सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


यीनै हुन् दुई करोड ५५ लाखको पुरस्कार पाउने भाग्यमानी नेपाली युवा: सबैजनाले बधाई दिनुहोला

प्रकाशित मिति । २७ पुस, २०७९ ।

काठमाडौ । विश्वमै दुर्लभ हिउँचितुवाको अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले विश्व चर्चित ‘रोलेक्स कन्जर्भेसन अवार्ड’ पाउने भएका छन्। २ लाख स्विस फ्रयांक नेपाली २ करोड ५५ लाख राशिको यो पुरस्कार पाउने हुम्लाका लामा पहिलो नेपाली अनुसन्धानकर्ता हुन्.कान्तिपुर दैनिकका अनुसार रोलेक्सले सोमबार उक्त पुरस्कार पाउने ५ जनाको नाम घोषणा गरेको हो।

रोलेक्सले पुरस्कार जित्ने पाँचै जनालाई भविष्यका अभिभावक नामांकन गरेको छ.वातावरण विज्ञानमा स्नातक गर्ने हुम्लाकै पहिलो युवक लामाले त्रिविबाट बीएस्सी र जर्मनी र न्युजिल्यान्डबाट अन्तर्राष्ट्रिय प्रकृति संरक्षणमा स्नातकोत्तर गरेका छन्।

द थर्ड पोल कन्जर्भेन्सीमा संरक्षण कार्यक्रम निर्देशक रहेका उनी माउन्टेन स्पिरिट नामक स्थानीय संस्थामा सक्रिय छन्.हिमाली क्षेत्रका वन्यजन्तु र जैविक विविधताको अनुसन्धानमा ७ वर्षदेखि सक्रिय लामाले सन् २०१५ मा ‘वाइल्डलाइफ कन्जर्भेसन नेटवर्क स्कलरसिप’ र गत वर्ष सन् २०२० मा डब्लूडब्लूएफ नेपालबाट संरक्षण पुरस्कार पाएका थिए.हिमाली क्षेत्रमा हिउँ चितुवालगायत वन्यजन्तुले निम्त्याउने क्षति न्यून गर्न उनले ‘क्यामरा ट्रयाप’ विधि अपनाएका छन्।

हिउँचितुवा, ब्वाँसो, कालो भालु, जंगली चौंरी,

कस्तुरी मृगलगायतका हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षणमा उनले पु¥याएको योगदानस्वरूप रोलेक्सले पुरस्कृत गरेको हो.रोलेक्स अवार्डले संरक्षणको आवाज उठाउन र युवाहरूलाई सक्रिय बनाउन सहयोग गर्ने अपेक्षा गरेको छु, उनले भने, ‘यो पुरस्कारले स्थानीयहरूले असाधारण रूपमा नेतृत्व लिन सहयोग गर्नेछ!!

राजनीतिक संस्कार, संस्कृतिबारे अक्सफोर्ड पोलिटिकल डिक्सनरीको परिभाषा यस्तो छ, ‘निश्चित राजनीतिक प्रणाली सञ्चालनका लागि मूल्य, मान्यता, विश्वास र व्यवहार जनाउँछ ।’ हाम्रो सन्दर्भमा लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाका मूल्य, मान्यता, विश्वास र व्यवहार पूर्ण रूपमा लागू गर्नु हो ।

यो शासन व्यवस्थाको राजनीतिक प्रणालीका मूल्य, मान्यता, विश्वास र व्यवहार के हुन् ? यो व्यवस्थामा १० वर्ष सशस्त्र युद्ध गरेको माओवादी, २००७ सालदेखि प्रजातन्त्रका लागि संघर्ष गरेको कांग्रेस र भूमिगत एवं शान्तिपूर्ण राजनीति गर्दै आएको एमाले र मधेस केन्द्रित दलका साथै पूर्वराजावादी पार्टीहरू अटाएका छन् ।

यो शासन व्यवस्थाको खास मूल्य–मान्यता भनेकै राजतन्त्रात्मक बहुदलीय प्रतिस्पर्धाभन्दा फरक लोकतान्त्रिक गणतन्त्र हो । यो जनताका छोराछोरी मुलुकको सर्वोच्च पद राष्ट्रपति बन्ने र कार्यकारी प्रधानमन्त्री हुने संघीय व्यवस्था हो । स्थानीय तहमा ७ सय ५३ स्थानीय सरकार, सात प्रदेश सरकार र एक संघीय (केन्द्रीय) सरकारको मालिक जनता र यसको शासक जनताले निर्वाचित गरेका प्रतिनिधिहरू हुन् ।

व्यवस्था बदलियो, समाज बदलियो । राजनीतिक नेताको संस्कार भने खासै बदलिएन । सत्ता र पदका लागि २०६३ जनआन्दोलन सफल हुनुअघि व्यवहार बेलाबेला दोहरिन्छन् । जस्तो, ५० र ६० को दशकमा सरकार बनाउन र ढलाउन सांसदहरूलाई गैरराजनीतिक, आर्थिक प्रलोभनमा पार्ने काम भए ।

गणतन्त्र स्थापना भइसकेपछि पनि २०६६ सालमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता रामचन्द्र पौडेल चुनावी मैदानमा हुँदा मधेस केन्द्रित दलका सांसदलाई गैरराजनीतिक, आर्थिक प्रलोभनमा पार्ने प्रयास भएको नेताहरूले स्वीकार गरिसकेका छन् । त्यसबेला नेता कृष्णबहादुर महराले एक चिनियाँ व्यापारीसँग सांसदका लागि ५० करोड सहयोग मागेको अडियो सार्वजनिक भएको थियो । जसरी पनि आफ्नो सरकार बनाउने माओवादीको मानसिकताले यस्तो घटना निम्त्याएको थियो ।

उडानमा थिए ज्याक मा पखेटा किन काटिँदै छ ?

काठमाडौँ — ‘चीनका सबैभन्दा धनाढ्यहरूमध्ये एकदमै कमको मात्र सुखद अन्त्य हुन्छ ।’
कुनै समय चीनको सबैभन्दा धनी र विश्वभर सबैभन्दा चर्चित उद्यमीमध्येका एक ज्याक माले माथिको वाक्य भन्दै गर्दा सायद अनुमान गरिसकेका थिए होलान्– उनको अन्त्य पनि सुखद हुने छैन भन्ने । अहिले ठ्याक्कै त्यस्तै भएको छ ।

यो महिना आफ्नै नेतृत्वमा हुर्काएर अमेरिकी कम्पनी अमेजनको हाराहारीमा पुर्‍याएको चिनियाँ एन्ट ग्रुप (अलिबाबालगायत १३ कम्पनी) गुमाएका उनले अब कम्पनीमा ६.२ प्रतिशतको मात्रै भोटिङ अधिकार हुनेछ ।

सन् २०२० मा चिनियाँ सरकारले सुरु गरेको प्रविधि क्षेत्रमाथिको नियमनको प्रयासको आलोचना गरेपछि रहस्यमय रूपमा सार्वजनिक जीवनबाट हराउनुअघि ज्याक आफ्नो ठाँटिलो जीवनशैली र निर्धक्क बोल्ने व्यवसायीका रूपमा मात्र प्रख्यात थिएनन्, ‘चीनको अमेजन’ भनिने उनको कम्पनी अलिबाबा १ खर्ब डलरभन्दा माथिको बजार मूल्यका साथ विश्वको सबैभन्दा ठूलो आर्थिक–प्रविधि कम्पनी थियो । अनलाइन सपिङ, क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्सलगायत उनका कम्पनीहरू ८० करोडभन्दा बढी ग्राहकसँग प्रत्यक्ष जोडिएका थिए । उनका हरेक कदम र भाषण चाखपूर्वक पछ्याइने मात्रै होइन, विश्वव्यापी बजारले उनलाई ‘नयाँ चीन’ को सफल ‘पोस्टर ब्वाई’ का रूपमा अत्यन्तै मन पराएको पनि थियो ।

तर २०२० को सुरुतिर झन्डै ५० अर्ब डलर बराबरको सम्पत्ति भएको मानिएका उनी एकाएक सार्वजनिक जीवनबाट हराए र नोभेम्बरतिर बल्ल जापानको राजधानी टोकियोमा देखा परे । त्यसयता आक्कलझुक्कल सार्वजनिक रूपमा देखिने गरेका ज्याक पछिल्लो समय थाइल्यान्डको राजधानी बैंककस्थित एक बक्सिङ म्याचमा झुल्किएका थिए । विभिन्न रिपोर्टहरूका अनुसार उनी अहिले टोकियोमा आफ्ना परिवार र एक व्यक्तिगत सेफका साथ बस्ने गर्छन् । प्रस्टै छ, ‘अन्त्य’ सम्बन्धी ज्याकको भनाइ आफ्नै जीवनसँग मेल खाएको छ ।

सन् १९६४ को सेप्टेम्बर १० मा चीनको दक्षिणपूर्वी सहर हाङझोउमा एक परम्परागत संगीतकर्मी परिवारमा जन्मिएका उनको वास्तविक नाम मा युन हो । १२ वर्षको उमेरसम्म अंग्रेजी भाषाको स्वःअध्ययन गरेका उनले पर्यटकहरूलाई निःशुल्क गाइडेड टुर दिने गर्थे । पछि हाङझोउकै टिचर्स कलेजबाट अंग्रेजी विषयमा स्नातक गरेपछि उनले मासिक १५ सय डलर बराबरको शिक्षकको जागिर पनि पाएका थिए । सन् २०१६ मा दिएको एक अन्तर्वार्तामा उनले जागिरका लागि दर्जन पटक असफल भएको र हार्वर्ड विश्वविद्यालयमा १० पटक आवेदन दिँदा पनि भर्ना नपाएको बताएका थिए ।

आफ्नो पहिलो व्यावसायिक सुरुवातका रूपमा उनले हाङझोउ हाइवो अनुवाद सेवाको स्थापना गरे । सोही कामको क्रममा माले चिनियाँ र अमेरिकी व्यवसायीका लागि अनुवादकका रूपमा अमेरिकाको सियाटलसम्म यात्रा गर्ने क्रममा पहिलो पटक कम्प्युटर देखेका थिए । प्रविधि क्षेत्रमा अत्यन्तै रुचि बढाएका उनले केही समयपछि सन् १९९४ मा ‘चाइना पेजेज’ नामक कम्पनी सुरु गरे ।

३ वर्षभित्रै यो कम्पनीले ८ लाख डलर बराबरको कमाइ गरेको थियो । त्यसपछि इन्टरनेटप्रति झनै उत्सुक भएर एक अर्को कम्पनी खोलेका उनले १९९८ देखि दुई वर्ष चिनियाँ सरकारको वैदेशिक व्यापार विभागले स्थापना गरेको सूचना प्रविधि केन्द्रको प्रमुख भएर पनि काम गरे ।

सन् १९९९ मा उनले चिनियाँ सरकारको जागिरबाट राजीनामा दिएर १८ जना साथीबाट जम्मा गरेको ६० हजार डलरले पहिलो पटक अलिबाबा कम्पनीको स्थापना गरे । यसले साना तथा मझौला चिनियाँ व्यवसायीका लागि इन्टरनेट बजार उपलब्ध गराउने काम गर्थ्यो । २००२ मा तीन वर्षभित्रै अलिबाबाले झन्डै १० लाख प्रयोगकर्ता पुर्‍याउनुका साथै प्रख्यात अमेरिकी लगानीकर्ताहरू गोल्डम्यान स्याक्स, सफ्टबैंकसमेतको झन्डै २५ मिलियन डलर बराबरको वैदेशिक लगानी हासिल गर्न सफल भएको थियो ।

योसँगै ज्याकले खुद्रा व्यापार प्लेटफर्म ताओबाओ र पेमेन्ट गेटवे अलिपेको समेत स्थापना गरे । ताओबाओको राम्रो प्रगति देखेर इबेले गरेको कम्पनी खरिदको आग्रहलाई उनले याहुका संस्थापक जेरी याङको १ बिलियन डलर लगानी सहयोग पाएपछि अस्वीकार गरिदिएका थिए ।

सन् २०१४ को सेप्टेम्बरमा अलिबाबा न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत हुँदा यसले झन्डै २५ अर्ब डलर बराबरको कीर्तिमानी आईपीओ जम्मा गर्न सफल भएको थियो । यो आईपीओले उनलाई झन्डै २५ अर्ब डलर सम्पत्तिसहित चीनकै सबैभन्दा धनाढ्य व्यक्तिका रूपमा स्थापित गरेको थियो । यसअघि २०१३ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर अध्यक्ष पदमा रहेका उनको व्यक्तिगत कुल मूल्य २०२१ को उच्च बिन्दुमा ५० अर्ब डलरसम्म पुगेको अनुमान थियो ।

सन् २०२१ मा अलिबाबाको कुल आम्दानी ४१ प्रतिशतले बढेको तथ्य सार्वजनिक भएका थिए । अथाह सम्पत्तिका बाबजुद ज्याक भव्य खर्चालु व्यक्ति होइनन्, उनी १५ हजार डलरको रोवे एसयूभी चढ्ने गर्थे । उनले २०१५ मा झन्डै १९१ मिलियन तिरेर हङकङकै महँगो अपार्टमेन्ट खरिद गरेका थिए भने फ्रान्समा २१० एकडमा फैलिएको एउटा भाइनयार्ड पनि किनेका छन् जसले वर्षमा ५ लाख बोतल वाइन उत्पादन गर्छ । उनको झन्डै ५० मिलियन डलरको प्राइभेट जेट पनि छ ।

सन् २०२० को सुरुका महिनामा चीनको सरकारले प्रविधि क्षेत्रमाथि लागू गरेको नियमनको प्रयासबाट ज्याक समस्यामा पर्न थालेका हुन् । त्यस वर्षको अक्टोबरमा एन्ट ग्रुप विश्व इतिहासकै सबैभन्दा ठूलो (३७ अर्ब डलर बराबरको) आईपीओ निष्कासन गर्ने तयारीमा थियो । त्यसअघि केही उच्च वित्तीय व्यक्तिहरूसँगको एक बैठकमा ज्याकले एक विवादास्पद अभिव्यक्ति दिएका थिए ।

जसमा उनले चीनको वित्तीय प्रणालीको आलोचना गरेका थिए । ज्याक चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य हुन् । एकदमै सावधानीपूर्वक पटकपटक राष्ट्रपति सीका भनाइहरू समेत साभार गर्दै उनले आफ्ना भनाइलाई ‘अपरिपक्व, त्रुटिपूर्ण र हासउठ्दो’ भन्दै चीनका राज्य नियन्त्रित बैंकहरूलाई ‘कबाडी पसलेको मानसिकता भएको’ भनेर कडा प्रतिवाद गरेका थिए । उनको ‘चिनियाँ अधिकारीहरूको डिजिटल अर्थतन्त्र व्यवस्थापन एयरपोर्ट व्यवस्थापन गर्न रेलवे व्यवस्थापनको तरिका अपनाएको जस्तो’ भन्ने समेतका अभिव्यक्तिलाई कतिपयले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको तिक्तताको रूपमा पनि परिभाषित गरेका थिए र रोयटर्सका अनुसार यो राष्ट्रपति सीसम्म पनि पुगेको बताइन्छ ।

बीबीसी रेडियो ४ को एक अध्ययनका अनुसार उक्त भनाइलगत्तै ज्याकसहित उच्च अधिकारीहरूलाई सरकारी उच्च नियमनकर्ताहरूले डाकेका थिए । त्यसपछि चीन सरकारले एन्ट ग्रुपको उक्त आईपीओ निष्कासनमात्रै रोकिदिएन, उनको व्यावसायिक साम्राज्यमाथिको कडाइ पनि बढाउँदै झन्डै २.८ अर्ब डलर बराबरको जरिवानासमेत लगाइदियो । यो भनाइपछि उनी २०२१ जनवरीको अन्त्यसम्म सार्वजनिक जीवनमा कतै देखिएनन् र उनको यो रहस्यमय तवरले गायब हुनुलाई धेरैले नजरबन्द या पक्राउ परेको हुन सक्ने रूपमा अर्थ्याएका थिए ।

ज्याकले जब चिनियाँ आर्थिक नीतिविरुद्धको अभिव्यक्ति दिए, यो एक्कासि भएको घटना थिएन । स्पष्टवक्ता मानिने माले ‘यो अभिव्यक्तिले कति गम्भीर असर गर्छ भन्ने आकलन गरेका भए सायद यस्तो भन्ने थिएनन् होला,’ विश्लेषकहरू भन्छन् । विगतमा माको अन्तर्वार्ता लिइसकेकी चीन विज्ञ क्रिस्टिना बोस्ट्रप भन्छिन्, ‘यो उनको आफ्नै लागि पनि अचम्मको विषय थियो । उनले सो अभिव्यक्ति दिने क्रममा जुन सीमा पार गरे, त्यसको राम्रो वस्तुनिष्ठ जोडघटाऊ गरेको भए यस्तो भन्ने थिएनन् होला ।’

हुन पनि ज्याक आधुनिक चीनको नयाँ अर्थतन्त्रका एक ‘पोस्टर ब्वाई’ थिए । चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारिक मेड इन चाइना २०२५, चाइना स्ट्यान्डर्डस २०३५ लगायतका दस्तावेज र कार्यक्रमहरूमा नयाँ पुस्ताको व्यापार र प्रविधिलाई अगाडि बढाउने विषयहरू उल्लेख छन्, जसलाई एन्ट ग्रुपको संसारभर १ अर्ब ३० करोड प्रयोगकर्ता रहेको जस्ता तथ्यांकले बल पुर्‍याउने काम गर्थे ।

सन् २०१३ मा रेबेक्का चाओले ज्याकमा विश्वव्यापी रूपमा प्रख्यात हुनुअघिको आफ्नो एक लेखमा उल्लेख गरेको भनाइ हो यो । लेखमा चिनियाँ अर्बपतिहरूको संख्या २००७–२०१३ को अवधिमा १५ बाट बढेर २५० भएको तर उनीहरूको सफलता अल्पकालीन भएको उल्लेख गरेकी छन् । एक अध्ययनले चिनियाँ धनाढ्यहरूमध्ये लगभग १७ प्रतिशत जेल पुग्ने अनुमान सार्वजनिक गरेको थियो । ब्रिटेनका धनाढ्य हुगरवेर्फले १९९९ देखि निकाल्न सुरु गरेको चाइना रिच लिस्ट नामक रिपोर्टहरूमा पनि यस्ता धेरै चिनियाँ धनाढ्य पक्राउ परेको, अभियोग लगाइएको या जेल गएको भन्ने उल्लेख छ । चीनमा ज्याक जस्ता धेरै धनाढ्य यसअघि पनि राज्य र निकायहरूको तारो बनेका थिए ।

ज्याक जस्तै प्रविधिको उपयोगबाट धनाढ्य बनेका र चीनको विभिन्न क्षेत्रमा पहुँच भएका व्यवसायीहरू सम्बन्धी चीनको नीति फेरिँदै गएको छ । २०२० को घटनापछि चीन सरकारले अलिबाबामाथि एकाधिकारसम्बन्धी विषयहरूमा अनुसन्धान सुरु गरेको छ ।

गत सातामात्र एकाधिकारविरुद्धको निकायले टासेन्ट, विडुलगायत १० वटा प्रविधि कम्पनीले एकाधिकारसम्बन्धी नीतिको उल्लंघन गरेका प्रतिवेदन सार्वजनिक भएका थिए । यस्तै अलिबाबा घटनापछि ३४ वटा प्रविधिसम्बन्धी कम्पनी अनुसन्धानको दायरामा रहेको जनाइएको छ । अस्ट्रेलियन स्ट्राटेजिक पलिसी इन्स्टिच्युटकी सामन्था हफम्यान भन्छिन्, ‘चीनमा चिनियाँ कम्युनिस्ट पार्टीका विभिन्न कमिटीहरू छन् जसले कम्पनीहरूलाई अन्ततोगत्वा अधिकार पार्टीसँगै भएको याद दिलाउने गर्छन्, चाहे ती व्यवसायी ज्याक मा जस्ता शक्तिशाली सेलिब्रिटी किन नहुन् ।’

ज्याक अझै पनि चीनका सबैभन्दा धनाढ्यमध्ये एक हुन् । हाल उनी झोङ शनशन, झाङ इमिङ, रविन जेङ, मा हुएतेङपछि झन्डै २५ बिलियन डलर सम्पत्तिका साथ धनाढ्यको सूचीमा पाँचौं स्थानमा छन् । तर उनले आफैंले स्थापना गरेको समूह एन्ट ग्रुपको अध्यक्षको पद र नियन्त्रण छाडेका छन् । उनको स्थानमा विभिन्न क्षेत्रका १० जनालाई कम्पनीको नेतृत्व सुम्पिइएको छ ।

तर ज्याक अझै पनि ६.२ प्रतिशत सेयरधनी रहेकाले चीनका विभिन्न सेयर बजारमा लिस्टिङसम्बन्धी प्रावधानहरूको समय बढाउनेछ । कम्पनीका अध्यक्ष एरिक जिङले एन्ट कम्पनी कुनै समयमा पुनः सार्वजनिक सेयर आह्वानमा जाने तर अहिले त्यो समय नआइसकेको जनाएका छन् । २०२० मा आईपीओ निकाल्न ठिक्क पर्दाको समयमा झन्डै २८० बिलियन डलर आकलन गरिएको एन्ट कम्पनीको कुल मूल्य अहिले निकै कम भएको छ ।

ज्याकले जब तेस्रो पक्ष लेनदेनसम्बन्धी इन्टरनेटमा आधारित प्लाटफर्म र सेवाहरू निर्माण गरिरहेका थिए, त्यतिबेला चीनमा त्यससम्बन्धी कुनै नियम थिएनन् । ‘यदि कोही जेल जानुपर्‍यो भने म जान्छु,’ त्यतिखेर ज्याक माले खुला रूपमा यस विषयमा बोलेका थिए जुन कुरा उनलाई अहिले ग्लानि हुन सक्छ किनभने ‘पुँजीवादविरुद्धको अभियान’ मा दृढ देखिएका अति शक्तिशाली राष्ट्रपति सीको चीनमा यी कुरा सार्थक नहोलान् भन्न सकिन्न ।


Last Updated on: January 11th, 2023 at 7:29 pm


१८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया