सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


कति बाकसमा मात्रै फर्किने ? नेपाल फर्किनुहोस् आकर्षक रोजगारी दिनेछु : रवि लामिछाने

प्रकाशित मिति । २० पुस, २०७९ ।

काठमाडौं । No Visa, Free Ticket, यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भए का ब्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छु क ब्यक्तिको हामीलाई खाँचो परेको छ।

हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्य कारी अधिकृत CEO भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु।

कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त? शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो CV मलाई पठाउनु होला।

म तपाईं लाई लिन आफै एयर्पोर्ट आउछु। तेस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामि छानले आगामी सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहने संकेत गरेका छन् ।

उनले सरकारको नेतृत्व रास्वपाले गर्न सक्ने सम्भावनाबारे पनि छलफल गरिरहेको बताए । आज सांसदको सपथग्र हण समारोहमा जाने क्रममा पत्रकारहरुले लामिछानेलाई घेरेर विभिन्न प्रश्न सोधेका थिए ।

आफ्नो नागरिकता र पासपोर्टका विषयमा सोधिएको प्रश्नमा उनले यो विषय न्यायालयमा रहेको भन्दै बोल्न मानेनन् । राजनीतिक प्रश्नको चाहीँ खुलेर जवाफ दिए ।

लामिछानेलेलाई ठूला दलका पुरानै नेताले नेतृत्व गर्ने अवस्थामा रास्वपा सरकारमा जान्छ कि जाँदैन भनेर सोधिएको थियो । उनले त्यस्तो सम्भावनालाई इन्कार गरेनन् ।

उनले भने, ‘आमनागरिकले मत दिएर, विश्वास गरेर उहाँहरुलाई जिताइसकेपछि हामीले जनम तको कदर नगर्ने कुरा आउँदैन ।’

यद्यपि, आफ्नै पार्टीले सरकारको नेतृत्व गर्ने भित्री चाहना पनि लामिछानेले प्रकट गरे ।

नेपालमा ‘र्‍याडिकल सेन्ट्रिजम’ को उदय

करिब दस वर्षअघि विवेकशील नेपालीमार्फत मैले यो वाद वा त्यो वाद बुझेर वा सोचेर राजनीतिक यात्रा सुरु गरेकी थिइनँ । समाजका लागि केही गर्नुपर्छ भन्ने भावना थियो र त्यसका लागि राजनीति नै सबैभन्दा उपयुक्त माध्यम हो भन्ने निष्कर्षमा पुगिएको थियो । हुन त २०५५ भदौ १७ मै मैले ५ रुपैयाँ तिरेर नेपाली कांग्रेसको सदस्यता लिएकी रहिछु, जति बेला गिरिजाप्रसाद कोइराला सभापति थिए ।

राजनीति बुझ्ने चाहना सायद धेरै अघिदेखि नै थियो । तर त्यति बेला ‘कल्याण गृह’ का माध्यमले समाजसेवातिर लागें । आमा वा बुबा नभएका बालबालिकालाई काठमाडौंमा हेरचाह र पठनपाठनको व्यवस्था गरें । त्यो काम सुरु गरेको करिब बाह्र वर्षपछि समाजसेवा सामाजिक परिवर्तनका लागि एउटा राम्रो बाटो भए पनि राजनीतिजस्तो व्यापक रूपमा प्रभावकारी नहुने देखें र राजनीतिमै छिर्नुपर्ने सोच आयोÙ केही सय मात्र होइन, हजारौं र लाखौं बालबालिकालाई पढाउनुपर्छ भन्ने लाग्यो ।

यो सब सुनाउनुको कारण छ । हामी कुनै विषय बुझ्दैनौं वा बुझ्न चाहँदैनौं भने त्यो कुरालाई ‘यो चाहिँदैन’ वा ‘यसको काम छैन’ भनेर पन्छाउने गर्दा रहेछौं । राजनीतिमा वादको मुद्दा उठ्दा प्रायः यस्तै हुन्छ । यो ज्ञान पाउन आफैंलाई करिब पन्ध्र वर्ष लाग्यो ।

राजनीति त हो तर कस्तो राजनीति भन्नेबारे पनि प्रस्टता चाहिन्छ भन्ने सिकें । विवेकशील नेपालीको सुरुआती समयमा धेरै जना ‘अभियान–अभियान’ भन्दै सडकमा जान बढी रुचाउँथे । आफूले भने भर्खर राजनीतिशास्त्रको पढाइ थालेकी थिएँ र विभिन्न वादबारे सिक्दै थिएँ । केही समयपश्चात् विवेकशील नेपाली दलका रूपमा दर्ता भएपछि ‘तिमीहरूको राजनीतिक विचारधारा के हो ? कुन वाद हो ?’ भन्ने प्रश्नहरू उठ्न थाले । अनि हामीलाई केही न केही भन्नुपर्ने वा गर्नुपर्ने बाध्यता आयो ।

के चाहिएको छ भन्ने हामीलाई थाहा थियो । आर्थिक विकास, सामाजिक समानता, जवाफदेही र व्यावहारिक (प्राग्म्याटिक) नेतृत्व । कसरी भन्नेचाहिँ पत्ता लगाउनु थियो । पहिलो खाकामा ‘मध्यमार्ग’ र ‘आधुनिक उदारवाद’ भनेर लेखिएको थियो । २०७१ सालतिर धेरै छलफलपश्चात् विवेकशील नेपालीको राजनीतिक धारलाई ‘समयसापेक्ष सुधार मार्ग’ (प्राग्म्याटिक रिफर्म) भन्यौं ।

हाम्रो नारा र गन्तव्य रह्यो- ‘शान्त र समृद्ध नेपाल हाम्रै कालमा’ । नागरिक र समाजको कुनै पनि माग सम्बोधन गर्न सर्वप्रथम यी दुईबीच सहअस्तित्व, सन्तुलन र सहकार्य चाहिन्छ । समृद्ध नेपाल बनाउने क्रममा विवेकशील नेपालीले व्यक्ति र समाज दुवैको हितलाई सन्तुलित र सुधारोन्मुख तरिकाले अगाडि बढाउने दाबी गर्‍यौं ।

किन हो कुन्नि, अरूलाई बुझाउँदा प्रायः ‘मध्यमार्गी’ भन्ने शब्द प्रयोग गरियो । यो बाटो गलत साबित भयो । धेरैले ‘यिनीहरू न लेफ्ट न राइट, केही पनि होइनन्’ भने । सायद त्यसै कारण होला, विवेकशील साझाको एउटा कार्यक्रममा रवीन्द्र मिश्रले ‘हामी सेन्टर लेफ्ट होऊँ’ भने, उज्ज्वल थापाले ‘हामी लेफ्ट राइट गर्दै अघि बढ्छौं’ भने । विवेकशील र साझाको विभाजनपश्चात् हामीले फेरि दस्ताबेजलाई परिष्कृत गराउने क्रममा विचारधारालाई ‘गतिशील मध्यमार्ग’ नाम दियौं ।

‘मध्यमार्ग’ अर्थात् ‘मोडरेट’ । त्यो भनेको कुनै कुरामा चरम (एक्सट्रिम) को पक्ष नलिनु । तर ‘गतिशील मध्यमार्ग’ मा मुद्दा अनुसार चरम पक्षमा पनि उभिनुपर्ने हुन्छ, विषय अनुसार, जस्तै— शिक्षा र स्वास्थ्यमा लेफ्टतिर ढल्किइन्छ भने व्यक्तिगत अधिकारका लागि राइटतिर । समग्रमा, धेरै विषयमा ‘नवउदारवाद’ पनि भन्न मिल्छ । किनकि अभिव्यक्ति स्वतन्त्रता एउटा मुख्य खम्बा हो ।

दोस्रो पटक विवेकशील साझाको एकीकरणमा नगएका हामीले नेपाल विवेकशील पार्टी दर्ता गर्दा फेरि दस्ताबेजमा काम गर्‍यौं । मैले आफ्नो अहिलेसम्मको वैचारिक अध्ययन र अनुभवको मिश्रणमा विचारधारालाई ‘र्‍याडिकल सेन्ट्रिजम’ नाम प्रस्ताव गरें । अर्थात्, ‘रूपान्तरणकारी मार्ग’ । यसलाई ‘अग्रपथ’ पनि भन्न सकिएला वा अर्को कुनै नाम दिन सकिएला । ‘कम्युनिजम’ मा पनि ‘साम्यवादी’ भन्दा पनि ‘कम्युनिस्ट’ भन्ने शब्दले अर्थ राख्छ । ‘र्‍याडिकल सेन्ट्रिजम’ के हो त ? यो दसवर्षे अन्तर्दृष्टिलाई बटुल्दै मैले केही जवाफ तयार गरेकी छु ।

१. र्‍याडिकल सेन्ट्रिजम गुट (ब्लाइन्ड पार्टिसनसिप) विरुद्ध छ

कुनै बेला गुट चाहिन्छ तर त्यो मुद्दा/विषय/विचारमा आधारित हुनुपर्छ, व्यक्तिविशेषमा होइन । तसर्थ, ‘गुट’ नभनी ‘वैचारिक समूह’ भन्दा ठीक हुन्छ । पार्टीको पक्षमा बोल्नुपर्छ तर अन्ध–अनुयायी, विशेष गरी नेताको चम्चा हुनु भएनÙ चम्चागिरी गर्नु भएन । आफूलाई लागेको कुरा बोल्नुपर्छ, चाहे त्यो हाललाई पार्टी लाइनविपरीत नै किन नहोस् । यसले पार्टीलाई गलत बाटामा जानबाट रोक्छ ।

२. र्‍याडिकल सेन्ट्रिजम सधैं सिक्न तत्पर छ

अरू सिद्धान्तले के बोल्छन्, त्यो पनि जानी राख्नुपर्छ । निरन्तर अध्ययन गर्नुपर्छ । अरूले गरेका कामबाट र विशेष गरी अरूका गल्तीहरूबाट सिक्नुपर्छ । अरूबाट सिक्दैमा, मद्दत लिँदैमा, सहकार्य गर्दैमा सानो भइँदैन । यद्यपि आफू आफ्नो कुरामा स्पष्ट हुनुपर्छ, आफ्नो मूल्यमान्यतामा अडिग रहनुपर्छ ।

३. र्‍याडिकल सेन्ट्रिजमले रचनात्मक (आउट अफ द बक्स) प्रक्रिया अपनाउँछ

हामीले सधैं यस्तै गर्दै आएका हौं र यस्तै हुनुपर्छ भन्ने कट्टर विचार राखिँदैन । समय र प्रविधिले नयाँ ज्ञान दिए नयाँ तरिकाले अघि बढ्न तयार रहनुपर्छ । बस, शान्तिपूर्णचाहिँ हुनुपर्छ । अभियान र कार्यक्रमहरू रचनात्मक र सन्देशमूलक हुनुपर्छ ।

४. र्‍याडिकल सेन्ट्रिजम बीचको बाटो होइन

‘सेन्ट्रिजम’ शब्दले गर्दा ‘र्‍याडिकल सेन्ट्रिजम’ राजनीतिक दायरा (पोलिटिकल स्पेक्ट्रम) मा बीच (सेन्टर) मा हो कि भन्ने भ्रम पर्छ, त्यो होइन । त्यसलाई त ‘मध्यमार्ग’ (मोडरेट) भनिन्छ । र्‍याडिकल सेन्ट्रिजमले वामपन्थी र दक्षिणपन्थी दुइटैलाई उत्कृष्टतापूर्वक संश्लेषण गर्छ, मुद्दामा आधारित निर्णय लिन्छ । सामाजिक मुद्दाहरूमा र्‍याडिकल सेन्ट्रिजम बढी वामतिर ढल्किन सक्छ भने वित्तीय मुद्दाहरूमा दक्षिणतिर । ‘र्‍याडिकल’ भनेकै समस्याको जडमा गएर समाधान खोज्नु हो । यसका लागि प्रतिमान रूपान्तरण (प्याराडाइम सिफ्ट) समेत ल्याउनु हो ।

५. र्‍याडिकल सेन्ट्रिजमले सन्तुलित र व्यावहारिक राजनीति गर्छ

कतिपय समस्याको समाधान एउटा मात्रै हुँदैन । फरकफरक दृष्टिकोण आवश्यक पर्छ । तसर्थ निर्णयहरू व्यावहारिक र सन्तुलित हुनुपर्छ । जस्तै, शिक्षा निःशुल्क त हुनुपर्ने हो तर कसरी व्यवस्थापन गर्ने ? शिक्षा पहिला निःशुल्क गर्ने कि स्वास्थ्य ? पहिलो वर्ष शिक्षालाई प्राथमिकता राखेर अर्को वर्ष स्वास्थ्यमा ध्यान दिने कि ? अर्को उदाहरण, आमाको योगदान ठूलो कि बुबाको ? यस्ता बहसमा भाग लिनुको तुक छैन ।

६. र्‍याडिकल सेन्ट्रिजमले विज्ञान र अनुसन्धानमा विश्वास गर्छ

काम वैज्ञानिक तरिकाले गर्नुपर्छ र अनुसन्धानमा आधारित हुनुपर्छ । र्‍याडिकल सेन्ट्रिजमको सदस्यले (आदर्शका रूपमा मतदाताले पनि) राजनीतिका बारेमा राम्रो जानकारी राखेको हुन्छ । र विवेक प्रयोग गर्छ ।

७. र्‍याडिकल सेन्ट्रिजमले कानुन मान्छ

र्‍याडिकल सेन्ट्रिजमले विधि र पद्धतिलाई मान्छ । तसर्थ देशको नेपालको संविधानलाई मान्नुका साथै रक्षा पनि गर्छ । तर, संविधानभित्र रहेका कमीकमजोरीलाई सुधार्दै अघि बढ्छ ।

८. र्‍याडिकल सेन्ट्रिजम उत्तरदायी अभिव्यक्ति स्वतन्त्रताप्रति कटिबद्ध छ

सबै अभिव्यक्ति उत्तरदायी हुँदैनन् । बोल्न पाएँ भन्दैमा जथाभावी बोल्नु वा घीनलाग्दा शब्दहरू प्रयोग गरेर अरूको अपमान गर्नु उत्तरदायी हुनु होइन । भ्रम र गलत सूचना फैलाउनु पनि उत्तरदायी हुनु होइन । तर हरेक व्यक्तिले निष्पक्ष, इमानदार र रचनात्मक रूपमा आफ्नो कुरा राख्न पाउनुपर्छ ।

अन्त्यमा, र्‍याडिकल सेन्ट्रिजम राजनीतिक विचारधाराभन्दा पनि राजनीतिक दर्शन हो । यो व्यावहारिकता र जीवनशैली हो । कुनै पनि आधुनिक समावेशी संस्थाले अनुसरण गर्न सक्ने दिशानिर्देश हो । तामाङ राजनीतिशास्त्रमा विद्यावारिधि गर्दै छिन् ।


Last Updated on: January 4th, 2023 at 11:36 pm


२१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया