सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


गायिका आस्थाले भिसाको दुरुपयोग गर्दै पाँच महिना अमेरिकामा काम गर्दा अध्यागमनले नेपाल फर्कायो

प्रकाशित मिति । १५ पुस, २०७९ ।

काठमाडौ । अमेरिकाको टेक्ससमा खिचेको यो तस्बिर आस्थाले अप्रिल ४ मा फेसबुकमा राखेकी हुन्।

काठमाडौँ : साङ्गीतिक कार्यक्रममा सहभागी हुन भनेर अमेरिका गएकी आस्था राउत लामै समय नेपालमा सक्रिय देखिइनन्। हस्की भोइसका कारण स्टेज कार्यक्रमहरूमा राम्रै माग हुने उनी सामाजिक सञ्जालमा तस्बिरहरू राखिरहन्थिन् अमेरिकातिरकै।

केही महिना अगाडि उनी नेपाल फर्किएर मिडियामा देखिन थालिन्। हराउन थालेको चार्म फर्काउन सक्रिय भइरहेकै बेला बिहीबार एकाएक अमेरिकाको एक कार्यक्रममा भाग लिन जाँदा उतै अध्यागमनले फिर्ता पठाएको खुल्यो।

धेरै पढिएको

जीपिले दोस्रो विवाह गर्दै पहिली श्रीमती उषा भएकै घरमा….

अभिनेत्री निताको विवाहमा आशीर्वाद दिन गएका आफन्त चित्त दुखाएर….

‘ब्लाइन्ड डेट’ को निर्माण टिमले दर्शकलाई यसरी उल्लु बनायो

उनले प्राविधिक कारणले कार्यक्रममा भाग लिन नपाएको भन्दै दुख व्यक्त गरिन् फेसबुकमा। पर्यटन भिसामा अमेरिकाको साङ्गीतिक कार्यक्रममा सहभागी हुन गएको बेला अध्यागमनले उनलाई नेपाल फर्काएको हो।

घुम्न जाने भनेर पर्यटन भिसा आवेदन गर्ने र त्यसकै आडमा पैसा लिएर साङ्गीतिक कार्यक्रम लगायतमा सहभागी हुने नेपाली कलाकारहरूको पुरानै प्रवृत्ति हो। सम्बन्धित देशको अध्यागमनले चाल नपाएसम्म उनीहरू सहजै आउजाउ गर्छन्। तर जब घुम्न भनेर आएर अन्य गतिविधिमा सहभागी भएको खुल्छ अनि नोटिस्ड हुन थाल्छन्।

तर आस्थालाई अमेरिकी अध्यागमनले अमेरिका छिर्न नदिएर नेपालै फर्काएको कारण केवल पर्यटन भिसामा साङ्गीतिक कार्यक्रममा सहभागी हुन जाने प्रयास गर्नु मात्र नभएको अमेरिकामा रहेको एक स्रोतले उकेरालाई जानकारी दिएका छन्। पर्यटन भिसामा अमेरिका गएकाले काम गर्नु गैर कानुनी हो। तर केहीले कानुन छल्दै काम गर्दा कानुनी झण्झटमा पर्ने गरेका छन्।

ती स्रोतका अनुसार यस अगाडि आस्था यस्तै साङ्गीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुगेर उतै पाँच महिना बसेर काम गरेकी थिइन्। उनको गतिविधि सरकारी निकायमा पुग्यो। ६ महिनाको मात्र भिसा रहेकाले उनी पाँच महिना उतै काम गरेर नेपाल फर्किइन्।

अनि अहिले पुन पर्यटक बनेर अमेरिका जान खोज्दा उनको पुरानो रेकर्ड खराब देखेपछि अध्यागमनले नेपाल फर्काएको स्रोतले बतायो। यसबारे गायिका आस्थासँग कुरा गर्ने प्रयास गर्दा उनको मोबाइल स्विच अफ थियो।

तमु समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्छ : प्रधानमन्त्री दाहाल 

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले तमु समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताएका छन् । तमु ल्होसारको अवसर पारेर शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त धारणा राखेका हुन् ।

‘तमु समुदायले आर्जन गरेको, उनका पुर्खाहरुले आर्जन गरेको, तमु युवायुवतीहरुले आफ्नो वीरतामार्फत आर्जन गरेको गौरवशाली परम्परालाई हामी उच्च सम्मान गर्न चाहन्छौं,’ उनले भने ।

इमान्दारिता, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमु समुदायको पहिचान नेपालमा मात्रै नभई विश्वभर फैलिएको पनि प्रधानमन्त्री दाहालले स्पष्ट पारे । उनले भने, ‘तमु समुदायको आफ्नो मौलिक र ऐतिहासिक पहिचान स्थापित छ ।

आफ्नो इमान्दारिताका कारण, लगन, निष्ठा र मेहनतका कारण, आफ्नो वीरता र बलिदानको कीर्तिमानका कारण नेपाली मात्रमा एउटा गर्वको एउटा पहिचान भएको छ भने विश्वभरीका लागि पनि इमान्दारिता, पारदर्शीता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित छ ।’

तमु समुदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे । उनले तमु समुदाय विश्वभर इमान्दारिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित भएको समेत स्मरण गराए ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले तमु ल्होसारका लागि सरकारले गर्दै आएको आर्थिक सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले तमु ल्होसारको कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाउन पनि सुरक्षाकर्मीहरुलाई निर्देशन दिए ।

समारोहमा तमु समुदायले आफ्नो संस्कृति झल्कने खालका झाँकीसहितको नृत्य प्रस्तुत गरेका थिए । प्रधानमन्त्री दाहालले तमु समुदायको सांस्कृतिक झाँकीलाई जीवन बाँच्ने राष्ट्रिय पहिचानको मौलिक परम्पराको रुपमा चित्रण गरेका थिए ।

उषा हत्या प्रकरण : तीन जनालाई थुनामा पठाउने आदेश

तीन आरोपित महिला अझै फरार

सुनसरी — सुनसरी जिल्ला अदालतले धरान–१३ की एकल महिला उषा राईको कुटपिट र हत्या प्रकरणमा संलग्न आरोपितमध्ये तीन महिलालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतले उक्त घटनामा संलग्न एक महिलालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतका न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश दिएको हो । आरोपित अर्का महिला रत्ना सुब्बालाई १ लाख धरौटी लिएर छोड्न आदेश गरेको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले बताए ।

उषाको कुटपिटपछि उपचारका क्रममा मङ्सिर १३ गते मृत्यु भएको थियो । उनलाई आफ्नो पतिसँग नजिकिएको भन्दै ५५ वर्षीया उर्मिला राईले महिला समूह बोलाएर कात्तिक ३ गते कुटपिट गराएकी थिइन् ।

कुटपिटपछि अखाद्य रासायनिक झोल पदार्थ पनि खुवाइएकाले घाइते बनेकी उषाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि ‘उपचार खर्च पाउने गरी’ सामुदायिक प्रहरीमा मिलापत्र गरेका थिए । तर पुनः उनको स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठानमा भर्ना भएर आईसीयूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको थियो ।

४५ वर्षीया उषाको पतिको दुई वर्षअघि मृत्यु भएको थियो । उनी २७ वर्षीया र ८ वर्षीया दुई छोरीसँग धरान १३ मा लुगा सिलाउने एउटा कल (मेसिन) राखेर टेलरिङ व्यावसाय गरी जीविका चलाउँदै आएकी थिइन् ।

उषाको मृत्युपछि उनका देवरले किटानी जाहेरी दिएका थिए । पक्राउ परेका महिलाहरूमध्ये तीन जनालाई घटनास्थिति मुचुल्का र प्रत्यक्षदर्शी, दृश्य सामग्रीलगायत आधारमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । तीनै जनालाई झुम्का कारागारमा पुर्पक्षका लागि पठाइएको छ ।

उषाको प्रारम्भीक पोष्टमार्टम रिपोर्ट आए पनि भिसेराको रिपोर्ट आउन बाँकी छ । जाहेरी दिएकामध्ये ३ जना महिलाहरू निरकुमारी गुरुङ, सृजना राई र मीना राई अझै फरार छन् ।


Last Updated on: December 30th, 2022 at 5:44 pm


१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया