बुधबार १५ चैत्र २०७९


गृहमन्त्रीले बुझे मिटरब्याजी पीडितको समस्या समाधान गर्ने कानुनी मस्यौदाको प्रस्ताव

प्रकाशित मिति । १९ पुस, २०७९ ।

काठमाडौँ — मिटरब्याजी अपराधी नियन्त्रण सिफारिस कार्यदलले मिटरब्याजी अपराधलाई प्रत्यक्ष कानुनी दायरामा ल्याउन कानुनको मस्यौदा प्रस्ताव उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको छ ।

यसअघि भदौ २७ गते नै सो समितिले तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गत साउन २७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट गठित मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले मिटरब्याजी अपराध नियन्त्रणका उपायहरूको सिफारिससहित गत भदौमै प्रतिवेदन पेस गरेको थियो।

यो पनि पढ्नुहोस् :

मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको प्रतिवेदन : देशभरबाट २,२८९ उजुरी

पूर्वगृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाइसकेपछि मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले दिएको प्रतिवेदनको कार्यान्वयनका लागि भएका प्रयास तथा २०७९ असोज १ गते मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिसँग भएको सहमतिमा उल्लेखित विषयहरू कार्यान्वयनका लागि आवश्यक कानुनी संशोधन, नयाँ कानुन निर्माण तथा कार्यविधिगत सुधारको आवश्यकतासमेत थप गरी कार्यदलका संयोजक सहसचिव भीष्मकुमार भुसालले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएका हुन् ।

कानुन अभावमा मिटरब्याजबाट पीडित भएकाहरुको समस्या समाधान गर्न जटिल रहेकाले अहिले विद्यमान कानुन अन्तर्गत मुलुकी अपराध संहित, २०७४ मा मिटर ब्याज असुली गरी ठगी गर्न नहुने भन्ने दफा थप गर्न सुझाव दिएको छ । त्यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ र मुलुकी देवायनी कार्यविधि संहिता, २०७४ मा समेत केही प्रावधान संशोधन गर्न सुझाव दिइएको छ । मिटरब्याज नियन्त्रण र यसको नियमनका लागि लेनदेन व्यवहारलाई नियमित गर्ने कार्यविधि, २०७९को मस्यौदा पनि कार्यदलको प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

भुसाल नेतृत्वको कार्यदलमा केन्द्रीय अनुशन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्य, गृहमन्त्रालयका उपसचिव श्रीकृष्ण पौडेल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता श्यामप्रसाद दाहाल, अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा र सीआईबीका प्रहरी नायब उपरीक्षक रोशन खड्का सदस्य थिए ।

मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको प्रतिवेदन : देशभरबाट २,२८९ उजुरी

एकै व्यक्तिद्वारा २३ जनासम्म मिटरब्याजीविरुद्ध उजुरी, ५९ वटा फरफारक भइसकेको कार्यदलको भनाइ
काठमाडौँ — मिटरब्याजी अपराधी नियन्त्रण सिफारिस कार्यदलले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गत साउन २७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट गठित मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले मिटरब्याजी अपराध नियन्त्रणका उपायहरूको सिफारिससहित सोमबार प्रतिवेदन पेस गरेको हो ।

जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा गरी भदौ २६ गतेसम्म मिटरब्याजी सुदखोरबाट पीडितहरूले २ हजार २ सय ८९ उजुरी दर्ता गरेको प्रतिवदेनमा उल्लेख छ । उक्त प्रतिवेदन कार्यदलका संयोजक भीष्मकुमार भुसालले गृहमन्त्री खाँणसमक्ष पेस गरेका हुन् ।

ती उजुरीमध्ये ५९ वटा फरफारक भैसकेको र ७ वटा उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको कार्यदलले जनाएको छ । त्यस्तै अन्य ७ वटामा प्रहरीद्वारा अनुसन्धान भैरहेको पनि कार्यदलले जनाएको छ । मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्ने कार्यलाई निरन्तरता दिँदै उजुरीउपर छानबिन गर्ने प्रक्रियालाई सम्बन्धित स्थानीय प्रशासनले तीव्रता दिएको पनि कार्यदलले जनाएको छ ।

कार्यदलले एउटै व्यक्तिविरुद्ध ४ भन्दा बढी उजुरी परेका आरोपितहरूको संख्या ३३ रहेको र एकै व्यक्तिले २३ जनाविरुद्ध मिटरब्याजीको उजुरी दर्ता गरेको देखिएको जनाएको छ । कार्यदलले प्राप्त उजुरीहरूका आधारमा विश्लेषण गरी ३२ बुँदामा सिफारिस गरेको छ ।

त्यसमध्ये स्थानीय प्रशासनले प्राप्त उजुरीमा तत्काल छानबिन र कारबाहीमा निरन्तरता दिनुपर्ने शीर्षक अन्तर्गत ४ वटा,सङ्घीय एकाईहरूको भूमिका र राजनीतिक प्रतिबद्धता शीर्षकमा ५ वटा, सरकारका वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत २ वटा, कानुनी सचेतना र सुधार अन्तर्गत १० वटा एवं सचेतना साक्षरता र वित्तीय पहुँच अन्तर्गत ११ वटा सिफारिस छन् ।

प्रतिवेदनमा ऋणीले मिटरब्याजीसँग ऋण लिनुपर्ने बाध्यकारी कारकहरू, श्रमिक तथा गरिब किसानहरूको बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पहुँच नपुग्नाका कारणहरू, साहुमहाजनसँग ऋण लिने प्रक्रिया, मिटरब्याजीविरुद्ध उजुरी गर्दा पनि ऋणी पक्ष कमजोर हुने कारणहरू, मिटरब्याजको दुष्चक्र, मिटरब्याजीविरुद्धका कारबाहीका अन्तर्राष्ट्रिय अभ्यासहरू एवं अदालती प्रक्रिया पीडितको अवस्थाका बारेमा समेत विस्तृत विश्लेषण गरिएको कार्यदलले जनाएको छ । प्रतिवेदन बुझाएसँगै कार्यदलको कार्यकालसमेत समाप्त भएको छ ।

न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरू ४१ दिनदेखि माइतीघर मण्डलमा शान्तिपूर्ण धर्नामा बस्दै आएका छन् । सरकारसँग सहमति भए पनि मिटरब्याजीहरूलाई कारबाही नभएसम्म आफूहरू घर नफर्कने उनीहरूको अडान छ ।

उनीहरू कीर्तिपुरमा अस्थायी डेरा जमाउँदै दैनिक रूपमा माइतीघरमा धर्नामा बस्दै आएका छन् । सोमबार कीर्तिपुरमा पीडितहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो ।

कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनीत

काठमाडौँ — कांग्रेसको प्रतिनिधिसभा मुख्य सचेतकमा नेता रमेश लेखक मनोनीत भएका छन् । मंगलबार सभापति शेरबहादुर देउवाले लेखकलाई मुख्य सचेतकमा मनोनीत गरेको कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयले जनाएको छ ।

लेखक कञ्चनपुर-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले एमालेकी निरुदेवी पाललाई झन्डै १२ हजार मतले हराएका थिए ।

भिडियो हेर्नुस


Last Updated on: January 3rd, 2023 at 2:18 pm


तपाईको प्रतिक्रिया