सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


अवैध संरचना र होर्डिङ बोर्ड हटाउन कोटेश्वरमा चल्यो महानगरको डोजर

प्रकाशित मिति । २५ पुस, २०७९ ।

काठमाडौं । नक्सा पासविपरीत कोटेश्वर क्षेत्रमा अवैध संरचना भत्काउन काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

होर्डिङ बोर्ड अवैध संरचना भत्काउन डोजर प्रयोग गरिएको हो । महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले ‘वन द वे’ नगरप्रहरीले संरचना भत्काउन नसक्ने र होर्डिङ बोर्ड निकाल्न नसक्ने ठाउँमा डोजरको सहायताबाट संरचना हटाउन थालिएको जानकारी दिए ।

महानगरले भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान सुरु गरेको छ । अहिलेसम्म दर्जनौँ अवैध संरचनामा महानगरको डोजर चलिसकेको छ ।

अभियानको सुरुवातीमा महानगरका मेयर बालेन शाह आफैँ फिल्डमा उत्रिएर डोजर चलाएका थिए ।

विस्थापित हुनबाट जोगियो प्याराग्लाइडिङ

पोखरा — अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्ततः पोखराबाट प्याराग्लाइडिङ विस्थापित नहुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ हुने चार जोनमध्ये एउटालाई निरन्तरता दिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनपूर्व सराङकोट, तोरिपानी, मान्द्रेढुंगा र तामागी जोनबाट प्याराग्लाइडिङ हुन्थ्यो ।

प्राधिकरणले हाल विमानस्थलबाट १० नटिकल माइलभित्र पर्ने सराङकोट, तोरीपानी र तामागी बन्द गरी कास्कीकोटको मान्द्रेढुंगालाई एक महिनाका लागि अस्थायी अनुमति दिएको छ । मान्द्रेढुंगा सराङकोटबाट ५ किमि र तोरीपानीबाट डेढ किमि पश्चिमतर्फ पर्छ । व्यावसायिक उडानका लागि सराङकोट र तोरीपानी उडानस्थल धेरै प्रयोग हुन्थ्यो भने मान्द्रेढुंगाबाट सिकारु पाइलटले एकल उडान भर्ने गर्थे ।

पुस १७ पछि प्याराग्लाइडिङको नियामक संस्था नेपाल हवाई खेलकुद संस्था (ना) लाई प्राधिकरणले छबुँदे निर्देशनसहित पत्राचार गरेको छ । प्राधिकरणले एक महिना परीक्षण उडान अवधि तोकेको छ ।

बिहान ११ देखि दिउँसो ३ बजेसम्म उडान भर्नुपर्ने, हरेक दिन स्लट र सेड्युल व्यवस्थापन निर्धारण गरेर मात्र उडान भर्नुपर्ने, यात्रुको बोर्डिङ पासको व्यवस्था गर्नुपर्ने र पूर्वनिर्धारित ‘एयर स्पेस’ मा मात्रै उडान भर्नुपर्ने प्राधिकरणका सर्त छन् । हवाई खेलकुद संस्थाले प्राधिकरणको निर्देशनबमोजिम हाल परीक्षण उडान गरिरहेको छ । मान्द्रेढुंगाबाट ‘फेरिलियराइजेसन’ उडान भइरहेको संस्थाका पूर्वअध्यक्ष योगेश भट्टराईले जनाए ।

पाइलटले मान्द्रेढुंगाबाट उडान भरेर पामेमा अवतरण गर्ने अभ्यास गरिरहेका छन् । दुई दिन एकल उडानपछि हाल अर्को पाइलटलाई राखेर टेन्डम उडान भरेका छन् । माघ १ बाट व्यावसायिक उडान सुरु गर्ने संस्थाको तयारी छ । ‘टेकअफ र ल्यान्डिङमा पूर्वाधार बनाउनुपर्नेछ,’ उनले भने ।

पहिला सराङकोट र तोरीपानीको चार वटा टेकअफबाट ५५ प्याराग्लाइडिङ कम्पनीले उडान भर्ने गरेका थिए । अब मान्द्रेढुंगाको एउटा टेकअफबाट मात्रै उडान भर्दा चाप हुन देखिन्छ । त्यसका लागि सेड्युल, समय र फ्लिट मिलाउनुपर्ने भट्टराई बताउँछन् । प्राधिकरणले तोकेको एयर बक्स भने व्यावहारिक नभएको उनको भनाइ छ ।

चार जोनमध्ये मान्द्रेढुंगाका लागि यसअघि नै टेकअफपछि पूर्वतर्फ (तोरीपानी–सराङकोट) र पश्चिम (पञ्चासे) तर्फ ५–५ सय मिटर, उत्तर (सुइँखेत) तर्फ ५० मिटर, दक्षिण (पामे) तर्फ साढे ४ किमि र उचाइ समुद्री सतहबाट ६ हजार मिटर तोकिएको थियो । यो बक्सको एयर स्पेस परिमार्जन गर्नुपर्ने भट्टराईको तर्क छ । ‘मान्द्रेढुंगाको टेकअफ प्वाइन्ट नै ५ हजार ७ सय ८ फिट छ,’ उनले भने, ‘त्यहाँबाट उडेपछि ३ सय मिटर पनि माथि जान पाइँदैन । कम्तीमा ७ हजार फिटसम्म जान पाउनुपर्छ ।’ प्रतिवेदन बुझाउँदा यी सुझाव समेटिने उनले सुनाए ।

परिसंघ अध्यक्षमा दोहोरिए गोल्यान

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूको संगठन बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) को अध्यक्षमा पुनः पवनकुमार गोल्यान चुनिएका छन् ।

परिसंघको तेस्रो वार्षिक साधारणसभाले आइतबार गोल्यानको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । गोल्यान यसअघि पनि परिसंघका अध्यक्ष थिए । उनी एनएमबी बैंकका अध्यक्ष हुन् ।

परिसंघको वरिष्ठ उपाध्यक्षमा मेगा बैंकका भोजबहादुर शाह, उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय, महासचिवमा सिटिजन्स बैंक इन्टरनेसनलका राजनसिंह भण्डारी, कोषाध्यक्षमा एनआईसी एसिया बैंकका तुलसीराम अग्रवाल, सचिवमा रिलायन्स फाइनान्सका कुशप्रसाद मल्ली र सहकोषाध्यक्षमा हिमालयन बैंकका प्रचण्डबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । नवनिर्वाचित महासचिव भण्डारी र सहकोषाध्यक्ष श्रेष्ठबाहेक सबै पदाधिकारी उही पदमा पुनः निर्वाचित भएका हुन् ।

यसैगरी सदस्यहरूमा नबिल बैंकका उपेन्द्रप्रसाद पौडेल, प्रभु बैंकका लीलाप्रकाश सिटौला, कुमारी बैंकका उपेन्द्रकेशरी न्यौपाने, सनराइज बैंकका मोतीलाल दुगड, बैंक अफ काठमान्डूका राधेश पन्त, एक्सेल विकास बैंकका महेन्द्रकुमार गोयल, मुक्तिनाथ विकास बैंकका भरतराज ढकाल र नेपाल फाइनान्सका हिरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित भएको परिसंघले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नवनिर्वाचित सदस्यमध्ये प्रभु बैंकका सिटौला र बैंक अफ काठमान्डूका पन्तबाहेक सबै समान पदमा पुनः नियुक्त भएका हुन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।


Last Updated on: January 9th, 2023 at 12:59 pm


२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया