मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


उपमेयर सुनिता डंगोलको नयाँ अवतार, जादुगर शैलीमा गरिन नसोचेकै १५ चमत्कार

प्रकाशित मिति । २० पुस, २०७९ ।

काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल यतिबेला चर्चाको शिखरमा छिन । मेयर बालेन्द्र शाहको चर्चा हुँदै गर्दा एकाएक डंगोलको पनि चर्चा शुरु भएको छ ।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र बाट मेयरमा उम्मेदवारी दिने घोषणा गरेक्वे डंगोल पछि एमालेमा प्रवेश गरेर उपमेयरमा उम्मेदवारी दिएकी थिइन । लोकप्रिय मत ल्याएर बिजय भएकी डंगोल अर्का स्वतन्त्र मेयर बालेन शाहको अगाडि त्यति चर्चित नभएपनी उनको माहोल अरु उम्मेदवार भन्दा निकै उत्साहजनक थियो ।

चमत्कारिक रुपमा मेयरमा बालेन शाह र उपमेयरमा सुनिता डंगोलले चुनाव जितेपछि दुबै जनाको निकै चर्चा भैरहेको छ । काठमाडौं बासीले पार्टी भन्दा युवाहरु रोजेको भनेर सहजै आँकलन गर्न सकिन्छ ।यदि पार्टी हेरेको भए सुनिताले चुनाव जित्ने तर एमालेका केशव स्थापितले चुनाव हार्नु पर्ने थिएन । यो पटक युवाहरुलाई नै अवसर दिएको बुझिन्छ ।

चुनावपछि बालेनको निकै चर्चा भयो तर उपमेयर कता कता हराएक्क जस्तो महोल खडा भएको थियो । उनले एउटा अन्तर्वार्तामा बरु एमाले परित्याग गर्ने तर बालेनलाई साथ दिने भनेदेखी उनको चर्चा फेरि शुरु हुन थालेको हो ।

उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् । मेयर बालेन्द्र साह (बालेन)ले श्वेतपत्र जारी गरेको केही दिनपछि बुधबार डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ ।

पुराना २४४ वटा विवादमा न्यायिक सुनुवाइ भएकोे र ५१ वटा विवादको किनारा लगाएको उनले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ । वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उनले उल्लेख गरेकी छन् ।

सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै उनले त्यसले काठमाडौँवासी सँगसँगै रहेर महानगरका समस्याकाबारेमा साक्षात्कार हुने अवसर प्राप्तभएको बताएकी छन् ।

फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरेको कुरालाई पनि श्वेतपत्रमा उल्लेख गरेकी उनले भनेकी छन् , ‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन् ।

पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिनफोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ ।

श्वेतपत्रको पूर्णपाठ

पदभार ग्रहणका १ सय दिन र मेरो श्वेतपत्र –सुनिता डंगोल,उपप्रमुख, काठमाडौंमहानगरपालिका
नेपालको सबैभन्दा ठूलो र पूरानो महानगर काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर कार्यभार सम्हालेको १ सयदिन पूरा भएको छ ।सर्वप्रथम, लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगैको स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछिका यी १ सय दिनमा काठमाडौँ महानगरवासीबाट प्राप्त साथ, सहयोग, समर्थन र सकारात्मक सुझावलाई अन्तरात्मादेखि नै स्वीकार गर्न चाहन्छु र सबैलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु ।

मैले गरेको, मेरा कारणले भएको र म भएकाले मात्रै भएको हो भन्ने आत्मकेन्द्रित चिन्तनबाट प्रेरित भई आत्मपरक हुने कुरामा म पटक्कै विश्वास गर्दिनँ । काठमाडौँ महानगरपालिकाको विकास र समृद्धि हामी सबैको साझा सपना हो । यहाँको विकास र समृद्धिमा राजनीतिक लेप लगाएर एक–अर्काप्रति दोषारोपण गर्ने कुरा किमार्थ उचितहोइन र हुँदैन पनि ।

त्यसैले यहाँको विकास र समृद्धिमा सबैको हातेमालो आवश्यक हुन्छ । हामीले १ सय दिनमा के गर्‍याैँ भनेर फेहरिस्त सार्वजनिक गर्नु भन्दापनिहामीले जिम्मेवारी सम्हालेपछि काठमाडौँ महानगरवासीले के–कति फरक अनुभूति गरे त्यो महत्वपूर्ण हो ।

म नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेर उपप्रमुख पदमा निर्वाचित भएको कुरा विदितै छ । हो, म कुनै एक पार्टीको उम्मेदवार थिएँ । तर, निर्वाचित भएपछि म काठमाडौँ महानगरवासी सबैको साझा जनप्रतिनिधिको हैसियतमा काम गरिरहेको छु र निरन्तर गरिरहने प्रण गर्दछु ।

धेरैले विश्वास र भरोसा गरेको युवा नेतृत्वहरु अहिले काठमाडौँ महानगरमा छन् । त्यसैले हामीले गल्ती गर्ने र दोष अरुमाथि नै थुपारेर उम्किने छुट पटक्कै छैन । म समावेशी लोकतन्त्रमा विश्वास गर्ने भएकाले आत्मगतभन्दा पनि सहकार्य, सहमति र सह अस्तित्वको भावनलाई आत्मबोध गर्दै अघि बढ्नुपर्छ भन्ने ठान्दछु ।

हामीले यो १ सय दिनमा ‘बिहानीले दिनको संकेत गर्छ’ भने झैँ केही सकारात्मक कामको थालनी गरी काठमाडौँ महानगरवासीमा आशाको बत्ती बाल्ने प्रयास भने गरेका छौँ । केही सकारात्मक योजनालाई हामीले अघि बढाएका छौँ ।यो म एक्लैबाट सम्भव भएको भने अवश्य होइन ।

काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु, वडाका अध्यक्ष तथा सदस्यहरु, काठमाडौँ महानगरपालिकाका कर्मचारी मित्रहरु र महानगरवासीको एकमुष्ठ साथ, सहयोग, समर्थन र केही नयाँ गरौँ, केही नयाँ देखाऔँ भन्ने नेतृत्वको हुटहुटीको एकमुष्ठ प्रतिफलहो भन्ने मैले ठानेकी छु । हामी केही सकारात्मक थालनीको संकेत दिने दिशातर्फ उन्मुख भएका छौँ तर, यो पूर्ण भने होइन ।

हामीले गर्नुपर्ने धेरै काम छन् । हामीसँग चुनौतीका पहाड छन् । ती पहाडलाई फुटाउँदै गन्तव्यमा पुग्नुपर्नेछ । त्यसैले अहिले नै हामी हतार गर्ने र थोर–बहुत गरेका कामको पुलिन्दालाई फुकाएर त्यसमा लेपन गरी विज्ञापन गरिहाल्नुपर्छ भन्नेमा पनि छैनौँ ।

हामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका योजनालाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौँ । त्यसैले हामीले १ सय दिनमा गरेका सकारात्मक कामको थालनी र अघि बढाइएका योजनाकाबारेमा सामान्यचर्चा गर्नू अघि आर्थिक वर्ष ०७९÷८० को नीति तथा कार्यक्रम र बजेटको सामान्य चर्चा गर्न चाहन्छु ।

काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमुखज्यूले ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने नाराका साथ विभिन्न महत्वपूर्ण नीति तथाकार्यक्रमहरु २०७९÷०३÷०५ गते पेश गर्नुभएको थियो । त्यस्तै मिति २०७९/०३/१० गते म आफैँले आर्थिक वर्ष ०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट प्रस्तुत गरेकीथिएँ ।

बजेट, नीति तथा कार्यक्रममा पनि काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने उद्देश्यलाई समावेश गरिएको छ । बजेट, नीति तथा कार्यक्रमकाबारेमा स्मरण गराउँदै गर्दा काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो चुनावी एजेण्डाप्रति म सजग र सचेत रहेको कुरा यहाँ स्मरण गराउन चाहन्छु ।

मैले चुनावी दौरानमा काठमाडौंको विकास गर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तीन प्रकारका योजना अघि सार्दै आफ्नो घोषणपत्र सार्वजनिक गरेकी थिएँ । जहाँ ‘स्वच्छ, जीवन्त, सांस्कृतिक नगर, व्यवस्थित काठमाडौं महानगर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै अघि बढ्ने प्रण गरेको कुरा यहाँ पनि व्यक्त गर्न चाहन्छु ।

मैले मेरो ८ खम्बे विकास मोडलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, पूर्वाधार विकास, सांस्कृतिकनगर, सामाजिक विकास, डिजिटल काठमाडौं लगायतका विषय समेटेकी थिएँ । नीति तथा कार्यक्रम र बजेटमा लगभग यी सबै विषयहरुलाई समावेश गरेका छौँ जुन कार्यान्वयनको चरणमा रहेको छ । त्यसैले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेका कुरालाई पूर्णतादिने मेरो पहिलो प्रयास रहने छ । यसकालागि सबैको सकारात्मक सहयोगको अपेक्षा पनि गरेकी छु ।

यति उल्लेख गरेपछि १ सय दिनमा हामीले गरेका केही सकारात्मककाम र थालनी गरेका योजनाहरुकाबारेमा केहीजानकारी दिनु उपयुक्त होला भन्ने हेतूले संक्षिप्त र बुँदागत रुपमा प्रस्तुत गरेकी छु ।मेरो क्षेत्राधिकार भित्र परेका एक सय दिनमा सम्पन्न भइसकेका र थालनी गरेका केही सकारात्मककार्यहरुः

१) पूरानो २४४ वटा विवादमान्यायिक सुनुवाई भएकोे र ५१ वटा विवादको किनारा
नेपालको संविधानको भाग १७ धारा २१७ बमोजिम प्रत्येक पालिकामा एक न्यायिक समिति रहने व्यवस्था छ । नगरसभावाट न्यायिक समितिका दुई जना सदस्यहरु निर्वाचित भएपछि मेरो संयोजकत्वमा स्थानीय विवाद निरुपण गर्न न्यायिक समिति सक्रिय भइसकेको छ । संविधानले दिएको अधिकार अनुसार न्यायिक समितिको संयोजकको जिम्मेवारीमा रहेर मैले कार्यभार सम्हालेको १ सय दिनमा पेशीभएका मुद्दामा सुनुवाइको माध्ययमबाट विवाद निरुपण गर्ने प्रक्रिया अन्तर्रगत हालसम्म पुरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई गरी ५१ वटा विवादकिनारा लागेको छ ।

२)फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल
महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्नेलगायतका काम भएका छन् । पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकीनगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यककार्यहरु अघि बढाएका छौँ ।

३) वडास्तरीय महिला सेल गठन
पदभार ग्रहणलगत्तै मेरो चुनावी प्रतिबद्धता अनुसार हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा समस्या समाधान गर्न महानगरका सबै वडामा ‘महिला सेल गठन’ गर्ने पहिलो निर्णय गरेकीथिएँ । सोहीबमोजिम सबै वडामा गठन ‘महिला सेल’ले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिला तथा बालबालिकाहरुका लागि आवश्यक सहयोग गर्नेछ ।

४) सय दिन महानगरवासी सँगसँगै
विभिन्नसंघ–संस्था, समूदाय, गुठी आदिले आयोजना गरेका १ सय भन्दा बढी कार्यक्रममा सहभागी भई महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको छ । जसले काठमाडौँवासी सँगसँगै रहेर यहाँका समस्याकाबारेमा साक्षात्कार हुने अवसर प्राप्त भयो । त्यसैले समस्याको समाधानका लागि आवश्यक निर्देशन दिने कार्य गरिएको छ ।

५) आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार
म संयोजक रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले छोटो समयमा आर्थिक वर्ष ०७९÷८० लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने, बजेट तथा कार्यक्रमको प्राथमिकीकरण निर्धारण गर्ने, बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रुपमा गहन छलफल तथा विश्लेषण गरी योजना तथा कार्यक्रमा दोहोरोपना नपर्ने गरी आपसी तादम्यता तथा परिपुरकता कायम गर्ने र काठमाडौँ महानगरपालिकाको वस्तुगत अवस्थाको विश्लेषण गरी आवश्यकता पहिचान गरिए वमोजिमको बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यपालिकामार्फत नगरसभामा पेश गरिएको र नगरसभाबाट स्वीकृत भई हाल कार्यान्वयनमा आइसकेको अवस्था छ ।

६) मेलमिलापकर्ता छनौट प्रक्रिया
विवादको समाधान सकेसम्म मेलमिलापको माध्ययमबाट गर्न–गराउन पदवहालीकै दिन दोस्रो निर्णयका रुपमा सबै वडा र केन्द्रमा मेलमिलाप केन्द्र सञ्चालन गर्ने उद्देश्यले मेलमिलापकर्ताहरुको सूचितयार गर्न सूचना प्रकाशन भई प्राप्त आवेदनबाट ७७ जना मेलमिलापकर्ताको सूची कार्यपालिकाको बैठकले अनुमोदन गरिसकेको छ । प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी साना–तिनाविवाद वडा तहबाटै निरुपण गर्न मेलमिलाप केन्द्रहरूलाई थप प्रभावकारी बनाउने जस्ता कुरालाई पनि प्राथमिकताका साथ अघि बढाएका छौँ ।

७) मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास
मानव बेचबिखन ओसारपसार नियन्त्रण नगरस्तरीय समितिको संयोजक रहि मानव बेचबिखन ओसारपसार नियन्त्रण कार्यविधि २०७८ को नियमानुसार वडा नं. ६,७, ८, ९, १०, ११, १२, १३, १६ र २६ गरी जम्मा १० वटा वडामा वडा समिति गठन भइसकेको छ । बाँकी वडामा पनि आवश्यक व्यवस्था गर्ने कार्यको थालनी भैसकेको छ ।


Last Updated on: January 4th, 2023 at 12:42 pm


८५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया