सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


ढुंगा र हँसि:याले हानेर ह :त्या, लता’र्दै खोल्सामा लगेर गहना लुट:पाट

प्रकाशित मिति । २२ पुस, २०७९ ।

एक ६० वर्षीया महिलाको ह :त्या भएको छ । आइतबार बिहान स्थानीय राधा थापाको ह :त्या भएको हो ।

घर नजि’कैको खोल्सीमा बिहा’न करिब १० बजेतिर थापाको श व फेला परेको थियो । टाउकोमा गम्भीर चो’ट लागेको देखिएकाले थापाको ह त्या भएको हो प्र’हरीले जनाएको छ ।

थापाको घटना’को जानकारी पाउनासाथ उद्धा:र र अनु:सन्धानमा ख’टिएको प्रह’रीले घट:ना भएको १२ घण्टाभित्रै अभियुक्त पक्राउ गरेको छ । लुकेर भात जाँदै गरेका भारतीय नागरिक सुशान्त सिंह’लाई प्रहरीले शीतगंगा-११ को जंगल’बाट नियन्त्र’णमा लिएको हो ।

६० वर्षीया राधा थापा हरेक दिन’जस्तो आइतवार बिहान पनि छिमेकीको घरमा दूध लिन निस्किइन् । घरबाट दूध लिन निस्किएकी थापा छिमेकीको घरमा नपुग्दै अ’पराधी’को निसानामा परिन् । भारतको गु’डगाँव घर भई हाल अर्घा’खाँची शीतगंगा नगरपालिका-१० स्थित बोखोरकी शि’वकला परियारसँग वि’वाह गरेका सुशान्त सिंहले गहना लुट’पाटकै लागि महिलाको ह त्या गरेको प्र’हरीले जनाएको छ ।

अघिल्लो दिन साँझ नै चन्द्रौटा डेराबाट ससु’राली घरमा आएका सिंहले राति कोही नभएको ससुराली घरमै रात बिताएको र अर्को दिन बिहान साढे ५ बजेदेखि बाटोमा कुरेर करिब ८ बजेको आस’पासमा ह त्या गरेको स्वी’कार गरेका छन् ।

दूध लिन जाँदै गर्दा बाटोमा ढुकेर बसेका सिंहले पछाडि’बाट ढुंगा र हँसियाले हानी थापाको ह त्या गरेपछि लतार्दै बाटो’देखि करिब १५ मिटर तल जंगलको झाडी खोल्सोमा लगेर उनले लगाएको सु’नका गरगहना लुट’पाट गरेको प्र’हरीलाई बयान दिएका छन् । आरो’पी सिंहलाइ जिल्ला अदा’लतबाट सोमबार सात दिनको म्याद लिएर अर्घा’खाँची प्रहरीले थप अनु’सन्धान सुरु गरेको छ ।

थापाको हत्या गरी गहना लुटपाट गरेर जंगलको बाटो भाग्दै गरेका सिंहलाई इलाका प्रह’री कार्यालय ठाडाबाट खटिएको प्र:हरी टोलीले सोमबार दिउँसो पक्रा:उ गरेको हो ।

प:क्राउ परेका सिंहले ससुराली आएको वेलामा थापाले गहना लगाएको देखेको र त्यही गहना लु:टपाट गर्ने योजनाका साथ ह ;त्या गरेको स्वीकार गरेको जिल्ला प्र:हरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।

बदलिँदै याकको बाटो

झन्डै १० वर्षअघि इलाम र पाँचथरबाट भारतीय सिमाना जोड्न ट्र्याक खुलेसँगै याक हिँड्ने रूट बदलिन थाल्यो तर अहिले पनि सिक्किम मोहडाबाट कञ्चनजंघा हिमालको बेस क्याम्पसम्म पुग्ने तथा आरोहण गर्नेहरुका बन्दोबस्तीका सामग्री बोक्न याक र फोम्जोको विकल्प छैन 

पाँचथर — याङवरक–१ तोरीफुलेका सूर्यमान गुरुङ याक र फोम्जोको पछि लाग्न थालेको ४५ वर्ष भइसक्यो । दशकौंसम्म उनले सिक्किम र पश्चिम बंगालका बजारबाट नुन, तेल, चामललगायतका उपभोग्य सामान खरिद गरी याकमार्फत पूर्वी पहाडका पाँचथर, इलाम र ताप्लेजुङका उच्च पहाडी भेग पुर्‍याए ।

पूर्वी पहाडका पुराना रुटमा सडक खन्ने क्रम तीव्र भएपछि उनको व्यापारको गन्तव्य पूर्वी पहाडतिर कम, सीमावर्ती भारतीय राज्य सिक्किमतिर बढ्न थालेको छ । रुट बदलिए पनि सामान ढुवानीको दशकौं पुरानो शैली आजपर्यन्त कायमै छ ।

हिजोआज उनी सिक्किमको उत्तरे, हिङ्गो, देन्ताम, बेघा हुँदै याक्सोमसम्म पुग्छन् । सिक्किमतर्फको मोहडाबाट कञ्चनजंघा हिमालको बेस क्याम्पसम्म पुग्ने तथा हिमाल आरोहण गर्नेको संख्या धेरै भएकाले उनीहरूको बन्दोबस्तीका सामग्री बोक्न पनि याक र फोम्जोको विकल्प छैन ।

‘पहिले पश्चिम बंगालतर्फबाट सीमावर्ती सन्दकपुर र फालौटसम्म गाडी आइपुग्थे,’ सूर्यमान भन्छन्, ‘मान्छेको यात्रादेखि सामान बोक्नसम्म पहिले याक र फोम्जोको विकल्प थिएन तर अहिले त्यस्तो छैन । सबैतिर बाटो खनिएको छ ।’ उनका अनुसार २०७० सालतिर नेपालतर्फ इलाम र पाँचथरबाट सिमाना जोड्न मोटर बाटोको ट्र्याक खोलिएसँगै याक हिँड्ने रुट बदलिन थालेको हो । ‘२०६० को दशकसम्म सन्दकपुर र फालौटमा यात्रु र सामान लिएर दैनिक २–३ वटा भारतीय नम्बर प्लेटका ल्यान्डरोभर जिप आउँथे । अहिले त तिनको संख्या दैनिक नै १५/२० पुगिसक्यो,’ उनले भने ।

याक र फोम्जोमा भारी बोकाएर हिँड्ने काम सजिलो छैन । सबै ठाममा बस्ने गोठ र घर भेटिन्न । चौरमा टेन्ट टाँगेर बस्नुपर्छ । कहिलेकाहीँ भारी बोकेका चौपाया बीचमै बिरामी पर्छन् । त्यति बेला तिनलाई औषधि उपचार गर्न नसक्दा तनाव हुने सूर्यमानको अनुभव छ ।

सिक्किमतर्फका पर्यटन व्यवसायीले नेपालका फोम्जो बुक गर्छन् अनि सिक्किमकै बाटो भएर कञ्चनजंघा बेस क्याम्पको पूर्वी मोहडासम्म जाने पर्यटकका भारी बोकाउँछन् । भारी बोकाएबापत व्यवसायीले एक फोम्जो बराबर नेपाली एक हजार रुपैयाँ पाउँछन् । सिजनमा यस ठाउँसम्म एकै पटक एक सय वटासम्म फोम्जोलाई भारी बोकाएर लगिन्छ ।

नेपाल–भारत सीमावर्ती सन्दकपुर, फालौट र चिवाभन्ज्याङदेखि सिक्किमको याक्सोमसम्म पुगेर फर्किन थोरैमा २५ दिन र धेरैमा २८ दिनसम्म लाग्छ । २०७५ सालमा नेपालतर्फ पाँचथरको सदरमुकाम फिदिमबाट थर्पु च्याङ्थापु हुँदै सिक्किमतर्फको सीमावर्ती चिवाभन्ज्याङसम्म सडक यातायात पुगेको छ ।

पश्चिम बंगालसँगको नाका फालौटमा फिदिमबाट जोरखरी जोरपोखरी, एकतिन मेमेङ हुँदै २०७७ सालमा मोटर बाटो जोडियो । उता पश्चिम बंगालसँगै सिमाना जोडिएको पाँचथरको फालेलुङ र इलामको सीमावर्ती बजार सन्दकपुरसम्म फिदिमबाट नांगिन, याङनाम, सिदिन, प्राङबुङ हुँदै २०७२ सालमा मोटर बाटो जोडियो ।

हिले, चारराते र सन्दकपुरमा इलाम र पाँचथर दुवैतिरबाट गाडी पुग्छन् । प्रायः चौंरीगोठ मात्रै रहेका चिवाभन्ज्याङ, चारराते, फालौट र सन्दकपुरसम्म मोटर बाटो पुगेपछि नेपालतर्फ चाहिँ याक र फोम्जोको प्रयोग घट्न थालेको अर्का व्यवसायी थर्कमान गुरुङको अनुभव छ । पहिले इलाम, पाँचथर र पश्चिम बंगाललाई जोड्ने सन्दकपुर, फालौट, चिवाभन्ज्याङ, उत्तरे र गैरीदेखि घुमाथाङ, याङसेप, पहाडेमेगु, तिम्बुङपोखरी हुँदै ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो हिमाल कञ्चनजंघा आधारशिविर र तिब्बतसँगको नाका युरीसम्मका सामग्री ढुवानीमा याक र फोम्जोकै भर थियो ।

याङवरक–१ तिमतिम्बुका ७४ वर्षीय तेजबहादुर बेघाका अनुसार चारपाङ्ग्रे आइनपुग्दासम्म सन्दकपुर, चारराते, फालौट, चिवाभन्ज्याङदेखि च्याङ्थापु, फलैंचा, ओयाम, प्राङबुङ, मेमेङ र सिदिनतर्फ मट्टीतेल, चामल र नुन बोकाउन पनि फोम्जोको विकल्प थिएन । ‘त्यो बेला घाँटीमा बाँधिएका घण्टी बजाउँदै भारी बोकेर हिँड्ने फोम्जोको लाइन रमितलाग्दो देखिन्थ्यो,’ उनी भन्छन्, ‘फोम्जो हिँड्ने फालौट, चिवाभन्ज्याङ, चारराते र सन्दकपुर नाकामा हिजोआज हर्न बजाउँदै धूलो उडाएर हिँड्ने गाडी मात्रै देखिन्छन् ।’

चौंरी संरक्षण तथा विकास संस्थाका अध्यक्ष चन्द्रलाल नेपालका अनुसार अहिले पाँचथर, ताप्लेजुङ र इलामका उच्च पहाडमा भारी बोक्ने फोम्जोको संख्या २ सय ५० छ । पाँचथरमा मात्रै करिब ८० वटा छन् । दुई दशक अगाडिसम्म तीन वटा जिल्लामा भारी बोक्ने फोम्जोको संख्या तीन सयभन्दा धेरै थियो । पाँचथरमा मात्रै एक सय वटासम्म फोम्जो रहेको नेपालले बताए ।

हिमाली क्षेत्रमा बसोबास गर्नेहरूको आयआर्जनको प्रमुख स्रोत नै चौंरी, उराङ, याक र फोम्जो हुन् । चौंरी र उराङ दूध, घिउ, छुर्पी तथा रौंका लागि प्रयोग हुन्छ भने याक र फोम्जो भारी बोक्न । चौंरी र उराङको पुच्छर (चमर) पनि बिक्री हुन्छ । यो हिन्दु र बौद्ध धर्मावलम्बीले प्रयोग गर्छन् । चौंरीको रौंबाट हिमालकै मौसम सुहाउँदो कपडा (पाखी) बनाइन्छ । कालो र सेतो रङ मिलाएर बनाइएको चम्मरलाई गंगाजमुना भनिन्छ, जुन १० हजार रुपैयाँ प्रतिगोटा बिक्री हुन्छ । कालो, कैलो र सेतो रङ मिलाएर बुनिएको पाखीको मूल्य प्रतिगोटा २० हजार रुपैयाँसम्म पर्छ । एउटा पाखी बनाउन

कम्तीमा १५ वटा चौंरीको रौं आवश्यक पर्ने व्यवसायी जंग राईले सुनाए । हिमाली पशु पालकले जाडोमा पाखी नै लगाउँछन् । पाँचथर र इलाममा उत्पादित घिउ, छुर्पी नेपालसहित भारतका सहरसम्म माग हुने गरेको पशु पालकहरू बताउँछन् ।

संरक्षण प्रयास

हिमाली भेगका बासिन्दाको जीवनसँगै जोडिएको याक र चौंरी प्रजातिका जनावरका लागि पछिल्ला वर्ष सरकारी र गैरसरकारी क्षेत्रबाट संरक्षणका प्रयास भइरहेका छन् । पाँचथरको फालेलुङ गाउँपालिकाले २०७४ देखि प्रत्येक वर्ष वैशाख १ मा गर्ने चौंरी महोत्सवमा नेपाल, भारत र भुटानसम्मका चौंरी सम्बद्ध व्यवसायी भेला हुन्छन् ।

चौंरी पालकलाई संगठित गर्न राष्ट्रियस्तरमा याक र चौंरी कृषक महासंघ पनि गठन गरिएको छ । यस्तै, पाँचथरका याक र चौंरी पालकलाई संगठित गर्दै गठन गरिएको चौंरी संरक्षण तथा विकास संस्था जिल्ला प्रशासन कार्यालय पाँचथरमा दर्ता गरिएको छ । जसमा ४२ चौंरी पालक संगठित भएका छन् ।

पाँचथर, ताप्लेजुङ, संखुवासभा, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, रसुवा र दोलखासहित विभिन्न जिल्लामा चौंरीको संख्या ७० हजार हाराहारीमा रहेको कृषि तथा सहकारी र पशुपक्षी विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

फालेलुङ गाउँपालिकामा छुट्टै फालेलुङ चौंरी पालक समूह छ । अध्यक्ष नेपालका अनुसार यी सञ्जालले चौंरी पालनमा भएका समस्याको पहिचान गरेर समाधानका लागि पहल गर्ने, याक र चौंरीको बिमा गर्ने र उत्पादन भएका चौंरीजन्य वस्तुको बजार प्रवर्द्धन गर्ने काम गर्दै आएका छन् । फालेलुङका अध्यक्ष वीरविक्रम थाम्सुहाङ स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम लिएर गोठगोठसम्म पुग्ने बताउँछन् ।

प्रदेश सरकारमातहत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले किसान समूहमार्फत औषधि र उपकरण वितरण गर्दै आएको छ । भुटानबाट याक ल्याएर यहाँका चौंरीसँग मिसाई नश्ल सुधार गर्न थालिएको छ । चौंरीबिनाको हिमाल र हिमालबिनाको चौंरी अधुरो हुने नेपाल बताउँछन् ।

सीमावर्ती क्षेत्रअन्तर्गत भारततर्फको चरन क्षेत्रमा भारत सरकारले सिंहलिला नेसनल पार्क बनाएर चरिचरनमा प्रतिबन्ध लगाउनुको मार पनि नेपालतर्फ चौंरी पालकहरूले भोगिरहेका छन् । नेपालले भने, ‘सडक निर्माण, चरिचरन क्षेत्रमा छोडिएका घोडासहित छाडा चौपाया र विषादीयुक्त घाँसले चौंरीपालन संकटमा पर्दै गएको छ ।’

भारी बोकाउन तालिम

उच्च पहाडी र हिमाली भेगमा सामान ढुवानी गर्ने याक र फोम्जोलाई भारी बोकाउन विशेष खालको तालिम नै दिनुपर्छ । किनकि हप्तौंसम्म पहाडका साँघुरा बाटोमा भारी बोकेर लुरुलुरु हिँड्ने बनाउन तालिम नदिई हुन्न । व्यवसायी जंग राईकै भाषामा ‘जसरी मान्छेलाई ड्राइभिङ, हाउस वायरिङ, कुकिङसँगै प्राविधिक क्षेत्रमा प्रवेश गर्नुपूर्व निश्चित अवधिको तालिम लिनु जरुरी हुन्छ, त्यस्तै हिमाली क्षेत्रमा भारी बोकाइने फोम्जो होस् वा याकलाई भारी बोकाउन थाल्नुपूर्व तालिम दिनु जरुरी हुन्छ ।’ यस्तो तालिम हिमाली क्षेत्रमा पशुपालन व्यवसायमा संलग्नले दिने गर्छन् ।

फोम्जो र याकलाई तालिम दिने कामलाई स्थानीय भाषामा सदाउनु भनिन्छ । जंगका अनुसार प्रायः २ वर्ष पुगेका याक र फोम्जो सदाउन योग्य हुन्छन् । तर ७ वर्ष उमेर पुगिसकेकालाई मात्र पूर्ण वयस्क मानिन्छ ।

तालिमको सुरुमा फोम्जोका ढाडमा भारी अड्याउनका लागि काठका चौकट मिलाएर बनाइएको साधन (याकल) बाँधेर बगालमा छोडिन्छ । त्यो बेला याकले बिगारे व्यवसायीले मिलाइदिन्छन् । ‘दोस्रो चरणमा माटो वा बालुवाको भारी बोकाएर हिँडाउने अभ्यास गराइन्छ, तेस्रो चरणमा सदाउँदै गरिएका बस्तुको सिङमा डोरीले कसेर डोर्‍याउन थालिन्छ, चौथो चरणमा १० किलोमिटर टाढासम्म लगेर भारीसँगै फर्काइन्छ,’ जंगले भने, ‘तालिम अवधि पूरा गरेपछि मात्रै याक वा फोम्जोलाई भारी बोक्ने काममा लगाइन्छ ।’ उनका अनुसार एक/दुई पटक ट्रेकिङमा हिँडाइसकेपछि अर्को पटक त्यही रुटमा हिँडाउँदा मान्छेबिनै गन्तव्य पुग्छन् । याक र फोम्जोले १८ देखि २० वर्षसम्म भारी बोक्न सक्छन् ।

चौंरी सम्बद्ध व्यवसायीका अनुसार फोम्जो, याक र चौंरी गाईले धेरै तापक्रम भएको क्षेत्र (औल) रुचाउँदैनन् । याकका लागि समुद्री सतहबाट ३ हजार ५ सयदेखि ५ हजार मिटरसम्म र फोम्जोका लागि १ हजार ८ सयदेखि ५ हजार मिटरसम्मको हावापानी सुहाउँदो हुन्छ । वयस्क याक प्रतिगोटा एक लाख रुपैयाँसम्म र फोम्जोको ८५ हजार रुपैयाँसम्ममा किनबेच हुने व्यवसायीहरू बताउँछन् ।

उच्च पहाडी र हिमाली क्षेत्रमा सामग्री ढुवानी गर्ने यी चौपायाको भारोत्तोलन र हिँड्ने क्षमता पनि फरकफरक हुन्छ । पाँचथरका उच्च पहाडी क्षेत्रमा लामो समयदेखि याकमार्फत सामान ढुवानी गराउँदै आएका फालेलुङ–३ का प्रेमबहादुर राई (राई माइला) का अनुसार फोम्जोले ६० देखि ८० केजी र याकले ८० देखि १ क्विन्टलसम्म भारी बोक्छन् । यिनीहरूमध्ये फोम्जो दैनिक २५ देखि ४० र याक ४० देखि ५० किलोमिटरसम्म हिँड्न सक्छन् ।

प्रजनन चक्र

याक चौंरी गाईका भाले प्रजाति हुन् । याक (हिमाली गोरु) सँग रैथाने गाईको सम्भोग गराएपछि चौंरीको जीवन चक्र सुरु हुन्छ । यिनीहरूको संसर्गबाट जन्मेको बाच्छोलाई फोम्जो (जोक्पे) र बाच्छीलाई उराङ भनिन्छ । उराङ दूध र जोक्पेचाहिँ भारी बोक्न प्रयोग हुने पाँचथर याङवरक–१ पानीभित्ताकी अगुवा चौंरी पालक किपालमु भोटिया सुनाउँछिन् ।

उराङसँग याक मिसाई प्रजनन गराएर जन्माइएका बाच्छाबाच्छीलाई तोले भनिन्छ । चौंरी पालक पेम्बा छिरिङ शेर्पाका अनुसार भारी बोक्न, जोत्न र सन्तान उत्पादनमा बाच्छो तोलेको कुनै उपादेयता नहुने भएकाले जन्मेको केही समयमै यसलाई मारिन्छ वा प्राकृतिक मृत्यु पनि हुन्छ । बाच्छी तोलेलाई चाहिँ वयस्क भएपछि याकसँग सम्भोग गराइन्छ ।

यसरी याक र तोलेबाट जन्मेको बाच्छाबाच्छीलाई गार भनिन्छ । गार र याकको मिलनपछि जन्मेको बाच्छाबाच्छीलाई गिर भनिन्छ । गिर र याकको सहवासबाट जन्मेको बाच्छाबाच्छीलाई गुर भनिने शेर्पा बताउँछन् । अब पुनः गुरसँग याक मिसायो भने चौंरी वा याक जन्मन्छन् ।


Last Updated on: January 6th, 2023 at 4:03 pm


२९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया