मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


मेरो कमेडी कल्वमा दीपालाई हटाएर करिश्मालाई ल्याएपछि छक्का पञ्जा टिमबाट हटाइयो : जितु नेपाल

प्रकाशित मिति । २० पुस, २०७९ ।

काठमाडौ । राजनीति र फिल्ममा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन भन्ने गरिन्छ । कुममा कुम जोडेर हिँडेकाहरु कतिबेला शत्रु बन्न पुग्छन् र शत्रुता पालेर बसेकाहरु कतिबेला कुममा कुम जोड्न पुग्छन्, अत्तोपत्तो हुँदैन ।

यसको उदाहरण ‘छक्का पञ्जा’ टिमभन्दा गतिलो अरु के हुनसक्छ होला र ? कुनै बेला दीपकराज गिरी र दीपाश्री निरौलासँग कुम जोडेर हिँडेकाहरु क्रमशः लाखापाखा हुँदैछन् ।

हाँस्य टेलिश्रृंखलाको क्रेज खस्किँदै जान थालेपछि दीपक-दीपाले जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल जस्ता कलाकारलाई लिएर ‘६ एकान ६’बाट फिल्म निर्माण सुरु गरेका थिए । ‘वडा नम्बर ६’सम्म आइपुग्दा यो टिमसँग सितारामको सहकार्यको गाँठो नै चुँडियो । त्यस्तै, ‘छक्का पञ्जा’को तीन सिरिज र फिल्म ‘६ माया छपक्कै’पछि जितुसँगको सहकार्यमा पनि पूर्णविराम लागेको छ ।

दीपक-दीपाले जितु विना नै ‘छक्का पञ्जा’को चौंथो सिरिज निर्माण गरेका छन् । यो फिल्ममा जितु नअटाइनुको कारण दुई पक्षले जे जस्ता बचाउ अभिव्यक्ति दिए पनि वास्तविकता भने पालोको पैंचोको नै हो ।

जितुले आफ्नो कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्री निरौलालाई महानायक विवादका कारण विदा गरेपछि ‘छक्का पञ्जा’ समुहबाट उनको पनि विदाई भएको हो ।

‘छक्का पञ्जा’ समुहबाट अलगिएपछि जितु स्वतन्त्र पन्छी भएका छन् । दीपक-दीपा समुहमा बाँधिएर बस्दा उनले बाहिरी ब्यानरका प्रोजेक्ट अनुमति विना काम गर्न पाउँदैन थिए ।

यो समुहबाट अलग हुनसाथ उनले बाहिरी ब्यानरको फिल्म ‘ह्यारी कि प्यारी’मा अभिनय गरे, जुन माघ २० गते प्रदर्शन हुँदैछ । यो फिल्म सफल भए उनलाई दीपक-दीपा समुहको छहारी जरुरत नपर्न सक्छ ।

दीपक-दीपाको समुहबाट अलग हुनु र शो पनि बन्द भएपछि जितु डिप्रेसनमा पुगेको हल्ला चलेको थियो । हालै एक अन्तर्वार्तामा उनले डिप्रेसनमा नपुगेको तर नमज्जा भने लागेको बताएका छन् । ‘दीपकराज दाई, केदार दाई, दीपाश्री दिदीसँग कुरा नगरी मेरो दिन नै सुरु हुँदैन थियो । हामी त श्रीमान्-श्रीमती जस्तै भैसकेका रहेछौं । छुट्टिँदा नमज्जा चाहिँ लागेको थियो,’ उनले भनेका छन् ।

‘छक्का पञ्जा’ समुहबाट आफूलाई फ्याक्ने वातावरण आफ्नै कारण बनेको स्वीकार गर्दै उनले भनेका छन्, ‘दीपा दिदीलाई हटाएर शोमा करिश्मा दिदी ल्याएपछि मेरो एउटा गल्ती देखियो । शोको टिमले नै दीपा दिदीको ठाउँमा करिश्मा दिदी राख्ने निर्णय गरेको थियो । तर, दोष चाहिँ मेरो मात्र देखिन पुग्यो ।’ उनले दीपकराज, दीपाश्री र केदारसँग आफ्नो स्वभाव पनि नमिल्ने बताएका छन् ।

दीपक-दीपाको टिमबाट अलग हुँदा आफूलाई बेफाइदा नभएको उनको तर्क छ । आफूहरुबीच व्यक्तिगत वैमनस्यता नरहेको र अहिले सम्बन्ध सन्तुलित रहेको उनले बताएका छन् ।

भोलिका दिनमा फिल्ममा सहकार्य हुन सक्ने पनि उनले संकेत गरेका छन् । जितु फिल्म ‘ह्यारी कि प्यारी’ प्रदर्शन भएपछि बन्द रहेको कमेडी शो ‘मुन्द्रको कमेडी क्लब’ पुनः ब्यूँत्याउने तयारीमा जुटेका छन् ।

क्रिकेट प्रतियोगिताका विषयमा छानबिन गर्न प्रहरीलाई गृहको निर्देशन

काठमाडौँ — गृह मन्त्रालयले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । 

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशानुसार म्याच फिक्सिङ भएको, आयोजक सम्पर्क बाहिर रहेको खेलाडीको पारिश्रमिकमा अनियमिता भएको जस्ता समाचार आइरहेकाले त्यसको आवश्यक छानबिन गर्न प्रहरीलाई भनेको हो ।

‘टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आयोजक सम्पर्क बाहिर गएको, खेलाडीको पारिश्रमिकमा अनियमितता भएको र स्पट फिक्सिङ भएको जस्ता समाचार निरन्तररुपमा आइरहेकाले सो विषयमा के–कसो भएको हो आवश्यक छानबिन गरी जो–जे गर्नुपर्ने हो, यथाशीघ्र गर्नु गराउनु हुन माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यूको निर्देशानुसार अनुरोध छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यही पुस ९ गतेदेखि त्रिवि मैदानमा उक्त प्रतियोगिता जारी छ । प्राप्त निर्देशनको आधारमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाइएको छ ।


Last Updated on: January 4th, 2023 at 12:01 pm


१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया