सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


किशोरको बयान : दाजु विदेशमा, घरमा सबै सुतेपछि भाउजु आउनुहुन्थ्यो, बच्चा होला भन्ने थाहा थिएन !

प्रकाशित मिति । २१ पुस, २०७९ ।

कैलाली । केही घटनाले भाउजु आमा समान हुन्’ भन्ने युक्तिलाई केबल उखान मात्रमा सिमित गरिदिन्छ । र पत्याउनै नसकिने घटना हुन्छन् । कैलालीका एक किशोरको बयानले सबैलाई अचम्बित पारेको छ । उनको बयानले माथी उद्धारण गरिएका शब्दलाई मिथ्या सावित गरेको छ ।

आमालाई जस्तो सम्मान गर्नुपर्ने आफ्नै भाउजु देवरबाट गर्भवती भइन् । त्योपनि दाजु विदेश गएका बेला । घटनाले त्यति बेला पुष्टि पायो जतिबेला भाउजुको पेटमा हुर्किदै गएको बच्चा बढेर पेटको आकारमा बृद्धि भयो । प्राप्त जानकारी अनुशार कैलालीको लम्कीमा एक १८ वर्षीय देवरले भाउजुलाई गर्भवती बनाएका हुन्।

दाजु विदेश गएको मौका पारी देउवरसँग भाउजुको हिमचिब बढ्दै जान्छ । घटना बाहिर आएपछि उनीहरुको बयानले सबैलाई चकित बनाएको छ । किशोरले भने जब राति सबै जना निदाइसक्थे भाउजु म कहाँ आउनुहुन्थ्यो । यसो गर्दा बच्चा बस्छ भन्नेपनि मलाई थाहा थिएन । मेरो बेला भएकै छैन की जस्तो लाग्थ्यो ।

श्रीमान विदेश गएको एक वर्ष पछि उनकी भाउजु गर्भवती भएकी थिइन्। गर्भवती भएकी ती महिलाले लाजै पचाएर ससुरालाई पेट सुनियो भनी झुट्टो बोलेर उपचारको बाहनामा अस्पताल गएपछि गर्भवती भएको रहस्य खुलेको हो। उनका श्रीमान् रोजगारीको सिलसिलामा मलेसिया छन्।

श्रीमान् नभएको मौकामा ती महिलाले कान्छा ससुराका कान्छा छोरा देवरसँग सम्बन्ध कायम गरेकी थिइन्। महिलाले देवरबाटै गर्भवती भएको दावी गरेपछि ससुराले बुहारीलाई घरमा नराख्ने बताएका छन्। देवरलेपनि भाउजुसँग सम्बन्ध कायम भएको स्वीकार गरेका छन् ।

ती महिलाले देवरलाई घरमै बोलाएर सम्बन्ध कायम गरेको पनि स्वीकार गरेकी छिन्। दुबै परिवारले उनीहरुको व्यबहार नै शंकास्पद रहेको बताएका छन् । बच्चा हुर्किसकेकाले अब उनलाई जन्म दिनुको विकल्प उनीहरुसँग बाँकी छैन । यसैले अहिले देवर र भाउजुलाई गाउँलेले मिलेर जिम्मा लगाएका छन् ।

विषय प्रहरीसम्म पुगेको छ । प्रहरीले सहमतिमा नै सम्बन्ध कायम गरेको दुवैले स्वीकार गरेपछि र उजुर बाजुर नगर्ने एकसाथ बस्ने सहमति भएपछि मिलापत्र बनाउँने तयारी गरेको छ । तर किशोरको उमेर सानो भएकाले निगरानी राख्ने भएको छ । Source: Janaboli

‘अभया एन्ड दि स्टिम इन्जिन’को २० ‍औं वर्ष

काठमाडौँ — ‘अभया एन्ड दि स्टिम इन्जिन’ले ब्यान्ड स्थापनाको २० ‍औं वर्षलाई केक काट्दै मनाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै ब्यान्डकी गायिका अभया सुब्बासहितको टिमले खुसीयाली मनाएको हो ।

ब्यान्डलाई नेतृत्व गर्न महिला भएकै कारण सुरुवातका दिनमा गाह्रो भएको अनुभवसमेत अभयाले सुनाइन् ।

‘२० वर्षदेखि गाना, संगीत गरिरहेका छौं । हाम्रो यो यात्रामा सँगसँगै यात्रा गरिदिनु भएको लागि धन्यवाद । महिला भएर यो ब्यान्डलाई सम्हाल्न सुरुमा गाह्रो भएको थियो । तर, संगीत गर्दा-गर्दै २० वर्ष बितेछ । यो यात्रा निकै रमाइलो भयो,’उनले भनिन्,’सुरुवातमा त मेरो टिमको पुरुषहरुले मैले भनेको कुरा पत्याउँथेनन् । रिसाउँथे । मैले त्यसमा धेरै मिहेनत गर्नुपर्‍यो ।’

‘अभया एन्ड दि स्टिम इन्जिन’ले १२ दिन अगाडि मात्रै ‘आज किन’ सार्वजनिक गरेको थियो । ‘लैजाउ मलाई’ र ‘हावाहुरी’ भने पछिल्लो समय निकै चर्चामा आएको गीतहरु हुन् ।

विकास खर्च बढाउन भौतिक मन्त्रीलाई परिसंघको आग्रह

काठमाडौँ — उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नेपाल उद्योग परिसंघले विकास खर्च बढाउन माग गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले पूर्वाधारको क्षेत्रमा लगानीको आवश्यकता रहेकोमा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरेको हो ।

अध्यक्ष अग्रवालले पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको बताए । ‘पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको छ,’ उनले मन्त्रीसमक्ष भने, ‘निर्माण व्यवसायीहरुलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग छिटो समन्वय गरी, विकास खर्च बढाउन एवम् बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिन सुझाव दिन चाहन्छौं ।’

उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा उपप्रधानमन्त्री श्रेष्ठ समक्ष पेश गरे । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्रमा रहेको तरलता संकट हटाउनुपर्ने तथा उच्च ब्याजदर घटाउनुपर्ने सुझाव दिएको छ ।

औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत परिसंघले सुझाएको छ । मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्त्वपूर्ण रहेको बताए । ‘जहाँ समस्या छन्, समाधान गर्दै, कमजोरी भएका ठाउँमा सच्याउँदै र जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक इन्टरभेन्सन गर्ने प्रक्रियामा अगाडि बढ्नेछौं,’ मन्त्री श्रेष्ठले भने ।


Last Updated on: January 5th, 2023 at 3:38 pm


३६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया