मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


सुभद्रासँग एक छान खाने पनि पैसा थिएन, ५०० माग्दा अपरिचित मानिसहरूले ८० लाख रूपैयाँ दिए

प्रकाशित मिति । पुष, २०७९ ।

काठमाडौं । केरलामा आर्थिक संकटबाट गुज्रिरहेकी एक महिलालाई अपरिचित व्यक्तिहरूले उदारतापूर्वक मद्दत गरे। सामाजिक सञ्जालमा क्राउडफन्डिङमार्फत महिलाले ५० लाख भारतीय रूपैयाँ (८० लाख नेपाली रूपैयाँ) भन्दा बढीको चन्दा पाएकी छिन् ।

उनी आफ्ना छोराछोरीकी शिक्षककहाँ ५ सय रुपैयाँ ऋण माग्न गएकी थिइन् । पछि सोही शिक्षकले महिलालाई सहयोग गर्न क्राउडफन्डिङ अभियान सुरु गरिन् ।

बीबीसीको रिपोर्ट अनुसार ४६ वर्षीया सुभद्रा आफ्नो पतिको मृत्युपछि जीवन धान्न संघर्ष गरिरहेकी थिइन् । बालबालिकालाई खुवाउने पैसा पनि थिएन । यस्तो अवस्थामा उनले आफ्ना छोराछोरीको महिला शिक्षिकासँग ५ सय रुपैयाँ ऋण मागिन् ।

सुभद्राको अवस्था देखेर शिक्षिका भावुक भइन् र सामाजिक सञ्जालमा उनलाई थप रकम जुटाएर सहयोग गर्न क्राउडफन्डिङ अभियान सुरु गरिन् । सोमबारसम्म सुभद्राले क्राउड फण्डिङबाट ५४ लाख ३० हजार रुपैयाँ प्राप्त गरेको बताइएको छ ।

तीन छोरामध्ये कान्छोलाई ‘सेरेब्रल पाल्सी’को समस्या भएकाले सुभद्राले काम गर्न सकिनन् । यस्तो अवस्थामा बच्चाको निरन्तर हेरचाह आवश्यक हुन्छ।

गत शुक्रबार सुभद्राले आफ्ना छोराछोरीलाई खानेकुरा नभएको भन्दै स्थानीय विद्यालयकी शिक्षिका गिरिजा हरिकुमारसँग सहयोग मागिन् । सुभद्राको कुरा सुनेर गिरिजाले एक हजार रुपैया दिइन् । यसपछि शिक्षिका गिरिजा सुभद्राको घरमा गइन् र उनले साँच्चै गरिब जीवन बिताइरहेको थाहा पाइन् ।

गिरिजा भन्छिन्– भान्साकोठामा एक मुट्ठी अनाज थियो र बच्चाहरूलाई खान केही थिएन । परिवारका लागि अपुग हुने भएकाले सुभद्रालाई थोरै रकम दिनुको कुनै अर्थ छैन भन्ने लाग्यो । त्यसैले क्राउडफन्डिङ अभियान सुरु गरेको थिएँ, ताकि ठूलो रकम जम्मा गर्न सकियोस्।

सुभद्राको परिवारको अवस्थाबारे गिरिजा हरिकुमारले फेसबुकमा पोस्ट लेखेकी छिन् । यो पोस्टमा उनले सुभद्रालाई सहयोग गर्न जनतालाई अपिल गरेकी छिन् । सुभद्राको बैंक खाताको विवरण पनि पोष्टमा दिइएको थियो । यो पोस्ट केही समयमै भाइरल भयो र सुभद्राको खातामा ५० लाखभन्दा बढी आयो ।

अपरिचितहरूले उनको खातामा ठूलो दान दिए।

रामेछापका किसानको गुनासो- ‘हामीले फलाएको जुनार बिचौलियाले सिन्धुलीको भनेर बेच्छ’

रामेछापमा उत्पादन हुने जुनारलाई सिन्धुलीको भन्दै बिक्री गरिदिँदा यहाँको मौलिक उत्पादनको पहिचान हराउँदै गएको भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन्

रामेछाप — रामेछापका किसानहरूले बगैंचामा जुनार उत्पादन बढाउँदै गुणस्तर वृद्धि गरे पनि मौलिक पहिचान दिलाउन सकिरहेका छैनन् । रामेछापमा उत्पादित जुनारलाई पनि सिन्धुलीको जुनार भनेर बिक्री गरिँदै आएको किसानहरूको गुनासो छ ।

‘हामीले उत्पादन गरेको जुनारलाई रामेछापकै पहिचान दिने गरी बजारीकरण गर्नुपर्ने आजको आवश्यकता हो । हाम्रा बगैंचाबाट फल लाने अनि सिन्धुली, खुर्कोट र रातामाटे बजारमा सिन्धुलीको जुनारको नामले बिक्री गर्ने चलन छ,’ रामेछापका किसान विकास तामाङले भने ।

किसानसँग खरिद गरेर बजारमा जुनार बिक्री गर्ने व्यापारीहरूले गर्दा जिल्लाकै पहिचान गुमाउने चिन्ता देखिएको तामाङ बताउँछन् । त्यसो त, सिन्धुलीको भन्दा पनि गुणस्तरीय जुनार रामेछापमा उत्पादन हुने गरेको यहाँका किसानहरूको दाबी छ ।

‘सिन्धुलीको जुनारभन्दा राम्रो जुनार हाम्रो बगैंचामा छ तर हामीले पहिचान दिन सकेनौं । हामी दु:ख गर्छौं, बिचौलिया सिन्धुलीको भनेर बेच्छ र खानेले सिन्धुलीको जुनार खाएँ भनेर प्रचार गर्छ, यस्तो भएन,’ तामाङको गुनासो छ ।

कृषि तथा बागवानीले फलको गुणस्तर परीक्षण गर्दा प्राय: रामेछापको जुनार नै पहिलो हुने गरेको छ । ‘यहाँको जुनार ए ग्रेडको धेरै छ, गुलियो र अन्य तत्वसमेत राम्रो छ, ’ ओख्रेनीका जुनार उत्पादक किसान शेरबहादुर तामाङ भन्छन्, ‘तर प्रचार पुगेन, अरुले झुक्याएर आफ्नो बनाए । सिन्धुलीले उत्पादन गरेको सिन्धुलीकै भनेर बेचोस् हामीले रामेछापको भनेर बेचौं त्यति भए पहिचान जोगिन्छ ।’

तुलनात्मक रुपमा सिन्धुलीको दाँजोमा रामेछापका किसानहरू सस्तोमा जुनार बिक्री गर्छन् । रामेछापको जुनार बगैंचामा प्रतिकेजी बढीमा ६५ रुपैयाँ पर्ने जुनार स्थानीय बजारमा पुग्दा ७० देखि ८० रुपैयाँमा बिक्री हुन्छ । तर सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्ग र सिन्धुलीमा जुनार प्रतिकेजी १ सयभन्दा बढी पर्छ । रामेछापबाट सिन्धुलीतर्फ धेरै जुनार जाने गरेको छ ।

किसानले दु:ख गरेर राम्रो फल उत्पादन गरे पनि जिल्लाको जुनारले पहिचान पाउन नसकेपछि जिल्लामा संचालित प्रधानमन्त्री कृषि आधुनिकी परियोजना, जुनार जोन कार्यक्रमले यस वर्षदेखि बजारीकरणमा प्याकेजिङ र लेबलिङको काम थालेको छ । यस वर्ष थोरै काम सुरु गरेको र स्थानीय सरकार तथा अन्य साझेदार निकायले यसमा चासो दिँदान रामेछापको जुनारको पहिचान जोगाउन सकिने परियोजना रामेछापका प्रमुख थिरलाल गैह्रेले बताए ।

तर बजारमा जाने ए ग्रेडको जुनारलाई स्याउमा झैँ नउक्किने स्टिकर टाँसेर पठाउन सके पहिचान नगुम्ने उनले बताए । बुधबार मन्थलीमा आयोजित एक कार्यक्रममा रामेछापको जुनार उत्पादनमा गुणस्तर बढाउन र बजारीकरणमा देखिएका समस्याको समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले बताए ।

सरकार जो सुकैको भए पनि रामेछापको समग्र विकासका लागि मिलेर काम गर्ने जाँगर आफूमा रहेको र अरु जनप्रतिनिधिले पनि साझा मुद्दामा समान धारणा बनाएर विकासको काम गर्नुपर्ने उनले बताए ।

परियोजना र रामेछाप नगरपालिकाले जुनारको व्यवसायिक उत्पादन हुने क्षेत्रमा अभियानको रुपमा रोग किराविरुद्ध विषादी छर्ने अभियान संचालन गरेकाले रोग किरा नियन्त्रण गर्न सकिएको गैह्रेले बताए । रामेछापमा करिब १५ हजार मेट्रिक टन जुनार उत्पादन हुने अनुमान गरिएको छ । रामेछाप नगरपालिकाको सुकाजोर, ओख्रेनी, रामपुर, रामेछाप र हिमगंगामा व्यवसायिक रुपमा जुनारको खेती हुँदै आएको छ ।


Last Updated on: December 28th, 2022 at 9:36 pm


१६५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया