
श्रीमान भनेर दिनमा २ पटक दिएँ, तर उ ६ पटकसम्म चाहान्छ –अब सँगै बस्न सक्दिँन् !
प्रकाशित मिति । १५ पुस, २०७९ ।
काठमाडौं । आफनो र परिवारको भविष्यका लागि जापान गएकी भावना तामाङले एक दर्दनाक पीडा भोग्नु परेको छ ।
उनी जापान गएर पिआर प्राप्त गरेकी नेपाली चेली हुन । भावनाको इमान्दारी र लगनशीलता देखेर एक जापानी नागरिकले विवाह समेत गरेका थिए । सन २००६ मा अदालती विवाह गरेर उनी जापान गएकी थिइन् ।
तर बिहे गरेको २ वर्षभित्र उनका श्रीमानको निधन भयो । उनका अनुसार जापानमा उनकी सासुआमा अहिले पनि जिवित छिन् । सासुले छोराको सम्पति लैजाउ भनेर अनुरोध गर्दा पनि उनले ल्याउन नमानेर नेपाल फर्केकी थिइन् ।
करिब १६ देखि १७ वर्ष कडा दु:ख गरेर उनले काठमाडौंको बौद्ध र थलिमा २ वटा घर बनाउनुका साथैं जग्गा खरिद गर्न सफल भइन् । पहिलो श्रीमानको मृत्युपछि करिब ९ वर्ष उनले एक्लै दु:ख, कष्ट गर्दै जीवन बिताउनुपर्यो ।
उनी जापानमै व्यापार व्यवसाय गर्थिन् । उनी जापान बसे पनि गरिब दु:खीलाई सेवा गर्न कहिल्लै पछि परिनन् । यसबीच उनको भेट मलेसियामा बसेर समाजसेवा गर्दै आएका फुर्वा तामाङसँग भयो । सामाजिक सञ्जालमार्फत भेट भए पश्चात दिनकै कुरा हुन थाल्यो ।
नेपाल कहिले जाने भनेर भावना तामाङलाई तामाङ सोधिरहेका हुन्थे । भावना नेपाल आउनु भन्दा केही समय अगाडि नेपाल आएका फुर्वा भावनालाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्न भ्याएका थिए । नेपाल आएपछि उनीहरु सँगै कफी पिउँदै माया प्रेमका कुराहरु गर्न थाले ।
सोही क्रममा भावनाले जापानिज श्रीमानको मृत्यु भएका कारण नेपाल आएको कुरा बताइन् । केही समयपछि भावनालाई मोटरसाइकलमा लिएर फुर्वाले अनामनगर अधिवक्ताकोमा पुर्याए ।
२०७७ फागुन १७ गते काठमाडौं जिल्ला अदालतमा कुनै पनि प्रकारको अशं नलिने भनेर डिभार्स भयो । त्यसपछि उनीहरु फुर्वाकै मोटरसाइकलमा चढेर नयाँबानेश्वरको एक क्याफेमा कफी खान पुगे ।
सोही क्याफेमा कफी खाने क्रममा फुर्वाले भावनालाई विवाहको प्रस्ताव राखे । जवाफमा भावनाले हामी असल साथी हुन सक्छौँ, विवाह मेरो कर्ममा छैन भन्दै अस्विकार गरिन् । तर पछि आफ्नो आमालाई राखेर फुर्वाले भावनालाई विवाहका लागि तयार गरेका थिए ।
२०७८ बैशाख २४ मा काठमाडौंको मुलपानीस्थित ‘हेवन’ मा विवाह गर्ने कुरामा सहमति जुर्यो । तर कोरोना महामारीका कारण २ महिनापछि सामान्य विधिबाट विवाह गरेर उनीहरु एकसाथ बस्न थालेका थिए । यहाँसम्म सबै कुरा लगभग राम्रो थियो ।
विवाहपछि भावनाको जीवनमा नयाँ मोड आयो । विवाहपछि फुर्वाले आफनो लिङ्गमा ३ वटा गुच्छा आकारको औषधि जडान गरेर इच्छाविपरित दिनमा ५ देखि ६ पटकसम्म यौनसम्पर्क राख्न थाले ।
आफ्नै श्रीमान हो भनेर दिनको २ पटक यौनसम्पर्क गर्न दिएको भावनाले जानकारी गराइन् । तर त्युपछि उनका श्रीमानले थप पटक जरबजस्ती गर्ने गरेको उनको आरोप छ । फुर्वालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
कागजमा सीमित सपनाका सहर
समुचित शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका प्रबन्धसहित देशका विभिन्न भागमा नयाँ सहरहरू बसाल्न दशकअघि थालिएको योजना देखावटी तथा कागजमा मात्र सीमित बनेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म १० नयाँ सहर बनाउने भनिए पनि तिनका नाममा सबैतिर एउटा कार्यालय सञ्चालन गरेर बस्नेबाहेक अन्य उपलब्धि देखिएको छैन ।
कागजमा भने राष्ट्रिय सहरी नीति–२०६४ पछि अहिले प्रस्तावित राष्ट्रिय सहरी नीति–२०७९ ले फेरि पनि सुन्दर, समावेशी र समृद्ध सहरको नीतिलाई सदर गरेको छ । सबै नगरपालिकामा एकीकृत सहरी विकास योजना तर्जुमा गर्ने, निश्चित नगरपालिकामा आधारभूत सहरी पूर्वाधार निर्माण गर्ने र नयाँ सहर, ‘स्मार्ट सिटी’ समेतको परिकल्पना गर्ने योजना आफैंमा सकारात्मक सुनिन्छ । तर, स्रोतसाधन र आर्थिक पहुँचको निधो नगरी तथ्य–तथ्यांकमा मात्रै नयाँ सहरको खाका केलाउने काम भैरहेको छ । व्यवस्थित रूपमा बसाल्ने भनिएका सहरका योजनाहरू त्यसै अलपत्र छन् ।
व्यवस्थित बस्ती बसाल्ने प्रयत्न दिगो सहरी विकासको आधार अवश्य हो । तर कागजमा मात्रै सहर स्थापित गर्ने र सहरीकरणमा देखिएका चुनौतीलाई सम्बोधन नगर्ने प्रवृत्तिले उक्त आधारलाई नै चुनौती दिएको छ । सहरी जनसंख्याको गणना गर्ने तर शिक्षा, स्वास्थ्यसहितका सेवाका मामिलामा अझै पनि पछौटे नै रहनुपर्ने चित्र–चरित्र नगरदेखि महानगरपालिकासम्मै देख्न सकिन्छ ।
सहरी विकासको कार्यनीतिमा भौगोलिक अवस्थिति, आर्थिक समृद्धि र पर्यटकीय सम्भावना तथा विशेषताका आधारमा सहर विकास गर्ने भनिए पनि राजनीतिक नाफा–घाटामा मात्रै बजेट निर्धारण गर्ने र योजना प्राथमिकतामा राख्ने प्रवृत्ति बढी देखिएको छ । आजको समयमा नयाँ सहरको परिकल्पना गर्दा जलवायु परिवर्तनदेखि विपद्, प्रदूषण, अव्यवस्थित बस्तीजस्ता पक्षलाई ध्यानमा राखेर योजना तय गर्नुपर्ने हुन्छ ।
तर, अहिले घोषणा गरिएका सहरहरूका सन्दर्भमा त्यो पाइन्न । तेह्रथुम जिल्लास्थित वसन्तपुरमा जग्गा एकीकरण गर्ने भनेर चार वर्षअघि नै राजपत्रमा सूचना प्रकाशित गरिए पनि त्यो काम अझै अघि बढ्न सकेको छैन । पाँचथरको फिदिममा पहिरो पन्छाउने, कुलो सफा गर्नेजस्ता टालाटुलीका काम गरेरै नयाँ सहर व्यवस्थापनको कार्यालय बसिरहेको छ ।
खुर्कोट, गल्छी, डुम्रे, बुर्तिबाङ, चौरजहारी, साँफेबगरजस्ता नयाँ सहरको हविगत पनि फरक छैन । कतिसम्म भने, काठमाडौंमा रहेको नयाँ सहर आयोजना कार्यालयमा समेत यी नयाँ सहर र थपघट भैरहेका सहरहरूको तथ्य–तथ्यांकसम्म पाउन मुस्किल छ । २०६७ सालपछि गत वर्षसम्म गरेर यस्ता नयाँ सहरहरूको संख्या ५४ पुर्याइएको छ, तर सहरीकरणको प्रगति स्तर हेर्दा राजनीतिक स्वार्थसिद्धिका लागि हचुवाका भरमा मात्रै यस्ता योजना अगाडि सारिएको प्रस्टै देखिन्छ ।
अर्कातिर, व्यवस्थित सहरका लागि जनसंख्याको सही अनुपात र सहरी पूर्वाधारको समन्वय आफैंमा महत्त्वपूर्ण पक्ष हो । राष्ट्रिय सहरी नीति–२०६४ ले निर्धारण गरेको मानकमा कम्तीमा १० व्यक्ति प्रतिहेक्टर जनघनत्व हुनुपर्ने आधार लिँदा त्यस बेलै नेपालको सहरी जनसंख्या ३२ प्रतिशत देखिन्थ्यो, जुन नयाँ सहरहरूको नामकरणसँगै राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार ६६.०८ प्रतिशत पुगेको छ ।
ती सहर चरित्रका हिसाबले पनि अलि भीडभाड भएका अव्यवस्थित बस्तीमा मात्र सीमित छन् । नयाँ बसाल्न लागिएका भनिएका सहरहरूका चुनौतीको पाटो आफ्नो ठाउँमा छ, पुराना सहरहरू नै पनि अनेकन् समस्याले जेलिएका छन् ।
सुकुम्बासी समस्या तथा अव्यवस्थित बसोबासको मुद्दालाई काठमाडौं, पोखरा, धरान, बुटवल, नेपालगन्जजस्ता सहरले पनि सम्बोधन गर्न नसकेको दृष्टान्त आँखैअगाडि छ । यता एउटा नयाँ सहर बसाल्न भने केही करोड रुपैयाँ अनुपातमा बजेटको चारो छरिएको छ, जबकि एक आर्थिक वर्षमा अर्ब रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्छ ।
विद्यमान सहरको स्तर जति कमजोर छ, सहरी गरिब सम्बन्धी अध्ययन–अनुसन्धान तथा व्यवस्थापन त्यति नै कमजोर छ । सहरी विकासका लागि वैकल्पिक वित्तीय स्रोतको उपाय अवलम्बन गर्ने तथा व्यवस्थित एकीकृत सहरी विकासको अवधारणालाई अघि बढाउने यत्न नभइन्जेलसम्म कागजमा मात्रै नमुना र सपना सहरको कुरा गर्नुको तुक रहन्न । हचुवाका भरमा अघि सारिने यस्ता लोकप्रियतावादी योजनाले सम्बन्धित क्षेत्रका दल–कर्मीहरूलाई भोटको राजनीति गर्न त सघाउलान्, तर मुलुकको सहरी विकासलाई भने किञ्चित् अघि बढाउँदैनन् ।