मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


महानगरले सुकुमबासी हटाएरै छाड्ने, फेरी डोजर लिएर सुकुम्बासी बस्ति जादै महानगरको टिम (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)

प्रकाशित मिति । १६ पुस, २०७९ ।

काठमाडौं । काठमाडौं महानगरपालिका थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउने अभियानबाट पछि नहट्ने निष्कर्षमा पुगेको छ। विपक्षी एमालेसहितले सुकुमबासीलाई थापाथलीबाट हटाउन लागेकोमा विरोध गरिरहेका बेला काठमाडौं महानगरपालिका भने सुकुमबासीलाई हटाएरै छाड्ने निष्कर्षमा पुगेको हो।

‘अब हामी पछि हट्दैनौं। कानुनले दिएको अधिकार प्रयोग गरेर हाम्रो दायित्व पूरा गर्छौं’, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले भने।

उनका अनुसार वास्तविक सुकुमबासीका हकमा महानगरले केही व्यवस्था गर्ने तयारी गरेको छ। ‘तर वास्तविक सुकुमबासी बोल्न सकेका छैनन्। नक्कली सुकुमबासी हाबी भएका छन्’, उनले भने। सुकुमबासी समस्या सामधान गर्न महानगरले गृह मन्त्रालयसँग सहयोग मागेको छ।

‘हामी कुनै पनि बेला थापाथलीस्थित सुकुमबासी बस्ती खाली गर्छौं। यो कार्य कुनै पनि दिन हुन सक्छ। यस काममा हामीले संघीय सरकारको सहयोग खोजिरहेका छौं’, महानगरका एक उच्च कर्मचारी भन्छन्, ‘अहिले हामीले वास्तविक सुकुमबासी र नक्कली सुकुमबासीको पहिचान गरिरहेका छौं।

काठमाडौंमा ३÷४ ठाउँ घर भएका, ठाउँठाउँमा जग्गा रहेको लालपुर्जा भएका व्यक्ति कसरी सुकुमबासी हुन सक्छन्  र महानगर स्रोतका अनुसार प्रमुख बालेन साह थापाथलीमा सुकुमबासी बस्ती खाली गराउन प्रतिबद्ध छन्। यस विषयमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुराकानी गरेका थिए।

प्रधानमन्त्री देउवाले पनि प्रमुख साहको यस अभियानमा सकारात्मक रहेको भन्दै सरकार र आफ्नो दलको समर्थन बताएको स्रोतको दाबी छ। महानगरले शुक्रबार सार्वजनिक सूचना निकाल्दै ‘कसैले सरकारी सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानिनोक्सानी गरेमा, क्षति पुर्‍याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानुनबमोजिम कारबाही गर्न एवं हानिनोक्सानीवापतको क्षतिपूर्तिसमेत कानुनबमोजिम भराइने छ’ भनी चेतावनी दिएको छ।

राष्ट्रिय भूमि आयोगले प्रकाशन गरेको सूचनालाई प्रतिवाद गर्न महानगरले यस्तो सूचना निकालेको हो।

यसअघि राष्ट्रिय भूमि आयोगले काठमाडौं महानगरपालिकासहित सबै स्थानीय तहलाई कुनै पनि स्थानमा रहेका भूमिहीन, दलित भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको बस्ती नहटाउन र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्नरनगराउन अनुरोध गरेको छ।

यसअघि आयोगका पदाधिकारीहरूले थापाथलीबाट सुकुमबासी हटाउन खोजिएको अभियानप्रति आपत्ति जनाउँदै आएका थिए। सुकुमबासीको लगत संकलन र प्रमाणीकरणको काम पूरा नहुँदासम्म सुकुमबासी बस्ती खाली गर्न नहुने आयोगका पदाधिकारीहरूको भनाइ छ। नागरिक दैनिकबाट

लामसुरेका कुदिरहने लामा दाइ

समयले कतिवटा ऋतुको चक्र घुमिभ्यायो कुन्नि ? लामा दाइको दौड भने उसैगरी चलिरहेछ । शरीरका हड्डी भन्छन्– बूढो भइस् । मांसपेशीले दुःख बिसाउँछन्– अब त थकाइ मार् । तर, लामा दाइको जोसले भने क्यालेन्डर नपल्टाएको वर्षौं भयो ।

आँगनमा उज्यालो खसेपछि घाम टिप्न हिँड्नेहरूले लामा दाइलाई कहिल्यै सँगै देखेनन् । उनी त रातको गहिरो सन्नाटा बोकेर एकादेशमा ओहोरदोहोर गरिरहन्थे । उज्यालोको धर्काधर्की बोकेर फर्किने आशामा अँध्यारोको गर्त चहारिरहन्थे ।

कहिलेकाहीं हत्केलामा जूनकिरी च्यापेर घर फर्किन्थे । हत्केलाबाट नफुत्कोस् भनेर बलियोसँग मुठ्ठी कस्सेर ल्याएको जूनकिरीको न राप हुन्थ्यो त ताप । एउटा लामो थकथकी लिएर उनी फेरि एकादेशमा हराउँथे । समयको दस्तावेजमा पटकपटक हराइरहने र पटकपटक भेट्टिइरहने उनै लामा दाइको कथा हो यो ।

माटाको घैंटामा हप्तादिन कोचिराखेको रायोको साग झिकेर घाममा सुकाउँदा जसरी कुर्लुङकुर्लुङ पर्‍थ्यो, त्यसरी नै लामा दाइको कपाल बढ्दै जाँदा कुर्लुङकुर्लुङ पर्‍थ्यो र निधारबाट बुधुना माछाको टाउकोजस्तो नाकसम्म हाम्फाल्थ्यो । त्यही नाकको डाँडीमा अड्याएर उनी सुनौलो फ्रेमको पावरविहिन चस्मा लगाउँथे । चस्मामा लामा दाइको ज्यानै बसेको थियो । आफ्नो एउटा बाख्रेआँखालाई दुनियाँको नजरबाट जोगाउने भएर हो सायद लामाको दाइको छायाले समेत चस्मा बिर्संदैनथ्यो ।

आँखाबाट चस्मा छुट्थ्यो त केवल निदाउँदा वा सिरानीमुनिको उपन्यास झिकेर पढ्दा । विडम्बना त्यही चस्मामा एक दिन उनकी छोरी बसिदिई । लामा दाइ वीरगंज जाने हतारमा थिए । हतारमै चस्मा मेचमा राखेर दाह्री खौरिन थाले । हतारमै उनकी नौवर्षे छोरी मेचमाथि थ्याच्च बसिदिई । झर्‍याम्म– लामा दाइ यसरी झडङ्ग भए मानौं त्यो सिसा होइन उनको मुटु फुटेको छ र त्यसको तोडमा छोरीको गालामा बजाइदिए ।

रिस त लामा दाइलाई उठिरहन्थ्यो । गाउँलेहरू भन्थे, टुप्पीमा दुईवटा भुमरी हुने अचाक्ली रिसाहा हुन्छन् । धन्न लामा दाइको एउटा मात्रै भुमरी थियो । एउटै हुँदा त उनी रिसको झोंकमा एउटा आँखा चिम्लन्थे र बतासमा जोडले हात हल्लाउँथे । त्यतिखेर उनी नजिक भएका सबैथोक हल्लिन्थे, काँप्थे र शान्त हुन्थे । दुइटै भुमरी भएको भए ?

‘लामा दाइको रिस त टुप्पीमा होइन नाकमा छ । टुप्पी त बाहुनको पो हुन्छ । लामा दाइ त भोटे हुन्’, मुखन्जेली भन्न नसके पनि गाउँलेहरू लामा दाइका पछाडि कुरा काट्न बाँकी राख्दैनथे ।

सामुन्नेमा त लामा दाइ लामसुरेको दादा नै थिए । कराँते खेल्थे । बिहान काँचो चनाको फाँको लाउँथे । काँचै अण्डाको रानो निल्थे अनि साइकल कुदाउँदै सिमरातिर हुइँकिन्थे । बटारिएका नाइलनका डोरीजस्ता पाखुरा भएका लामा दाइको छाती मानबहादुर गुरुले किक् हान्न झुन्ड्याइराख्ने बालुवा भरिएको रबरको थैलाजस्तो थियो । जतिपटक मुक्का हाने पनि यस्सो हल्लिन्थ्यो अनि स्थिर हुन्थ्यो ।

‘बेलिबटम पाइन्ट र बुट्टे सर्टमा लामा दाइ धर्मेन्द्रजस्तै देखिन्छ’, लामसुरेमा लामा दाइको गठिलो शरीरको प्रशंसा हुन्थ्यो । प्रशंसा गठिलो ज्यानको मात्र होइन, कपडाको पनि हुन्थ्यो । लामसुरेमा पहिलोपटक जिन्स पाइन्ट लगाउने उनै थिए । लेदरको ज्याकेट भिर्ने पनि उनै थिए । डिङ्गो जुत्ताको छाप सिमेन्टेड भुइँमा छोड्दै हिँड्ने पनि लामा दाइ नै थिए ।

‘पेटमा छैन लेपलेप, खुट्टामा टेपटेप’, जुत्ताको टापजस्तो लामा दाइको प्रभाव आफ्नै जीवनमा भने पर्न सकिरहेको थिएन । लमिनी दिदी रित्तिँदै गएको बोरा र भरिँदै आएको छोरीको बोर्डिङ स्कुलको फी लामा दाइलाई देखाउँदै छेड हान्थिन् । ‘के गर्ने त यार् । मैले जे काम आँटे पनि सफल हुँदैन त’, लामा दाइ लमिनी दिदीको मुखमा बुजो कोचिदिन्थे । हुन पनि लामा दाइले गर्न बाँकी काम के थियो र !

के मात्रै गरेनन् उनले ? बरफ बेचे । तितौरा बेचे । मुठ्ठीभरिको सख्खरभुजियाको डल्ला बेचे । कृषि बैंकबाट ऋण लिएर ब्रोइलर कुखुरा पाले । लेस कुखुराको अण्डाको क्यारेट साइड क्यारेजमा राखेर डिलरसम्म साइकलको पाइडल कतिपटक घुमाए–घुमाए । पाँच कक्षासम्म पढेका लामा दाइको हिसाबकिताब कहाँ मिल्दैनथ्यो कुन्नि !

सधैं घाटामा जान्थ्यो । रासन पसलमा पो नाफा होला कि भनेर घरकै सडकपट्टिको दुई खापे ढोका खोलेर दोकान थापे । गाउँलेले पूर्वजन्मको ऋण उठाएसरि उधारो लगेपछि लामा दाइले पसल बन्द गरे । बन्द गर्ने बेलामा भनी पनि हाले– ‘आ होस् है । अर्को जन्ममा असुलौंला ।’ फेरि पनि हरेस खाइहाल्ने स्वभाव थिएन उनको । बरु ज्यानमा तेब्बर चौबर कपडा खापेर आकाशबाट अगुल्टो खसिरहको सुनौलीको सडकमा तस्कर गरे । बोर्डरमा पुलिसको आहारा बने । दिल्लीको पियोर लेदरको ज्याकेटको होलसेलबाट कारोबार गरे । नेपाल आइपुग्दा त्यो र्‍याकजिन भइसक्थ्यो ।

‘मेरो लक छैन रैछ’, आजित भएर लामा दाइ जानेजतिको अंग्रेजी खोक्थे ।

उनको पैताला चिलाउन भने कहिल्यै छोडेन ।

‘पख् न यार । स्यालको सिङ खोजेर ल्याउँछु । त्यसपछि त मालामाल ।’

कसले सुनायो कुन्नि लामा दाइलाई स्यालको सिङ हजारौंमा बिक्री हुने रहस्य ! एक दिन लामा दाइ चारकोसे झाडीमा अलप भए । महिनौंसम्म लोग्नेको अत्तोपत्तो नभएपछि लमिनी दिदीले चर्खा किनिन् । बजारबाट ठेक्कामा भेडाको ऊन झिकाइन् र चर्खा घुमाउन थालिन् । आफ्नै जिन्दगीजस्तै कहिले मोटो कहिले पातलो धागो कात्न थालिन् ।

समय र मिहिनेत भन्दा आम्दानी कम भइराख्दा पनि लमिनी दिदीले चर्खा घुमाउन छोडिनन् । लमिनी दिदीको जीवन र चर्खा उस्तैउस्तै भयो । घुमेको घुम्यै । नतिजा शून्य । शरदको एउटा साँझ, रुझेको बिरालोको अनुहार बोकेर लामा दाइ घरमा टुपुल्किए ।

‘अनि भेटियो त स्यालको सिङ ?’, दूधभात खाँदै गरेका लामा दाइको किलकिलेमा लमिनी दिदीले हुरुक्कै हुनेगरी झटारो दिइन् ।

‘काँ यार् । ठ्याक्कै स्यालको सिङ उम्रिएको बेलामा भेटिनुपर्ने रहेछ । मेरो लक लागेन,’, लामा दाइले दन्तसौन्दर्य प्रदर्शन गरे र खाटमा उत्तानो पल्टिए । उनले देखे– हुरीले टायल उडाएर ह्वाङ्ग पारेको छानो । माटाको लिउन उप्किँदैँ गएको कोठाको भित्तो र वषौं बाछिटाले हानेर मक्किँदै गएको झ्यालका चौकस । लच्किँदै गएको ढोका ।

त्यही ढोकाबाट बोजबहादुर स्वाट्ट पसे र लामा दाइलाई खाटसहित जुरुक्क उचाले, ‘वन झाँक्रीको हड्डी भेट्टाउन सके त मालामाल ।’

अर्को बिहान ढाड सीधा पारेर लामा दाइ निस्किए । लमिनी दिदीलाई थाहा थियो त्यसरी ढाड सीधा पारेर निस्केका लामा दाइ फेरि एकदिन छातीतिर साठी डिग्रीमा ढल्किँदै ढोकाबाट पस्नेछन् ।

हुन पनि त्यस्तै भयो । वर्षको सुरुमा निस्केका लामा दाइ मध्याह्नमा साठी होइन पूरै तीस डिग्रीमा ढल्किँदै लच्किएको ढोकाबाट पसे ।

‘अब त चुपचाप लागेर मलाई सघाऊ बूढा । घरै बस’, त्यतिन्जेलमा लमिनी दिदीले कानको जुली बेचेर एउटा भैंसी किनिसकेकी थिइन् । लामा दाइकी छोरी दूध भरिएको क्यान बोकेर डेरीमा पुर्‍याउन जान थालेकी थिई । घरमा दाल भातसँगै राँगाको मासु पाक्न थालेको थियो । लामा दाइले पहिले लमिनी दिदीको हाड उठेका गाला सुम्सुम्याए अनि गोठमा गएर भैंसी सुम्सुम्याए । ‘लु होइ तैंले भैंसी ल्याइहालेछ । अब गोबरग्यास प्लान्ट राख्न पर्छ । अनुदान दिन्छन् क्यार’, लामा दाइको मगजमा बिजुलीको तारमा हाई भोल्टेजले कुद्ने करेन्ट कुद्यो ।

‘उहँ हुन्न । पहिलेकै रिनले थाप्लो भत्भताइराछ’, लमिनी दिदीले मैलो सिरकको खोल धोएर बटारे जसरी आफ्नो मुन्टो बटारिन् । लामा दाइ गोडा बटार्दै मटानमा गए । साइकलमाथिको धूलोको छप्पर टक्टक्याए र बजारतिर बत्तिए । लमिनी दिदीलाई थाहा थियो– लामा दाइ टुप्पामा तानेर भुइँमा लतार्दै छोडेको बाँसजस्ता छन्, जो अहं र अटेरीपनले पुनः ठडिन्छन् ।

हप्तादिनपछि मान्छेहरूले देखे–केही मान्छेहरू लामा दाइको घरपछाडिको बारीमा उभिएका छन् । लामा दाइ हातमा फित्ता लिएर छेउकुना नाप्दै छन् । त्यसको हप्तादिनपछि लामा दाइ आफैंले कोदालो र पिकले बारीमा खाडल खन्न थाले । लमिनी दिदीले माटो झिक्दै फाल्न थालिन् । लामा दाइकी छोरीले भान्छा सम्हालिन् । दृश्यमा लामा दाइको घर सम्हालियो ।

‘एकतले भए पनि घर त ढलान गर्न पर्‍यो,’ अर्को वर्ष सप्रिएको मूलाबारीबाट मूला उखेल्दै लामा दाइले भने ।

‘काँ छ त्यत्रो पैसा ?,’ लमिनी दिदीले उखेलेको मूला पखाल्दै सोधिन् । उत्तर खोज्न लामा दाइ साइकलमा बत्तिए– बजारतिर । महिनादिनपछि आँगनमा गिटी, डन्डी, सिमेन्ट अनलोड भयो । लमिनी दिदी ट्वाँ परिन् । त्योभन्दा बढ्ता त्यतिखेर ट्वाँ परिन् जतिखेर अग्राखको दराजबाट घडेरीको पुर्जा गायब भएको थाहा पाइन् ।

‘मुर्दार जग्गा काँ लगेर बन्दगी राख्या ?’, लमिनी दिदीको मुख एचआईडीको सैलुनमा ठाकुरले चलाउने छुरा जत्तिकै चल्यो । बीस वाटको गुलुपको उज्यालोमा लामा दाइले सय वाटको झट्का लाग्नेगरी लमिनी दिदीको अनुहारमा कराँतेवाला मुक्का दिए । त्यस दिन लामा दाइले बोम्जन बुढाको घरबाट छोरीलाई रक्सी ओसार्न लाएर पिएका थिएनन् । रक्सी पिएका भए मुसुमुसु हाँसेर नीलो गिजा देखाउँथे ।

‘कस्तो उल्टो मान्छे’, गाउँलेहरू लामा दाइ र चमेरोलाई एउटै लहरमा झुन्ड्याइदिन्थे ।

हुन पनि दुनियाँ हिँड्ने बाटामा लामा दाइ हिँड्दैनथे । नहिँड्ने बाटोमा दौडिन्थे ।

समयले कतिवटा ऋतुको चक्र घुमिभ्यायो कुन्नि ? लामा दाइको दौड भने उसैगरी चलिरहेछ । शरीरका हड्डी भन्छन्, बूढो भइस् । मांसपेशीले दुःख बिसाउँछन्, अब त थकाइ मार् । तर, लामा दाइको जोसले भने क्यालेन्डर नपल्टाएको वर्षौं भयो । लमिनी दिदीलाई काठमाडौंछेउको दन्त्यकथाको जस्तो सानो घरमा छोडेर उनी कुदिरहन्छन्, पल्सर बाइकको एक्सिलेटर बटार्दै पहाडै–पहाड ।

‘ज्याद्रो छ हो यो बूढो त, हामीभन्दा पनि रफ चलाउँछ’, नुवाकोट जिम्नाङ गाउँका केटाहरू जिब्रो टोक्छन् । तर, उनको स्पिड थामिए पो ! सपना र रहर हो सायद अझै पूरा भएको छैन ।

अस्ति भर्खर त फोन गर्दैथे, ‘छोरी गाउँमा किवी खेती गर्न थालेको छु, लौ लगानी गर्नुपर्‍यो ।’


Last Updated on: December 31st, 2022 at 12:24 pm


३२१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया