आइतबार १९ चैत्र २०७९


अहिले के गर्दैछन् छोरोबाट छोरीमा परिवर्तन भएकी कलाकार सन्तोष पन्तकी छोरी ?

प्रकाशित मिति । १५ पुस, २०७९ ।

काठमाडौ । नेपालको हास्य कला-कारिताका किङ्ग हुन् सन्तोष पन्त । कमेडी च्याम्पियन रिया’लिटी शोमा उनलाई कमे’डीका बाद:शाह भनेर भनिन्छ । तर उनका कान्छा छोरा दश वर्ष अघि निक्कै चर्चामा आए । उनी छोराबाट छोरी भइन् ।

हिजो:सम्म उनी प्रतीक थिए, कलाकार सन्तोष पन्तका कान्छा छोरा । त्यसपछि उनी केटलिन भएकी छिन्, पन्त परि’वारकै कान्छी छोरीका रूपमा । लैङ्गिक परिवर्तन गर्दा निकै नै चर्चामा आएकि केटलिन आखिर कहाँ छिन् ? त्यो कौतु’होल्ताकै विषय बनेको छ ।

केही समय’अघिसम्म उनी टिसर्ट र पेन्ट लगाउँथिन्, बाध्यतामा। अब खुलेर लेडिज पहिरन लगाउन थालेकी छिन्। उसै त मृगनयनी, त्यसमाथि कोश मिला’एर गाजल लगाउँदा उनका आँखा कम राम्रा देखिँदैनन्।

अनुहारको सेप, शारीरिक संरचना एवं हाउ’भाउले उनी कुनै नायिका भन्दा कम देखिन्नन्। बोलीमा पनि किशोरीझैं मादकता झल्कन्छ। धेरैलाई हिजो’आजका कुरामा प्रतीक पन्तले बाल’कलाकारको भूमिका निर्वाह गरेको सम्झना हुनुपर्छ। बाबु सन्तोष पन्तका साथ उनी विज्ञापनमा पनि झुल्किन्थे।

भुक्क फुलेको जीउ र तोते:बोलीमा गरिएको अभि’नयले त्यसबेला धेरैलाई मोहनी लगा’एको थियो। कथामा बाल’कलाकारको आवश्यकता पर्नेबित्तिकै देखा पर्ने सन्तोष पन्तका दुई छोरामध्ये उनी कान्छा हुन्। नेपाल टेलि’भिजनबाट उक्त टेलिश्रृंखला बन्द भए’पछि प्रतीकका दाजु साकार पन्त उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गए।

भाइ प्रतीक भने माध्य’मिक शिक्षा पूरा गर्न थाले। अनि घरमा आमा प्रतिभा पन्तसँगको सम्बन्धले त झन बढि स’हयोग पुर्याएको केटलिन सम्झिन्छिन । सात कक्षा पढ्न थालेपछि आफ्नो शरीर र मन:बीच सम्बन्ध टुट्न थाले’को बताउदै केटलिनले त्यही’समयमा जहिले पनि केटासँग बस्न मन पराउनुको कारण बल्ल खोलेकी छिन ।

पुरुष भए पनि १३ वर्षको उमेर’देखि स्त्रीजन्य स्वभाव देखा’उन थालेकी केटलिनले सबैभन्दा पहिले आफ्नो आमा’लाई समस्या सुनाएकी थिइन । प्रारम्भ’मा आमाले छोरो आफूसँग जिस्किएको हो कि भन्ने मानेकी थिइन्। विस्तारै छोराको स्वभाव छोरी’को जस्तै हुन थालेको अनुभव आज आएर पाएकी छिन ।

कुरा केही वर्ष पहिले एस.एलसीको तयारी हुन थालेपछिको थियो । त्यो बेला उनको मोटो शरीर पातलो एवं स्त्री जस्तै हुँदै जान थालेपछि साथी’हरूले गम्भीर रूपमा लिन थाले। अब यसको समा’धान खोज्न थालियो। के’टलिनले इन्टरनेटको माध्यमबाट यस्ता स’मस्याका सम्बन्धमा जानकारी लिन थालिन्।

घरमा पनि यस विषयमा सोध खोज हुन थाल्यो। इन्टरनेटको माध्यम’बाटै पुरुष महिलाका रूपमा परि’वर्तन हुन सक्ने जानकारी हात पर्यो। १२ कक्षाभरि उनले त्यसको तयारी गरेको बताइन । त्यही समय’देखि डाक्टरको सह’योगमा उनले लैङ्गि’क पहिचान नै परिवर्तन गरिन् । केटाबाट केटी भइन् । उनलाई दाजु साकारले साथ दिएका थिए । थाइल्यान्ड गएर उनी पुरुषबाट महिला बनिन ।

दाजु साकार पन्तले गत बर्ष मात्र बिहे गरेका छन् । काठमाडौँ जोरपाटी निवासी आयुशी खनाल उनले बिबाह गरेका हुन् । चलचित्र ‘हिजो आजका कुरा’ दाजु साकारले निर्देशन गरेका थिए ।

भाई’बाट बहिनी बनेकी केटलिन भने उच्च शिक्षा अध्यय’नका लागि विदेशमा छिन् । अध्ययन सकेर बिबाह गर्ने उनको लक्ष रहेको छ । उनलाई परिवार’बाट कुनै नियन्त्रण छैन । अरु सामान्य मानिस सरह उनी स्वतन्त्र जीवन विताइ’रहेकी छिन् ।

हेर्नुस उनी संग कुरा गरेको भिडियो

चर्को सेवा शुल्क तर, कमजोर सर्भर

काठमाडौँ — नयाँ सरकारले राहदानी र लाइसेन्स लिँदा देखिएका लामा लाइन हटाउने प्रतिबद्धता जनाए पनि सेवाग्राहीको सास्ती जस्ताको तस्तै छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको निरीक्षणमा समेत पुगेका थिए ।

फाराम भर्ने, बायोमेट्रिक गर्ने र बनिसकेको राहदानी लिनेको छुट्टाछुट्टै लाइन थेगिनसक्नु छ । सेवाग्राही पुसको ठिहीमा बिहान २ बजेदेखि नै लाइन बस्न आइपुग्छन् ।

‘झिसमिसेमै नआए पालो आउँदैन । बाध्य भएर यस्तो चिसोमा लाइनमा बस्नुपरेको छ,’ बिहीबार बिहान २ बजे विभाग आइपुगेका नुवाकोट, धुक्चेश्वरीका ५० वर्षीय पेम्बा छिरिङ शेर्पाले भने, ‘जनताले दुःख पाएको देख्दैन सरकार, के गर्ने ?’ लाइनमै बसेका प्यूठानका अर्जुन कुँवरले सरकारले प्रणाली चुस्त नबनाउँदा जनताले दुःख पाएको बताए । ‘छिटो काम होस् भनेर आएको हो ।

तर सिस्टम नहुँदा हामीले दुःख पाएका छौं,’ उनले भने । पैसा तिर्दा पनि सहजै काम नबन्दा सेवाग्राहीको दुखेसो छ । बिहान ४ बजेदेखि लाइनमा बस्दा थाकेकी ३० वर्षीया उर्मिला वाइबा त साथीको पिठ्युँमा टाउको अड्याएर बसिरहेकी थिइन् ।

राहदानी विभागमात्र होइन, शिक्षा मन्त्रालयमा एनओसी लिनेदेखि सवारी चालक अनुमतिपत्र र चाडपर्वमा घर जानका लागि बसको टिकट काट्न पनि वर्षौंदेखि सर्वसाधारणले यस्तै सास्ती खेप्नुपरिरहेको छ ।

सेवाग्राहीले यसरी सास्ती भोगिरहनुमा परराष्ट्र मन्त्रालयले राहदानी खरिद प्रक्रियामा गरेको हेलचेक्र्याइँ पनि मुख्य कारक देखिएको छ । जसमा कम क्षमताको सर्भरको ‘साइज बिड’ (क्षमता) पनि एक हो । उक्त सर्भर एक सेकेन्डमा २५ सय सेवाग्राहीले मात्र प्रयोग गर्न सक्छन्, त्योभन्दा बढीले प्रयोग गर्न खोजे साइट नै खुल्दैन । ‘यो समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले तत्कालै फ्रेन्च कम्पनी आइडिमियासँग सहकार्य गरेर नयाँ सर्भरको साइज बिड बढाउनुपर्छ,’ विभागका एक पूर्वमहानिर्देशकले कान्तिपुरसँग भने ।

सरकारले दुई पटक अन्तर्राष्ट्रिय बोलपत्र रद्द गरेर तेस्रो पटकमा फ्रेन्च कम्पनी आइडिमियासँग राहदानीको बुकलेट खरिद गरेको थियो । त्यसबेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र सचिव (हाल मुख्यसचिव) शंकरदास बैरागी थिए ।

टेन्डर स्वीकृत गरेर कार्यान्वयनमा लैजाने बेला सचिवमा भरतराज पौड्याल आए । टेन्डर प्रक्रिया थालनी गर्दा तत्कालीन महानिर्देशकमा रामकाजी खड्का (हाल जर्मनीका लागि नेपाली राजदूत) थिए । राहदानी जारी गर्दा परराष्ट्रमन्त्रीमा नारायण खड्का आइपुगे ।

पछि विद्युतीय राहदानी कार्यान्वयनमा लैजान सुरुआतमा सम्बन्धित कम्पनीसँग छलफल गर्दा तत्कालीन महानिर्देशक डोरनाथ अर्याल (हाल ओमानका लागि नेपाली राजदूत) थिए । अहिले महानिर्देशकमा सुरेन्द्र यादव छन् । सरकारले गत वर्ष मंसिर १५ देखि विद्युतीय राहदानी जारी गरेको थियो ।

खरिद गर्दा नै विद्युतीय राहदानीमा समस्या हुनुको मुख्य कारण थियो, सुरुआतमा ६० लाखबाट टेन्डर अघि बढाएर २० लाखमा झार्नु । ‘६० लाख प्रतिबाट २० लाखमा झारेर खरिद गर्ने भएपछि राहदानी छाप्ने कम्पनी फ्रेन्च आइडिमियाले पनि सर्भरको साइज बिड घटायो । त्यसबेला नेपाली पक्ष परराष्ट्र मन्त्रालय र राहदानी विभागले कम प्रति राहदानी खरिद गरे पनि सर्भरको साइज बिड बढाउनुपर्ने थियो जुन भएन,’ ती महानिर्देशकले भने, ‘त्यही कारण वेबसाइट खोल्न र फाराम भर्नमै सेवाग्राहीले सास्ती पाइरहेका छन् ।’

विभाग स्रोतका अनुसार नेपालले विद्युतीय राहदानी जारी गरेको तीन महिनादेखि नै सेवाग्राहीको चापका कारण समस्या आउन थालेको थियो । तर विद्युतीय राहदानी भित्रिएको खुसियालीमा मन्त्रालय र विभाग आनन्दले बसे । जब–जब त्यसको असर सेवा प्रवाहमा पर्न थाल्यो, त्यसको समाधान गर्नुको साटो परराष्ट्र र विभागले समाधानको प्रक्रिया नै थालेनन् । ‘मन्त्रालय र विभागले राहदानी र सर्भर खरिद गर्दा त्यसको सम्पूर्ण पक्ष हेर्नेभन्दा पनि कर्मचारी नेपालका प्रतिनिधित्वकर्ताको विश्वासमा परे, जसले समस्या ल्यायो,’ ती पूर्वमहानिर्देशक भन्छन् ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले यसअघि सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू गर्दा पनि यस्तै चाप परेको थियो । त्यसबेला पनि जनताले सास्ती पाएका थिए । १२ वर्षअघि भएको चापका बारेमा परराष्ट्र मन्त्रालयमा रहेका राहदानी विभागका पूर्वमहानिर्देशकहरूले पूर्वअनुमान गर्न सक्थे । तर सबैले सेवा सहज बनाउनेतर्फ भूमिका निर्वाह गरेनन् ।

‘यस पटक पनि पहिले एमआरपी जारी गरेजस्तो विद्युतीय राहदानी जारी गरियो, नयाँ प्रविधि र यसले भित्र्याउने चापको विषयमा कसैले ध्यान दिएनन् । जसको असर अहिले सेवाग्राहीलाई प्रत्यक्ष पर्‍यो,’ विभागका एक पूर्वनिर्देशकले भने, ‘वैदेशिक रोजगारीमा यति धेरै नेपाली छन्, त्यसलाई हेरेर सर्भरको क्षमता ठूलो चाहिन्थ्यो तर राहदानी खरिद गर्दा र सर्भरको साइज बिड टेन्डर गर्दा त्यसलाई ख्याल गरिएन ।’ नेपालमा मात्र होइन, विदेशमा रहेका नेपाली सेवाग्राहीले पनि आवेदन फाराम भर्न खोज्दा वेबसाइटमा समस्या आउने गरेको छ । सर्भर डाउन हुने समस्याले उनीहरूले झनै सास्ती भोग्दै आएका छन् ।

राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादव अहिलेको सर्भरको समस्या हटाउन थप क्षमता बढाउनुपर्नेमा सहमत छन् । ‘स्रोत साधन बाँडफाँट मिलाएर सम्बन्धित कम्पनीबाट थप सर्बर भित्र्याउन सकिन्छ,’ उनले भने, ‘अरू बेला साइट मज्जाले चल्छ । सर्भरको समस्या पनि विभागको फाराम खोल्ने बेलामा मात्र देखिने हो । त्यसका लागि विभागले मन्त्रालयसँग सहकार्य गरेर केही उपाय निकाल्छ ।’

जिल्ला प्रशासन कार्यालयहरूले पर्याप्त राहदानी वितरणमा सहज भूमिका निर्वाह नगर्दा जिल्लाबाट राहदानी लिन काठमाडौंस्थित राहदानी विभागको कार्यालयमै आउनुपर्ने बाध्यता छ । जिल्लाबाट ५ हजारमा पाइने राहदानी काठमाडौंमा विभागमा आएपछि कम्तीमा पनि १२ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । माग बढी भए पनि राहदानी आपूर्ति कम छ । अहिले दैनिक १० हजारभन्दा बढी राहदानी माग हुन्छ ।

विभागले देशभित्र र बाहिर ६ हजारमात्र राहदानी वितरण गर्छ । विभागले केन्द्रबाट दैनिक १७ सय सेवाग्राहीका लागि नयाँ अनलाइन आवेदन खुलाउँछ, जुन मागको तुलनामा निकै कम हो । महानिर्देशक यादव भने केन्द्रमा दैनिक फाराम खोल्ने र त्यसपछि समस्या आए सच्याउने गरी २२ सय सेवाग्राहीलाई हरेक दिन वितरण भइरहेको दाबी गर्छन् ।

जाडोयाममा ४ बजे बिदा हुने भएकाले करिब तीन सय कम राहदानी जारी हुन्छ । गर्मीयाममा भने करिब दुई हजारको हाराहारीमा हरेक दिन राहदानी जारी हुन्छ । ‘सर्भरको समस्या समाधान गर्न सके मागअनुसार पूर्ति गर्न गृहकार्य थाल्छौं,’ उनले भने । मन्त्रालयसँग समन्वय भइरहेकाले केही महिनामै परिणाम देखिने उनको भनाइ छ ।

विभागबाट १७ सय हाराहारी राहदानी वितरण हुन्छ भने ७७ जिल्ला, १७ इलाका प्रशासन कार्यालय र विदेशमा रहेका ३८ कूटनीतिक नियोगबाट पनि वितरण हुन्छ । विभागमा हाल इनरोलमेन्ट स्टेसन (फर्म स्वीकृत गर्ने र फोटो खिच्ने) २० वटा ठाउँ छन् । एउटा इनरोलमेन्ट स्टेसनबाट दिनमा कम्तीमा एक सय ३० देखि २०० सम्म फोटो खिच्ने र फारामलाई स्वीकृत गर्ने गरिन्छ ।

‘सेवाग्राहीलाई सहज रूपमा उपलब्ध गराउन जिल्लाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले जिल्ला प्रशासन कार्यालयले सम्बन्धित जिल्लाबाटै आफ्ना नागरिकलाई सेवा लिन प्रेरित गरे समस्या निकै घट्छ,’ महानिर्देशक यादवले भने ।

जिल्लालाई सक्रिय बनाउन यसअघि पनि पटक–पटक गृह र परराष्ट्र मन्त्रालयबीच बैठक भएका थिए । ‘सरकारले चाहेमा करिब ४० लाख रुपैयाँमा सर्भर थप गर्न सक्छ,’ विभागका एक अधिकृतले भने, ‘एउटा राहदानी लिन काठमाडौंमा आउनुपर्ने बाध्यता हुन्न । त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी थपेर काम गर्नुपर्‍यो ।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार विभागका महानिर्देशक यादवलाई मन्त्रालयमै बोलाएर राहदानीमा देखिएको समस्याबारे जानकारी लिएका थिए । यादवले सर्भरको क्षमता कमजोर रहेको र जिल्ला प्रशासनहरूले सक्रिय भूमिका नखेल्दा सेवाग्राहीले सास्ती पाइरहेको जानकारी दिएको गृहका एक कर्मचारीले बताए । बुधबार विभागमै पुगेका गृहमन्त्री लामिछानेले अब जिल्लाबाटै राहदानी लिन जनतालाई प्रेरित गर्नुपर्ने बताएका थिए ।


Last Updated on: December 30th, 2022 at 9:01 pm


तपाईको प्रतिक्रिया