सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


राजा फर्काउने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने मिलेर सरकार बन्यो : बालेन शाह

बालेनको टिप्पणी : राजा फर्काउने, राजा चाहिन्न भन्ने र राजा मा’र्छु भन्ने मिलेर सरकार बन्यो

प्रकाशित मिति १० पुस, २०७९

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँ सरकार बनेकोबारे टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत केही घण्टामै परिवर्तन भएको राजनीतिक परिदृश्यप्रति बालेनले राजा फर्काउने भन्ने, राजा चहिन्न भन्ने र राजा मा’र्छु भन्ने एकै ठाउँ भएर सरकार बनेको र जनतालाई सास्ती भएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले लेखेका छन्, ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मा’र्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’

आज केही घण्टामै नेपालको राजनीतिक गठबन्धनका उलटफेर भएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

उनले सोमबार ४ बजे सपथ लिने कार्यक्रम छ । उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी तथा तीनजना स्वतन्त्र सांसदहरुले समर्थन गरेका छन् ।

प्रधानमन्त्री दाहाललाई प्रचण्ड बहुमत

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।

दाहाल गएको १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, उनलाई २६८ सांसदले विश्वासको मत दिएका छन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्ता गठबन्धन र सरकारमा सहभागी नभए पनि दाहाललाई विश्वासको मत दिएको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन हृवीप नै जारी गरेका थिए ।

प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसमध्ये एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् । मंगलबार भएको मतदानमा २७० सांसदमात्रै सहभागी भएका थिए । दाहालले २६८ मत पाएका छन् भने विपक्षमा २ मत खसेको छ । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबै दल र स्वतन्त्र सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् ।

प्रधानमन्त्री दाहाललाई कांग्रेसका ८५ सांसदले विश्वासको मत दिएका छन् । सांसदहरु किशोरसिंह राठोर, मनोरमा शेरचन र अम्बिका बस्नेत भने मंगलबारको बैठकमा अनुपस्थित थिए ।

त्यस्तै, सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा एमालेका ७९, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र तीन स्वतन्त्र सांसदले मत दिएका छन् भने नेकपा एकीकृत समाजवादीका १० र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले सरकारमा सहभागी नभएपछि विश्वासको मत दिएका छन् ।

संविधानको धारा ७६ (४) ले उपधारा २ र ३ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले त्यसरी मनोनित भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

माओवादीले आधा कार्यकाल मागेपछि लुम्बिनीमा सरकार गठनमा ढिलाइ

माओवादी स्थायी कमिटी सदस्य जोखबहादुर महराले असन्तुष्टि जनाएर सोमबार नै काठमाडौं गएपछि मंगलबारको नियुक्ति प्रक्रिया रोकिएको हो ।

बुटवल — नेकपा माओवादी केन्द्रले अन्तिम समयमा मुख्यमन्त्री आधा/आधा कार्यकाल हुनुपर्ने माग राखेपछि लुम्बिनीको मंगलबार हुने भनिएको दाबी पेस गर्ने कार्यक्रम स्थगित भएको छ । यसअघि केन्द्रीय शीर्ष तहमा ५ वर्ष नै एमालेले नेतृत्व गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार सोमबार सत्तापक्षीय दलहरूको दाङको देउखुरीमा बसेको बैठकले मंगलबार दाबी पेस गर्ने निर्णय गरेको थियो ।

त्यसकै आधारमा दलहरूले मंगलबार ४ बजे प्रदेश प्रमुख कार्यालय बुटवलमा सत्तागठबन्धन दलले बहुमत सांसदहरुसहित आउने जानकारी दिएका थिए । एमाले सांसद भूमिश्वर ढकालले भने नागरिक उन्मुक्तिका प्रदेशसभा सदस्य काठमाडौंदेखि आउन सम्भव नभएपछि दाबी पेस गर्ने कार्यक्रम बुधवारका लागि सारिएको बताए । जनमत पार्टीका एक जना सदस्य पनि काठमाडौंमै रहेको उनको दाबी छ ।

मुख्यमन्त्री बन्नकै लागि प्रदेशमा उम्मेदवार बनेका माओवादी स्थायी कमिटी सदस्य जोखबहादुर महराले असन्तुष्टि जनाएर सोमबार नै काठमाडौं गएपछि मंगलबारको नियुक्ति प्रक्रिया रोकिएको हो । सभामुख लिएर मुख्यमन्त्री ५ वर्षकै लागि एमालेलाई दिएपछि माओवादी संसदीय दलका नेता महरा नेतृत्व आलोपालो गराउन सोमबार नै काठमाडौं पुगेका हुन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने गरी उनी काठमाडौं पुगेको माओवादीका एक नेताले बताएका छन् ।

‘माओवादीभित्र जसरी पनि आलोपालो नेतृत्वको दबाब छ, त्यही असन्तुष्टि लिएर महराजी काठमाडौं पुग्नु भएको हो, केही सहमति होला,’ उनले भने ।

स्थायी कमिटी सदस्य महरा लामो समय दाहालको सचिवालयमा बसेर काम गरेका थिए । दाहालकै सल्लाहमा उनी मुख्यमन्त्रीको दाबीसहित रोल्पाबाट चुनाव लडेका थिए । तर, भागबन्डामा मुख्यमन्त्री एमालेलाई परेपछि उनी असन्तुष्ट बनेका हुन् ।

माओवादीका केही नेताले आधा कार्यकाल माओवादीलाई दिने सहमति भएको प्रचार पनि गरेका छन् तर यसको कुनै पुष्टि भएको छैन । प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरे पनि एक दिन अगाडि नै एमालेले सत्तारुढ दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेको थियो । ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ । सत्ता साझेदार दलहरूमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ सांसद छन् । यसैगरी माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४ तथा जसपा र जनमत पार्टीका ३/३ जना सांसद छन् । सत्तारुढ दलसँग ५३ सांसदहरुको समर्थन रहेको छ ।

स्वतन्त्रबाट निर्वाचित २ सांसद माओवादीबाट टिकट नपाएर उठेका र एमालेले सहयोग गरेकाले उनीहरुको पनि सत्तारुढ दललाई समर्थन गर्ने सम्भावना छ । यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सांसद छन् ।


Last Updated on: January 11th, 2023 at 12:11 am


२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया