
बाबासँग हात समाएर हिड्ने सपना अधुरै रह्यो, ती कलिला हातले कसरी देला मुटुभन्दा प्यारो बुवालाई दागबत्ती
प्रकाशित मिति । १८ पुस, २०७९ ।
काठमाडौ । कम्बोडिया र थाइल्यान्ड सीमा नजिकैको एक क्यासिनोमा भीषण आगलागी हुँदा झापाका निराकर पाण्डेको ज्यान गएको छ। कम्बोडियास्थित पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार राती आगलागी हुँदा झापा बिर्तामोड नगरपालिका १ निवासी ४० वर्षीय निराकर पाण्डे ज्यान गएको हो।
घण्टौँसम्म आगो नियन्त्रणमा नआउँदा उनले आफूलाई बचाइदिन एनआरएन खड्कासँग अनुरोधसमेत गरेका थिए। उनले पटक पटक घरका परिवारजन र साथीभाइसँग भिडियो कलमार्फत कुराकानीसमेत गरेका थिए।होटेलबाट बाहिर निस्किने सबै ढोकाहरू बन्द भएको र अब बाच्ने कुनै सम्भावना नरहेपछि उनले आफूलाई बचाउन होटेलको १२ तलाबाट हाम फालेका थिए।
होटेलबाट हाम फाल्नुअघि उनले आँखाबाट आँसु झार्दै परिवारजनसँग एक घण्टा बढी लामो गफगाफ गरेका थिए।
उनले बोलेको भिडियो कुराकानीमा ९ वर्षीय छोरा आर्मनलाई सम्झाउँदै भनेका छन् , ‘सानी, मेरो आँखाको नानी, बाबु म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ यु। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैँ सम्झिनुहुन्छ है बाबु। आर्मन इज द वेस्ट है सानु।’
उनले भने, ‘अब सुन है, मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठुलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा।’
‘कसैलाई चिट गर्नुहुँदैन, फ्रड गर्नुहुँदैन। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाइदिनु। माइजूहरूलाई चित्त नदुखाइदिनु तिमीले। उहाँहरूले धेरै गर्नुभएको छ, माइजूहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठुलो मान्छे बन्नू।
ज्ञानी हुनू’, उनले भने, ‘ अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ। उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु।’
उनले आफ्नो छोरोलाई परिवारजनका अन्य सदस्य र आफन्तलाई माया र इज्जत गर्न भनेका छन्। उनले कसैलाई फ्रड नगर्नु, ज्ञानी बन्नु भनेर छोरालाई दिएको त्यो उपदेश नै अन्तिम कल भएको पारिवारिक स्रोतले जनाएको छ। स्थानीय सञ्चारमाध्यमले बिजुली सर्ट भएर भीषण आगलागी भएको जनाएका छन् ।
त्यही कार्यरत केहीले भने किचेनबाट ग्यास लिक भइ एकाएक आगो सल्किएको आफूहरुले देखेको बताएका छन् ।सोही क्यासिनोमा तीन नेपाली कार्यरत रहेको र उनीहरु सबैको भने भागेर ज्यान जोगिएको खबर प्राप्त भएको खड्काले जानकारी दिए ।
कम्बोडिया नेपालीहरुको निकै कम उपस्थिति भएको देश हो । सो देशमा साढे दुई सयको हाराहारीमा नेपाली विभिन्न पेशा व्यवसायमा कार्यरत छन् । भुइँ तलाबाट माथिल्लो तलातर्फ आगो सर्दै गएपछि निराकारले चिनेजानेका र आफन्तलाई फोन तथा भ्वाइस एसएमएस थालेको बताइएको छ ।
सो आपतको समयमा उनले झापास्थित घरमा रहेका बुबा, आमा, श्रीमती, दाइलगायतसँग समेत कुराकानी गरेका थिए ।
सरकारको विषयमा धारणा बनाउन एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु
काठमाडौँ — पुष्पकमल दाहाल नेतृत्वको सरकारको बारेमा धारणा बनाउनका लागि नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ । आइतबार भएको स्थायी कमिटी बैठकमा सरकारलाई समर्थनको विषयमा धारणा बनाउन नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको हो ।
अध्यक्ष माधवकुमार नेपाल र अर्का नेता झलनाथ खनाल सरकारबाट समर्थनको विषयमा औपचारिक प्रस्ताव नआएको भन्दै त्यसको पक्षमा देखिएका छैनन् । वरिष्ठ नेता मुकुन्द न्यौपानेसहितका नेताहरुले भने दाहाल नेतृत्वको गठबन्धन सरकालाई समर्थन गर्नुपर्ने र एमालेसँग एकता पनि गर्नुपर्ने बताउँदै आएका छन् । सो पार्टीका नेताहरुले दुवै विषयमा औपचारिक प्रस्ताव नआएको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत बुधबार बिहान एकीकृत समाजवादी अध्यक्ष नेपालसँग भेट गरेर समर्थन गर्न आग्रह गरेका थिए । भेटमा अध्यक्ष नेपालले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्न कुनै समस्या नभएको बताए थिए ।
पुरानो गठबन्धन तोडेर एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले पर्याप्त रुपमा छलफल गर्ने भन्दै अध्यक्ष नेपाल असन्तुष्ट रहँदै आएका छन् । एमाले, माओवादी केन्द्रसहित ७ दलीय गठबन्धन र स्वतन्त्र सांसद गरि १ सय ६९ जना सांसदको समर्थनमा गत आइतबार दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
कांग्रेस, माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनले प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा प्रतिस्पर्धा गरेका थिए । तर प्रधानमन्त्री देउवा वा दाहाल मध्ये को पहिले बन्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा गठबन्धन तोडिएको थियो ।
राष्ट्रियसभाको एक सिटका लागि माघभित्र उपचुनाव हुने
काठमाडौँ — राष्ट्रियसभाको रिक्त रहेको एक सिटका लागि माघभित्र उपचुनाव हुने भएको छ । उपचुनावका लागि मिति तय गर्न सोमबार निर्वाचन आयोग पदाधिकारीको बैठक बस्दैछ । प्रतिनिधिसभा चुनावमा उठ्नका लागि एमालेका सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रियसभामा एक सिट खाली भएको थियो ।
राष्ट्रियसभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि मतदाता हुने भएकाले तत्काल रिक्त स्थान पूर्ति गर्नुपर्ने भएकाले उपचुनाव हुन लागेको आयोगका एक अधिकारीले बताए । यसबारे सोमबार आयोग पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे जानकारी गराएका छन् । प्रधानमन्त्री दाहालले आयोगले उपयुक्त ठानेको समयमा उपचुनाव गर्न सकिने बताएका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा आयोग पदाधिकारीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कानुनी प्रक्रियाबारे जानकारी गराएका थिए । राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरु मतदाता हुन्छन् ।