सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


बालेन शाहको एक्सन टिममा ठुलो विवाद परेपछि अब के गर्लान बालेन् ? सुत्केरी नगर प्रहरीले ‘ड्युटी’ मिलाइ माग्दा एसपी राजु पाण्डेको जवाफ:’तैँले मेरो बच्चा पाको होस् र ? (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)

प्रकाशित मिति । २० पुस, २०७९ ।

काठमाडौं । २५ वर्षीया गंगा उप्रेती सधैँजसो महानगर प्रहरीकाे बर्दी लगाएर नयाँ जोस र जाँगरका साथ ‘ड्युटी’काे लागि टेकुस्थित बाघदरबारमा हाजिर हुन्थिइन्। हरेक दिन उदाउने सूर्यकाे किरणजस्तै गंगाकाे दिनकाे सुरुवात पनि नयाँ, जाेस र अभिलाषासहित हुन्थ्याे।

काठमाडौँको विकासका लागि मेयर बालेन्द्र साहको दूरदृष्टि देखेर उनको हौसला झनै चुलिन्थ्याे। ७ महिनाअघि आमा बनेकी गंगा त्यसबखत पनि महानगर प्रहरी प्रमुखको कार्यालयमा आफ्नो ड्युटी गर्थिन्। ३० दिने सुत्केरी बिदामा बसेर कार्यालयमा हाजिर हुँदा उनलाई मौखिक रुपमा टेकुस्थित कार्यदल शाखामा सरुवा गरियाे।

‘डेलिभरी’को क्रममा सल्यक्रिया गरिएकाे हुँदा शारीरिक अवस्था कमजाेर भएकी गंगा आफ्नो कार्यस्थलका अविभावक प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे कहाँ गुनासो पोख्न गइन्।

शारिरिक अवस्था कमजाेर भएकी उनले कार्यदल शाखामा रहँदा बालकलाई स्तनपानको समयसमेत नमिल्ने गरेकाे भन्दै टेकुस्थित आफ्नै कार्यालयमा पुन: सरुवा गर्न पाण्डे समक्ष आग्रह गरिन्।

गंगाको गुनासो सुनेर सहानुभूति दिनुको सट्टा पाण्डेले उल्टै ‘घरको समस्या घरमै राख्ने, ड्युटी गर्ने अरु कुरा मलाई थाहा छैन’ भन्दै गंगाको आशा र आकांक्षा त्यही बाघदरबारको पुराना गोरेटोमुनि दफ्नाइदिए।

गंगाले केही दिनपछि फेरि आफ्नो समस्या पाण्डेलाई सुनाउँदा ‘आफूले रहरले पाएको बच्चा कसरी हुर्रकाउने हो आफैं गर्ने, १२ घण्टा ड्युटी गर्न नसक्ने भए राजीनामा दिएर जानु,’ भनि गंगामाथि आइलागे।

७ महिनाअघि शल्यक्रिया गर्दाताकाको ताजा घाउ लिएर एउटा सुत्केरी आमाले कार्यदलको काम गर्न असफल भएपछि उनलाई पाण्डेले पटक–पटक बोलाएर अपशब्द प्रयोग गर्थे।

गंगालाई बारम्बार बोलाएर उनको चरित्रमाथि औंला उठाउने, तथानाम गाली गर्ने र ‘तैले मेरो बच्चा पाको होस् र ? तैंलेजस्तो भन्याे त्यस्तै ड्युटी मिलाउनलाई ?, जागिर खान मन भए बच्चा घरमै छोडेर आउने, मन नभए राजीनामा दिने’समेत भनेर गाली गर्थे।

‘भ्रष्टाचार र दुर्व्यवहार’को आरोपबारे के भन्छन् राजु पाण्डे ?

तल्लाे तहका प्रहरीलाई उनीहरुको अविभावक भनिएका राजु पाण्डेको अमानवीय रुप देखेपछि आफूलाई मानसिक तनाव हुन थालेको उनी बताउँछिन्।

पाण्डेले अरु कर्मचारी वरपर भएको बेला गंगालाई ‘साविक’ ड्युटीमा पठाउने र कोही नभएको बेला उनीमाथि अपशब्द प्रयोग गरी थर्काउने गरेकाे गंगाले बिएल नेपाली सेवासँग गुनासाे पाेखिन्।

गंगाले निकै असहाय महसुस गरेर आफ्नो ‘सिफ्ट कमान्डर’हरु कहाँ गुनासो पोख्दा ड्युटी समय मिलाइदिने वाचा गरे पनि पाण्डेले व्यक्तिगत रिसिबीका कारण ‘तैंले ड्युटी गर्ने भए १२ घण्टा कार्यालय ड्युटी गर्ने, नत्र राजीनामा दिएर जा!

’ भनि उनीमाथि हावी हुन्थे। त्यति मात्र नभई आफूलाई पाण्डेले हाजिरसमेत गर्न नदिएको उनी बताउँछिन्। पाण्डेले बाघदरबारमा मात्र होइन, अरु वडा कार्यालयमा पनि हाजिर गर्न जान्छ कि भनेर एउटी दूधेबालकको आमामाथि निगरानी राख्न मान्छेसमेत खटाए।

असाेज १४, शुक्रबार। उनलाई बिहान सबेरै उपस्थित हुन भनेर पाण्डेको कार्यालयबाट फोन आयो। उनी एक्लै जान सकिनन्।

पाण्डेले महिनौँदेखि दिएको मानसिक यातना सम्झिँदा डर लागेको एक्लै कार्यालय जान नसकेकाे बताउँछिन्। असुरक्षित महसुस भएर उनले आफ्नो ७ महिने बच्चा र श्रीमानलाई लिएर पाण्डेको कार्यालयमा उपस्थित भइन्।

गंगाको सानो परिवार देख्ने बितिकै पाण्डेले उनीमाथि अपशब्द र गाली प्रहर गरे। आफ्नो नाबालकलाई गाली गरेको देख्दा गंगाले सहन नसकी ‘हुन्छ म राजीनामा दिन्छु’ भन्दा पाण्डेले ‘सिपाही, हवल्दार भएर ठुलो कुरा गर्ने होइन, यो जागिर नभए भात खान पाउँदैनस्। म ड्युटी मिलाउँदिनँ के गर्छस’ भनी उनकाे श्रीमानमाथि पनि औँला उठाइ तँ-तँ गर्दै अभद्र व्यवहार गरे।

त्यति मात्र नभई उनको श्रीमानलाई ‘तेरो स्वस्नीलाई ड्युटी नपठाए तँलाईं खान पुग्दैन’ भन्दै बसेको ठाउँबाट उठेर उनलाई हात हाल्नसमेत गए। बर्दी लगाएको कारण गंगाको श्रीमानले आफ्नो मोबाइल झिकी भिडियो बनाउन थाले।

भिडियो खिचेको भन्दै ८-१० जना बोलाएर उनीमाथि पाण्डेले हातपात गरेर बर्दी च्यात्दै शरीरमा घाउ/चोटसमेत लगाए। ‘उहाँले हामीमाथि त्यतिबेला निक्कै अभद्र व्यवहार गर्नुभयाे, त्यतिबेला हामीलाई त गाह्राे भयाे भयाे सानी बच्चासमेत ४ दिनसम्म बिरामी परिन्,’ गंगाले भनिन्।

वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरिन्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताएका छन् । अर्थमन्त्रालयमा बुधबार आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उनले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने भए पनि हस्तक्षेप नहुने बताए ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखापरेका समस्या समाधानका उपायलाई कार्यान्वयन गरेर अघि बढ्न कर्मचारीहरुलाई आग्रह गरेका थिए ।

यस क्रममा अर्थमन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाले नेपालको अर्थतन्त्रमा तीनवटा मुख्य समस्या रहेको जानकारी गराएको छ । जसमा वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव, न्यून राजश्व परिचालन र मुद्रा स्फीति समस्या छन् ।

अहिले लगानीयोग्य रकम विस्तारै सहज हुन थालेको, मुद्रास्फीति नियन्त्रण उन्मुख रहेको महाशाखाको भनाइ छ । महाशाखाले पुस १८ गतेसम्म अधिक तरलता २७ अर्ब रुपैयाँ रहेको, नेपालमा ३२ अर्ब रुपैयाँसम्मको अधिक तरलतालाई राम्रो मानिने गरेको र गत हप्ता ४५ दिनको लागि ५० अर्ब रुपैयाँ तरलता प्रवाह गरेको जानकारी पनि गराएको छ ।

महाशाखाले ब्याजदर पनि उच्च हुँदा मुद्रास्फीति नियन्त्रणमा सहयोग गरे पनि आर्थिक वृद्धिलाई असर पार्ने, न्यून राजश्व परिचालनले सार्वजनिक वित्त सन्तुलनलाई नकारात्मक प्रभाव पार्ने र मुद्रा स्फीतिले जनताको क्रय शक्ति न्यून पारी जनताको जीवनलाई कठिन परेको जनाएको छ । साथै केही समस्या विश्वव्यापी प्रकृतिका रहेको उल्लेख गर्दै नेपालमा बजेटले लिएको आर्थिक लक्ष्य प्राप्त गर्न साधन जुटाउने सरकारी खर्च र राजश्व प्राप्तीबीच सन्तुलन कायम लगायतका विषय चुनौतीका रुपमा रहेको बताइएको छ ।

कार्यक्रममा बजेट महाशाखाले ४ खर्ब ६ अर्ब ५४ करोड चालु खर्च र ४३ अर्ब ७७ करोड रुपैयाँ पूँजीगत खर्च भएको जनाएको छ । यस्तै अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले आर्थिक वर्ष २०७९ र ०८० मा १ खर्ब ३७ अर्ब रुपैयाँ वैदेशिक सहायता सम्झौता भएको र त्यसमध्ये १ खर्ब १४ अर्ब ऋण र २३ अर्ब रुपैयाँ अनुदान भएको जानकारी दिएको छ ।


Last Updated on: January 4th, 2023 at 10:09 pm


१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया