नक्सा स्वीकृती लिएका व्यक्ति वा संस्थाले सो वापत महानगरबाट तला थप लगायतका विभिन्न सुविधा पनि लिइरहेका छन् ।
तर कतिपय व्यक्ति वा संस्थाले आफूले महानगरबाट पाउने सवै सुविधा लिने तर कवुलियतनामाका शर्तहरु भने उल्लंघन गर्ने गरेको अवस्था व्यापक छ । नेपालको संविधान र कानूनले काठमाडौं महानगरपालिकालाई कानून बनाउने व्यवस्थापिकीय अधिकार, कानून कार्यान्वयन गर्ने कार्यकारिणी अधिकार तथा विवाद निरुपण गर्ने न्यायिक अधिकार सुम्पिएको छ ।
वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको हो । अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) ले दिएको छ ।
कतिपयले अनधिकृत संरचना हटाउनु पूर्व न्यायिक निरुपणको पनि अपेक्षा गर्नु भएको रहेछ । गैरकानूनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नु पर्ने हुन्छ, त्यसपछि मात्र दोषीलाई कारवाही गर्न न्याय निरुपण गरिन्छ ।
कानूनको अनुपालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्य यसै सन्दर्भमा बुझ्नु उचित हुन्छ । आफूसंग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुदैन भन्ने हाम्रो दृढ मान्यता छ ।
कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याका उपक्रमहरु विकसित भएका हुन् । तसर्थ, न्यायिक निरुपण पछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भूइ तला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानूनी छ ।
अब मिचाहा बर्गलाई कानून मिची रहन र अझ मोटाई रहन दिने छैनौं। आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौं । सकेसम्म मिचाहा प्रवृतीको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प हामीसंग खुला छन् ।
अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्यको थप निरन्तरता रोक्न अहिले हामी मूलतः रोकथाम तथा नियन्त्रण सम्बन्धी कारवाहीको चरणमा छौं ।रबीलाई राजनीतिमा लाग्न यो भिडियोले ठूलो भुमिका खेलेको थियो हेर्नुस
२ महिनापछि खुल्यो गमगढी–सोरुकोट सडक सडक खुलेपछि दैनिक झन्डै एक दर्जन गाडी सदरमुकाम आउजाउ गर्न थालेका छन्मुगु — गमगढी–सोरुकोट सडक झन्डै २ महिनापछि सञ्चालन भएको छ । असोज पहिलो साता परेको भीषण वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सोरु गाउँपालिकाले डोजर लगाएर सडकमा खसेको पहिरो र ढुंगा पन्छाएपछि सडक सुचारु भएको हो ।
लामो समयसम्म सडक बन्द हुँदा सोरु गाउँपालिकाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र सदरमुकाम गमगढी आउजाउ गर्न कठिनाइ भएको थियो । सडक खुलेपछि दैनिक झन्डै एक दर्जन गाडी सदरमुकाम आउजाउ गर्न थालेका छन् । सडक खुलेपछि गमगढी–सोरुकोट आउजाउ गर्न सहज भएको सोरु गाउँपालिका–६ का सुरेन्द्र शाहीले बताए । उनका अनुसार सडक बन्द हुँदा झन्डै दुई साता सोरुमा खाद्यान्न अभाव देखिएको थियो ।
‘अब खाद्यवस्तु लैजान सजिलो भएको छ,’ उनले भने, ‘गाउँको कृषि उपज पनि सदरमुकाम र जिल्ला बाहिर जान थालेको छ ।’ उनका अनुसार सडक खुलेपछि सुर्खेत र नेपालगन्जका व्यापारी सोरु गाउँपालिकाका विभिन्न गाउँमा आएर सिमी, कोदो, फापरलगायत स्थानीय उत्पादन खरिद गर्न थालेका छन् ।
करिब २ महिनासम्म सडक अवरुद्ध हुँदा सिमेन्ट, फलामे रड, पाइपलगायत निर्माण सामग्री ढुवानी गर्न समस्या भएपछि गाउँपालिकाभरिको विकास–निर्माणको काम अवरुद्ध भएको थियो । झन्डै २ साता डोजर लगाएर पहिरोले तहसनहस बनेको गमगढी–सोरुकोट सडक खुलाउन सफल भएको गाउँपालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताए । उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण पनि सडक खुलाउन केही ढिलाइ भएको हो ।
अहिले सोरुकोटसम्मको ३० किलोमिटर सडकमा गाडी गुड्न थालेको छ । गमगढीदेखि तारापानीसम्मको २१ किलोमिटर सडक ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको थियो । सिपदेखि सोरुकोटसम्मको १९ किमि सडक गाउँपालिकाले निर्माण गरेको हो ।
गमगढी–सोरुकोट सडकखण्ड स्तरोन्नति गरी कालोपत्र गर्न प्रदेश र संघीय सरकारसँग अनुरोध गरिएको गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । उनका अनुसार चालु आर्थिक वर्षभित्र पालिकाका ११ वटै वडामा यातायात सेवा पुर्याउने गरी काम भइरहेको छ ।
देशलाई राष्ट्रिय एकताको खाँचो छ : पौडेल
काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ५ वर्षभित्र मुलुकमा विकासको फड्को मार्नेगरी काम गर्न प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्ने बताएका छन् । यस अवधिमा आफ्नो पार्टी सरकारमा सहभागी नहुने उनको भनाइ छ ।
प्रशासनिक क्षेत्र लगायत राज्यका निकायहरूमा दलगत स्वार्थ हाबी भएको भन्दै विपन्न र निमुखाले न्याय पाउने अवस्था नरहेको उनको गुनासो थियो । तर यसका लागि एकताको आवश्यकता रहेको उनको भनाइ थियो ।
नेता पौडेलले भनेका छन्, ‘सबै मिल्ने हो भने प्रशासन यन्त्रमा पनि अनुशासन हुन्छ । होइन भने कसको हो भन्छन् । सरकारलाई टेर्न पनि छोडिसके यहाँ । त्यसो भएको हुनाले आज देशलाई एकताको खाँचो छ । त्यो मात्रै होइन राष्ट्रिय एकताको खाँचो छ । त्यसो भएको हुनाले हिजो हामीले सबैले एकैठाउँ भोट हाल्यौं । मैले त्यो भन्दा अगाडिदेखि यो कुरा भन्दै आएको थिएँ । र, अहिले आएर त्यो एकताको कुरो यहाँ आएर एउटा भावनात्मक रुपमा हामी नेपाली कसरी एक भएर राष्ट्रलाई उन्नतिको बाटोमा अगाडि बढाउन सक्छौं ?’
देशले भोगिरहेका अहिलेका समस्याहरुलाई सबै मिलेर सामना गर्न सक्नेतर्फ सोच्नु पर्ने नेता पौडेलको सुझाव थियो । सोही सन्दर्भमा उनले नेपाल राष्ट्रलाई एकीकरण गरेका पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउनु नेपालका लागि अन्यन्तै खुसी र गौरवको विषय भएको पनि बताएका थिए ।
‘अब राष्ट्र बनाउन, राष्ट्र बचाउन राष्ट्रिय एकताको आवश्यकता छ भनेर मैले भन्दै पनि आएको थिएँ । र त्यही अनुसारको अभ्यास हामी गर्दै पनि छौं । आज राष्ट्रिय एकता दिवस पनि पर्यो । आज यो नेपाल राष्ट्रलाई एकीकरण गरेर हामीलाई नेपाली बन्नलाई एउटा अवसर दिने बडामहाराजा पृथ्वीनारायण शाहको त्यो जन्मदिवस हामी मनाइरहेका छौं । यो राष्ट्रिय एकता दिवसमा केवल फर्मालिटी पूरा गर्नका लागि मात्रै एकता दिवस मनाउने होइन । हामीले साच्चै हाम्रो राष्ट्रलाई एकताबद्ध गरेर राष्ट्रको निर्माण गर्नुछ,’ उनले भने ।
नेपालमा खुल्यो पानासोनिक लाइफ सोलुसनको सोरुम
काठमाडौँ — विद्युतीय निर्माण सामाग्री (ईसीएम) को भारतीय उत्पादन पानासोनिक लाइफ सोलुसन्सले नेपालमा पहिलो सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सार्क क्षेत्रमा २१ औं सोरुम नेपालमा सञ्चालन गरिएको जनाएको छ ।
यस कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउजिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा काम गर्दै आएको जनाएको छ । ‘नेपालमा सञ्चालनमा आएको सोरुमले स्तरीय मोड्युलर किचेन, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (ईटीएस), लुगा सुकाउने प्रणाली, रिभोल्भिङ सुज र्याक जस्ता उन्नत पानासोनिक हाउजिङ सोलुसन उपलब्ध गराउने छ’
कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ‘नयाँ पुस्ताको प्रविधि अनुभव लिन सहज बनाउँदै आवासीय, व्यवसायिक र औद्योगिक क्षेत्रका लागि जुत्ता र्याक र सिटेड सावरजस्ता उत्पादन पनि ल्याइने छ ।’ पानासोनिक होम एण्ड लिभिङका लागि काठमाडौंको सोरुम टेकुस्थित रुक्मणी इन्टरनेसनल रहेको छ ।