शुक्रबार १० चैत्र २०७९


नक्सा नभएका संरचनामा बालेनले चलाए डोजर

प्रकाशित मिति । १७ पुस, २०७९ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ ।

बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन) को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डीआईजी मीरा चौधरीसहितको टोली पनि सो स्थानमा पुगेको छ ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो ।

बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए ।

न्युरोड क्षेत्रमा अवैधरुपमा रहेका संरचनाहरु र फुटपातका अनधकिृत रुपमा रहेको नक्सा विपरित रहेका सबै टहराहरु डोजर लाएर हटाइएको छ ।

‘काठमाडौं जिल्ला अदालतमा रहेको संरचनाहरु नक्सा विपरित भएमा खाली गराई डोजर लगाएर भत्काउने र सडकामा रहेका फुटपाथ सेवाग्राहीले पार्किङ गर्ने ठाउँहरु पनि सबै भत्काउने बताएका छन् ।

डोजर चलेका संरचना अवैध रूपमा बनाइएको भन्दै मेयर साहले त्यसबापत क्षतिपूर्ति नदिइनेसमेत प्रस्ट पारेका छन्।अनधिकृत रूपमा बनेका संरचनाका कारण पार्किङमा समस्या आउनुका साथै पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको गुनासो गरेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको छ।

खानाप्रेमी डा संगीता- ‘खाना पकाउने प्रतियोगितामा फर्स्ट भएको थिएँ’

उनलाई खाना पकाउन त रुचि छ नै खाना पस्किने तरिका पनि राम्रो बनाउने प्रयत्न गर्छिन् । खानाको स्वादमात्र नभई हेर्दै खाउँ–खाउँ लाग्ने गरी पस्किने प्रयास गर्छिन् उनी ।

काठमाडौँ — प्रा.डा. संगीता भण्डारी भारतको सिम्लामा कक्षा ११ मा अध्ययनरत थिइन् । सो समय कलेजले खाना पकाउने प्रतियोगिता आयोजना गऱ्यो। उनले तिब्बती शैलीमा नेपालीपन मिसाएर म:म बनाइन् । उनको परिकारलाई पस्किने कला र जाडो मौसममा तात्तातो म:मले निर्णायक मण्डलको ध्यान खिच्यो ।

उनी प्रथम घोषित भइन् । ‘मैले म:मलाई क्यापसिकम काटेर मजाले सजाएको थिएँ। त्यसमाथि जाडो थियो, अनि तातो म:मको स्वाद सबैले मनपराए,’ डा. भण्डारीले ती तीन सम्झिइन् ।

डा. भण्डारी आफूलाई खानाको सौखिन मान्छिन् । उनलाई आफूले खानभन्दा पनि परिवार तथा साथीभाइलाई खुवाउन मनपर्छ । फुर्सदको समयमा उनी नयाँ–नयाँ परिकार बनाएर खुवाउन बिर्सिन्न । उनी बाल्यकालदेखि भान्सामा आमाले पकाएको हेर्ने गर्थिन् र सघाउँथिन् ।

त्यसपछि पकाउने रुचि पनि बढ्दै गयो । भन्छिन्–‘मेरो आमाले मिठो पकाउने त्यसैले पनि मेरोमा अलिकति गुण आएको होला ।’ कक्षा ८ सम्म होस्टल बसेर पढेकी उनी घर आउँदा भान्सामा सघाउने गर्थिन् ।उनलाई घर आउँदा चाउमिन तथा चिकेन चिल्लीहरु बनाएको याद आउँछ ।

विशेषत: लकडाउनको बेला उनले विभिन्न नयाँ परिकारहरु बनाउन सिकिन् । उनी म्यागजिन तथा युट्युबबाट रेसिपीहरु सिक्दै परिकार बनाउने प्रयास गर्थिन् । के पकाउने भनेर सोचेपछि सामान जुटाएर उनी भान्सामै ल्यापटप अगाडी राखेर युट्युबबाट परिकार बनाउन थाल्छिन् । खानेकुरा कहिले राम्रो बन्छ त कहिले नराम्रो। कति पटक खानेकुरा डढेको पनि सम्झिन्छिन् उनी ।

एकपटक मिठो नबनेको खानेकुरा पटक–पटक प्रयास गरेर मिठो बनाउने प्रयास गर्ने बताउँछिन् । प्राय: शुक्रबार तथा शनिबार बिदाको बेलामा उनी केही विशेष परिकार बनाइराख्छिन् । भन्छिन्– ‘आफ्नो परिवारलाई बाहिरको भन्दापनि घरकै खाना खुवाऔँ भन्ने हो। परिवारलाई मीठो र घरकै खाना खाना दिउँ भन्ने ध्येयले झन् पकाउने रुचि जागेको छ।’

उनले लकडाउनका बेला बेकिंग सिकिन् ।चाइजिन फुड मनपराउने उनले इटालियन फुड, पास्ता तथा चाइनिज फुडका प्रकार, बिरयानी, ग्रीन स्यालेड बनाउन सिकिन् ।उनले पकाएको खानेकुरा अरुले मिठो भनेर खाइदिदा खुसी मिल्ने बताउँछिन् उनी ।परिवारमा उनले बनाएको पास्ता खुबै मनपराइन्छ । उनी थुप्रै प्रकारका ग्रीन स्यालेडहरु बनाउन सिपालु छिन् ।

‘आजकल अलि हेल्दी फुड बनाउन मनलाग्छ। बच्चाहरु पनि स्वास्थ्यप्रतिसजग भइसकेका छन् । कहिलेकाही स्यान्डविच तथा सुप पनि बनाउँछु ।भान्सामा माछा पनि प्राय पाकिरहेको हुन्छ,’ उनले भनिन् । हेल्दी पनि मिठो पनि भनेर मनपराउँछन् । घरमै पकाउन थालेपछि परिवारमा खाने बानी पनि परिवर्तन आएको उनको बुझाइ छ । घरका सदस्यले चिल्लो कम भएको स्वस्थ्यकर खानामा बढी रुचि देखाएका छन् ।

उनी घुम्न पनि एकदमै मनपराउँछिन् । विदेश भ्रमणमा जाँदा उनलाई त्यहाँ स्थानीय विशेष परिकार चाख्न मनलाग्छ । खानाप्रेमी डा. संगीता भन्छिन्– ‘फरक देश फरक खानाको स्वाद । मनपरेको खाना नेपालआएपछि त्यसलाई बनाउने कोसिस गरिरहेको हुन्छु।’

घुम्न जाँदा विशेषगरी युरोपको मेडिटेरियन फुडहरु औधी मनपर्ने उनले बताइन् । उनलाई खाना पकाउन त रुचि छ नै खाना पस्किने तरिका पनि राम्रो बनाउने प्रयत्न गर्छिन् । खानाको स्वाद मात्र नभइ हेर्दे खाउँ–खाउँ लाग्ने गरी पस्किने प्रयास गर्छिन् उनी ।भन्छिन्–‘खाना पस्किँदा टेबलको लेआउट पनि राम्रो हुनुपर्छ । मलाई कुन खाना हो त्यसलाई सुहाउने भाँडामा सजाएर पस्किन मनपर्छ ।

’हालैमात्र ग्रिस भ्रमण गरेर आएकी उनले बेकिंग तथा बार्बिक्यु बनाउनकालागि सामान लिएर आएकी छिन् । उनले हाँस्दै सुनाइन्–‘मलाई थरीथरीको भाँडाहरु संकलन गर्न मनलाग्छ ।मेरो आधा सुत्केश त खानेकुरा पस्किने र बनाउने भाँडाले भरिएको हुन्छ ।’

अरुबेला पनि घरमा खसीको कबाब बनाइराख्ने उनी यो परिकार दसैंमा टुटाउँदिनन् । ‘बच्चाबेलाको दसैं नै रमाइलो लाग्थ्यो ।पहिले दसैं भनेपछि मासु,नयाँ लुगा अनि आफन्त भेटघाट हुन्थ्यो। अहिले त्यस्तो छैन । आफूले जानेको परिकार बनाउँछु होला तर आमाहरुले बनाएको जस्तो त बन्दैन होला,’ उनले भनिन् ।


Last Updated on: January 1st, 2023 at 7:31 pm


तपाईको प्रतिक्रिया