सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


सन्दीपको डिप्रेसनको मात्रा बढेपछि,बरिष्ठ मनोपरामर्शविद् पुगे कारागार

प्रकाशित मिति । १९ पुस, २०७९ ।

काठमाडौं,नाबालिग जबर्जस्तीकरणी मुद्धामा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको डिप्रेसनको मात्रा बढेको छ ।

लामिछानेको डिप्रेसन मात्रा बढेसँगै सोमबार बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मी कारागारमा पुगेर लामिछानेलाई मनोपरामर्श दिएको बताइएको छ ।

डिप्रेसनले अलि बढी सताउन थालेपछि केही समययता सन्दीपको बोली बचन र व्यवहारमा अरुबेलाभन्दा भिन्न देखिएको छ । त्यसैले अहिले सन्दीपलाई मनोपरार्श चाहिएकाले मनोपरामर्शविद रेग्मी त्यहाँ पुगेकी हुन् ।

कारागारमा काउन्सिलिङका लागि भिन्नै कोठाको व्यवस्था नहुँदा सन्दीपलाई काउन्सिलिङ गर्न कठीन भएको छ। अहिले सामूहिक कैदी बन्दीहरू बसेकै कोठामा काउन्सिलिङ गर्नुपर्ने बाध्यता रहेको छ ।

सन्दीप असोज २० गते १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा त्रिवि विमानस्थलबाट पक्राउ परेका थिए ।

‘म्याच फिक्सिङ’ र ‘लाइभ बेटिङ’ को आशंकामा सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौँ — नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता विवादबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले अनुसन्धान अगाडि बढाएको छ । सीआईबीले नेपाल टी-२० मा ‘म्याच फिक्सिङ’ र ‘लाइभ बेटिङ’ भएको भन्ने उजुरी आएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले अनुसन्धान प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै भने, ‘खेलमा म्याच फिक्सिङ र लाइभ बेटिङ भइरहेको छ भन्ने विभिन्न उजुरी आएपछि हामीले अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ ।’

त्यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि मंगलबार प्रहरीलाई खेलमा देखिएको विवादबारे अनुसन्धान गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयले पारिश्रमिक नदिई आयोजक भागेकोबारे युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विस्तृत जानकारी पनि मागेको छ ।

विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबारदेखि खेल नखेल्ने धम्की दिएका थिए । यही विवादका कारण मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल केहीबेर रोकिएको समेत थियो ।

मंगलबार काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले टिमका केही खेलाडीलाई ‘फिक्सिङ’ लागि प्रस्ताव आएको बताएका छन् । उनले यसबारे आधिकारिक निकायमा रिपोर्टिङ गरिसकेको पनि बताए ।

त्यस्तै प्रतियोगितामा कमेन्टेटरका रूपमा काम गर्दै आएका सचिन तिमल्सेनाले पनि नेपाल टी-२० मा शंकास्पद गतिविधि देखिएको बताएका छन् । उनले मंगलबारदेखि नै कमेन्टेटरको भूमिका छाडेका छन् । उनले भनेका छन्, ‘नेपाल टी-२० लाई कमेन्टेटरका रूपमा नजिक बाट नियाल्दा धेरै शंकास्पद गतिविधि भेटियो । अब त आयोजक पनि गायब भएछन्। आजबाट यो लिगमा ब्रोड्कास्टर या कमेन्टेटरको रूपमा मेरो कुनै संलग्नता रहने छैन ।’

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो । मंगलबारसम्म ३४ मध्ये २२ खेल सम्पन्न भइसकेका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टसका संस्थापक जतिन आहलुवालिया सम्पर्कमा नआएको जनाए ।

जसपा सम्मानजनक सिट पाए मात्रै सरकारमा सहभागी हुने

काठमाडौँ — जनता समाजवादी पार्टीले पद बाँडफाँटमा सम्मानजनक स्थान प्राप्त गरे मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको राजनीतिक समितिको मंगलबार सम्पन्न बैठकले नीति तथा कार्यक्रम र शक्तिको बाँडफाँटको विषयमा सहमति नभए सरकार बाहिरबाट समर्थन गर्ने जनाएको छ ।

‘हामीले राष्ट्रपतिदेखि प्रदेशको उपसभामुखसम्म सम्मानजनक बाँडफाँट खोजेका हौं, ‘ महासचिव मनिष सुमनले इकान्तिपुरसँग भने, ‘हाम्रो दाबी छैन, हामी सरकारको रवैया कस्तो हुन्छ त्यो हेर्छौं ।’ सात दलीय वर्तमान सत्ता गठबन्धनमा जसपा एउटा घटक हो ।

२ दिनसम्म चलेको समितिको बैठकले अन्य राजनीतिक दल वा संगठनहरुसँग एकता, सहकार्य र गठबन्धन सम्बन्धमा वार्ता गर्न राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली पनि गठन गरेको छ ।

जसको सदस्यमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेका छन् । त्यसैगरी निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, अन्तर्घात गर्नेहरुको सम्बन्धित समितिहरुबाटै कारबाही गर्ने निर्णय पनि समितिले गरेको छ ।

संघीय परिषद्‍ र केन्द्रीय सदस्यहरुको भूमिकाबारे छानबिन गर्नका लागि शिवलाल थापा मगरको संयोजकत्वमा ५ सदस्यीय समित गठन भएको छ । माघसम्म समय दिएर गठन गरिएको समितिको सदस्यहरुमा देवबहादुर दुरा, बालकिशोर यादव, अशोक लगरवार र प्रमिला यादव रहेका छन् ।

त्यसैगरी, पार्टी अधिवेशन लागि अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा ९ सदस्यीय विधान मस्यौदा समिति पनि जसपाले गठन गरेको छ । सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, सुशीला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबू राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवति सुवेदी रहेका छन् ।


Last Updated on: January 4th, 2023 at 12:56 am


१८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया