सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


रबि पत्नी निकिताको ६ लाखको ब्यागको वास्तविकता यस्तो, ज्वालाले गरिन खुलासा

प्रकाशित मिति । १९ पुस, २०७९ ।

काठमाडौ । सामाजिक सन्जालमा भाइरल गृहमन्त्री रबि लामिछानेकि श्रीमति निकिता पौडेल लामिछानेको एक तस्वीरमा उनले बोकेको ब्यागको बिषयले यस्ती बेला चर्चामा आएको छ ।

रबि पत्निले समाएको ह्याण्ड ब्यागलाई कतिपयले सर्वहारा जनताको धनाड्य शासक भन्दै शेर बहादुर पत्नि आरजु देउवासङ्ग समेत तुलना गर्न भ्याएका छन ।

तर वास्तविकता भने अर्कै रहेको छ, उक्त ब्याग हल्ला फैलिएझै ६ लाखको नभएर ५ हजार रुपैयाँको मात्रै रहेको सामाजिक अभियान्ता ज्वाला सङ्रौलाले सामजिक सन्जाल मार्फत स्पस्ट पारेकी छन ।

सामाजिक अभियान्ता ज्वाला सङ्रौला लेख्छिन:

आज दिनभरि केहि साथीहरुले नीकिता पौड्याल लामिछानेले आजभन्दा २ बर्ष अघि एउटा अनलाईन मार्फत ५००० रुपैयामा किनेको ब्यागको आलोचना गर्दै लाखौको ब्याग भनेर भ्रम फैलाएको देखियो।

ति साथीहरुले नीकिताको बारेमा लेख्दै गर्दा अलिकति अध्ययन गर्नु पर्दथ्यो कि वहॅा कस्तो पारिवारिक बिरासतबाट प्रतिनिधित्व गर्नु हुन्छ भनेर ।

अर्को कुरा त्यो ब्याग वहाले रबिदाई गृहमन्त्री भएपछि किनेको पनि होईन, किनेपनि हामीले त्यसमा आपति मान्नु पर्ने केहि छैन किनकी जस्को किन्ने क्षमता छ, उस्ले सुनकै ब्याग किनेपनि त्यस्मा र्याल चुहाउनु पर्ने केहि छैन।

अनि ज जस्ले वहॅाको ब्यागलाई भाईरल बनाउनु भयो, वहॅाहरु यस्तो ब्यक्तिहरु हुनुहुन्छ जहॅा वहाहरुले आदर्श मानेका नेताहरु हिजो फाटेको सारी र चुडिएको चप्पल लगाएर बालुवाटार र सिंहदरबार छिरेपछि अरबौका मालिक बनेका छन् ।

तर नीकिता पौडेल जो आफू एक सम्भ्रान्त परिवारबाट आएर पनि आज देश बनाउछु भनेर हिडेका रबि लामिछानेलाई साथ दिन करोडौको महल र सुख सुबिधा छोडेर एउटा सामान्य मन्त्री क्वार्टरमा बसाई सरेर यो मुलुक परिवर्तनको यात्राको सहयात्री बन्नु भएको छ।

हो, हिजोको दिनमा हामीले नेताहरुले खाएको लाएको र सुकिलो जीबन बाचेकोमा आलोचना गरेकै हो किनकी उनीहरुले आफ्नो औकात र हैसियतले नभ्याउने गरी जुत्ता देखि पिउने पानीसमेत बिदेशबाट ब्राण्डिङ गरेर प्रयोग गरे। भ्रस्टाचार गरेर अकुत सम्पति कमाए।

हामीले ति कुराको बिरोध गर्यौ र अझैपनि गरिन्छ, गर्नुपर्छ। तर नीकिताले आफ्नो मेहनतले कमाएको सम्पतिले खाएको र लाएको रिस गरेर आफ्ना नेताहरुको कर्तुत छोप्न लागिपर्ने हरुले बुझेर पनि बुझ पचाउदै गर्दा उनीहरुलाई एकपटक नीकिता पौडेलको घर र अहिलेको मन्त्री क्वार्टरलाई हेर्न अनिमात्र बोल्न आग्रह गर्दछु ।

अब भन्नुस त , देश बनाउन सुबिधासम्पन्न महल छोडेर एउटा अति सामान्य मन्त्री क्वार्टरमा झरेकी नीकितालाई धन्यबाद दिने कि उल्टै बदनाम गर्ने ??

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे अर्को साता सर्वोच्चमा सुनुवाई हुने

गृहमन्त्री नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेको नागरिकता विवाद बारे आगामी पुस २२ गते सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ ।

उनी सांसद पदको लागि अयोग्य रहेको भन्दै उनको सपथ ग्रहण रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले पुस ६ गते कारण देखाउ आदेश जारी गरेको थियो ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायधीश र अन्य ४ न्यायधीश गरि ५ न्यायधीश सम्मिलित सम्वैध्नैक इजलाशले उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै पुस २२ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

उक्त दिनको छलफलपछि अदालतले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने वा नदिने भन्ने आदेश जारी गर्ने छ ।

अधिवक्ता रविराज बसौला सहितले लामिछानेलाई प्रतिनिधिसभा सदस्यका रूपमा सपथ नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ ।

संवैधानिक इजलासमा दायर भएको उक्त रिटमा लामिछानेले नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै उनको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ । रिटमा संविधान र निर्बाचन ऐनको गम्भीर उल्लङ्घन भएको उल्लेख गरिएको छ ।

लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी सांसद पदबाट मुक्त गर्न निर्वाचन आयोगको नाममा परमादेशको आदेश माग गरिएको छ । रिटमा राष्‍ट्रिय स्वतन्त्र पार्टी केन्द्रिय कार्यालय बसुन्धरा काठमाडौं , निर्वाचन आयोग कान्तिपथ काठमाडौं ,

राष्‍ट्रिय स्वतन्त्र पार्टीका सभापती रबि लामिछाने , जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौं / संघिय संसद प्रतिनिधी सभा सिंहदरबार काठमाडौंलाई विपक्षी बनाईएको छ । हिजो मात्र रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री नियुक्त भएका छन् ।

काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल अन्योलमा

काठमाडौँ — नेपाल टी–२० लिगमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल मंगलबार नहुने स्थितिमा पुगेको छ । नेपाल क्रिकेट संघ (क्यान)को प्राविधिक टोलीले टसका लागि टिम लिस्ट बुझाउन जाँदा दुवै टिमलाई ‘हाम्रा आन्तरिक विषय छन् । लिस्ट लिन्नाैं’ भनेपछि टस नै नहुने स्थितिमा पुगेको हो ।

टस हुने तालिका बिहान साढे ८ बजेका लागि निर्धारण गरिएको थियो । खेल निर्धारित समयअनुसार बिहान सवा ९ बजे सुरु हुनुपर्नेमा अहिलेसम्म टससमेत भएको छैन ।

काठमाडौं, विराटनगरसहित जनकपुर रोयल्स र फारवेस्ट युनाइटेडका खेलाडीहरूले लिगका ६० प्रतिशतभन्दा बढी खेल भइसक्दा पनि कुनै पारिश्रमिक पाएका छैनन् । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले अघिल्लो दिनबाट आयोजकहरू नै सम्पर्कमा नआएको बताएका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक-पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो । सोमबारसम्म ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन् ।

दरबारमार्गमा पार्किङ निषेध [भिडियो]

महानगरसँग यहाँका कति भवनमा बेसमेन्ट रहेको र कति वटासम्म सवारी अट्छन् भन्ने तथ्यांक नै छैन

काठमाडौँ — काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा सवारीसधान पार्किङमा रोक लगाएको छ । नेपाल प्रहरी, ट्राफिक प्रहरीको सहयोगमा महानगर प्रहरीले मंगलबार उक्त क्षेत्रमा माइकिङ गर्दै पार्किङ गर्न नपाइने जानकारी दिएको हो । हालसम्म अन्नपूर्ण होटलतर्फको सडकमा सवारी पार्किङ गरिँदै आइएको थियो ।

‘आज (मंगलबार) बाट हामीले दरबारमार्गका दुवै किनारामा पार्किङ सुविधा हटाएका छौं,’ महानगर प्रहरी निरीक्षक राजेन्द्र देवकोटाले कान्तिपुरसँग भने, ‘ट्राफिक जामको समस्या धेरै भएपछि नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग समन्वय गरेर यस्तो व्यवस्था गरेका हौं ।’

महानगरको टोलीले दरबारमार्गमा हरेक ३०–५० मिटरको दूरीमा ‘नो पार्किङ’ को बोर्ड राखेको छ । पार्किङ सुविधा हटाइएपछि अब यस क्षेत्रका व्यवसायी र उपभोक्तालाई समेत सवारी पार्किङमा झन्झट हुने देखिएको छ । यस क्षेत्रमा कतिवटा भवनमा पार्किङको व्यवस्था रहेको र कतिवटासम्म सवारी अट्न सक्छन् भन्ने तथ्यांक महानगरसँग छैन ।

अन्नपूर्ण होटल, याक एन्ड यती, शेर्पा मल र स्टार मलमा मात्रै पार्किङको व्यवस्था रहेको हुन सक्ने महानगर प्रहरी निरीक्षक देवकोटाले अनुमान गरे । यसअघि बेसमेन्ट क्षेत्रमा सञ्चालनमा रहेको भन्दै हटाइएका लन्डन पब, आई क्लब र फेसन पसल रहेका स्थानमा पार्किङस्थल अझै सञ्चालनमा आउन सकेको छैन । ती क्षेत्रमा पार्किङको व्यवस्था मिलाउन सकिने उनको भनाइ छ ।

‘यसअघि लन्डन पब रहेको बेसमेन्टमा करिब २० वटा कार र डेढ सय वटासम्म मोटरसाइकल‍ पार्किङ गर्न सकिन्छ, तर त्यहाँ अहिलेसम्म पनि पार्किङ खुला गरिएको छैन,’ उनले भने, ‘बिछ्याइएको मार्बल हटाएर ढलान गर्न केही समय लागेको घरधनीले बताएका छन् । अहिलेसम्म करिब ९० प्रतिशत काम सकिएको भन्ने छ । केही दिनमा यो ठाउँमा पार्किङ गर्न मिल्छ ।’

यस्तै, महानगरले लन्डन पबनजिकैको भवनको बेसमेन्टमा सञ्चालित २ वटा फेसन पसल र आई क्लब पनि बन्द गराएको थियो । तर, यी तीनवटै स्थान अहिले खाली छन् । क्लब हटाउने महानगरको निर्णयविरुद्ध अदालतमा मुद्दा परेका कारण उक्त स्थान तत्काल पार्किङस्थलका रूपमा प्रयोगमा आउने सम्भावना देखिएको छैन । क्लब रहेको स्थान फराकिलो रहेको र त्यहाँ सयौंको संख्यामा सवारीसाधन पार्किङ गर्न सकिने महानगर प्रहरीको भनाइ छ । यसअघि महानगरले बानेश्वर, बागबजार क्षेत्रमा पनि सडकमा पार्किङ गर्न रोक लगाइसकेको छ ।


Last Updated on: January 4th, 2023 at 1:18 am


२५१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया