
सप्तरीमा किर्ते मुद्दा लागेपछि फरार वडाध्यक्ष प’क्राउ
प्रकाशित मिति । २१ पुस, २०७९ ।
राजविराज — प्रचण्डको नेतृत्वमा सरकार बनेपछि एकपछि अर्का राम्रा कामका सुरुवत भएका छन । नागरिकले प्रचण्ड सरकारलाई धन्यवा दिइरहेका छन ।
मुख्यगरी गृहमन्त्री रबीले देश र जनताको लागि राम्रो कदम उठाएका छन । प्रधानमन्त्रीले फुल पावर दिएपछि रबीले देश र जनताको लागि राम्रो काम गरिरहेका छन ।
सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ का वडाध्यक्ष रहमान मियाँ पक्राउ परेका छन् । मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता अपचलन गरेको आरोपमा उनीमाथि मुद्दा चलिरहेको थियो ।
मुद्दा विचाराधिन रहेकै अवस्थामा उनी दोस्रोपटक गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी निर्बाधरुपमा चुनाव प्रचारप्रसारमा सहभागी भएका थिए । प्रहरीकै उपस्थितिमा मियाँले निर्वाचित भएको प्रमाणपत्र लिँएर दोस्रो कार्यकाल सुरु गरेका थिए ।
डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ मा आर्थिक वर्ष ०७४/७५ देखि ०७७/७८ सम्म ७८ जनाको नाममा किर्ते कागजात पेस गरी सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको आरोपमा वडाध्यक्ष रहमानसहित २१ जनामाथि मुद्दा चलिरहेको छ । यो प्रकरणमा एक करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता रकम हिनामिना भएको जनाइएको छ । उक्त घटनामा वडाध्यक्ष रहमानसहित २१ जनालाई प्रतिवादी बनाएर २०७७ असोज २२ गते मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दामा तत्कालीन समयमै पक्राउ गरिएका तत्कालीन वडासचिव विनोदकुमार ठाकुर अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा छन् ।
बिहीबार पक्राउ गरिएका वडाध्यक्ष रहमानलाई अदालत पेस गरिएको र शुक्रबारदेखि थुनछेक बहस हुने जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले जनाएको छ ।
एकीकरण मार्गमा सेनाको पदयात्रा
गोरखा — गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको गोरखा–काठमाडौं एकीकरण मार्गमा बिहीबारबाट पदयात्रा सुरु गरिएको हो ।
गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट बिहीबार सुरु यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं हनुमानढोकामा पुगेर टुंगिने नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेम विष्टले बताए ।
पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सेनाको टोली यात्रामा सहभागी छ । कालो दौरासुरुवाल, टाउकोमा चातोडा, कम्मरमा खुकुरी हातमा भरुवा बन्दुकसहित शाहकालीन पोसाकमा सजिएका सेनाको सार्दुलजंग गुल्मको टुकडी र रिपुमर्दन गणले गोरखाबाट यात्रा सुरु गरेका हुन् । गोरखा दरबारबाट हनुमानढोकासम्मको २६ कोष दुरीको यात्रा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते टुंगिने छ ।
यात्राको पहिलो दिन सेनाको पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दिपककुमार बानियाँले राष्ट्रिय झन्डा तथा टर्च गोरखा खण्डको नेतृत्व गर्ने रिपुमर्दन गणका यात्रामा सहभागी नेपाली सेनालाई हस्तान्तरण गरे । टर्च, नेपालको राष्ट्रिय झन्डा, सेनाको पहिलो कम्पनीहरु (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, सबुज र बबर्दबहादुर)को झन्डासहित यात्रा सुरु भएको हो । सेनाका पाँच कम्पनी पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको नेपाली सेनाले जनाएको छ ।
रिपुमर्दन गणले यात्राको पहिलो दिन बिहीबार हनुमानभञ्ज्याङबाट ताप्ले–अश्राङ–वोर्लाङसम्मको यात्रा पूरा गर्ने छ । गोरखा खण्डको नेतृत्व सेनाको रिपुमर्दन गणका उपसेनानी वम बोगटीले गरेका छन् । पहिलो दिनको गोरखा खण्डको यात्रामा ३० जनाको टोली सहभागी रहेको नेपाली सेनाले जनाएको छ ।
बिहीबार साँझ गोरखा–धादिङ सीमा क्षेत्रको घाटबेंसीमा टर्च र झन्डा धादिङको शिवदल गणलाई हस्तान्तरण हुने विष्टले जानकारी दिए । धादिङ खण्डमा शिवदल गणले दुई दिन, नुवाकोट खण्डमा जबरजङ गणले एक दिनको यात्रा हुँदै काठमाडौं पुग्ने गरी यात्रा तय गरिएको छ ।
२६ गते काठमाडौं खण्डको यात्रा पछि हस्तान्तरण भएको टर्च र राष्ट्रिय झन्डासहित हनुमानढोकाको सार्दुलजंग गुल्म पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रममा सरिक हुने छ ।
यात्राले नेपाल एकीकरण पदमार्ग तथा ऐतिहासिक धरोहरबारे भावी पुस्तालाई जानकारी गराउन सघाउ पुग्ने नेपाली सेनाको विश्वास छ । इतिहासको पुनर्जागरण गराउन अभियानले सघाएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाले बताए । इतिहासको संरक्षण गर्दै सुरु भएको अभियानले पर्यटन प्रवर्द्धनमा पनि सघाउने उनको विश्वास छ ।
नेपाल एकीकरण अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गराउन भन्दै नेपाली सेनाले चार वर्ष अघिबाट पदयात्रा सुरु गरेको हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा प्रयोग गरेको उक्त पदमार्गमा ढुङ्धोरा, कोशेढुङ्गा, पाटीपौवा अझै देख्न सकिन्छ । तत्कालीन समयमा पृथ्वीनारायण शाह गोर्खाली फौजसहित नेपाल एकीकरणको योजना बनाउँदा उक्त मार्गको यात्रा गरेको ठाउँ भएकाले यसको महत्व अझै स्थापित गर्नुपर्ने सरोकावाला बताउँछन् ।