सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


जेल भित्रै जिम गर्न सुरु गरेका पल शाहले पढ्दैछन् यी तीन फिल्मको स्क्रिप्ट

प्रकाशित मिति । १३ पुस, २०७९ ।

काठमाडौं । हाल थुनामा रहेका अभिनेता पल शाहको जेलमा नै ब्इस्त दैनिकी सुरु भएको छ । नाबालिकामाथि ब लात्का रको मुद्दामा थुनामा रहेका उनलाई भेट्न हिजोआज फिल्म कर्मीहरु पनि कामकै सल्लाहका लागि जाने गरेका छन् ।

आइतबार पललाई भेट्न फिल्म निर्माता किरण नेपाली पनि कारागार पुगे । पलले कुराकानीका क्रममा कारागारभित्रै रहेर तीनवटा फिल्मको स्क्रिप्ट पढिरहेको बताएका छन् ।

तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौ न दु रुपयोगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको जेल सजाय पाइसकेका पलले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।

तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी तोकेको छ । सोही दिन नै फैसला आउन सक्ने सम्भावना रहेका बेला यदि पल रिहा हुने अवस्था आए आफ्ना आगामी फिल्म ‘दुई नम्बरी’को दोस्रो सिक्वेलमा लिने समेत किरणले बताए ।

कारागारभित्रै जिम लगायतका शारीरिक व्यायाम गर्दै आएका पललाई अहिले नै ‘हात्तीछाप’ , ‘२ नम्बरी’ जस्ता फिल्महरुको अफरले पल थप उत्साहित बनेका छन् ।

कोइराला समूहको निष्कर्ष : पार्टीभित्रको ‘सानो गिरोह’को सत्तालिप्साले सबै गुम्यो

काठमाडौँ — नेपाली कांग्रेसका शेखर कोइराला – गगन थापा समूहले सभापति शेरबहादुर देउवासहितको ‘सानो गिरोह’को सत्ता लिप्साले सबै गुमेको निष्कर्ष निकालेको छ । सो समूहको बुधबार बिहान राजधानीमा भएको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।

‘सत्तालिप्सा, स्वार्थ केन्द्रित सानो गिरोहको धारणाले यो परिस्थिति आइपुग्यो,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘संस्थागत निर्णय नहुँदा यस्तो अवस्थामा आयो भन्ने हाम्रो निष्कर्ष छ ।’

कोइराला र महामन्त्री गगन थापासहितका नेताहरू बुधबारको भेलामा सहभागी रहेका थिए । भेलामा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेल भने अनुपस्थित थिए ।

सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफूले पाउनु पर्ने अडान राखेपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको थियो । माओवादी केन्द्र र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस संघमा मात्रै नभएर प्रदेशमा पनि सबै प्रमुख पद गुमाउने अवस्थामा पुगेको छ ।

प्रधानमन्त्री दाहाल देउवासँग सरकार गठनबारे सहमति हुन नसकेपछि केपी ओलीसँग सहमति गर्न बालकोट पुगेका थिए । त्यसपछि शेखर-गगन समूहका नेताहरूले यस्तो अवस्था आउनुको पछाडि देउवा समूहका नेताहरू दोषी रहेको बताउँदै आएको छन् । थापाले भने सरकार गठनका विषयमा दाहालसँगको छलफलमा आफूहरूलाई नबोलाएको भन्दै यसअघि नै असन्तुष्टि जनाइसकेका थिए ।

एमालेसहितको सात राजनीतिक गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका छन् । एमाले र माओवादीबीच आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

शेखर- गगन समूहले प्रदेशमा आफ्नो पक्षबाट संसदीय दलको नेतामा कसलाई अघि सार्ने र पुस २२ मा हुने केन्द्रीय कार्य समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल गर्न बुधबार बिहान बैठक गरेको थियो । समूहका धेरै नेताहरु बाहिर भएकाले छलफललाई निरन्तरता दिने गरी बैठक सकिएको थियो ।

कर्णाली एमाले : संसदीय दलको नेतामा कँडेल सर्वसम्मत

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलको नेतामा यमलाल कँडेल चयन भएका छन् । स्थायी कमिटी सदस्य रहेका कँडेललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरिएको एमाले कर्णाली प्रदेश प्रचार विभाग प्रमुख सूर्यमणि गौतमले जानकारी दिए ।

बुधबार बसेको एमालेको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरिएको उनले बताए । यसअघि संसदीय दलको नेतामा एमालेका प्रदेश कमिटी अध्यक्ष विनोद शाहले पनि इच्छा राखेका थिए ।

कँडेल अघिल्लो पाँच वर्षे कार्यकालमा पनि एमालेको कर्णाली संसदीय दलको नेता थिए ।

सूचीकृत बाहेकका भाषामा शपथ नराउन माग

जनकपुर — भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा कार्यरत ९ अग्रणी संस्थाले राष्ट्रिय जनगणना तथा भाषा आयोगले सूचीकरण गरे बाहेकको भाषामा प्रदेश सांसदहरुलाई शपथग्रहण नगराउन मधेस प्रदेश संसद्‍ सचिवालयसँग माग गरेका छन् ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मिथिला नाट्यकला परिषद्का अध्यक्ष प्रमेश झा, रमानन्द युवा क्लवका अध्यक्ष मनमोहन साह, मैथिली साहित्यकार सभाका अध्यक्ष प्रेम विदेह ललन, रंग वाटिका नेपालका अध्यक्ष उपेन्द्र भगत नागवंशी र रंग दर्पणका अध्यक्ष रितेश कुमार साहलगायत भाषा अभियन्ताहरूले मधेस प्रदेश सांसद सचिवालयका सचिव रञ्जितकुमार यादवलाई बुधबार यस सम्बन्धमा लिखित ध्यानाकर्षण गराएका छन् ।

संयुक्त ध्यानाकर्षणपत्रमा नेपाल सरकारको आधिकारिक दस्तावेजहरुले चिन्दै नचिनेको मधेसी भाषामा शपथग्रहण गर्न दिएर संघीय संसद्‍ सचिवालयले मुलुकमा भाषा विवाद सिर्जना गरेको बताइएको छ । ‘संघीय संसद्‍ सचिवालयको यस क्रियाकलापले मुलुकमा बोलिने १२३ भाषाभाषीहरुको पहिचानमाथि कुठाराघात भएको हाम्रो मान्यता छ,’ ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

ध्यानाकर्षणपत्रमा पुस ७ गते भाषा आयोग र केन्द्रीय तथ्यांक विभागको दस्तावेजमा सूचीकरणमा परेका बाहेकको भाषामा केही संघीय सांसदले गरेको शपथ बदर गरी पुनः शपथ ग्रहण गराउन मागसमेत गरिएको छ । यसैगरी पुस १५ गते हुने मधेस प्रदेश सांसदहरुको शपथ पनि सूचीकृत बाहेकको भाषामा नगराउन माग गरिएको छ ।

पुस ७ गते संघीय सांसदहरुले शपथग्रहण गर्ने क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका तीन सांसदले मधेसी भाषामा शपथ लिएका थिए । सरकारी दस्तावेजहरुले चिन्दै नचिनेको भाषामा शपथग्रहण गरेको भन्दै सोही दिन सन्ध्या राउतको संसदीय क्षेत्र राजविराजमा विरोध प्रदर्शनसमेत भएको थियो ।

मधेसी भाषामा लिएको शथप बदर गर्न सर्वोच्चमा मुद्दा हाल्ने यहाँका संघ संस्थाहरुले निर्णय गरेका छन् । मंगलबार बसेको भाषा सम्बन्धी संगठनहरूको संयुक्त बैठकले संघीय सचिवालयमा लिइएको शपथ बदर गर्न तथा मधेस प्रदेश संघीय सचिवालयले सूचीकृतबाहेकको भाषामा शपथग्रहण गर्न नदिन निशेधाज्ञा माग गर्दै सर्वोच्चमा मुद्दा हाल्ने निर्णय गरेको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए ।

‘मातृभाषा मानिसको सबभन्दा प्रिय पहिचान हो । सबै भाषाभाषीले अ–आफ्ना मातृभाषाप्रति सम्मान प्रकट गरुन् भने हाम्रो मान्यता हो । भाषाको नाममा राजनीति गर्न खोज्नु दुःखद हो,’ मिथिला नाट्य कला परिषदका पूर्वअध्यक्ष सुनिल कुमार मल्लिकले भने ।

मधेस प्रदेश संसद सचिवालयका सचिव रञ्जित कुमार यादवले यस विषयमाथि सर्वदलीय बैठकमा छलफल गर्ने बताए । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘जहाँसम्म मलाई जानकारी छ, मधेसी भाषामा शपथग्रहण गर्ने संघीय सांसदहरुले कोस्टमा मैथिली पनि लेखेका छन् ।’


Last Updated on: December 28th, 2022 at 6:05 pm


१३२०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया