मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


रेणु दाहालले चुनाव जित्नुको भित्री तथ्य पर्दाफास, यि हुन मुख्य अधारहरु ! (सुचिसहित)

प्रकाशित मिति । २१ पुस, २०७९ ।

चितवन। भरतपुर महानगरपालिकाले साढे ४ वर्षमा भएका कार्यहरुको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। महानगर प्रमुख रेनु दाहालले पत्रकार सम्मेलन गर्दै साढे ४ वर्षमा गरेका कार्यहरुको बारेमा जानकारी दिएकी हुन्।

यस्तो छ मेयर दाहालबाट सार्वजनिक भएको साँढे ४ वर्षको कार्य प्रगति:

नेपाली जनताको लामो त्याग र बलिदानीपूर्ण सङ्घर्षबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पहिलो जननिर्वाचित स्थानीय सरकारका प्रतिनिधिका रूपमा हामीले स्थानीय सरकारको नेतृत्व गरेको करिव साढे चार वर्ष पूरा भएको छ।

‘मध्य नेपालको सुन्दर सहर समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने अवधारणा एवं दीर्घकालीन सोचका साथ महानगरको विकास र जनताको सेवामा निरन्तर अघि बढ्ने क्रममा हामीले हालसम्म १० वटा नगरसभा सम्पन्न गरिसकेका छौं।

यस अवधिमा उपलब्ध स्रोत साधनको सीमाभित्र रहेर केही महत्वाकाङ्क्षी तथा रुपान्तरणकारी योजनाहरू सम्पन्न भइसकेका र कतिपय सम्पन्न हुने चरणमा रहेको तथ्य हामी सबैका सामू छर्लङ्ग छ।

महानगरको नेतृत्व तथा संघ र प्रदेश सरकारको समेत समन्वय, सहजीकरण एवं साझेदारीमा विकासका परियोजनाहरू अघि वढेको हामी सबैलाई विदितै छ।

दशौं नगर सभाका निर्णयहरू:

क) चालु आ.व.को कुल बजेट रू. ४ अर्व ८५ करोड ६१ लाख २९ हजारमा पूरक बजेटबाट रू. ४८ करोड ३८ लाख १० हजार ४ सय थप भई कुल जम्मा रु.५ अर्ब ३३ करोड ९९ लाख ३९ हजार ४ सय हुन आएको छ।

(ख) भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान गठन ऐन, २०७८ पारित भएको छ ।

(ग) जेष्ठ पत्रकार निवृत्तिभरणका लागि अक्षयकोष स्थापनार्थ नेपाल पत्रकार महासंघ, चितवन शाखालाई रू। २० लाख अनुदान उपलब्ध गराउने निर्णय गरिएको छ।

(घ) भरतपुर बालमन्दिर अटिजम् विशेष विद्यालय पूर्वाधार विकासका लागि थप रू। १४ लाख ६८ हजार विनियोजन गरिएको छ ।

(ङ) महानगरभित्रका ३ वटा सामुदायिक क्याम्पसहरू (सप्तगण्डकी बहुमुखी क्याम्पस, मैयादेवी कन्या कलेज र सहिद स्मारक कलेज) लाई रू. ३२ लाख अनुदान उपलब्ध गराउने निर्णय गरिएको छ ।

(च)महानगरका उत्कृष्ट कार्य सम्पादन भएका ५२ जना कर्मचारीहरूलाई नगद पुरस्कारसहित सम्मान गरी उत्प्रेरित गरिएको छ। छ) सामुदायिक मा.वि.का लेखा कर्मचारीको परिश्रमिकमा मासिक रू. ७ हजार थप गरी रू. २० हजार ५ सय पुयाइएको छ।

(ज) विशेष कक्षाका “आया” को पारिश्रमिकमा मासिक रु। १५ सय थप गरी श्रम ऐनले तोके बमोजिम मासिक रु.१५ हजार पुन्याइएको छ। हालसम्मको प्रगति समीक्षा भरतपुर अस्पतालमा महिला तथा ज्येष्ठ नागरिकहरूलाई ओ.पि.डि.टिकट निःशुल्क गर्ने पहिलो निर्णय गरेर सुरु गरिएको

संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ कि.मी. को महानगरीय रिङरोड रु.८ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन तयार भई सघन शहरी विकासबाट १० कि. मि

यस्तै पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्र्याक निर्माणको लागि रु १ अर्ब ९८ करोड ७३ लाखको लागतमा कार्य प्रारम्भ हुनुका साथै ४ लेन बाइपास सडक विस्तार

भरतपुर महानगरपालिका वडा नम्बर ३ मा सार्वजनिक निजी साझेदारी (एएए) मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजाको सम्झौता भई कार्य प्रारम्भ भएको छ। साथै भरतपुर महानगरपालिका

१.राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा-सम्मेलनहरू गर्न र यसमार्फत् पर्यटकीय आर्थिक गतिवधिमा बढोत्तरी ल्याउन सिटी हल बनाउने कार्य अनुरुप महानगरपालिकाको पहल एवं शहरी विकास मन्त्रालयबाट रु. १ अर्व ८५ करोडको लागतमा सिटी हल (City Hall) कार्य द्रुत गतिमा अघि बढेको छ।

३.शारदानगर, जखडिमाई दिव्यनगर पार्वतीपुर मेघौली र धनगढा खानेपानी लगायतका परियोजनाले गर्दा महानगरवासीको स्वच्छ खानेपानीमा पहुँच विस्तार भएको छ ।

४. भरतपुर महानगरपालिका वडा ३ स्थित नगरवनको सानो मजुवामा करिव रु १ अर्व ३५ करोडको लागत अनुमान रहेको अटोल्याण्ड (Auto Land) निर्माणका लागि म्एच् तयार भई वातावरणीय प्रभाव मूल्याङ्कनको चरणमा छ ।

यसको निर्माणको स्रोतको सुनिश्चितताका लागि पहल भइरहरेको छ भने महानगरपालिका वडा नं। २१ र वडा नं। २० मा लघु औद्योगिक ग्राम निर्माणको कार्य अगाडि बढेको छ। यसै अवधिमा भरतपुर प्रदर्शनी केन्द्र सञ्चालनमा आएको छ।

५ नारायणी नदी किनारलाई (Sea Beach) मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने प्रयोजनको लागि गुरुयोजना अनुसार रु २९ करोड लागतमध्ये महानगरपालिकाले रु ९७ लाखको लगानीमा १ किलोमिटर वाकिङ्ग ट्रेल निर्माण कार्य सम्पन्न गरेको छ भने

६.भरतपुर अस्पतालमा रु ५ करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर निर्माण भई हस्तान्तरण हुनुको साथै भरतपुर १४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्स-रे सेवा

७ वडा नं. ६ मा लक्ष्मीनारायण मन्दिर सहितको मनोरम पार्क, वडा नं १९ मा पहुँच मार्गसहितको रानीपोखरी पार्क निर्माण सम्पन्न हुने चरणमा रहेका छन्।

८. भरतपुर विमानस्थलको विस्तार तथा स्तरोन्नतिको काम अगाडि बढिरहेको छ भने भरतपुर महानगरपालिकाको प्रशासनिक भवन प्रदेश र संघ सरकारसँगको साझेदारीमा निर्माणका लागि बजेट सुनिश्चिताको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी गराउन चाहन्छु ।

९.भरतपुर अस्पतालमा महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई निःशुल्क ओ।पि।डि। टिकटको व्यवस्था, अस्पतालमा सुत्केरी हुने महिलाका लागि दुरीका आधारमा बढीमा रु २ हजार पाउने गरी एम्बुलेन्स र यातायात खर्च प्रदान

१०. वडा नं. ७,८,२१,२३,२६ लगायतका वडामा महानगरको सहयोगमा ज्येष्ठ नागरिक भवन निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी गराउन चाहन्छु।

११. कोभिड- १९ विरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसिल, जान्सेन खोप गरी करिव ४ लाख मात्रा खोप लगाइएको र १२ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरूलाई समेत खोप लगाउने तयारी भइरहेको छ।

१२. देशकै गौरवको परियोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रशाला निर्माणमा देखिएको आर्थिक स्रोतको समस्या समाधान गरी यथाशक्य छिटो निर्माण सम्पन्न गर्न हालसम्मको कार्य मूल्याङ्कन गरी धुर्मुस सुन्तली फाउन्डेसनबाट महानगरलाई हस्तान्तरण गर्ने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी गराउन चाहन्छु।


Last Updated on: January 5th, 2023 at 10:09 am


३०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया