सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


बालेनले ठेला हटाउदा ६४ वर्षे बृद्दसँग भर्खरका नाबालिगले रु. ५ लागि यौ’न संपर्क गराईरहेका छन्: अनुराधा कोइराला

प्रकाशित मिति । १६ पुस, २०७९ ।

काठमाडौ। माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले भनिन्, ‘ठेला हटाउँदा यौन पेशा छोडेका नानीहरूको बिचल्ली छ, मेयर बालेनले भेट्नै मान्नुभएन!’

मेयर बालेन्द्र साहले ‘यो त महिलाको कुरा भयो, मेयरसँग नभई उपमेयरसँग कुरा गर्नु’ भन्नुभएछ। मलाई दुखेको कुरा र भेट्न चाहेको त मेयरसँग हो नि!

‘काठमाडौंमा पाँच रुपैयाँका लागि ६४ वर्षीया वृद्धाले यौनसम्पर्क राखेको भेटें। त्यसपछि नानीहरूलाई यौन व्यवसायबाट छुटाएर ससानो व्यापार व्यवसायमा लगाएकी थिएँ, मेयर बालेनको कदमले बिचल्ली पारेको छ।’ हिमालखबर अनलाइन पत्रिकालाई दिएको अन्तर्वार्तामा यो कुरा खुलासा गरेकी हुन्।

यो साच्चै गहन बिषय हो हचुवाको तालमा बोल्ने कस्तो मानव हुन्। हिजो ठेलामा बेचर आफ्नो बाल बच्चा पाल्नेहरु आज उनिहरुको आयआर्जनको बाटो के हो? चोर्नु बेच्नु बेचिनु सिवाय केही छ त्यता सम्बन्धित निकायको ध्यान गएको छ? कसैले त्यस बिषयलाइ नजरअन्दाज गर्नुहुदैन भनेर बिषय उठान गर्दा कस्तो अन्धोभत्त भएर गालि गरेको देवत्वकरण हानिकारक हुन्छ सबैले बुझौ है।

यो काम चै बालेनले नराम्रो गरेकै हुन् के थाहा महलमा बस्ने बालेनलाई फुटपातमा ठेला चलाएर साँझको छाक टार्ने गरिबीको विवशता गरिबी हटाउने हो नी दाजै गरीबलाई नै हटाउनु त मानवीयता विरुद्ध भएनर भन्या! काठमाडौं सपना को सहर हो अनेकौं ठाउँबाट आई संघर्ष गरिरहेका हुन्छन्।

होटेलमा गएर नास्ता खाने पैसाले ठेलामा गएर बिहान बेलुकीको छाक टर्छ। सपना पूरा गर्न नखाई सुतेका पीडा के थाहा बालेन्द्र ज्यूलाई!की गरिबीले कति पोल्छ ।

पेले फुटबलका सर्वकालीन महान् नायक

काठमाडौँ — विश्व खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा ठूला नाम हुन्, पेले । उनी फुटबल खेलाडी थिए, त्यसैले यो खेलका निर्विवाद रूपमा सबैभन्दा राम्रा खेलाडी भए नै । एक प्रकारले उनी फुटबल खेल र ब्राजिल देशकै पर्यायजस्तै रहे ।

फुटबलको विश्वबारे फिटिक्कै रूची नहुनेका लागि पनि कम्तीमा पेलेबारे भने केही थाहा हुन्थ्यो । यो उदाहरण त हाम्रैतिर पनि उत्तिकै मिल्छ । यसले पनि देखाउँछ, यी पेले फुटबलका कति धेरै सर्वकालीन महान् खेलाडी हुन भनेर ।

यिनै पेलेको बिहीबार ८२ वर्षको उमेरमा निधन भयो । फुटबललाई सुन्दर खेल भनिन्छ, यसले धेरैलाई आफ्नो व्यक्तिगत दुःख बिर्सन मद्दत गर्छ । फुटबल आफैँमा एउटा कला हो ।

फुटबलले यो सबै उपमा किन पाएको थियो भने यससँग पेलेजस्ता खेलाडी थिए, जसले आफ्नो दुई दशक लामो खेल जीवनमा जादुयी प्रदर्शन गरेर सबैको मन जिते । ब्राजिल देश नै सबैतिर चिनिनु र लोकप्रिय हुनु पछाडि फुटबल र पेलेलाई कारण मानिन्छ ।
ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन

पेलेसँग विश्व फुटबलका धेरै अद्वितीय कीर्तिमान पनि जोडिन्छ‚ जस्तो कि उनले विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे, १ हजार ३ सय ६३ खेल खेलेर । उनले किशोर खेलाडीका रूपमा ब्राजिली क्लब सान्तोसबाट खेल जीवन सुरु गरे र न्युयोर्क कसमासमा पुगेर त्यसलाई पूर्णविराम लगाए ।

उनले जहाँ , जति खेल खेले; त्यहाँ सबैको मनमा रहन सफल रहे । सानोमा साओपाओलोको बारु एफसीबाट खेल्न सुरु गरेका पेले लगत्तै सान्तोससँग आबद्ध भएका थिए ।

जम्माजम्मी १५ वर्षको उमेरमै उनले सिनियर टिमबाट डेब्यु गरिसकेका थिए । सिनियर टिमबाट उनले डेब्यु गरेको दिन थियो, सन् १९५६ सेप्टेम्बर ७ । त्यो कोरिनथिएन्सविरुद्धको खेल थियो । उक्त खेलमा उनले एक गोल पनि गरे ।

त्यसपछि उनले कहिले पनि पछाडि फर्केर हेर्नु परेन । सन् १९५७ को जुलाई ९ मा उनले ब्राजिलका लागि डेब्यु गरेका थिए, त्यो पनि अर्जेन्टिनाविरुद्ध‚ अझ त्यो पनि प्रसिद्ध माराकाना स्टेडियममा । त्यति बेला उनी जम्मा १६ वर्षका थिए ।

पेलेको प्रसिद्धि भने सन् १९५८ को विश्वकपबाट सुरु भएको हो । स्विडेनमा भएको त्यस विश्वकपमा ब्राजिल च्याम्पियन रह्यो । फाइनलमा ब्राजिलले स्विडेनलाई ५-२ ले हराएको थियो ।

भर्खर १७ वर्षका किशोर खेलाडी पेलेले त्यस फाइनलमा दुई गोल गरे । ब्राजिलले सन् १९६२ मा विश्वकप जित्दा पनि पेले प्रमुख खेलाडी थिए । उनको वास्तविक ख्याति भने सन् १९७० को विश्वकपबाट प्राप्त भएको थियो । मेक्सिकोमा भएको त्यस विश्वकपमा ब्राजिल फेरि एकपल्ट च्याम्पियन भयो ।

फाइनलमा ब्राजिलले इटालीलाई हराएको थियो । त्यसमा पनि पेलेले सुरुमै गोलको खाता खोलेका थिए । यही विश्वकपबाट हो, विश्व फुटबलमा १० नम्बर जर्सीको महत्त्व र ख्याति बढेको ।

सन् १९७० को त्यो विश्वकप विजयी ब्राजिली टोलीलाई अहिलेसम्मकै सबैभन्दा महान् टिम पनि मानिन्छ । पेलेले जसरी फुटबल खेले, त्यसले यो खेलको परिभाषालाई नै परिवर्तन गरेको मानिन्छ । त्यसैले भनिन्छ, विश्व फुटबलमा पेलेजत्तिको खेलाडी न त थियो, न छ, न रहनेछ ।

भाषण कम, जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले यो कार्यकालमा जनता र देशको पक्षमा काम गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको बताएका छन् । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा काम गर्ने बताका हुन् ।

मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्र सुधार लगायतका विषयमा कामको सुरुवात गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला चितवन पुगेका दाहालले भने, ‘मैले यो पटक हरेक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने प्रतिज्ञा गरेको छु । नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधनभ गर्दै जाने प्रतिबद्धता लिएको छु । मेरो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेर प्रतिबद्धता गरेको छु ।’

प्रधानमन्त्री दाहालले भाषण गर्नेभन्दा पनि काम गर्ने आफ्नो प्रतिज्ञा रहेको बताए । ‘मैले यसपटक भाषण कम, काम र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु,’ उनलदे भने ।

पहिलो मन्त्रिपरिषद्बाट देशको अगाडि रहेको अर्थतन्त्रमा सुधार र सुशासन कायम गर्नुपर्ने ऐतिहासिक आवश्यकताका क्षेत्रमा निर्णय लिएको उनले बताए । भ्रष्टाचार र बेथिति नियन्त्रण तथा जनताले विभिन्न ठाउँमा पाइरहेका सास्तिहरूलाई अन्त्य गर्ने निर्णय पनि पहिलो मन्त्रिपरिषद्बाट गरिएको उनले बताए ।

आगामी दिनमा पनि जनतालाई पिरमर्का पर्ने कुनै पनि निर्णय नगर्ने बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘सुशासन र समृद्धिको नयाँ युगको सुत्रपात गर्न एकजुट हौं भनेर अपील गर्न चाहन्छु ।’


Last Updated on: December 31st, 2022 at 7:17 pm


२९८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया