सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


महानगर दिवसमा १५ सय ८२ ले लिए निःशुल्क स्वास्थ्य सेवा

प्रकाशित मिति । १३ पुस, २०७९ ।

काठमाडौँ — काठमाडौं महानगरपालिकाको २८ औं महानगर दिवसको उपलक्ष्यमा नेपाली सेनाको सहकार्यमा १४ सय ८२ जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । 

सैनिक मुख्यालय जंगी अड्डास्थित खेल मैदानमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पुरुष ६८१, महिला ७३६ तथा बालबालिका ६५ ले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका हुन् । बुधबारबाट चलेको शिविर लाभग्राहीको चापलाई मध्यनजर गरी एक दिन थपेर शुक्रबार सकिएको हो ।

शिविरमा जनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाँटी, छाला रोग, छातीसम्बन्धी रोग, स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाडजोर्नी, आँखा सम्बन्धी रोग, अल्ट्रासाउन्ड, एक्स–रे, फिजियोथेरापी, दन्त स्वास्थ्य परामर्श इकोकार्डियोग्राफी, ईसीजी तथा ब्लड सुगर जाँचलगायत स्वास्थ्य सेवाहरु उपलब्ध गराई चिकित्सकहरुको सिफारिसअनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको सेनाले जनाएको छ ।

साथै स्वास्थ्य शिविर संचालन गर्न छाउनीस्थित वीरेन्द्र अस्पतालबाट आवश्यक औषधिसहित डाक्टर अधिकृत, फर्माशिष्ट, सैनिक उपचारिका तथा नर्सिङ अर्दली गरी जम्मा ११७ जना स्वास्थ्यकर्मी खट्टिएको सेनाले जनाएको छ ।

प्रदेश १ मा दलको नेता बन्न रस्साकसी

मोरङ — चुनावी परिणाम सार्वजनिक भएसँगै प्रदेश १ मा दलको नेता बन्नका लागि रस्साकसी सुरु भएको छ । निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनले चुनावी परिणामको बारेमा परिणामको प्रतिवेदन औपचारिक रुपमा शनिबार बुझाउने तयारी गर्दै गर्दा प्रदेश १ का विभिन्न दलहरुमा दलको नेता बन्ने दौड सुरु भएको हो ।

आयोगले प्रदेश १ सभा सदस्यको निर्वाचन सम्पन्न भएको प्रतिवेदन शनिबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बुझाउँदै छ ।

मंसिर ४ गतेको निर्वाचनले प्रदेशसभामा ६ वटा दल एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको प्रतिनिधित्व भएको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेले ४०, कांग्रेसले २९, माओवादी केन्द्रले १३, राप्रपाले ६, एकीकृत समाजवादीले ४ र जनता समाजवादीले १ सिट जितेका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन २०७४ को दफा २४ को उपदफा (१) मा प्रदेशसभा निर्वाचनमा कम्तीमा दुई स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले संसदीय दल गठन गर्न सक्ने व्यवस्था छ । उक्त ऐनको दफा २४ को उपदफा (२) मा उपदफा (१) बमोजिमको दलबाट निर्वाचित भई प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रत्येक व्यक्ति स्वतः संसदीय दलको सदस्य हुनेछ । व्यवस्थाअनुसार यस प्रदेशमा एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीले प्रदेश संसदीय दल गठन गर्नुपर्ने छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २५ को उपदफा (१) मा सम्बन्धित दलको निर्देशनबमोजिम प्रदेशसभा संसदीय दलका सदस्यले आफूमध्येबाट एक जना संसदीय दलको नेता निर्वाचित गर्नेछ । उक्त ऐनको दफा २५ को उपदफा (२) मा संसदीय दलको निर्वाचन तथा त्यस सम्बन्धी अन्य कुरा सम्बन्धित दलको विधानमा उल्लेख भएबमोजि हुनेछ । दलको नेता निर्वाचित भएका व्यक्तिले उपनेता, प्रमुख सचेतक र सचेतक मनोनयन गर्ने ऐनको दफा २६ मा उल्लेख छ ।

यस प्रदेशमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको दलको विधान निर्माण भइसकेकाले त्यहीअनुसार दलको नेता निर्वाचित गर्नेछन् । पहिलो प्रदेशसभामा राप्रपाबाट एक जना प्रदेश सांसदले मात्रै प्रतिनिधित्व गरेकाले दलको विधान बनाउनु परेको थिएन । त्यसैले राप्रपाले दलको विधान बनाउनु पर्ने छ ।

प्रदेशसभा सचिवालयले संसदीय दललाई सेवा सुविधा उपलब्ध गराउने कानुनी व्यवस्था छ । दल सम्बन्धी ऐन २०७३ को दफा २७ मा संसदीय दलको कार्य सम्पादनका लागि आवश्यक स्रोत, साधनका साथै दलको कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ । सत्तारुढ दलका उपनेता, प्रमुख सचेतक, सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतकलाई समेत सुविधा दिने व्यवस्था प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ मा गरिएको छ ।

संसदीय दलका नेताको निर्देशनबमोजिम त्यस्तो दलको प्रमुख सचेतक तथा सचेतकले प्रदेशसभामा हुने मतदानमा त्यस्तो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न दलका सदस्यलाई हृवीप लगाउने राजनीतिक दलसम्बन्धी ऐन २०७५ को दफा २८ को उपदफा (१) मा व्यवस्था छ । हृवीप नमान्ने सदस्यलाई कारबाहीका लागि प्रमुख सचेतक वा सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिनुपर्ने समेत कानुनी व्यवस्था छ ।

यस प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुमध्ये एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीमा दलको नेता को हुने स्पष्टै छ । तर कांग्रेसमा दलको नेता को बन्ने भन्ने खिचातानी सुरु भएको छ । एमालेमा झापा ५(१) बाट निर्वाचित पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री तथा पार्टीका स्थायी कमिटी सदस्य हिक्मत कार्की नै दलको नेता बन्ने पक्कापक्की जस्तै रहेको उक्त दलका निर्वाचित प्रदेश सांसदहरुको भनाइ छ ।

तर ताप्लेजुङ १(१) बाट निर्वाचित एमालेका पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोले आफू पनि दलको नेताका लागि आकांक्षी रहेको बताएका छन् । उनले अहिलेसम्म इच्छामात्रै गरेको र शपथ ग्रहणपछि साथीहरुसँग सल्लाह गरेपछि मात्रै यो विषयमा स्पष्ट भन्न सकिने बताए ।

यस्तै, माओवादी केन्द्रमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, राप्रपामा झापा ४(२) बाट निर्वाचित भक्तिप्रसाद सिटौला र एकीकृत समाजवादीमा मुख्यमन्त्री राजेन्द्रकुमार राई दलको नेता हुने निश्चित छ । सत्ता गठबन्धन दलका सबभन्दा ठूलो दल कांग्रेसमा दलका नेता बन्न आकांक्षी प्रदेश सांसदहरु अंक गणितीय जोड घटाउमा लागेका छन् ।

कांग्रेसका प्रदेश सांसदहरु संस्थापन, संस्थापनइतर र सिटौला समूहमा विभाजित भएकाले दलको नेताका लागि निर्वाचन हुने सम्भावना रहेको नेताहरुको भनाइ छ । कुल २९ प्रदेश सांसद निर्वाचित भएका कांग्रेसमा संस्थापन पक्षका ११, संस्थापनइतर कोइराला पक्षका ९ र सिटौला पक्षका ९ जना प्रदेश सांसद छन् ।

संस्थापन पक्षमा प्रदेश सांसदहरु खगेनसिंह हाङ्गाम, अमृत अर्याल, सदानन्द मण्डल, इस्राइल मन्सुरी, प्रदीपकुमार सुनुवार, हिमाल कार्की, सुनिताकुमारी गुरुङ, सुनिता गच्छदार चौधरी, ममता मगर तामाङ, डोल्मा तामाङ र लिलाकुमारी राई देखिएका छन् । संस्थापनइतर पक्षमा प्रदेश सांसद शम्शेर राई, गोविन्द गिरी, विनोद राई, मानबहादुर राई, गयानन्द मण्डल गनगाई, केदार कार्की, रामकुमार खत्री, इन्दिरा थापा र खगेश्वरी पौडेल रहेको कांग्रेस सम्बद्ध प्रदेश सांसदहरुको दाबी छ । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहमा गोपाल तामाङ, भूमिप्रसाद राजवंशी, भीम पराजुली, भूपेन्द्र राई, लखिकुमारी गणेश, उद्धव थापा, मोहन महर्जन, मैया श्रेष्ठ र शोभा चेम्जोङ पालुङ्वा रहेका छन् ।

पार्टीको १४ औं महाधिवेशनमा यस प्रदेशमा प्यानल बनाएर प्रदेश सभापति जितेका संस्थापन र सिटौला पक्ष संसदीय दलमा पनि कोइराला समूहविरुद्ध एकजुट हुने तयारीमा छन् । तर दलको नेतामा संस्थापन पक्षबाट मोरङ ५(२) बाट निर्वाचित संविधानसभा सदस्य तथा पार्टीका दोस्रो कार्यकाल केन्द्रीय सदस्य रहेका अमृत अर्याल आकांक्षी छन् ।

मोरङ क्षेत्र ४ र ५ दुवै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि पार्टीमा नाम सिफारिस भएका अर्याल उक्त दुबै क्षेत्र माओवादीको भागमा परेपछि प्रदेशसभामा उम्मेदवार भएर निर्वाचित भएका हुन् । उनले प्रतिनिधिसभाबाट प्रदेशसभामा प्रदेश सम्हाल्नकै लागि पठाएकाले दलको नेता आफू नै बन्ने दाबी गरेका छन् । त्यसका लागि अर्यालले पार्टीका शीर्ष नेताका साथै निर्वाचित प्रदेश सांसदकहाँ समेत दौडधुप गरिरहेको उनी निकट एक नेताले बताए ।

सिटौला पक्षबाट समानुपातिकतर्फ प्रदेश सांसद भएका पार्टीका प्रदेश सभापति झापाका उद्धव थापाले दलको नेताका लागि पार्टीसम्बद्ध शीर्ष नेताका साथै निर्वाचित प्रदेश सांसदहरु कहाँ धाइरहेका छन् । उनी जसरी पनि आफू दलको नेता हुने दाबी गर्छन् ।

संस्थापन इतर शेखर कोइराला निकट आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पनि दलको नेताका लागि जोडबल गरिरहेका छन् । उनी पहिलो प्रदेशसभामा पनि दलका नेताका लागि आकांक्षी हुँदाहुँदै पछि प्रमुख सचेतकमा चित बुझाएका थिए ।

त्यसैले यसपटक आफूनै दलको नेता बन्ने उनको दाबी छ । अर्याल र थापा एक अर्कालाई पाखा लगाएर दलको नेता जित्ने दाउमा छन् भने कार्कीले संस्थापन र सिटौला पक्षधर सांसदहरुलाई विश्वासमा लिएर दलको नेता बन्ने मुडमा छन् ।


Last Updated on: December 30th, 2022 at 7:47 pm


१३६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया