
को हुन यी बालक आविष्कार केन्द्रमा आएर महाविर पुनलाई १०० रुपैंया दान गरेर फर्के !
प्रकाशित मिति । १८ पुस, २०७९ ।
उनीहरु आविष्कार केन्द्रमा आएर केहि घण्टा खेले र १०० रुपैंया दान गरेर फर्के। सानो बाबुको नाम भिजोल वली हो । यसरी नै थुप्रै बाल बालिकाहरुले आफ्नो भुडको पैसा दान गरि सकेका छन् । राष्ट्रिय आविष्कार केन्द्र भविष्यको सन्ततिहरुको लागी खोलिएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यस केन्द्रमा आएर अहिले सम्म बिभिन्न जिल्लाका हजारौं बिद्यार्थीहरुले यहाँ भैरहेका कामहरु हेरेका छन्। केन्द्रको भ्रमण गराएर यहा भै रहेको कामहरु देखाई कलिला बिद्यार्थीहरुको दिमागमा अनुसन्धान र आविष्कारको महत्व घुसाउने काम पनि राष्ट्रिय आविष्कार केन्द्रले गरि रहेको छ ।
हाँ आएर भ्रमण गर्न कुनै अनुमति, चिठ्ठी पत्र र शुल्क केहि पनि चाहिंदैन । फोन बाट कहिले आउने र कति जना आउने जानकारी दिए पुग्छ । अनि तपाईंहरुले ब्यक्तिगत रुपमा आफ्ना छोराछोरीहरुलाई घुमाउनको लागी जहिले ल्याए पनि हुन्छ किन भने यो केन्द्र २४सै घण्टा खुल्छ र ब्यहन बिदा हुँदैन । धन्यबाद 🙏🙏🙏
हिमालयमा भइरहेको भौगर्भिक हलचल, जलवायुजन्य विकार र मानवीय उपद्रव वेलैमा चिनेर सावधानी नअपनाए अझ ठूलो क्षति अवश्यम्भावी छ।
हामी नेपाली दिनहुँ हिमाल देख्छौं, तर हिमालबारे जानकार छैनौं। नेपाल पढ्छौं, तर नेपालबारे नै अनभिज्ञ छौं। विश्वकै शिर सगरमाथा आफ्नो रहेकोमा गर्व गर्ने हामी ‘चोमोलोङ्मा’ चीनतर्फ पनि पर्छ भन्ने चाहिं बिर्सिदिन्छौं।
सुनेको सुन्यै छौं- नेपाल सानो र गरीब देश हो। र, यही कुरा पत्याउन थालेका छौं। तर, जनसंख्यामा हामी विश्वकै ४०औं ठूलो देश हौं। नेपाल आर्थिक रूपले गरीब हुनुपर्ने हुँदै होइन, हामी हाम्रै सोच र नेतृत्वको पछौटेपनले पछाडि धकेलिएका हौं।
छिमेकी भारत र चीनको दाँजोमा हाम्रो क्षेत्रफल (एक लाख ४७ हजार ५१६ वर्गकिमी) सानो छ। यो त पदचिह्नको नापो मात्र हो। विशाल हिमशृङ्खला, गहिरा उपत्यका र माथि-तलको भूगोललाई रोटी बेले जसरी सम्म पार्ने हो भने नेपालको सतह-क्षेत्रफल अमेरिकाकै जत्रो हुन्छ। खासमा नेपाल आफ्नो चौघेरोभन्दा निकै ठूलो छ। त्यसैले त हामी ठट्टैठट्टामा भन्छौं, ‘नेपालमा चार होइन, ६ वटा दिशा छन्- पूर्व, पश्चिम, उत्तर, दक्षिण, उँभो र उँधो।’
५० करोड वर्षअघि भारतीय उपमहाद्वीप अफ्रिकाबाट उछिट्टिएर यूरेशियामा ठोक्किँदा चट्टान थुप्रिएर बनेको हिमालय संसारकै जवान, अग्लो र विविधतायुक्त भूखण्ड मानिन्छ। वैज्ञानिकहरूका अनुसार, भारतीय उपमहाद्वीप अझै यूरेशियाको प्लेटमुनि घिस्रिँदै चट्टानका विशाल फग्लेंटा उचालिरहेको छ। सगरमाथा र अरू टाकुरा वार्षिक औसत एक सेमीका दरले अग्लिँदै छन्। ठूला ठूला भूकम्पका झट्का आउँदा अझ धेरै उचालिन्छन्। जस्तै- १९९० सालको महाभूकम्पमा महाभारत क्षेत्र पाँच मिटर माथिसम्म उचालिएको वैज्ञानिकले पत्ता लगाएका छन्।
२०७२ को भूकम्पमा पनि काठमाडौं उपत्यकाका पहाड १.५ मिटरले उचालिए अनि एक मिटरका दरले दक्षिणतर्फ धकेलिए। हरेक सय वर्ष जतिमा भौगर्भिक दबाब थेग्न नसकेर चट्टानका तह एक्कासि फुट्छन् र बाहिरसम्म झट्का दिन्छन्। पश्चिम नेपालमा ५०० वर्षयता यस्तो ठूलो भूकम्प गएको छैन। त्यसैले अबको महाभूकम्प कर्णाली आसपास हुने अनुमान भूगर्भविद्हरू गर्छन्।
विश्वमै हिमाली क्षेत्रमा जनसंख्याको घनत्व उच्च हुने पहाडी मुलुकमध्ये नेपाल पहिलो पंक्तिमा पर्छ। लोकजीवनमा हिमालयलाई ‘अटल विम्ब’ मानिए पनि लाखौं वर्षको अन्तरालमा हेर्दा यो क्षेत्र भौगोलिक रूपमा अस्थिर, कमजोर र संवेदनशील छ। हिमालय संसारकै अधिकतम पानी पर्ने ठाउँ पनि हो। भारतका मेघालय र अरुणाचलमा वर्षको १२ हजार मिलिमिटरसम्म वर्षा हुन्छ। नेपालको इलाममा तीन हजार ५०० मिमीसम्म वर्षा हुन्छ।
खुम्बु हिमनदीमा सगरमाथाको एक अंश। जलवायु परिवर्तन सिर्जित विश्वव्यापी तापमान वृद्धिले सन् १९५३ मा हिलरी र तेन्जिङले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको समयभन्दा आधारशिविर ५० मिटर तल झरेको छ। तस्वीर: इलम दीक्षित जति जति पश्चिमतिर गयो उति कम पानी पर्छ। पोखरामा मात्रै इलाम जत्तिको पानी पर्छ। वर्षाकै कारण परापूर्वकालदेखि भूक्षय, पहिरो, हिमपहिरोले हाम्रा टाकुरा, भञ्ज्याङ, फेदीहरूलाई कुँदिरहेका छन्।
यसले गर्दा हिमालहरू जुन गतिमा उचालिइरहेछन्, झण्डै त्यही गतिमा क्षरण पनि भइरहेछन्। यो प्राकृतिक प्रक्रियामा मानवीय हस्तक्षेप बढेपछि विनाश थपिएको छ। बसोबासका लागि यसै पनि जोखिमपूर्ण मानिएको ठाउँमा आधुनिक पूर्वाधार, बाटोघाटो र अरू संरचना बनाउँदा ध्यान नदिनु अझ क्षति निम्त्याउनु हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
प्रधानमन्त्रीद्वारा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आयोगका पदाधिकारीसँग परामर्श
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग सोमबार परामर्श गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरूसँग आग्रह गरे ।
प्रधानमन्त्रीले भने- ‘रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबीच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौंला ।’
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार भेटका अवसरमा स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरे ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत उपस्थित थिए । बैठकमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुले निर्वाचन आयोगको कामकार्वाही र निर्वाचन प्रक्रियाबारे जानकारी गाएका थिए ।