
एकाएक यसरी सडकमै ट्राफिक प्रहरी छम-छमी नाचेपछि (हेर्नुहोस भिडियो)
प्रकाशित मिति । २७ पुस, २०७९ ।
काठमाडौ । ट्राफिक प्रहरीहरु आफ्नै पोसा-कमा चिटिक्क सजिएर छम-छमी नाचेको भिडियो केही समय अघि सार्वजनिक भएको छ । महा-नगरीय ट्राफिक प्रहरी महा’शाखाले गीत संगीतको माध्यम-बाट ट्राफिक नियम सिकाउने उद्देश्यले भिडियो बनाएको हो ।
महाशाखाले व्यव’हारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महा’शाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढका’लले जनाएका छन ।
सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरि’योग्राफर मनराम केसी र निर्देशन तथा छाया’ङ्कन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन विनोद केसीले गरेका छन् । गीतलाई मेट्रो ट्राफिक एफएम ९५.५ मेगा’हर्जको यूट्युब च्यानल:लगायत अन्य सामा’जिक सञ्जालबाट रिलिज गरिएको छ ।
भिडियो हेर्नुहोस्…
लुम्बिनीमा आज मुख्यमन्त्रीसहित सरकार गठनको दाबी पेस गर्दै सत्ता गठबन्धन
एमाले र माओवादीबीच आलोपालो मुख्यमन्त्री बन्ने र साना दलसित प्याकेजमा सहमति गर्ने समझदारी
बुटवल — एमाले र माओवादीबीच आलोपालो मुख्यमन्त्री बन्ने र साना दलसित प्याकेजमा सहमति गर्ने समझदारी भएपछि लुम्बिनी प्रदेशका सत्ता गठबन्धन दलहरूले बुधबार मुख्यमन्त्रीसहित सरकार गठनको दाबी पेस गर्ने भएका छन् ।
दिउँसो १ बजेअघि नै बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गर्ने मुख्यमन्त्रीका दाबेदार एवं एमाले संसदीय दलका नेता लीला गिरीले बताए । माओवादी केन्द्रले आलोपालो मुख्यमन्त्री बन्नुपर्ने र साना दलहरूले दाबी पेस गर्नुअघि नै प्याकेजमा मन्त्रालय र संसदीय समितिका सभापतिको भागबन्ढा टुंगाउनुपर्ने दाबी गरेपछि मंगलबार दाबी पेस गर्ने कार्यक्रम रोकिएको थियो ।
अब लुम्बिनी प्रदेशमा साढे २ वर्ष एमाले संसदीय दलका नेता लीला गिरी र अर्को साढे २ वर्ष माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्नेछन् । मुख्यमन्त्रीको दाबी पेश गरेलगत्तै मन्त्री र संसदीय दलका भागबन्डा टुंगाइनेछ । सरकार गठनको दाबी पेश गर्नुअघि नै प्याकेजमा सहमति गर्नुपर्ने माग गर्दै नागरिक उन्मुक्ति पार्टी सोमबार दाङमा बसेको सर्वदलीय बैठकमा समेत सहभागी भएको थिएन ।
सभामुख पाएको माओवादी केन्द्रले मुख्यमन्त्रीमा आलोपालो र ३ मन्त्रालयको दाबी गरेको छ । माओवादी सांसद तुलाराम घर्तीमगरले केन्द्रले मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति गरिसकेकाले आफूहरू हस्ताक्षर संकलनमा लागेको बताए ।
प्रदेशमा माओवादी केन्द्रका ९ सांसद छन् । चुनावमा बागी उठेर जितेका ३ मध्ये एक जना माओवादीमै फर्केका छन् भने अन्य २ जनालाई पनि फर्काउने माओवादीले तयारी थालेको छ । ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा सरकार गठनका लागि ४४ सांसद आवश्यक पर्छ‚ जसमा एमालेका २९, माओवादी केन्द्रका ९ र राप्रपाका र नागरिक उन्मुक्तिका ४-४, जनमत र जसपाका ३ –३ जना गरी गठबन्धनमा ५२ सांसद छन् । उनीहरूले पनि सरकारलाई समर्थन गर्ने बताइसकेका छन् ।
कार्यकाल उपलब्धिपूर्ण : मुख्यमन्त्री
आफ्नो कार्यकालको प्रगति सार्वजनिक गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही । तस्बिर : कान्तिपुर
वीरेन्द्रनगर — कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले झन्डै १४ महिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका हुन् । शाहीले २०७८ कात्तिक १६ गते कर्णाली सरकारको नेतृत्व गरेका थिए ।
उनले आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै कर्णालीमा समय–समयमा अवरुद्ध विकास पूर्वाधारहरूको निर्माण, सुशासन र कानुन निर्माण, स्थानीय तहसँगको समन्वयलगायतका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी गरे । मुख्यमन्त्री शाहीले १२ वटा विधेयक तर्जुमा गरी प्रदेशसभामा प्रस्तुत गरिएकामा पहिले पेस भएकासहित १७ वटा विधेयक प्रदेशसभाबाट पारित भएको बताए ।
मुख्यमन्त्रीले हालसम्म स्थानीय तहका र प्रदेशका ५ सय ९० रिक्त पदमा विभिन्न तहका कर्मचारी नियुक्तिका लागि सिफारिस गरेको बताए । अधिकृत तहका कर्मचारीको छनोटका लागि विज्ञापन गरी प्रक्रिया अगाडि बढाएको पनि सुनाए । प्रदेश स्वास्थ्य सेवा ऐन कार्यान्वयनमा ल्याएको उनको भनाइ छ ।
एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधिअन्तर्गत ३ सय ९४ विद्यार्थीलाई छोरी–बुहारी, उच्च शिक्षा जेहेन्दारलगायत छात्रवृत्ति सरकारले उपलब्ध गराएको बताए । एक विद्यालय, एक स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधिअन्तर्गत १ सय सामुदायिक विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरिएको प्रगति विवरणमा उल्लेख छ ।
‘देशको ठूलो खेलकुद प्रतियोगिता १० औं राष्ट्रिय खेलकुदलाई कर्णाली आयोजना गर्न पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ,’ उनले भने, ‘५ सय ९२ वटा साना सिँचाइ योजनाको निर्माण तथा मर्मतबाट करिब ३ सय ५० हेक्टर जग्गामा थप सिँचाइ सुविधा विस्तार भएको छ ।’ सडक तथा पुल निर्माण कार्यलाई प्राथमिकता दिँदै १७ किलोमिटर सडक कालोपत्र गरिएको उनको दाबी छ ।
१ सय १३ किलोमिटर खण्ड स्तरोन्नति भइरहेको र ६ सय २२ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न भएको उनले बताए । शाहीको कार्यकालमा १३ वटा झोलुंगे पुल र ८ वटा सडक पुल निर्माण निर्माण भएको मुख्यमन्त्री कार्यालयको दाबी छ । १ हजार ५ सय ७१ वटा जनता आवास निर्माण भएको पनि उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १ सय १ वटा विपन्नका घर निर्माण भएका छन् ।