बुधबार १७ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


एमालेको सरकार आएपछि बालेनलाई थानकोट कटाउने हो ढुक्क भए हुन्छ: महेश बस्नेत

प्रकाशित मिति । १७ पुस, २०७९ ।

बस्नेतले काठमाण्डौं महानगरका मेयर बालेन्द्र साहलाई समयमै तह नलगाउने हो भने नेपाली कांग्रेस र एमालेका नेताको घरमा आगो लगाउने बताएका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा बस्नेतले बालेनको गतिविधि एमाले र कांग्रेसविरुद्ध केन्द्रित रहेको बताए ।मानिसले जीवनभरको कमाइले बनाएको घरमा डोजर लगाउँदै हिंडेर बालेनले लाखौं मानिसलाई बिचल्ली पारेको टिप्पणी गरे ।

बस्नेतले पुराना मापदण्डका आधारमा बनेका सम्पदा बस्तीका घरमा भूकम्पपछि बनेको नयाँ मापदण्डअनुसारको पार्किङ नराखेको बहानामा भत्काउन नपाइने तर्क गरे ।भत्काउने हो भने पूर्वसूचना दिएर विकल्प ।

वा क्षतिपूर्तिसहित मात्र भत्काउनुपर्ने उनले स्पष्ट गरे । ‘कसैलाई लहड चल्यो भन्दैमा डोजर चलाएर ड्याङकीड्याङ घर भत्काउन पाइँदैन । त्यहाँ लाखौं मान्छेको रोजगारी जोडिएको छ । लाखौं मान्छेहरुको जीवन जोडिएको छ’, बस्नेतले भने ।

सपनामा घर भत्किएको देख्दासमेत अनिष्ट हुन्छ भन्ने मान्यता रहेको नेपाली समाजमा हिरो भन्नका लागि बिपनामै घर भत्काइनु निन्दनीय भएको बताए ।उनले कतिपय एमाले कार्यकर्ताले आफूले बालेनको अराजकताको विरुद्ध मुख खोल्दा ।

त्यसो नगरेको भए हुन्थ्यो भन्ने सुझाव आएको बताए । अहिले आफूले बोलेका कुरा मन नपराउनेले कुनै बेला आफ्नो घरमा डोजर चलेपछि कुरा बुझ्ने बस्नेतले बताए ।

जो एक थिए

आफ्नो खेल–कलाको अनुपम जादु देखाएर फुटबललाई विश्वभर यति धेरै लोकप्रिय बनाउन अद्वितीय भूमिका निर्वाह गरेका पेलेको निधनमा पूरै संसार शोकाकुल छ । फुटबलमा नायकहरू जन्मिरहन्छन्, तापनि सार्वकालिक महत्त्वका महानायकको जन्म विरलै हुन्छ ।

यस्तै बिरलाकोटी प्रतिभा थिए, ब्राजिलका पेले । खासमा उनी कोटीमा एक मात्र होइन, अर्बौंमा एक थिए । फुटबललाई संसारमै सबैभन्दा बढीले बुझ्ने ‘विश्वभाषा’ बनाउन अतुलनीय योगदान दिने अग्रपंक्तिका खेलाडीमध्ये पनि निःसन्देह सबैभन्दा अघि उनी नै थिए । बितेका कैयौं दशकमा संसारको जुनै कुनामा पनि फुटबल र पेले एकअर्काका पर्यायजस्तै रहे । त्यही भएरै, उनको निधनमा यति बेला सारा लोक स्तब्ध छ ।

पेलेले फुटबललाई एउटा सुन्दर लय दिएका थिए । उनी पूरा विश्वका लागि यो खेलका प्रतिनिधि पात्र थिए । यो खेललाई उनले जोस, दृढता र मुस्कानको त्रिवेणी बनाएका थिए । उनले सुन्दरता थपेपछि नै विश्वभर फुटबल अझ सुन्दर खेल बनेको थियो ।

उनको उदय त्यो समय भएको थियो, जति बेला फुटबलमा अहिलेजस्तो करोडौं डलरको व्यवसाय थिएन । न त यो यत्ति धेरै लोकप्रिय थियो । पेलेले लगाएको सबैभन्दा ठूलो गुनै यही हो, आफ्नो खेल–कौशलकै कारण उनी आम मानिसका मनमनमा फुटबललाई राख्न सफल भए । यही कारण हो— नेपालमै पनि कति मानिस यस्ता छन्, जसले फुटबलबारे न्यूनाधिक जे थाहा पाए पनि पेलेबारे भने केही न केही अवश्य सुनेका छन् ।

सन् १९४० मा ब्राजिलको साओ पाओलोमा जन्मेर पेलेका रूपमा चर्चित बनेका एडसन आरन्च डो नासिमेन्टोको पृष्ठभूमि त्यस्तै छ, जस्तो धेरै फुटबल खेलाडीहरूको हुने गर्छ । त्यसमाथि उनी अश्वेत थिए । फुटबलप्रति असाध्यै लगाव रहेको गरिब परिवारमा जन्मेका उनलाई आमाबुबाले नै फुटबलमा प्रवेश गराएका थिए, जसको बेग्लै रोचक कथा छ ।

सन् १९५० को विश्वकप उपाधिका लागि भएको निर्णायक खेलमा ब्राजिल उरुग्वेसित पराजित हुँदा पूरै देशवासी पीडाले स्तब्ध बने, जसमध्ये एक थिए— उनै पेलेका बुबा । भर्खर १० वर्षका अबोध पेलेले त्यही बेला आफ्ना बुबालाई वचन दिएका थिए, ब्राजिलका लागि आफू ठूलो भएपछि विश्वकप जित्नेछु भनेर । हुन पनि, पेलेले एक पटक होइन, तीन पटक विश्वकप जिते । उनको यो कीर्तिमान विश्व फुटबल इतिहासमा अद्यापि कायमै छ ।

खासमा पेले ‘गोल मेसिन’ जस्तै थिए । खेल्नु मात्र पर्थ्यो, गोल गरिहाल्थे । त्यसैले त आफ्नो खेल जीवनमा उनले १ हजार २ सयभन्दा बढी गोल गरे । उनको खेल आफैंमा कलात्मक थियो, जसलाई हेर्न दर्शकहरू मोहित हुन्थे । त्यसको झल्को अहिले पनि भिडियो रेकर्डहरूमा हेर्न सकिन्छ ।

सन् १९५३ तिर स्थानीय टिमबाट फुटबल खेल्न सुरु गरेका पेलेले ब्राजिलकै सबैभन्दा ठूलो क्लब सान्तोसमा आबद्ध भएपछि ख्याति कमाउन थालिसकेका थिए । सान्तोसमा आबद्ध भएको एक वर्षमै उनी ब्राजिली राष्ट्रिय टिममा परे, त्यो पनि १७ वर्ष नपुग्दै । त्यसको एक वर्ष बित्दा–नबित्दै सन् १९५८ मा स्विडेनमा भएको विश्वकपमा पेलेले ब्राजिलका लागि खेले र टिम च्याम्पियन पनि भयो ।

त्यसपछि उनले सन् १९६२ मा चिली र सन् १९७० मा मेक्सिकोमा थप दुई विश्वकप उपाधि जिते । तीमध्ये पनि सन् १९७० लाई पेलेको विश्वकपका रूपमा सम्झिने गरिन्छ, जसमा उनको प्रदर्शन साँच्चिकै अद्भुत थियो । पेले मात्र होइन, त्यस ब्राजिली टिमका सबै खेलाडी उत्कृष्ट थिए । त्यसैले त उक्त खेल टोलीलाई अहिलेसम्मकै सार्वकालिक महान् टिम मानिन्छ ।

आज पनि विश्वकप वा अरू प्रतियोगिता अरू कुनै देशले किन नजितोस्, फुटबलका पर्यायका रूपमा ब्राजिलकै नाम अगाडि आउँछ । र दोहोर्‍याइरहनु पर्दैन, यसको सबैभन्दा ठूलो श्रेय उनै पेलेलाई नै जान्छ । उनले फुटबल खेल्न सुरु गर्दा ब्राजिलको परिचय भ्रष्ट र तानाशाही शासकले चलाएको एउटा त्यस्तो देशका रूपमा थियो, जहाँ बारम्बार सैनिक ‘कू’ भइरहन्थ्यो । विश्व फुटबलको सफलतासँगै ब्राजिलको उक्त परिचय मात्र बदलिएन, त्यहाँको राजनीतिक संस्कार पनि फेरिन थाल्यो ।

व्यक्तिगत र सार्वजनिक जीवनमा एक भलादमीका रूपमा चिनिएका पेले खेल जीवनपछि मैदानबाहिर पनि उत्तिकै सक्रिय रहे । विश्व भ्रमण गरी सद्भावना तथा शान्ति फैलाउने काम गरे । उत्कृष्टताको अर्को नाम बनेका यी महान् प्रतिभा भौतिक रूपमा अब हामीमाझ छैनन् ।

तापनि विश्व फुटबलले मात्र होइन, पूरै मानव इतिहासले उनलाई भुल्नेछैन । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले त उनलाई यो शताब्दीकै सबैभन्दा महान् खेलाडी भनेको छ । यस्ता पेलेको महानताको कृति युगयुगसम्म फैलिरहनेछ, सम्पूर्ण खेल र मानवजगत्का लागि उनी एक प्रेरणाका स्रोत बनिरहनेछन् । लगन र अठोटले मानिसलाई कसरी उचाइमा पुर्‍याउँछ भन्ने सन्देश बाँडिरहनेछन् । यिनै महान् खेलाडीलाई हाम्रो पनि हार्दिक श्रद्धाञ्जली !


Last Updated on: January 1st, 2023 at 6:00 pm


१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया