सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


१२ वर्षअघि बिहेको दिन र मृत्युको अन्तिम दिन सम्झँदै भक्कानिन्छिन निराकरकी श्रीमती (फोटोफिचर)

प्रकाशित मिति । २० पुस, २०७९ ।

एजेन्सी । कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परेर एक जना नेपाली नागरिककाे पनि मृत्यु भएकाे छ। थाइल्यान्डको सिमाना नजिकै रहेको क्यासिनोमा भएको आगलागीमा परी बिर्तामोड-१‚ झापाका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हाे।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उक्त आगलागीमा परी कम्तिमा २४ जनाको मृत्यु भएको बताइएकाे छ। हाल पाण्डेको शव थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको छ।

आगलागी भएका बेला भवनकाे १२ औं तलामा रहेका उनले त्यहाँबाट हाल हाल्नुअघि आफ्नो परिवारलाई भिडियो कल गरेका थिए। भिडियाे कलमा उनले आफ्नो छोरालाई भनेका थिए‚ ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अल्वेज लभ्स यू।

जहाँ भए पनि‚ जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ।’बीबीसीका अनुसर उक्त क्यासिनोमा ४०० जना कार्यरत थिए भने आगलागी भएपछि भवनबाट बाहिर निस्कन नसकेकाले धेरै मानिसहरूको मृत्यु भएको थियाे।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

हिमालयमा भइरहेको भौगर्भिक हलचल, जलवायुजन्य विकार र मानवीय उपद्रव वेलैमा चिनेर सावधानी नअपनाए अझ ठूलो क्षति अवश्यम्भावी छ।

हामी नेपाली दिनहुँ हिमाल देख्छौं, तर हिमालबारे जानकार छैनौं। नेपाल पढ्छौं, तर नेपालबारे नै अनभिज्ञ छौं। विश्वकै शिर सगरमाथा आफ्नो रहेकोमा गर्व गर्ने हामी ‘चोमोलोङ्मा’ चीनतर्फ पनि पर्छ भन्ने चाहिं बिर्सिदिन्छौं।

सुनेको सुन्यै छौं- नेपाल सानो र गरीब देश हो। र, यही कुरा पत्याउन थालेका छौं। तर, जनसंख्यामा हामी विश्वकै ४०औं ठूलो देश हौं। नेपाल आर्थिक रूपले गरीब हुनुपर्ने हुँदै होइन, हामी हाम्रै सोच र नेतृत्वको पछौटेपनले पछाडि धकेलिएका हौं।

छिमेकी भारत र चीनको दाँजोमा हाम्रो क्षेत्रफल (एक लाख ४७ हजार ५१६ वर्गकिमी) सानो छ। यो त पदचिह्नको नापो मात्र हो। विशाल हिमशृङ्खला, गहिरा उपत्यका र माथि-तलको भूगोललाई रोटी बेले जसरी सम्म पार्ने हो भने नेपालको सतह-क्षेत्रफल अमेरिकाकै जत्रो हुन्छ। खासमा नेपाल आफ्नो चौघेरोभन्दा निकै ठूलो छ। त्यसैले त हामी ठट्टैठट्टामा भन्छौं, ‘नेपालमा चार होइन, ६ वटा दिशा छन्- पूर्व, पश्चिम, उत्तर, दक्षिण, उँभो र उँधो।’

५० करोड वर्षअघि भारतीय उपमहाद्वीप अफ्रिकाबाट उछिट्टिएर यूरेशियामा ठोक्किँदा चट्टान थुप्रिएर बनेको हिमालय संसारकै जवान, अग्लो र विविधतायुक्त भूखण्ड मानिन्छ। वैज्ञानिकहरूका अनुसार, भारतीय उपमहाद्वीप अझै यूरेशियाको प्लेटमुनि घिस्रिँदै चट्टानका विशाल फग्लेंटा उचालिरहेको छ। सगरमाथा र अरू टाकुरा वार्षिक औसत एक सेमीका दरले अग्लिँदै छन्। ठूला ठूला भूकम्पका झट्का आउँदा अझ धेरै उचालिन्छन्। जस्तै- १९९० सालको महाभूकम्पमा महाभारत क्षेत्र पाँच मिटर माथिसम्म उचालिएको वैज्ञानिकले पत्ता लगाएका छन्।

२०७२ को भूकम्पमा पनि काठमाडौं उपत्यकाका पहाड १.५ मिटरले उचालिए अनि एक मिटरका दरले दक्षिणतर्फ धकेलिए। हरेक सय वर्ष जतिमा भौगर्भिक दबाब थेग्न नसकेर चट्टानका तह एक्कासि फुट्छन् र बाहिरसम्म झट्का दिन्छन्। पश्चिम नेपालमा ५०० वर्षयता यस्तो ठूलो भूकम्प गएको छैन। त्यसैले अबको महाभूकम्प कर्णाली आसपास हुने अनुमान भूगर्भविद्हरू गर्छन्।

विश्वमै हिमाली क्षेत्रमा जनसंख्याको घनत्व उच्च हुने पहाडी मुलुकमध्ये नेपाल पहिलो पंक्तिमा पर्छ। लोकजीवनमा हिमालयलाई ‘अटल विम्ब’ मानिए पनि लाखौं वर्षको अन्तरालमा हेर्दा यो क्षेत्र भौगोलिक रूपमा अस्थिर, कमजोर र संवेदनशील छ। हिमालय संसारकै अधिकतम पानी पर्ने ठाउँ पनि हो। भारतका मेघालय र अरुणाचलमा वर्षको १२ हजार मिलिमिटरसम्म वर्षा हुन्छ। नेपालको इलाममा तीन हजार ५०० मिमीसम्म वर्षा हुन्छ।

खुम्बु हिमनदीमा सगरमाथाको एक अंश। जलवायु परिवर्तन सिर्जित विश्वव्यापी तापमान वृद्धिले सन् १९५३ मा हिलरी र तेन्जिङले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको समयभन्दा आधारशिविर ५० मिटर तल झरेको छ। तस्वीर: इलम दीक्षित

जति जति पश्चिमतिर गयो उति कम पानी पर्छ। पोखरामा मात्रै इलाम जत्तिको पानी पर्छ। वर्षाकै कारण परापूर्वकालदेखि भूक्षय, पहिरो, हिमपहिरोले हाम्रा टाकुरा, भञ्ज्याङ, फेदीहरूलाई कुँदिरहेका छन्। यसले गर्दा हिमालहरू जुन गतिमा उचालिइरहेछन्, झण्डै त्यही गतिमा क्षरण पनि भइरहेछन्। यो प्राकृतिक प्रक्रियामा मानवीय हस्तक्षेप बढेपछि विनाश थपिएको छ। बसोबासका लागि यसै पनि जोखिमपूर्ण मानिएको ठाउँमा आधुनिक पूर्वाधार, बाटोघाटो र अरू संरचना बनाउँदा ध्यान नदिनु अझ क्षति निम्त्याउनु हो।

हिमतालको धराप

विश्व जलवायु सङ्कटसँगै निम्तिएको अतिवृष्टिले पहिरो जाने दर बढाएको छ। औद्योगिक युगको थालनीयता औसतमा १.१ डिग्री सेल्सियसले बढेको विश्वव्यापी तापक्रम हरितगृह ग्यास उत्सर्जनको गति नघटे सन् २०५० सम्म दुई डिग्री सेल्सियस नाघ्ने प्रक्षेपण छ। तर, हिमालय क्षेत्रको तापक्रम वृद्धि अहिल्यै औसतभन्दा ०.७ डिग्री सेल्सियसले बढी छ। यसले गर्दा हिमनदी तीव्र रूपमा पग्लँदै छन्।

हिमतालको सतह बढ्दै छ। नेपालमा प्रकोप ल्याउन सक्ने ४७ वटा जोखिमपूर्ण हिमताल छन्। तीमध्ये २७ वटा तिब्बतमा पर्छन्। अरुण, भोटेकोशी, तामाकोशी र यसका सहायक नदीका तिब्बतपट्टिका मुहान धराप बनेका छन्। ८.५ रिक्टरको भुइँचालो गए यी हिमताल एकैचोटि फुट्ने डर हुन्छ। तब नदी आसपासका ठाउँहरूमा ठूलो प्रलय भई भूकम्पले भन्दा कैयौं गुणा बढी क्षति पुर्‍याइदिन सक्छ।

हिमालय क्षेत्रको हलचलले कतिसम्म विकराल असर ल्याउन सक्छ, पोखरा उपत्यकालाई हेरे थाहा हुन्छ। भूवैज्ञानिकका अनुसार, करीब ६०० वर्षअघिको ठूलो भुइँचालोले पहिरो खस्दा सेती नदीको माथिल्लो भाग टालिएर ताल बन्यो। करीब १० वर्गकिमीको ताल फुट्दा तराईसम्मै ठूलो बाढी आयो। अहिले पोखरा शहर भएको ठाउँमा १५० मिटरसम्म बाक्लो गेग्रान थुप्रियो। नदीनाला थुनिएर फेवा, रूपा, बेगनास र अन्य ताल बने। १० वर्षअघि पनि सेतीमा ठूलो बाढी आउँदा ७० जनाको मृत्यु भयो। यो बाढी अन्नपूर्ण ४ को टाकुरातिरबाट खसेको चट्टानी पहिरोले ल्याइदिएको थियो। भविष्यमा यस्ता विपद्ले ल्याउने मानवीय र आर्थिक क्षति अझ भयङ्कर हुन सक्छ।

२०७८ को मेलम्ची बाढीले पनि हामीलाई भनिसकेको छ- सावधान बस्नू। मेलम्ची खोलाको मुहानभन्दा माथिका हिमनदी पग्लेर बगर बनेका छन्। हिउँ पग्ले पनि बालुवाको बाँधलाई जमीनमुनिको बरफले सिमेन्टले जसरी समातेर राखेको थियो। तर, तापक्रम बढ्दै जाँदा बरफ पग्लेर यो प्राकृतिक बाँध कमजोर भयो। त्यही वेला २४ घण्टामा २०० मिमीभन्दा बढी वर्षाका कारण आएको पहिरो सहितको बाढीले गेग्रान सोहोरेर तल्लो भेग पुर्‍याउँदा ठूलो मानवीय क्षति भयो। ७० करोड डलरको मेलम्ची खानेपानी आयोजनामा पनि व्यापक क्षति पुग्यो।

हिमालय उत्पत्तिको करोडौं वर्षको इतिहासमा यस्ता घटना सामान्य हुन्। १० लाख वर्षअघिसम्म पनि यस क्षेत्रमा दिनहुँजसो ठूला भूकम्प, बाढी-पहिरो गइरहन्थे। अहिले त हिमालय सापेक्षित रूपमा शान्त पो भएको हो। तर, त्यस वेला अहिले नेपाल रहेको ठाउँमा मानवीय बसोबास थिएन।

हाम्रा हकमा हिमालय र यसबाट उत्पन्न नदीहरूले धार्मिक महत्त्व पनि बोक्छन्। कैलाश पर्वत र मानसरोवर एशियाकै महान् नदीहरूका आरम्भबिन्दु हुन्। यहाँबाट शुरू हुने सिन्धु र सतलज पश्चिमतिर बगेर अरू नदीसँग मिसिँदै अरेबियन सागरमा पुग्छन्। मानसरोवरको पूर्वमा मुहान रहेको ब्रह्मपुत्र (यार्लुङ त्साङपो) नदी झण्डै दुई हजार किमी पूर्वतिर बगेर हिमालयलाई छेडी तिब्बतबाट आसाम झर्छ। मानसरोवरबाट ८० किमी मात्रै दक्षिणतिर गंगोत्रीबाट शुरू हुने गंगा नदी उत्तर भारतको मैदानमा नेपालबाट झर्ने काली, कर्णाली, गण्डकी, कोशी, बागमती र चुरेका कैयौं खोलासँग मिसिन्छ।

यसकारण हिमालय क्षेत्रलाई दक्षिणएशियाकै ‘वाटर टावर’ भनिन्छ। इलुस्ट्रेशन: आईस्टक इमेजेज्

अनि बाङ्लादेशमा त्यही ब्रह्मपुत्रसँग भेट भएर बंगालको खाडीमा पुग्छ। सिन्धु, ब्रह्मपुत्र र नेपालका अरुण, भोटेकोशी, मर्स्याङ्दी र बूढीगण्डकीहरू हिमालयभन्दा पुराना नदी हुन्। पहिले यूरेशियामा बगेर समुद्रमा पुग्ने यी नदी करोडौं वर्षमा हिमालयसँगै उचालिएर चट्टानहरू काट्दै गए। यसको प्रमाण यी नदी हिमालयको उत्तरतिरबाट शुरू हुनु नै हो।

दुर्लभ विविधता

हाम्रा सबैजसो हिमालका बीचबाट नदी बग्छन्। जस्तै- कञ्चनजंघा, मकालु र सगरमाथाको बीचमा अरुण नदी छ। रोलवालिङ, गौरीशंकर र छोवाभमरेको बीचमा तामाकोशी बग्छ। लाङटाङ र गणेश हिमालको बीचमा भोटेकोशी छ। त्यस्तै, गणेश र हिमालचुली-मनासलु हिमालको बीचमा बूढीगण्डकी छ भने हिमालचुली र अन्नपूर्णको बीचमा मर्स्याङ्दी। अन्नपूर्ण र धौलागिरिको बीचबाट कालीगण्डकी तथा धौलागिरि र कान्जिरोवाको बीचबाट भेरी बग्छन्। अपी साइपाल हिमाल पुग्नुअघि कर्णाली छ। भारत र पाकिस्तानमा पनि हिमालय शृङ्खला हिमालहरूमा विभाजित छन्। ती सबैको बीचमा एउटा न एउटा नदी बग्छ।

धौलागिरि र अन्नपूर्ण हिमालको बीचमा कालीगण्डकीले पहाड काटेर आफ्नो बाटो बनाएको छ। मुस्ताङछेउको तिब्बती पठारमा शुरू हुने कालीगण्डकी तातोपानीमा आइपुग्दा एक हजार मिटरको उचाइमा बग्छ। तर, दायाँ-बायाँ आठ-नौ किमीको दूरीमै आठ हजार मिटरभन्दा उच्च हिमाल भेटिन्छन्। यति छोटो दूरीमा भौगोलिक उचाइको यस्तो अन्तर संसारमै दुर्लभ हो।

नेपालको पूर्वी जिल्ला झापामा देशकै सबैभन्दा होचो ठाउँ केचनाकवल पर्छ। जम्मा ६० मिटर उचाइको यो थलोबाट ८० किमीको दूरीमै संसारकै तेस्रो उच्च शिखर कञ्चनजंघा भेटिन्छ। यस्तै विविधता मौसमी र वातावरणीय पक्षमा पनि छ। मुस्ताङको कागबेनीलाई नै लिऔं। त्यहाँबाट हेर्दा सबैभन्दा परको नीलगिरि हिमालको फेदीमा गाढा नीलो र हरियो जङ्गल देखिन्छ। त्यसभन्दा वरको पहाडमा जङ्गल अलि पातलो छ।

अझ नजिक जोमसोममाथिको पहाडमा अलि अलि झाडी मात्र छन्। कागबेनीकै पहाडमा चट्टान मात्र देखिन्छ। आठ-दश किमीभित्रै यस्तो मौसमी भिन्नता अरू देशमा कमै हुन्छ। यसको कारण हो- हिमालको विशाल पर्खालले बंगालको खाडीबाट आउने मनसुनी वायुलाई रोकिदिनु। हिमालको उत्तरतिर न्यून वर्षा हुनु अनि तिब्बती पठार र नेपालकै हुम्ला, डोल्पा, मुस्ताङ र मनाङको भूगोल उजाड देखिनुको अन्तर्य पनि यही हो।

त्यसैले कागजमा कोरिने नक्शाले हाम्रो समग्र भूगोल र विविधता समेट्न सक्दैन। नेपाल जस्तै पहाडी मुलुक स्वीट्जरल्यान्डका स्कूलमा थ्रीडी नक्शा राखिएका हुन्छन् जसले पहाडहरू पनि स्पष्ट देखाउँछन्।

कालीगण्डकी किनारका शालिग्राममा कुनै वेला समुद्रको पिँधमा पाइने जीवाणुका ‘फोसिल’ छरिएका हुन्छन्। यसको अर्थ जोमसोम, कागबेनी इलाका २५ करोड वर्षअघि समुद्रमुनि थिए। सगरमाथाको टाकुराका पहेंला पत्थरहरू ‘लाइमस्टोन’ हुन् जुन समुद्रको पिंधमा थुप्रिएका बालुवा, माटो र माछाहरूको अवशेषबाट बनेका हुन्। शिखरका ढुङ्गामा पनि समुद्री बिरुवाहरूको अवशेष पाइएको छ। समुद्रमुनिको पत्थरको तह वायुमण्डलतर्फ झण्डै नौ किमीसम्म उचालिएर कत्रो उथलपुथल भएको रहेछ पृथ्वीमा !

वृक्षरोपण गर्दै सोलुखुम्बुका स्थानीय। तस्वीर: द पार्टनर्स नेपाल

भौगोलिक बनोटकै कारण नेपालमा यस्तो जैविक र जातीय विविधता सम्भव भएको हो। संसारको उत्तरी गोलार्द्धमा हजारौं किलोमिटर पार गर्दा देखिने मौसमी र जैविक विविधता नेपालमा एउटै पहाडमा दुई हजार मिटर उक्लिँदा नै पाइन सक्छ। नेपालमा चराचुरुङ्गी, पुतलीका प्रजाति लगभग उत्तर अमेरिकाकै जति छन्। जबकि, त्यो महादेश क्षेत्रफलमा नेपालभन्दा ८० गुणा ठूलो छ। तर, नेपालमा धेरै बोटबिरुवाको अध्ययन त परै जाओस्, तिनले नामसम्म पाएका छैनन्। प्राकृतिक विविधताको यो सम्पत्तिलाई कुल गार्हस्थ्य उत्पादन वा प्रति व्यक्ति आयमा नाप्न सकिँदैन। विकास र लगानीका नाममा यिनलाई नास्न हुँदैन।

अन्योन्याश्रित सङ्कट

हिमालय केवल हिमाल होइन। यो त २४०० किमी लामो शृङ्खला र २०० किमी फराकिलो जलाधार पनि हो। अझ विस्तारमा बुझ्दा तिब्बती पठार, महाभारत, भित्री तराई र मधेश पनि हिमालयकै अङ्ग हुन्। किनकि, यी सबै एउटै पारिस्थितिक प्रणालीका हिस्सा हुन्। तिब्बती पठारमा हुने परिवर्तनले तराईलाई असर पार्छ। हिमनदी पग्लिँदा नेपाली मात्र होइन, एशियाका करीब एक अर्ब २० करोड मानिस प्रभावित हुन्छन्। चुरेको वन मासिए तराईमा बाढीको जोखिम बढ्छ, इनारहरू सुक्छन्। महाभारतमा जथाभावी डोजर चलाइँदा, नदी दोहन गरिँदा तराईमा वातावरणीय प्रकोप बढ्छ। जैविक विविधता समेत ध्वस्त हुन्छ।

हिमालय एउटै अटुट शृङ्खला होइन। अनि यो नेपालको उत्तरतिरको सम्पूर्ण अन्तर्राष्ट्रिय सिमाना पनि होइन। कञ्चनजंघा नेपाल र सिक्किमको सिमानामा पर्छ। त्यसपछि क्रमशः पश्चिमतर्फ जाँदा मकालु, सगरमाथा, ल्होत्से, चोओयु, गौरीशंकर र फुर्बीघ्याचुसम्मका हिमाल नेपाल-चीनको सिमानामा पर्छन्। तर, त्यहाँबाट पश्चिमतर्फ पर्ने दोर्जे लाक्पा, गुर्कापो री, लाङटाङ, गणेश, हिमालचुली, मनासलु, पूरै अन्नपूर्ण, धौलागिरि, कान्जिरोवा र अपी साइपाल हिमाल नेपालभित्रै पर्छन्। हिमालको उत्तरतिर पर्ने गोरखाका छेकम्पार र नुब्री, मनाङका नार र फु, मुस्ताङ, डोल्पो, मुगु र हुम्लामा भौगोलिक, भाषिक, जातीय, धार्मिक र सांस्कृतिक रूपमा प्रायः तिब्बती प्रभाव छ।

हिमालमा हुने परिवर्तनले हामीलाई पाइला पाइलामा असर पारिरहेको हुन्छ। त्यसैले यी चुचुरालाई सामान्य पहाड मात्र नदेखी तिनमा भइरहेको फेरबदल, भौगोलिक कमजोरी, वातावरणीय ह्रास आदि चिन्नु हाम्रा लागि अत्यावश्यक बन्दै छ। हिमालयसँग हाम्रो सभ्यता र संस्कृति पनि त जोडिएको छ। शायद हाम्रा पूर्वजलाई थाहा थियो- हिमालले बरफ भण्डारण गरी सुक्खा महीनामा पग्लेर कृषिकार्य, पशुपालन र खानपिनका लागि पानी उपलब्ध गराइरहेको हुन्छ।

त्यसैले उनीहरूले हिमाल र नदीनालालाई देवताको नाम दिए, पूजा गरे। तर, आजको पुस्ता आधुनिक औजार र प्रविधिबाट विकासका नाममा यी प्रकृतिको विनाश गर्दै छ। हिमालहरूले अहिले भइरहेको दोहन अरू धेरै धान्न सक्दैनन्। त्यसैले हाम्रा स्वार्थप्रेरित योजना, विकास सिद्धान्त र क्रियाकलाप बदल्न जरुरी भइसकेको छ।

प्रकृतिको हेरचाह

पछिल्ला दशकमा हामीकहाँ भ्यूटावर र केबलकार बनाउनु, जथाभावी बाटो खन्नु, नदीनालाबाट बालुवा-ढुङ्गा झिक्नुलाई नै विकास मानिँदै छ। तर, आवश्यकताका आधारमा भन्दा बजेट सक्नकै लागि विना अध्ययन चलिरहेको ‘डोजर आतङ्क’ ले दिगो विकास दिन सक्दैन। हिमाली भेग खोतलेर बनाइएको, प्राविधिक हिसाबले अति कमसल बाटोले देशको सौन्दर्य त बिगारेकै छ, जनधनको क्षति पनि निम्त्याएको छ- पहिरो खसाएर, मुहान सुकाएर र खुला बजारको शोषण गाउँ गाउँसम्म पुर्‍याएर। यसरी प्रकृति मासेर जताततै बाटो मात्रै बनाइए धूलो-धुवाँ खान पर्यटक नेपाल किन आउँछन्?

हाम्रो पर्यटनको मियो भनेकै हिमालहरू हुन्। तर, थाइल्यान्डको जस्तो करोडौं संख्यामा विदेशी भित्त्याउने पर्यटन नेपाललाई सुहाउँदैन। त्यसले त डलरसँगै विकृति पनि ल्याउँछ। हामीलाई ‘इको-टुरिज्म’ चाहिएको हो जसले वातावरणीय संवेदनशीलता बुझेका तथा धेरै पैसा तिरेर हप्तौंसम्म हाम्रा हिमाल र निकुञ्जमा बिताउने पर्यटक डाक्छ। र, तिनलाई फेरि फेरि पनि आइरहन लोभ्याउँछ। तिनले सामाजिक सञ्जालमा गर्ने प्रचारले अरूलाई पनि तान्छ।

संसारमै दुर्लभ तर परिचित अग्ला हिमालहरूकै कारण नेपालले पर्यटन प्रचारमा उति श्रम र समय पनि खर्चिरहनु पर्दैन। प्रकृतिसँगै हिमाली वातावरण जोगाए, सुविधाजनक यातायात, होटलहरूको व्यवस्था गरे पर्यटक आफैं आउँछन्। पर्यटकलाई सुविधा र ‘भ्यालु फर मनी’ चाहिन्छ। सस्तो मात्र खोज्ने पर्यटकलाई नेपालले धेरै प्राथमिकता दिन जरुरी छैन। स्थानीय कृषि सामग्रीको प्रयोग र प्रवर्द्धन बढाए पर्यटन क्षेत्रले अहिले दिइरहेको रोजगारी सजिलै दोब्बर पार्न सकिन्छ।

नेपाललाई प्रकृतिले दिएको अर्को ठूलो उपहार हिमाली जलस्रोत हो। जलस्रोतको विकास र नदीहरूको प्राकृतिक संरक्षणबीच सन्तुलन मिलाउनुपर्छ। जथाभावी जलविद्युत् परियोजना बनाइए पहाड मात्र होइन, नदी पनि मासिन्छन्। नेपाललाई आउने दशकहरूमा कति बिजुली चाहिन्छ? जलविद्युत्, सौर्य र वायु ऊर्जाबाट कति कति उत्पादन गर्न सकिन्छ? कुन कुन नदीमा बाँध बनाउने र कुन कुन नदीलाई केही नचलाई प्राकृतिक स्थितिमै राख्ने भन्नेबारे बृहत् अध्ययन र योजना आवश्यक छ।

नेपालको भौगर्भिक बनोट भूराजनीतिसँग पनि जोडिएको छ। गंगामा बग्ने पानीको ७० प्रतिशत नेपालका नदीनालाबाट जान्छ। त्यसैले पानी सङ्कटसँग जुधिरहेको भारतलाई नेपालको बिजुलीभन्दा पानीमै बढी चासो छ। जलवायु परिवर्तनले सुक्खा मौसममा प्रवाह थप घट्ने भएकाले नेपालका ठूला नदीमा बाँध बाँधेर पानीको भण्डारण गर्ने भारतको स्वार्थ देखिन्छ। त्यसो गर्दा मनसुनी बाढी नियन्त्रण हुने र सुक्खा याममा पानी छोड्न पनि सकिने उसको बुझाइ छ। यो स्थितिमा नेपालले राष्ट्रिय हित र स्वार्थ हेरेर भारतसँग आर्थिक कूटनीति अवलम्बन गर्नुपर्छ।

हिमाल जोगाउन पहिले त पर्वतारोहण व्यवस्थित बनाउन जरुरी छ। सगरमाथामा हरेक चैत-वैशाखमा हुने ‘ट्राफिक जाम’ ले पनि हामीलाई पर्वतारोहणको विद्यमान शैली बदल्न झकझकाइरहेको छ। त्यसैले हिमालहरूको ‘वहन क्षमता’ नबुझी प्रस्ताव आए जति सबै आरोहण अभियानलाई अनुमति दिइनु हुँदैन। सन् २०१९ को ‘ट्राफिक जाम’ ले नेपाली हिमालको जति बदनाम भयो, त्यो आरोहण बापत प्राप्त रोयल्टीभन्दा धेरै गुणा बढी थियो।

नेपालका हिमाल फोहोर भएको भनी संसारभर प्रचार भइरहेको छ। पर्वतारोहण पर्यटनलाई डलर आम्दानी र रोयल्टीमा मात्र निर्धारण गरिनु हुँदैन। सगरमाथा बाहेक पनि यहाँ सयौं हिमाल छन्। कुनै नदीलाई प्राकृतिक रूपमै राखे जस्तै कुनै विशेष हिमाल (जस्तैः माछापुच्छ्रे वा अमादब्लाम)लाई नबेच्दा त्यसको कृत्रिम मूल्य झन् बढ्छ।

हरेक प्राकृतिक दृश्यको आफ्नै मूल्य हुन्छ। पर्यटकहरू पुनहिल, नगरकोट, सराङकोट जानुको कारण त्यहाँबाट देखिने मनमोहक हिमाली दृश्य हो। राष्ट्रिय निकुञ्जमा जनावरहरूको संरक्षण गरे जस्तै त्यस्ता ठाउँबाट देखिने दृश्य पनि जोगाउनुपर्छ। कति मुलुकमा यस्ता दृश्यलाई ‘भ्यूजस्केप’ भनेर दुरुस्त राखिन्छ। हाम्रा सरकारहरूको पनि अबको नीति हुनुपर्छ- हिमालको प्राकृतिक स्रोतसाधन आगामी पुस्ताका लागि जोगाएर राख्नु।

आर्सनलको घरमा न्युकासलको बराबरी

लन्डन — न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई मंगलबार गोलरहित बराबरीमा रोकेको छ ।

आफ्नै घरेलु मैदान इमिरेट्समा भएको खेलमा जित निकाल्दै १० अंकको अग्रतासहित शीर्ष स्थानमा रहन सक्ने अवसर भए पनि न्युकासलको बलियो चुनौतीसामु आर्सनल एकै अंकमा चित्त बुझाउन बाध्य रह्यो ।

यसले न्युकासललाई शीर्ष चारमा आफ्नो चुनौती कायम राख्न भने प्रेरित गर्नेछ । आर्सनल ४४ अंकमा लिग तालिकाको शीर्ष स्थानमा छ । त्यसपछि म्यानचेस्टर सिटीको ३६ र न्युकासलको ३५ अंक छ । चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको पनि ३५ अंक भएको छ ।

मंगलबारका अन्य खेलमा ब्राइटनले एभरटनलाई उसकै घरमा ४–१ ले पराजित गर्‍यो । यस्तै फुलहम लेस्टर सिटीमाथि १–० ले विजयी रह्यो । एभरटन १५ अंकसहित १६ औं स्थानमा छ भने लेस्टर पनि १७ अंकका साथ १३ औं स्थानमा रहेको छ ।


Last Updated on: January 4th, 2023 at 11:38 am


१०२०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया