मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


पूर्वमिस नेपाल श्रृंखला खतिवडाले गाउँपालिकालाई स्वास्थ्य चौकी हस्तान्तरण गरिन् !

प्रकाशित मिति । २१ पुस, २०७९ ।

काठमाडौ । स्वास्थ्य चौकी निर्माण गरेर पूर्वमिस नेपाल श्रृंखला खतिवडाले समुदायलाई हस्तान्तरण गरेकी छन् । उनले सन् २०१८ को विश्वसुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको लागि गृहजिल्ला मकवानपुरको कैलाश गाउँपालिका-७ स्थित ताम्लाङमा स्वास्थ्य चौकी निर्माण गरेकी थिइन् ।

दुई वर्ष लगाएर सम्पन्न भएको यो स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि उनीहरुको अथक योगदानका लागि श्रृंखलाले धन्यवाद दिएकी छन् । निर्माणपछि गाउँपालिकालाई ङिको स्वास्थ्यचौकी हस्तान्तरण गरिएको र मासिक ३०० जना बिरामीले सेवा लिइरहेको श्रृंखलाले जानकारी दिएकी छन् ।

हस्तान्तरणपछि परियोजनाअन्तर्गत स्टाफ क्वार्टर पनि थपेको उनले उल्लेख गरेकी छन् । ‘पखाला वा प्राथमिक उपचार जस्ता सजिलै निको हुने रोगका कारण धेरैले ज्यान गुमाएका ठाउँका लागि ठूलो उपलब्धि हो,’ श्रृंखला लेख्छिन्, ‘यो स्वास्थ्य चौकी नभएको अवस्थामा लगबुकमा नाम रहेका मान्छेले नजिकको स्वास्थ्य केन्द्रमा चार घण्टा हिंड्नुपर्ने थियो ।’

मतदानको सुखानुभूति

यही मंसिर ४ गते भएको संघीय र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने मानिसहरू विगतको तुलनामा कमै देखिन्थे । किनभने गणतन्त्र आएपछि पनि जुन राजनीतिक दल सरकारमा पुगे पनि झुठा आश्वासन र झुठा सपनाहरू बाँड्ने कामभन्दा केही गर्न जानेनन् ।

त्यसैको परिणामस्वरूप आम नागरिकहरूको निराशा र आक्रोशको अभिव्यक्ति थियो- मतदानमा कम सहभागी हुनु र सहभागी भए पनि स्थापित राजनीतिक शक्तिलाई मत नदिनु । यसपालिको निर्वाचनले पुराना राजनीतिक शक्तिहरूलाई सुध्रिन र जनतालाई सधैं भोट बैंकको रूपमा मात्र नहेर्न सन्देश दिएको छ ।

जनताको मन–मस्तिष्कमा सधैं परिवर्तनको चाहना भइरहन्छ । त्यसैको परिणाम नयाँ राजनीतिक शक्तिको उदय भएको हो । चुनावमार्फत नेपाली राजनीतिक इतिहासमा नयाँ अनुहार नयाँ जोस, जाँगर लिएर आएका छन् । यिनीहरूको जोस–जाँगरलाई अबका संसद् र सरकारहरूले उचित ढंगले व्यवस्थापन गर्न हिच्किचाउनु हुँदैन । नत्र उनीहरूले नै यसको मूल्य चुकाउनुपर्छ ।

युवा पंक्ति भनेका हिजोका राजनीतिक आन्दोलनहरूमा सहभागी हुने मात्र होइन, देश र जनताका लागि सही नेतृत्व गर्न सक्ने शक्ति पनि हो । युवा शक्तिले नेतृत्व गर्नुपर्छ भन्ने समयको मागलाई गम्भीर भएर सुनेनन् भने भोलि हाम्रा राजनीतिक शक्तिहरूले पछुताउनुपर्नेछ । यस्तो जनभावना बुझेन भने अबको सरकार जनताबाटै बहिष्कारको सिकार हुनेछ ।

यो पंक्तिकार पनि भोट हाल्नका निम्ति नजिकको मतदान केन्द्र पुग्दा मान्छेको घुइँचो पहिलाजस्तो थिएन । तर जति आएका थिए एकदमै अनुशासित भएर मतदानमा सहभागी भइरहेका थिए । आफ्नो मत दिइसकेपछि म त्यहाँ बसेर वरिपरिको वातावरण नियालें सबै शान्त ढंगले मतदान गरिरहेका थिए ।

मनमा एक प्रकारको खुसीको अनुभूति भयो । आफ्नो ठाउँ, गाउँमा यति सहज रूपमा मतदान भइरहेको देख्दा कसको मन खुसी नहोला र ? ठाउँ–ठाउँबाट झडपका खबरहरू आइरहेका थिए यहाँ भने यति शान्तिपूर्ण वातावरणमा सचेत नागरिकहरू मतसँगै मौन विचार पनि प्रकट गरिरहेका थिए । ती मत नदिने नागरिकहरूलाई मतले प्रश्न गरिरहेका थिए, आखिर किन हामीले लामो संघर्ष गरेर ल्याएको व्यवस्थाप्रति यति वितृष्णा ?

राजनीतिक दलका सबै नेताहरू खराब पनि छैनन् । गल्ती गर्नेहरूलाई नदिए पनि सज्जनलाई मत किन दिएनन् ? त्यसमा किन कन्जुस्याइँ गरे ? यस्तैयस्तै प्रश्नहरू खेलिरहे मनमा । बाहिर भने शान्त र मौन रहेरै हाँसेर बसिरहें ।

जिन्दगीमा धेरै कुराको अनुभूति गरियो । किन–किन यो मन निर्वाचनमा मतदान गर्दा त्यसै रमाउँछ, फुरुंग हुन्छ । लोकतन्त्र, प्रजातन्त्रप्रति आस्था राख्ने मान्छे भएको हुनाले होला । मतदान गरेर बस्दै गर्दा एक जना सञ्चारकर्मीले सोधिहाले, ‘किन मत दिनुहुन्छ ?’ जवाफ दिइहालें, ‘म मत विचार दिन दिन्छु र सचेत नागरिकको कर्तव्य पूरा गर्न दिन्छु ।’

उनी चुपचाप लागेर मेरो अनुहारतिर हेरिरहे, म मुसुक्क हाँसिदिएँ । अब छिट्टै सरकार बनाउने खेल सुरु हुँदै छ । यो खेल सुरु हुनु पहिला अब सरकार बनाउनेहरूले सोच्नुपर्छ- देश र जनतासँग गरेका प्रतिबद्धताहरू के कसरी पूरा गर्ने ? युवाहरूको प्रतिनिधित्व कसरी गराउने ? उनीहरूका मुद्दाहरू के कसरी सम्बोधन गराउने ?

जनताले जनमत एक दललाई मात्र सरकार बनाउने गरी दिएका छैनन्, सबै मिलीजुली सरकार बनाउन दिएका छन् । कसको नेतृत्वमा सरकार बन्ला, यो हेर्न केही दिन बाँकी छ । जसको नेतृत्वमा सरकार बने पनि जनता र देशप्रति इमानदार भएनन् भने अब जनताले यिनलाई जनमत मार्फत मौन पाराले सजाय दिने निश्चित छ । यो देश र जनतालाई कसैले पनि आफ्नो स्वार्थको भाँडो नबनाऊन् ।


Last Updated on: January 5th, 2023 at 6:14 pm


१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया