बुधबार १५ चैत्र २०७९


प्रकाशित मिति । १६ पुस, २०७९ ।

झापा बिर्तामोड– १ अतिथि सदन रोड घर भएका ३९ वर्षीय निराकार पाण्डे को। उनले थाइल्यान्डको सीमा नजिक कम्बोडियाको पोइपोटस्थित ग्रान्ड डायमन्ड सिटी होटलबाट उक्त भिडियो सन्देश पठाएका थिए छोराको लागि। यो सन्देश नै उनको परिवारका लागि अन्तिम सन्देश बन्न पुग्यो।

उनी बसेको होटल र त्यहाँ रहेको क्यासिनोमा आगलागी हुँदा उनी १२औं तलामा फसेका थिए। निराकार पाण्डे ‘विपिन’ ले विदेशी भूमिमा गरेको बा’ध्यात्मक र कठोर मृ’त्युवरणले अहिले उनको घरपरिवारलाई मात्र नभएर यतिबेला सबैलाई वि’क्षिप्त बनाएको छ ।

भ’यानक आग’लागी भइरहेको कम्बोडियाको एक क्यासिनोभित्र फसेका उनले अब नबाँ’च्ने ठानेर क्यासिनोको १२ तला माथिबाट हाम’फालेर मृ’त्युवरण गर्नुअघि घरपरिवारलाई दिएको मृ’त्युको सन्देश सुनेर भावुक र मर्माहत नहुने सायदै कोही होला ।

मृ’त्यु मानिसको बसभन्दा बाहिर हुन्छ । बुताभन्दा बाहिरको परिस्थितिमा मुस्कुराउँदै वा सुस्केरा हाल्दै मृ’त्यु स्वीकार गर्न विवश हुन्छ । त्यही विवशता बिर्तामोड नगरपालिका वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकार स्वीकार्न बा’ध्य बने ।

र त, उनले क्यासिनोको त्यति माथिबाट हा’मफालेर मृ’त्युलाई आत्मसात गरे । क्यासिनोमा आ’गलागी हुनेबित्तिकै बुधवार राति साढे ११ बजे उनले घरपरिवारलाई खबर गरेका थिए । आ’गो द’न्किरहेको थियो , बाध्या’त्मक मृ’त्युवरण गर्न विवश उनी आफ्ना बुवा अग्निप्रसाद पाण्डे , आमा लीलादेवी पाण्डे , श्रीमती शशीकला लोहनी , छोरा आर्मनसहित परिवारका प्रायः सबै सदस्यहरुलाई आफ्नो मृ’त्युको सन्देश सुनाइरहेका थिए ।

राति साढे ११ बजेदेखि बिहान ४ बजेसम्म दाजु निराकारले आफूबाहेक परिवारका सबै सदस्यसंग कुराकानी गरेको भाइ निश्चल पाण्डेले बताए । जीवन बचाउन संघ’र्ष गरिरहेका निराकारले क्यासिनोको १२ तलाको एउटा कोठाको बाहिरपट्टीको झ्यालमा बसेर घरमा भिडियो कल गरिरहेको उनको परिवारजनले कल्पना समेत गरेका थिएनन् ।

होटलको सातौं तलाबाट आगलागी सुरु भएको थियो। आगो फैलिरहेको र बाहिर निस्कन सक्ने अवस्था नरहेको जनाउँदै पाण्डेले समयमा उद्धार नभए मृत्युको सामना गर्नुको विकल्प नहुने बताएका थिए।

पाण्डेले अब आफू मृत्युको मुखमा पुगेको र बाँच्न मुस्किल भएको बताउँदै काठमाडौंमा रहेकी श्रीमती शशिकला र दाजु निरजलाई सुरुमा फोन गरेका थिए। घटनापछि पाण्डेको शवलाई नेपाल ल्याउने भन्ने विषयमा पहल भइरहेको छ। एमाले नेता अग्नि खरेलले छोराको शव नेपाल ल्याउन पहल गरेको र मंगलबारसम्म नेपाल आइपुग्ने मृतकका बाबु पाण्डेले बताए। उनका अनुसार थाइल्यान्डस्थित नेपाली दूतावासले पाण्डेको शव बुझेको छ।

आहा-रारा पोखरा गोल्डकप : एपीएफ सेमीफाइनलमा

पोखरा — धरान फुटबल क्लबलाई २–० ले हराउँदै डिफेन्डिङ च्याम्पियन एपीएफ २२ औं आहा–रारा पोखरा गोल्ड कपको सेमीफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार एपीएफका लागि विकु तामाङ र युवराज खड्काले गोल गरे ।

खेलको ३७ औं मिनेटमा बुद्धिमान राईले सेन्टरबाट मिलाएको लामो पासलाई कलेक्ट गर्दै विकु तामाङले गोल गरेर सुरुआती अग्रता दिलाए । उनले धरानका डिफेन्स मनोज राई र सुनज विकलाई बिट गर्दै डी एरियाभित्रबाट गरेको ड्रप सट गोलमा परिणत भएको थियो ।

धरानका गोलकिपर सौरभ बरालले टप कर्नरसम्म बललाई हेरिरहे पनि कलेक्ट गर्न सकेनन् । उनको पोजिसनको अनुमान लगाउँदै विकुले गरेको चलाखीपूर्ण फिनिसिङले जालीको दिशा लियो ।

खेलको ४० औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे । एपीएफका प्रदीप लामाले ३ भर्सेस ३ को अवस्थामा खड्कालाई पास दिए । खड्काबाट विकु तामाङले कलेक्ट गर्दै डी बक्स बाहिरबाट प्रहार गरेर । उनको प्रहारमा विपक्षी गोलकिपरले पञ्च गर्दा रिबाउन्ड बलमा खड्काले गोल गर्दै विभागीय प्रभुत्व कामय गरे । खेलमा एपीएफका विकु तामाङ म्यान अफ दी म्याच भए ।

धरानले उद्घाटन खेलमा आयोजक सहारा क्लब १–० ले लाई हराएर क्वार्टरफाइनल प्रवेश गरेको थियो । एपीएफ डिफेन्डिङ च्याम्पियन भएकोले सिधै क्वार्टरफाइनल खेलेको हो । एपीएफले पुस २० मा त्रिभुवन आर्मी र संकटा क्लबबीच हुने खेलको विजेतासँग सेमीफाइनलमा भिड्ने छ ।

प्रतियोगिताअन्तर्गत आइतबार चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच क्वार्टरफाइनल हुने छ ।

वाग्मती प्रदेशसभा माओवादी संसदीय दलको नेतामा जम्कट्टेल सर्वसम्मत

काठमाडौँ — वागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलको शुक्रबार र शनिबार बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई नेतामा चयन गरेको हो ।

काठमाडौंमा शनिबार सम्पन्न संसदीय दलको बैठकले जम्कट्टेललाई संसदीय दलको नेता सर्वसम्मत चयन गरेको माओवादीका वाग्मती प्रदेशसभा सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

वाग्मती प्रदेशसभा संसदीय दलको नेतामा चार जनाले आकांक्षा देखाएका थिए । उनीहरूमा जम्कट्टेल, युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठ थिए । आकांक्षी धेरै भएपछि पार्टी केन्द्रले जम्कट्टेललाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई सर्वसम्मत पारित गरेको बताइएको छ ।

संसदीय दलको नेतामा सर्वसम्मत भएका जम्कट्टेल धादिङ निर्वाचन क्षेत्र नम्बर १ (२)बाट वाग्मती प्रदेशसभामा निर्वाचित भएका थिए ।


Last Updated on: December 31st, 2022 at 5:26 pm


तपाईको प्रतिक्रिया