
बाचे भने रबि दाई म हजुरलाई भेट्छु मरे भने मेरो ला;स नेपाल झिकाई दिनु है (अन्तिम मन छुने भिडियो हेर्नुस)
प्रकाशित मिति । १६ पुस,२०७९ ।
काठमाडौ । झापाका निराकार पाण्डे दशैँअघि पहिलो पटक कम्बोडिया पुगेका थिए । पर्यटक भिसामा कम्बोडिया पुगेका उनले त्यतिबेला सो देशको वातावरण राम्रो रहेको भन्दै आफूलाई लोभ्याएको निकटस्थलाई बताएका थिए ।
भिसा अवधि एक महिनामात्रै भएकाले उनी त्यतिबेला बसाइ छोट्याउँदै नेपाल फर्किए । तिहारपछि फेरि उनी दोस्रो पटक थाइल्याण्ड हुँदै कम्बोडिया पुगे ।
तर, बिडम्बना दोस्रो पटकको उनको कम्बोडिया यात्रा हृदयविदारक घटनाको रुपमा टुंगिएको छ । बिहीबार राति कम्बोडियोको क्यासिनोमा उनी एक साथी (नेपाली वा विदेशी नखुलेको) सँगै पुगेका थिए ।
थाइल्याण्डको सीमा नजिकै पर्ने पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको भीषण आगलागीका क्रममा उनको दुःखद निधन भएको हो ।
क्यासिनोका १२ औं तलामा बसेका उनी लामो समयसम्म उद्धार हुन नसकेपछि झ्यालबाट हामफालेको खबर प्राप्त भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले रातोपाटीलाई जानकारी दिए । झ्यालबाट हामफालेका उनको घटनास्थलमै मृत्यु भएको थियो ।
कम्बोडियाकै तीन सहर सेमरिप, बाटाबहुँ र राजधानी फोनमपेनमा व्यापार गर्दै आएका खड्कासँग दुई दिनअघि मात्रै पाण्डेले भेट गरेका थिए । सो क्रममा निराकारले आफूले कम्बोडियामा व्यापार गर्न चाहेको र सहयोगको आग्रह गरेका थिए ।
दशैँअघि पहिलो पटक आफ्नो रेस्टुरेन्टमा आएकै बेला पाण्डेसँग भेट भएको उनले स्मरण गरे । उनी फरासिला र मिजासिलो व्यक्तित्वका रुपमा आफूले पाएको खड्काले रातोपाटीलाई बताए ।
‘दशैँअघि मेरो रेस्टुरेन्टमा आइपुग्नु भएको थियो । त्यतिबेला चिनजान भएसँगै एनआरएनएको अध्यक्ष हुनुहुँदो रहेछ सहयोग चाहियो भन्नुभएको थियो’, खड्काले स्मरण गरे, ‘यहाँ एक महिनाको पर्यटक भिसा र पछि यतैबाट एक महिना थप्न मिल्नेगरी दुई महिनाको भिसा हुन्छ ।
त्यतिबेला भिसा सकिन लागेकाले नेपाल फर्केर फेरि आउँछु भनेर फर्कनु भएको थियो र तिहार सकेर आइहाल्नु भयो ।’ कम्बोडिया फर्किएपछि राजधानी सहर फोनमपेनमा दुई दिनअघिमात्र भेट भएको र सो क्रममा रेस्टुरेन्ट व्यवसाय गर्न लागेको सुनाएको खड्काले स्मरण गरे । तर, बिडम्बना, हृदयविदारक घटना सत्य भएपनि विश्वास गर्न गाह्रो भइरहेको खड्काले बताए ।
भेटका क्रममा पाण्डेले आफू पोइपेट जान लागेको र फेरि भेट्ने बाचा गरेर खड्कासँग छुट्टिएका थिए । एकाएक बिहीबार राति आफू आपतमा परेको भन्दै पाण्डेको भ्वाइस मेसेज पाएको बताउँदै उनले भने, ‘घटना भएको बिहीबार राति उहाँले तीन बजे भ्वाइस मेसेज पठाउनु भएको रहेछ । यस्तै बिहान पाँच बजेर ५० मिनेटमा फेरि रिपिट पठाउनु भएको रहेछ’, उनले रातोपाटीसँग भने, ‘राति इन्टरनेट बन्द गरेर सुतेकाले ढिलामात्रै खबर पाएँ ।
यीनै हुन् छोरा आर्मन सहितको सुन्दर परिवार, जसलाई निराकारले कठोर मृ’त्युवरण गर्नुअघि सम्झिरहे
झापा बिर्तामोड– १ अतिथि सदन रोड घर भएका ३९ वर्षीय निराकार पाण्डे को। उनले थाइल्यान्डको सीमा नजिक कम्बोडियाको पोइपोटस्थित ग्रान्ड डायमन्ड सिटी होटलबाट उक्त भिडियो सन्देश पठाएका थिए छोराको लागि।
यो सन्देश नै उनको परिवारका लागि अन्तिम सन्देश बन्न पुग्यो। उनी बसेको होटल र त्यहाँ रहेको क्यासिनोमा आगलागी हुँदा उनी १२औं तलामा फसेका थिए।
निराकार पाण्डे ‘विपिन’ ले विदेशी भूमिमा गरेको बा’ध्यात्मक र कठोर मृ’त्युवरणले अहिले उनको घरपरिवारलाई मात्र नभएर यतिबेला सबैलाई वि’क्षिप्त बनाएको छ । भ’यानक आग’लागी भइरहेको कम्बोडियाको एक क्यासिनोभित्र फसेका उनले अब नबाँ’च्ने ठानेर क्यासिनोको १२ तला माथिबाट हाम’फालेर मृ’त्युवरण गर्नुअघि घरपरिवारलाई दिएको मृ’त्युको सन्देश सुनेर भावुक र मर्माहत नहुने सायदै कोही होला ।
मृ’त्यु मानिसको बसभन्दा बाहिर हुन्छ । बुताभन्दा बाहिरको परिस्थितिमा मुस्कुराउँदै वा सुस्केरा हाल्दै मृ’त्यु स्वीकार गर्न विवश हुन्छ । त्यही विवशता बिर्तामोड नगरपालिका वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकार स्वीकार्न बा’ध्य बने । र त, उनले क्यासिनोको त्यति माथिबाट हा’मफालेर मृ’त्युलाई आत्मसात गरे ।
क्यासिनोमा आ’गलागी हुनेबित्तिकै बुधवार राति साढे ११ बजे उनले घरपरिवारलाई खबर गरेका थिए । आ’गो द’न्किरहेको थियो , बाध्या’त्मक मृ’त्युवरण गर्न विवश उनी आफ्ना बुवा अग्निप्रसाद पाण्डे , आमा लीलादेवी पाण्डे , श्रीमती शशीकला लोहनी , छोरा आर्मनसहित परिवारका प्रायः सबै सदस्यहरुलाई आफ्नो मृ’त्युको सन्देश सुनाइरहेका थिए ।
राति साढे ११ बजेदेखि बिहान ४ बजेसम्म दाजु निराकारले आफूबाहेक परिवारका सबै सदस्यसंग कुराकानी गरेको भाइ निश्चल पाण्डेले बताए ।
जीवन बचाउन संघ’र्ष गरिरहेका निराकारले क्यासिनोको १२ तलाको एउटा कोठाको बाहिरपट्टीको झ्यालमा बसेर घरमा भिडियो कल गरिरहेको उनको परिवारजनले कल्पना समेत गरेका थिएनन् ।
होटलको सातौं तलाबाट आगलागी सुरु भएको थियो। आगो फैलिरहेको र बाहिर निस्कन सक्ने अवस्था नरहेको जनाउँदै पाण्डेले समयमा उद्धार नभए मृत्युको सामना गर्नुको विकल्प नहुने बताएका थिए।
पाण्डेले अब आफू मृत्युको मुखमा पुगेको र बाँच्न मुस्किल भएको बताउँदै काठमाडौंमा रहेकी श्रीमती शशिकला र दाजु निरजलाई सुरुमा फोन गरेका थिए। घटनापछि पाण्डेको शवलाई नेपाल ल्याउने भन्ने विषयमा पहल भइरहेको छ।
एमाले नेता अग्नि खरेलले छोराको शव नेपाल ल्याउन पहल गरेको र मंगलबारसम्म नेपाल आइपुग्ने मृतकका बाबु पाण्डेले बताए। उनका अनुसार थाइल्यान्डस्थित नेपाली दूतावासले पाण्डेको शव बुझेको छ।
नया वर्ष मनाउन छिट्टै नेपाल आउदै थिए निराकर तर उनले सिंगो देशलाई नै रुवाएर गए
काठमाडौ । बिहीबार राति पूर्वी एसियाली मुलुक कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा २४ जनाको ‘मृ’ त्यु भएको पुष्टि हुँदा मृतकमध्ये एक जना नेपाली रहेको खुलेको छ । एक महिनाअघि भिजिट भिसामा कम्बोडिया गएका झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको ‘मृ’ त्यु भएको हो ।
थाइल्यान्डसँग सीमा जोडिएको उत्तरी कम्बोडियाको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोमा राति भीषण आगलागी हुँदा त्यहाँ सयौँ मानिसहरू रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
क्यासिनको तल्लो तलबाट आगलागी सुरु भएपछि मानिसहरू माथिल्लो तलातर्फ गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेको भिडियोहरूमा देखिएको ।
यसरी ‘मृ’ त्युको मुखमा पुगेपछि पाण्डेले आफ्नो घर परिवार सम्झिए । उनले झापा घरपरिवारमा भिडियो कल गरे । सार्वजिनक भिडियो कलमा आफ्ना ९ वर्षीय छोरालाई सम्झाएको देखिन्छ । परिवारलाई सम्झाएपछि उनले बाँच्ने आशा मारेर होटलको १२ औँ तलाबाट हामफाले ।
हामफाल्दा उनको मृत्यु भएको उनका आफन्तहरूले पुष्टि गरेका छन् । निराकारको शव पहिचान भइसकेको र नेपाल ल्याउने प्रक्रियाका लागि थाइल्यान्डस्थित नेपाल राजदूतावासको समन्वयमा उनको शव ल्याउने प्रयास भइरहेको छ । काठमाडौं सुकेधारा बस्दै आएका पाण्डे परिवारसँग नयाँ वर्ष मनाउन शनिबारसम्म काठमाडौं आइपुग्ने तयारीमा थिए निराकार ।
छोरोले मृत्यु अगाडि एउटा आँट र साहस देखाएर घरपरिवार र साथीभाइसँग कुरा गरेको छ। आगोले जलेर खरानी हुनुभन्दा हाम्फालेर मर्दा परिवारले लास हेर्न पाउँछ भन्ने उसको सोच देखियो। मलाई मात्रै होइन छोराले देशलाई रुवाएर गएको छ भन्दै उनका बाबु अग्निप्रसाद पाण्डे भन्नुहुन्छ ।
क्यासिनको तल्लो तलबाट आगलागी सुरु भएपछि मानिसहरू माथिल्लो तलातर्फ गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सार्वजनिक गरेको भिडियोहरूमा देखिएको थियो । यसरी ‘मृ’ त्युको मुखमा पुगेपछि पाण्डेले आफ्नो घर परिवार सम्झिए । उनले झापा घरपरिवारमा भिडियो कल गरे ।
सत्तामा पुग्ने र बाहिरिने स्वाभाविक प्रक्रिया हो, अन्यथा लिनु हुँदैन : नेता खाँण
बुटवल — पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले राजनीतिक पार्टीहरुका लागि सत्तामा पुग्ने र बाहिरिने स्वाभाविक प्रक्रिया भएकोले त्यसलाई अन्यथा नलिन आग्रह गरेका छन् ।
हाल गठबन्धन तोडिएको र कांग्रेस सत्ताबाहिर बस्नु परेकोतर्फ इंगित गर्दै नेता खाँणले सत्ता स्थायी नहुने भएकाले यसबाट कांग्रेस कार्यकर्ताहरु आत्तिइहाल्नु नपर्ने बताए ।
बुटवलमा शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘तथापि हामी रणनीतिक रुपमा कहाँनिर चुक्यौं भन्ने कुराको समीक्षा गर्न जरुरी छ ।’ नेता खाँणले सरकार संचालनमा जाने प्रयास हुँदाहुँदै पनि प्राविधिक, राजनीतिक कारण र राष्ट्रिय प्रभावले गर्दा प्रतिकूलतामा पुर्याएको उल्लेख गरे ।
४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बीपी कोइराला अध्ययन प्रतिष्ठान रुपन्देहीको छैठौं साधारणसभा, चौंथो अधिवेशन शनिबार उद्घाटन गर्दै खाणले पार्टी र देशमा राजनीतिक परिवर्तनमा योगदान दिने बीपी कोइरालाको दूरदर्शिता आजको आवश्यकता भएको बताए ।
अहिले पनि राजनीतिक दलहरुसँग हातेमालो गर्न जरुरी रहेको भन्दै नेता खाँणले कांग्रेस कमजोर भयो भने देशको लोकतान्त्रिक पद्धति कमजोर हुने कुरा बिर्सन नहुने बताए । ‘देशको अहिले राजनीतिक धरातलमा कुन-कुन राष्ट्रिय शक्तिसँग हातेमालो गर्दै लोकतान्त्रिक मूल्य पद्धतिको प्रवर्द्धन गर्ने हामीले नै रणनीति तर्जुमा गर्ने हो,’उनले भने ।
खाँणले कहिलेकाहीं नेपालको राष्ट्रियता मजबुत गर्न, प्रजातन्त्र जोगाउन, कांग्रेसको प्रभावकारिताका लागि एकता गरौं भन्दा पार्टीभित्र आलोचित हुनुपरेको गुनासो गरे । ‘आलोचनाको पात्र बनेको छु,’ उनले भने, ‘तर जतिसुकै अलोकप्रिय भए पनि पार्टीभित्र नेपाली कांग्रेसले आफ्नो नीतिगत अडानका साथ अरु राजनीतिक दलहरुसँग सहमति, सहकार्य र एकता गर्नैपर्छ भन्ने पक्षमा सधैं उभिरहने छु ।’
नेता खाँणले आफ्नो निर्वाचन क्षेत्रमा पार्टीभित्र र बाहिरका राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरु सक्रिय भएको दाबी गर्दै यसबारे आफूले टिप्पणी नगर्ने बताए ।