मंगलबार १४ चैत्र २०७९


को हुन् यी नेता जसले तलब भत्ता नलिने घोषणा गर्दै भागवत गीता बोकेर गरे सपथग्रहण ?

प्रकाशित मिति । २२ पुस, २०७९ ।

काठमाडौं । प्रतिनिधिसभाका धेरै सांसदले ईश्वरको साटो जनताको नाममा सपथ लिए । तर नेपाली कांग्रेसका सांसद सुनिल शर्माले भने गीता छोएर ईश्वरको नाममा सपथ लिएका छन् ।

संस्कृत भाषामा सपथग्रण गर्ने स्वतन्त्र सांसद किरण साहजस्तै कांग्रेस सांसद शर्माले पनि धर्म भाकेर सपथग्रहण गरेका हुन् । सपथग्रहणका लागि नेपालमै बुनेको कपडाको दौरा सुरुवाल लगाएर गएका शर्माले हिन्दुहरुको महान ग्रन्थ गीता पनि साथमै बोकेका थिए ।

सांसद डा. शर्माको हातमा निर्वाचित भएको प्रमाणपत्रसँगै भागवत गीता समेत थियो । शर्मा कांग्रेसबाट निर्वाचितमध्ये सबैभन्दा बढी करिव ४९ हजार मत पाएर जितेका सांसद हुन् ।

पछिल्लो समय नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाएको बताउँदै डा. शर्माले सत्य र भ्रष्टाचाररहित राजनीतिलाई प्रश्रय दिन भागवत गीता बोकेर संसद भवन प्रवेश गरेको बताए ।

‘पछिल्लो समय नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाएको छ । म सत्य र भ्रष्टाचाररहित राजनीतिलाई प्रश्रय दिन गीता बोकेर संसद भवन छिरेको हुँ ।’ डा. शर्माले भने ।

डा.शर्माले आफू राजनीतिमा कमाउन नभएर सेवाका लागि आएको भन्दै सांसदबाट पाउने तलबभत्ता नलिई निर्वाचन क्षेत्रका विपन्न जनता तथा परोपकारी संस्थाहरुलाई प्रदान गर्ने बताएका छन् ।

चर्चित कलाकार चिज गुरुङ र अस्मिता डल्लाकोटीसंग विवाहको कुरा (भिडियो हेर्नुहोस)

काठमाडौं । लोक दोहोरी छेत्रमा धेरै नै चलेको नाम हो अस्मिता डल्लाकोटी र चिज गुरुङ। यी दुईको जोडी अहिले धेरै नै जमेको छ भने दर्शकहरुले पनि यो जोडीलाई धेरै मन पराइदिनु भएको छ।

लाइभ दोहोरी गाएर धेरै चर्चा र लोकप्रियता कमाएका यी दुई जोडीलाई रियल लाइफमा पनि दर्शकहरुले हेर्न चाहेका छन्। यहि जोडीसंग गरिएको विवाह र दोहोरीको बिषयमा गरिएको गफगाफ तलको भिडियोमा हेर्नुहोला।

७० बर्षसम्म एकै ठाउँ जागिर,एकदिनपनि लिएनन् विदा: काठमाडौं । सामान्यतया जागिरे मान्छेहरु ६० बर्षमा कामबाट सेवानिवृत्त हुन्छन् । नेपालमा सेवा अनुसार ५८ देखि ६० बर्षमा सेवानिवृत्त हुन्छन् ।

अर्काथरी मान्छेहरु धेरै पटक जागिर नै परिवर्तन गर्छन् । तर बेलायतमा एक रोचक व्यक्ति फेला परेका छन् । बेलायतमा एक व्यक्ति पछिल्लो ७० बर्षदेखि एउटै कम्पनीमा काम गर्दै आएका छन् ।

अचम्मको कुरा, उनले ७० बर्षसम्म कुनै विदा लिएनन् । मानिसहरु उनलाई बेलायतको ‘सबैभन्दा समर्पित कर्मचारी’ भनिरहेका छन् । मिररको रिपोर्ट अनुसार बेलायतका सबैभन्दा समर्पित कर्मचारीको नाम ब्रायन चर्ले हो ।

ब्रायनको उमेर ८३ वर्ष भैसक्यो । सन् १९५३ मा, उनी १५ वर्षका थिए । १५ वर्षको उमेरदेखि उनले एक कारखानामा काम गर्न थाले । त्यसबेलादेखि उनी त्यहीँ कारखानामा काम गर्दैछन् ।

ब्रायनका अनुसार स्कूलको बिदामा आफ्नो परिवारको लागि केही थप पैसा कमाउन उनले काम गर्नुपर्यो । किनभने विश्व युद्ध पछि, उनको परिवार धेरै गरीब भयो ।

उनका बुबा सेनामा थिए । कारखानामा हप्तामा ४५ घण्टा काम गरिसकेपछि ब्रायनले दुई पाउन्ड कमाए, एक जनाले उनकी आमालाई एक पाउन्ड दिए । यो उनको पहिलो कमाई थियो । थप रोचक कुरा के भने ७० वर्षमा कारखाना सपिङ सेन्टरमा परिणत भैसक्यो ।

तर पनि ब्रायन चोर्लेले उक्त कम्पनी छोडेनन् । उनी कारखानाबाट सपिङ सेन्टरमा सरेका थिए, तालिम लिएर त्यहीँ काम गर्न थाले ।

उनले एउटै कार्यस्थलमा करिब ७० वर्ष पूरा गरिसकेका छन्, त्यो पनि कुनै बिना लिएका छैनन् । लकडाउनमा केही समय काम ठप्प हुँदा उनी निकै विचलित भएका थिए ।

चाखलाग्दो कुरा के छ भने, ८३ वर्षीय ब्रायन अझै पनी सेवानिवृत्त हुने योजनामा छैनन् । उनका आर्दश ९५ वर्षीय डेभिड एटीएनटेम्बोर हुन् । ब्रायन अब एक दशक काम गर्न चाहन्छन् ।

स्वास्थ्य परीक्षणपछि, उनी अझै स्वस्थ छन् । ब्रायन कोर्शले भन्छन्, ‘मैले आठ वर्षअघि मेरी श्रीमती गुमाएँ, त्यसैले कसैले पनि मलाई घरमा हेरेन । म बाहिर बस्न चाहन्छु, म मानिसहरूलाई हेर्न चाहन्छु । मलाई काम गर्न मनपर्छ ।’ उनको अहिले विश्वभर तारिफ पनि भइरहेको छ ।


Last Updated on: January 7th, 2023 at 12:44 am


तपाईको प्रतिक्रिया