
पृथ्वीनारायण शाहले छदै थिएनन् हुदै नभएको काल्पनिक मान्छेको गुन गाउने भेडा हुन : मुकुन्द घिमिरे
प्रकाशित मिति । २४ पुस, २०७९ ।
नेपालका बिसे चौबिसे राज्यका एकीकरणकर्ता भनिएका पृथ्वीनारायण शाह एक काल्पनिक पत्र मात्रै हुन् भन्दा हर नेपालीलाई बिश्वास नै नलाग्न सक्छ तर एक युवाले राष्ट्रनिर्माता पृथ्वीनारयाण शाह नै नभएको र उनी काल्पनिक पात्र मात्र भएको तर्क प्रस्तुत गरेका छन् ।
भोजपुर घर भई हाल काठमाडौँमा बसेर दिनदिनै राजनैतिक चर्चा परिचर्चा गर्ने उनले पृथ्वीनारायण शाहले नेपालको एकिकरण गरेका हुन् भने भ्रम छर्ने कार्य मात्र भएको टिप्पणी गरेका छन् ।
सन् १९५० को सन्धीबाट ग्रेट ब्रिटेन टुक्रेर नेपाल भएको उनले बताए ।राष्ट्र निर्माता पृथ्वीनारायण शाह भनिन्छ तर राष्ट्रपिता त्रिभुवन रे यसैमा कुरा बाझेको छ –उनले भने पुराना अधिकांश घटना र प्रमाण हेर्दा पक्कै पनि शाहले त्यति लामो समयदेखि योगदान दिएजस्तो लाग्दैन । राष्ट्रपिता र राष्ट्रनिर्माता अलग अलग हुनु बिबादास्पद रहेको उनले बताए ।
भारतका नापी विभागका महानिर्देशक सर जर्ज एभरेष्टको नाममा नै नेपालको हिमालको नाम माउन्ट एभरेष्ट रहेको उनको तर्क छ । इतिहासमा पृथ्वीनाराण शाहकोजन्म वि।स १७७९ मा भएको उल्लेख छ र महेन्द्रको वि।सं १९७७, महेन्द्रको जन्ममितिको अंक यताउती पारेर पृथ्वीनारायणको शाहको जन्म १७७९ मा भएको भनिएको उनको तर्क छ ।रामायण कथामा भएकी रामकी आमाको नाम र पृथ्वीनारायण शाहको आमाको नाम कौशल्या हुनु पनि शङ्काको घेरामा छ ।उनले इतिहासलाई मिलाउन अनेक प्रयास गरिएको बताएका छन् ।
१० पुस्ताको भएको शाहको जनसङ्ख्या काठमाडौँमा नभएको भन्दै उनी भन्छन् शाहको त्यत्रो इतिहास भएको भए यहाँ किन नेवारहरुको मात्रै जनसङ्ख्या बढी हुन्थ्यो ? यहाँ पनि बुझ्नुपर्ने कुरा छ ।त्रिभुवनको जन्म र प्रजातन्त्र आएको मिति पनि मिल्न गएको छ, त्रिभुवनको जन्म १९६३ फाल्गुन ७ गते भएको भनिएको छ, यता नेपालमा पनि २००७ साल फाल्गुन ७ गते प्रजातन्त्र आएको छ ।त्रिभुवनको छोरा महेन्द्रको जन्म वि.सं. १९७७ साल जेठ ३० गते भएको उल्लेख छ । यसरी हेर्दा बाबु र छोरोको उमेरमा १४ वर्षको मात्र अन्तर छ ।१४ वर्षमा कसरी त्रिभुवनले छोरा पाए होलान् ? मुकुन्द प्रश्न गर्छन् ?
यही प्रसङ्ग गंगालाल श्रेष्ठले पहिले पनि उठाएको थिए ।विंसं २०११ सालमा सुभेच्छुकहरुबाट ४५ हजार रुपैया भेला पारी बेलायतमा श्रीपेज बनाउन अडर दिएको तथ्य बाहिर आएको बेला विंसं १८३१ मा नै मृत्यु भएका पृथ्वीनारायण शाहको शिरमा कसरी श्रीपेच रह्यो भन्ने कुरा पनि विवादास्पद रहेको छ ?डिल्लीबजारमा भोजन गृह चलाउँदै आएका भरत बस्नेतको फोटोमा नै श्रीपेच हालिएको चर्चा चलेको छ ।पृथ्वी नारायण शाह सम्बन्धी हुने धेरैजसो कार्यक्रम पनि भोजन गृहमै हुने गरेको छ भने अन्यत्र भएका कार्यक्रमलाई पनि बस्नेतले सहयोग गर्दै आएको जनाइएको छ ।
राजेन्द्रलक्ष्मीदेवीको तस्बिर भने छाउनीमा रहेको संग्रालयमा क्यान्टिन चलाउने महिलाको भएको हल्लि खल्लि चलेको छ ।भारतमा गान्धीले चलाएको दिव्यसन्देशको नेपाली अनुवाद नै दिव्योपदेश भएको मुकुन्दले बताए ।सन्देशलाई यहाँ ल्याएर उपदेश भनिएको छ ।
अरू केही फरक छैनउनले भने पृथ्वीनारायण शाहले मेरो साना दुःखले आज्याको मुलुक हैन भनेको कुरा पनि महेन्द्रले बल्लतल्ल लेखेका हुन् । जुन अहिले पढ्न पाइन्छ । ती पृथ्वीनारायण भन्ने को हुन् र कस्ता थिए भन्ने अझैपनि खोजीको विषय बनेको छ ।
को हुन् मुकुन्दे ?को हुन् मुकुन्दे ?राजधानीको केन्द्रविन्दु रत्नपार्कको बारेमा थाहा भएकाहरुको लागि मुकुन्दे नयाँ नाम हैन ।रत्नपार्कको एक रुखमा चढेर भाषण गरिरहेको मान्छे र उसको भाषण सुन्नलाई लालयित भएरबसेका मानिसहरू केही समयअगाडीसम्म मुकुन्दको परिचय यही नै थियो ।
तर अहिले मुकुन्देको परिचय फेरिएको छ ।२२ दिन जेल बसेर २२ हजार धरौटी तिरेपछि मुकुन्दे रत्नपार्कबाट विस्थापित भएर अहिले सामाजिक सञ्जाल फेसबुकमा आएका छन् ।विंसं २०३५ सालमा भोजपुरमा जन्मेका मुकुन्द घिमिरेले इन्जिनियरिङमा डिप्लोमा सम्मको अध्ययन पुरा गरेका छन् ।विआइसिसिको सरकारी जागिर छाडेर उनी एकाएक रत्नपार्कमा भाषण गर्न पुगे ।
३५ वटा वसन्त काटिसक्दा पनि विवाह नगरेको मुकुन्द राजधानीको घट्टेकुलोमा बसोबास गर्दछन् । कतिले मुकुन्दलाई पागलको संज्ञा दिएतापनि उनमा भएको ज्ञान प्रशंसा भने सबैले गर्ने गर्दछन् , के राजनीति, के धर्म के दर्शन के साहित्य के इतिहास सबैमा उनको भनाइ छ।
चियाबारे प्राविधिक ज्ञान बढाउन बगानमै तालिम
गुणस्तर अभावमा अझै पनि कुल उत्पादनको १० प्रतिशतभन्दा धेरै अर्थोडक्स चिया पश्चिमा मुलुक जान सकेन
इलाम — चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनका लागि पहिलो सर्त गुणस्तरीय उत्पादनका लागि रासायनिक विषादीको प्रयोग बन्द गर्नुसँगै आवश्यक प्राविधिक पक्षलाई पनि उत्तिकै ध्यान दिइनुपर्छ । तर इलामका गाउँगाउँमा बगान विस्तार भए पनि परम्परागत शैलीमा भर पर्नुपर्दा उत्पादन एवं गुणस्तर दुवैमा असर परिरहेको छ ।
यो चिया काँटछाँट गर्ने सिजन हो । चैतदेखि कात्तिकसम्म चिया टिपाइ भएपछि सबै बगानमा आवश्यकताअनुसारको कटाइ गर्नुपर्छ । तर किसानसँग यसका लागि आवश्यक ज्ञान छैन । प्रशोधनका लागि दक्ष प्राविधिकको अभाव छ । यस्तोमा किसानले भनेअनुसारको गुणस्तर कायम गर्न सक्दैनन् भने उत्पादनमा पनि समस्या आइरहेको हुन्छ । यहाँका ठूला चिया कारखानामा भारतीय प्राविधिक ल्याएर प्रशोधन गराइन्छ । तर साना र मझौला कारखानामा स्थानीयबाट काम गराइन्छ ।
‘दिगो बजारीकरणतर्फ अघि बढ्न गुणस्तर सुधार्न किसानलाई प्रविधि सुहाउँदो बनाउन प्रयासरत छौं,’ राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले भने, ‘यसकै लागि अहिले परियोजना बनाएर काम भइरहेको छ ।’ चियालाई विषादीरहित बनाउन भकारो सुधार कार्यक्रमसम्म सञ्चालनका क्रममा रहेको उनले बताए । यस वर्ष ८ सय किसानले उक्त कार्यक्रम पाउने बोर्डले जनाएको छ ।
चिया रोप्नेदेखि प्रशोधन र प्याकेजिङसम्ममा अझै पनि समयानुरूप प्रविधि भित्रिएको छैन । विश्वबजारमा गुणस्तरीय र विभिन्न भेराइटीमा चियाको माग छ । तर त्यसका लागि चाहिने दक्ष जनशक्तिसहित प्राविधिक उपकरणको प्रयोग पर्याप्त हुन सकेको छैन । चियाको गुणस्तर सुधार्दै अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि किसानको बगानसम्मै पुगेर आवश्यक ज्ञान दिइरहेको बोर्डको भनाइ छ ।
आवश्यक प्राविधिक ज्ञान र सामग्रीको पहुँच किसानसम्म पुगेको छैन । कति उचाइमा कुन प्रजातिको चिया रोप्ने, त्यसलाई चाहिने आवश्यक मलखाद र व्यवस्थापनजस्ता काम परम्परागत रूपमा गरिँदै छ । ‘अहिले मुख्य समस्या नै काँटछाँटको हो,’ बोर्डका प्राविधिक नवीन कोइरालाले भने, ‘यसका लागि बगानसम्मै पुगेर किसानलाई तालिम दिइरहेका छौं ।’
जिल्लामा १५ हजार धेरै चिया किसान छन् । उनीहरूले १० देखि सयौं रोपनीसम्ममा चिया खेती गर्दै छन् । ‘सामान्य तालिममा सिकेको र परम्परागत शैलीमा नै खेती गर्दै आएका छौं,’ देउमाई नगरपालिका–७ नामथलाकी दिलकुमारी राईले भनिन् । चिया कारखाना सञ्चालकलाई पनि प्राविधिक पक्ष सबल नहुँदा उस्तै समस्या छ । इलाममा मात्र दुई दर्जन ठूला र एक सय धेरै साना चिया कारखाना सञ्चालनमा छन् । तर धेरैजसो कारखानामा देखेर सिकेका प्राविधिकको संख्या उल्लेख्य छ । गुणस्तर अभावमा अझै पनि कुल उत्पादनको १० प्रतिशतभन्दा धेरै अर्थोडक्स चिया पश्चिमा मुलुक जान सकेको छैन । ८० प्रतिशत भारतीय बजारमा बिक्री हुन्छ भने १० प्रतिशत नेपाली बजारमा खपत छ ।
होट्पा, हिमटेक्स, व्यावसायिक कृषि तथा बजार आयोजना सीए, उन्नति समावेशी वृद्धि कार्यक्रमलगायत विभिन्न संघसंस्थाले चियाको प्रविधि विकासमा लगानी नगरेका होइनन् । विभिन्न भेराइटीमा उत्पादन हुने अर्थोडक्स चियालाई फरक दक्षता र मेसिनरी सामग्रीको आवश्यकता पर्छ । बजारको मागअनुसार विविधता निकाल्नुपर्ने कारखानाका लागि प्रविधि तथा प्राविधिकको व्यवस्था गर्नु चुनौती बन्दै आएको बोर्डको भनाइ छ ।