मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । १३ पुष, २०७९ ।

काठमाडाैँ । लामाे समय कार्यक्रम चलाएर नाम चलाएका प्रेम बानियाँले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछाने गृहमन्त्री भएपछि बधाई दिएका छन । उनले आलाेचनात्मक सुझावसहित बधाई दिएका छन ।

उनले सामाजिक संजाल फेशबुकमार्फत प्रिय रबिजी भन्दै हतारपुर्वक सरकारमा नगएकाे भए हुन्थ्याे भन्दै अब गइसकेपछि इतिहास रच्नेगरि काम गर्नुहाेस लगायत सुझावहरु दिएका छन ।

प्रेम बानियाँले आफ्नाे सामाजिक संजाल फेशबुकमा यस्ताे लेखेका छन

प्रिय रबिजी,
यति हतारपूर्वक सरकारमा नगएको भए हुन्थ्यो भनेको हूँ अब गइसकेपछि इतिहास रच्नेगरी काम गर्नुस्, बदला लिनुस् देश चुसेर डकारिरहेकाहरूसँग र देश बद्ल्ने हिम्मत लिनुस् । हामीले त्यतिकै देश छाडेका होईनौ, न त तपाईंले । अब बद्ल्ने ठाउँमा पुग्नुभएको छ नचुक्नुस् निशानाहरूमा । धेरै शुभकामना !

जाडोयाम लागेसँगै बालबालिकामा रुघाखोकी तथा निमोनिया संक्रमण

काठमाडौँ — कान्ति बाल अस्पतालमा मंगलबार सितापाइलाकी चन्द्रकला पौडेल ओपीडी वार्डको बाहिर पालो कुरिरहेकी थिइन् ।९ वर्षीय छोरालाई १ हप्तादेखि खोकी लाग्ने समस्या भएपछि उनले अस्पताल ल्याएकी थिइन् ।

हिँड्न नसक्ने ती बालकलाई हरेक बिहान ७ बजे थेरापी सेन्टरमा लानुपर्ने र चिसोले भेटेको आमा पौडेल बताउँछिन् ।

उदयपुरकी सरिता राईले पनि रुघाखोकीकै समस्या लिएर आफ्नो ४ वर्षीय छोरोलाई अस्पताल ल्याएकी थिइन् । ३ दिनदेखि खोकी बढेपछि अस्पताल ल्याएको उनले बताइन् । चिसो बढेसँगै बालबालिकामा रुघाखोकी तथा निमोनिया संक्रमण बढेको पाइएको छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले दैनिक ५०० देखि ६०० ओपीडी र इमरजेन्सीमा १०० हाराहारीमा बिरामी उपचारका लागि आइरहेको बताए । उनले गर्मी मौसमजस्तो बिरामीको संख्या नभए पनि रुघाखोकी तथा निमोनिया संक्रमणका समस्या लिएर आउने भने बढेको बताए ।

उनले भने–…‘रुघाखोकी, दमजस्तो घ्यारघ्यार हुने । निमोनिया, झाडापखालाका बिरामीहरु आइरहेका छन् ।’ उनले जाडोमा बालबालिकाहरुलाई जोगाउन चिसोबाट बचाउने, रुघाखोकी लाग्न नदिन भिडभाडमा नजाने, प्रशस्त मात्रामा झोलिलो खानेकुरा खुवाउने, मास्क लगाउने र बच्चाले खान नसक्ने भएमा, श्वास फेर्न गाह्रो भएमा, उच्च ज्वरो आएमा अस्पताल ल्याउनुपर्ने र रोटाभाइरस खोप र निमोनिया विरुद्धको खोप लगाउन सल्लाह दिए ।

अस्पतालका बाल छातीरोग विशेषज्ञ डा. जगत जीवन घिमिरे चिसो मौसम सुरु भएपछि बालबालिकामा भाइरल इन्फेक्सनहरु बढी देखिने भएकाले अभिभावकहरु सचेत हुनुपर्ने बताउँछन् । उनका अनुसार बालबालिकामा फ्लू तथा अरु श्वासप्रश्वासका समस्या बढ्न सक्छन् साथै झाडापखालाका समस्या पनि आउन सक्छन् ।

उनी भन्छन्–‘चिसो मौसममा दम भएको बालबालिकालाई दम तथा निमोनिया बढ्न सक्छ । भाइरल इन्फेक्सनले रुघाखोकी लाग्न सक्छ साथै उल्टी गर्ने, पातलो दिसा गर्ने समस्या पनि देखिएका छन् ।’ डा. घिमिरेले बालबालिकामा छिटोछिटो श्वास फेर्ने, घ्यारघ्यार हुने, पखाला नरोकिएमा, कोखा हान्नेजस्तो समस्या देखिए अस्पताल ल्याउन सुझाउँछन् ।

बच्चाहरुलाई रुघाखोकी लाग्नबाट बचाउन झोल खानेकुरा प्रशस्त खुवाउने, आमाको दूध खुवाउने, बच्चालाई दूध खुवाइराख्ने, जीवनजल खुवाउने, नाक बन्द भएमा सफा गर्दिने र ज्वरो आएमा डोज मिलाएर प्यारासिटामोल दिन सक्ने बताए ।

बाल स्वास्थ्य नर्सिङ विज्ञ डा. सुरक्षा सुवेदीले बालबालिकालाई चिसोबाट जोगाउन घाम नै मुख्य औषधि रहेको बताउँदै बालबालिकालाई केही समय भए पनि घाममा राख्न जरुरी रहेको बताउँछिन् । उनका अनुसार साना बच्चाहरुलाई घाममा राखेर तेल मालिस गर्दा त्यसले धेरै रोगहरुबाट बचाउन मद्दत गर्छ ।

उनी भन्छिन्–‘बच्चाहरुलाई बिहान र सुत्ने बेलामा मनतातो पानी खुवाउनु जरुरी छ । स्कुल जाने बच्चाहरु धेरै घाममा बस्न पाउँदैनन् ।पिरियडको बिचमा एकछिन भए पनि घाममा बालबालिकालाई खेल्न पठाउने गर्नुपर्छ । दिनभरी क्लसामा बस्दा चिसो लाग्न सक्छ ।’ उनले रुघाखोकी लाग्दैमा जथाभावी एन्टिबायोटिक नदिन अभिभावकहरुलाई आग्रह गर्छिन् ।

‘अदुवा, तुलसीको पात, बेसार तातोपानीमा राखेर खुवाउनुपर्छ । यसले धेरै निको बनाउँछ,’ उनले भनिन् । जाडो मौसममा बच्चाहरुलाई ठिक्कको लुगा लगाइदिन आग्रह गर्दै पसिनाले पनि चिसो गर्न सक्ने डा. सुवेदीको भनाइ छ । भन्छिन्–‘पसिनाले चिसो भएर बच्चालाई निमोनिया हुन सक्छ ।’

कोइराला समूहको निष्कर्ष : पार्टीभित्रको ‘सानो गिरोह’को सत्तालिप्साले सबै गुम्यो

काठमाडौँ — नेपाली कांग्रेसका शेखर कोइराला – गगन थापा समूहले सभापति शेरबहादुर देउवासहितको ‘सानो गिरोह’को सत्ता लिप्साले सबै गुमेको निष्कर्ष निकालेको छ । सो समूहको बुधबार बिहान राजधानीमा भएको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।

‘सत्तालिप्सा, स्वार्थ केन्द्रित सानो गिरोहको धारणाले यो परिस्थिति आइपुग्यो,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘संस्थागत निर्णय नहुँदा यस्तो अवस्थामा आयो भन्ने हाम्रो निष्कर्ष छ ।’

कोइराला र महामन्त्री गगन थापासहितका नेताहरू बुधबारको भेलामा सहभागी रहेका थिए । भेलामा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेल भने अनुपस्थित थिए ।

सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफूले पाउनु पर्ने अडान राखेपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको थियो । माओवादी केन्द्र र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस संघमा मात्रै नभएर प्रदेशमा पनि सबै प्रमुख पद गुमाउने अवस्थामा पुगेको छ ।

प्रधानमन्त्री दाहाल देउवासँग सरकार गठनबारे सहमति हुन नसकेपछि केपी ओलीसँग सहमति गर्न बालकोट पुगेका थिए । त्यसपछि शेखर-गगन समूहका नेताहरूले यस्तो अवस्था आउनुको पछाडि देउवा समूहका नेताहरू दोषी रहेको बताउँदै आएको छन् । थापाले भने सरकार गठनका विषयमा दाहालसँगको छलफलमा आफूहरूलाई नबोलाएको भन्दै यसअघि नै असन्तुष्टि जनाइसकेका थिए ।

एमालेसहितको सात राजनीतिक गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका छन् । एमाले र माओवादीबीच आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ । शेखर- गगन समूहले प्रदेशमा आफ्नो पक्षबाट संसदीय दलको नेतामा कसलाई अघि सार्ने र पुस २२ मा हुने केन्द्रीय कार्य समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल गर्न बुधबार बिहान बैठक गरेको थियो । समूहका धेरै नेताहरु बाहिर भएकाले छलफललाई निरन्तरता दिने गरी बैठक सकिएको थियो ।


Last Updated on: December 28th, 2022 at 11:37 pm


१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया