
जेरी जेठी दिदि सहित पहिलोपटक मिडियामा,जेरी भन्दा कडा दोहोरी गाउने रहेछिन दिदि, खुलाईन जेरिको सबै कहानी(भिडियो हेर्नुहोस)
प्रकाशित मिति । २० पुस, २०७९ ।
काठमाडौ । जेरी जेठी दिदि सहित पहिलोपटक मिडियामा आएकी छिन् । चर्चित लाइभ दोहोरी गायिका जेरिले आफ्नो कला मार्फत नै करोडौको मन जित्न सकेकी छिन ।
बबिता बानिया जेरीको डिभोर्स भएको भन्ने केहि समय मात्र भएको छ । आज भन्दा २ वर्ष अगाडी वैवाहिक जीवनमा बाधिएकी जेरी र शंकर छेत्री छुट्टिए ।लामो समयको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा जोडेको यी जोडीको घरायसी मुनमुटाबका कारण छुट्टिनु पर्यो ।
नेपालको लोकदोहोरीमा जेरी निकै नाम चलेकी सफल कलाकार हुन् भने उनीसँग सम्बन्ध जोडिएकै कारण शंकर पनि यस क्षेत्रमा स्थापित हुन सफल भएका थिए । जेरी र शंकरका लाइभ दोहोरी निकै हिट छन् । कृष्ण कँडेलको इन्द्रेणी दोहोरी साँझमा उनीहरूले गाएका दोहोरीले व्यापक भ्यूज पाएका छन् ।
जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । विवाहको करिब ६ महिनापछि नै छोरी जन्मिएकी थिइन् । डिभोर्सपछि छाेरी जेरीसँग रहने गरी समझदारी भएको छ । आवश्यकता परेको र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने उनीहरूको डिभोर्स फाइलमा उल्लेख छ । सम्पत्तिको बाँडफाँटको विषय भने प्रष्ट भएको थिएन । हेरौ बिशेष कुराकानी ।
हेर्नुहोस भिडियो
प्रदेश प्रमुखद्वारा सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान
धनगढी — सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले यही पुस २७ गते साँझ ५ बजेभित्र प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बुधबार प्रदेश सरकार गठनका लागि आह्वान गरेका हुन् ।
सरकार गठन गर्न संविधानको धारा १६८(१) बमोजिम कुनै पनि दलको एकल बहुमत नपुग्ने भएकाले धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । १९ सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी छ । दोस्रो दल माओवादी केन्द्रको ११ , तेस्रो स्थानमा रहेको नेकपा एमालेको १०, नागरिक उन्मुक्तिको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र १ जना स्वतन्त्र सांसद छन् । सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी छ । कांग्रेसले अझै दलको नेता चयन गरिसकेको छैन ।
मोक्तान उत्तरी आयरल्यान्डका लागि पर्यटन सद्भावना दूत नियुक्त
लन्डन — बेलायतमा नेपालीको सबैभन्दा पुरानो संस्था यती नेपाली एसोसिएसन यूके र नेपाली कलाकार संघका पूर्वअध्यक्ष उमेशराज मोक्तान उत्तरी आयरल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएका छन् ।
नेपाल सरकारको डिसेम्बर २३ को मन्त्रिस्तरीय निर्णयबाट मोक्तानलाई सो पदमा नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।मोक्तानलाई सद्भावना दूत निर्देशिका दफा ७ बमोजिम चार वर्षका लागि सो पदमा नियुक्त गरिएको हो ।
नियुक्तिपछि मोक्तानले बेलायतको उत्तरी आयरल्याण्डमा नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्धनमा सक्दो योगदान गर्ने बताए । अढाइ दशक बढी समयदेखि बेलायतमा रहेका उनले विभिन्न सामाजिक काम गरेका छन् । प्रवासी नेपाली एकता मञ्च युरोप कमिटीका संयोजक उनी बेलायतको लेबर पार्टीसँग पनि आबद्ध छन् ।
भारतीय राजदूतले भेटे उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिन बुधबार राजदूत श्रीवास्तव भौतिक मन्त्रालय पुगेका हुन् ।
राजदूत श्रीवास्तवले भारत सरकार, भारतीय जनताका तर्फबाट सफल कार्यकालको शुभकमना तथा बधाई दिएको मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले बताए ।
भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने दिशामा रहेकोमा उक्त लक्ष्य हासिल गर्न भारत सरकारको सहयोग हुने विश्वास व्यक्त गरेका छन् । यसैगरी राजदूत श्रीवास्तवले नेपाल सरकारलाई रेल्वेलगायतको पूर्वाधारमा थप सहयोग गर्न इच्छुक रहेको बताएका छन् ।
भारतीय सहयोगमा चालू विकास आयोजनालाई गति दिन आगामी दिनमा आवश्यक छलफल गर्दै जाने कुरा भएको स्वकीय सचिव गौतमले बताए । शिष्टाचार भेटमा परराष्ट्र मन्त्रालयका उपसचिव शुभांग पराजुलीलगायतका अधिकारीको उपस्थिति रहेको थियो ।