मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । ११ पुस, २०७९ ।

काठमाडौ । सरकार गठनको प्रक्रियालाई लिएर पछिल्लो चरणमा काठमाडौंका मेयर बालेन्द्र शाहले एकपछि अर्को धारणा राखेका छन । यतिबेला सरकार गठन भन्दा उनका स्टेटसहरु भाइरल भैरहेका छन ।

सरकार गठनको लागि संबिधनमा व्यवस्था भए अनुसार दलहरुले आ-आफ्नो पक्षमा बहुमत जुटाउन गरिएका हर प्रयासहरु संसदीय व्यवस्थाको सामान्य चरणहरु हुन । दलहरु पनि चरणबद्ध रुपमा छलफल गरेर जता बहुमत जुट्छ त्यसरी नै सरकार निर्माण गर्ने क्रममा थिए र निर्णय लिए ।

यो चरणमा माओवादी-काँग्रेससहित र माओवादी-एमालेसहितको दलहरुको छलफल भयो र अन्तमा माओवादी-एमालेसहितका दलहरुको पक्षमा बहुमत प्राप्त भयो । हो यी प्रक्रियाहरु राजनीति बुझेको मानिसको लागि एउटा सामान्य प्रक्रिया हुन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल, जनमत पार्टी, जसपासहित गरि १६६ सांद तयार भएर राष्ट्रपतिसमक्ष पेश गरे । राजनीति बुझेको मानिसको लागि यो नौलो कुरा होइन ।

माओवादी-कांग्रेससहितको सत्ता गठबन्धनमा कांग्रेसले पुरानो सहमति कार्यान्वयन नगरेपछि राजनीति यो कोर्षमा जानू स्वभाविक थियो । बहुमत जुटाउन आवश्यक भएकोले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासहित अन्य दलहरु पनि सरकारमा जानू पनि सामान्य प्रक्रिया हो ।

तर यो बिषयमा काठमाडौंका मेयर बालेन्द्र शाहको टाउको दुखाई किन ?

मेयर शाहले हिजो बेलुका ८ बजेर १३ मिनेटमा एउटा स्टेटस लेखेका छन जसमा उनले आफ्नो पद र मर्यादाको खिल्ली उडाएका छन । उनले एउटा महानगरको मेयर भएर जनताबाट निर्वाचित सांसदहरुलाई गफाडीहरु र व्यापारीहरु भनेर पदीय मर्यादा भुलेर अपमान गरेका छन ।

सर्वसाधारणले त भन्न मिल्दैन भने एउटा स्थानिय तहको कार्यकारी पदमा बसेको मेयर जस्तोले निर्वाचित सांसदहरुलाई यस्तो भन्ने अधिकार छैन । उनको यो स्टेटसमा पदीय मर्यादा बुझेका बुद्धिजीवीहरुले उनलाई सकारात्मक सल्लाह सुझाव दिएका छन भने उनका समर्थकले भने ताली ठोकेका छन ।

यहाँ भिडको पछि लाग्नेकी सत्यको पछि लाग्ने भन्ने मुख्य प्रश्न हो । हामीले आवेगका निर्णय र समर्थन भन्दा यथार्थ धरातलमा खास के हो त बुझ्नु अति आवश्यक हो ।

हेर्नुस काठमाडौका मेयर बालेन्द्रले शाहले Balen भन्ने उनको आधिकारिक फेशबुकमा शेर गरेको पोष्ट

नयाँ सांसदहरु,
नयाँ गफाडीहरु!
उही पुरानो देश ।
उही पुराना व्यापारीहरु ।

अहिले काठमाडौ महानगरमा उनीए दिन प्रतिदिन बिबादित बनिरहेका छन । कुनै योजना बिना धमाधम गरिबका झुपदीहरु र फुटपाथहरु भत्काउन शुरु गरेदेखी उनको चर्चा सकारात्मक भन्दा नकारात्मक रुपमा बढी चर्चा हुने गरेको छ ।

उनले भनेजस्तो काठमाडौ महानगरका वडा अध्यक्षहरुले उनलाई यस्तो भन्दा के हुन्छ होला ? उनले ती शब्द प्रयोग गर्दै गर्दा उनलाई भत्काउन मात्र जानेको डन जास्ता शब्दहरु प्रयोग गरेका ती कमेन्टहरु सामान्य रुपमा बुझिए के हुन्छ ?

कम बोलेर धेरै बिबादास्पद काम गरेका बालेन सामाजिक संजालमा त्यति अपडेट गर्दैन थिए तर हिजो देखि अहिलेसम्म सरकार गठनकै बिषयमा ३-३ वटा स्टेटस लेख्नुले उनी प्रती स्वतन्त्र हुन या कसैबाट परिचालित हुन भन्ने कुरामा प्रश्न खडा भएको छ । माओवादी-कांग्रेससहितको सरकार हुँदा चु नबोल्ने बालेन जब माओवादी-एमालेसहित रास्वपा र राप्रपासहितको गठबन्धन हुँदा खिल्ली उडाउने भाषाले उनी कसै न कसैबाट परिचालित भएको अनुमान धेरैको छ ।

उनले एउटा मात्र लेखेनन आज ४ घण्टा अगाडि मात्र routine of nepal banda भन्ने फेशबुक पेजमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड”र एमालेक अध्यक्ष केपी शर्मा ओली संगको फोटो राख्दै पोस्ट गरेको स्टाटसको स्क्रीनशट फोटो र बालकोटमा एमाले, माओवादी, स्वतन्त्र पार्टी, राप्रपासहितका दलहरुका नेताहरुको छलफलको बेला लिएको तस्बिरसमेत राखेर अर्को स्टेटस लेखेका छन ।

शाहलाई चुनाव जिताउन महत्त्वपूर्ण भुमीका निभाएको Routine of Nepal Banda को पोष्टलाई स्क्रीनशट फोटो र संयुक्त बठकको फोटोसहित अङ्ग्रेजी अल्फाबेटमा एउटा स्टेटस लेखेका छन । उनले लेखेको त्यो स्टेटसले के बुझाउछ भने उनलाई सरकार गठनको सामान्य प्रक्रिया पनि थाहा रहेनछ । मेयर जत्तिको मानिसले जाबो संबिधानमा व्यवस्था भएको सामान्य प्रक्रिया नजान्नु सिंगो महानगरको लागि दुखको कुरा हो ।

उनले लेखेको स्टेटस हेर्नुस

Hijo Euta Kavita Lekheko Thye,

Aaja Lekhdina.

Desh K ho? Byaapar ho? Khel Ho?

खासमा मेयर बालेनले भन्न खोजेको चाहिँ के हो ? सरकार गठनकै प्रक्रियामा नगैइ देशमा भद्रगोल मचचाउने वा त अरु केही ? कि उनले म पनि संबिधानले दिएको अधिकारमा टेकेर नै मेयर भएको हुँ भन्ने कुरा बिर्से यात उनी स्वतन्त्र नभै कुनै राजनैतिक दलको कार्यकर्ता बनेर बोलिरहेका छन, यसमा अनेक प्रश्न उठेका छन ।

यदि त्यस्तो होइन, कसैबाट परिचालित होइन वा उनको हैसियत नै यहि हो भने उनले यो स्तरको प्रतिक्रिया दिनु लज्जास्पद कुरा हो । यस्ता प्रतिक्रियाले उनको चेतना स्तर लनि छर्लङ्ग पारेको देखिन्छ ।

जब प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतीसहित एमाले, माओवादी, रास्वपा, राप्रपासहितका दलहरुको सहमतिमा १६६ जनाको हस्ताक्षर संकलन गरि राष्ट्रपतिसमक्ष पेश गरे त्यसपछी मेयर शाहले अर्को स्टेटस लेखेका छन । उनको यो स्टेटस भने राजावादी र गणतन्त्रवादी संगै सरकारमा जाने भन्नेमा प्रश्न चिन्ह गरेका छन ।

उनी स्वयं राजावादी वा गणतन्त्रवादी नखुलेको बेला उनको यसप्रकाराको अभिव्यक्तिले प्रश्न चिन्ह खडा गरेको छ । राप्रपा हुन वा रास्वपा संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था मानेर चुनाव लडेका छन ।

जुन व्यवस्था भित्र रहेर उनीहरुले चुनाव जिते ती सांसदहरु सरकारमा जानू हुन्न भनेर कहाँ लेखेको छ, यो प्रश्न बालेनको लागि हो ?

यदि कहिँ लेखेको छ भने प्रमाणसहित पेश गरि अर्को स्टेटस लेखून होइन भने जुनसुकै राजनैतिक दलहरु पनि सरकारमा सहभागी हुन सक्ने संबैधानिक व्यवस्था अध्ययन गरून् । उनका यस्ता बकम्फुसे धारणाले उनलाई जुन किसिमका समर्थन मिलेको थियो बिस्तारै खस्किने क्रम चलिरहेको छ ।

हेर्नुस उनले एक घण्टा अगाडि लेखेको स्टेटस

राजा फर्काउछु भन्ने,
राजा चाहिन्न भन्ने,
र ,
राजा मार्छु भन्ने तीनटै सरकारमा ।

हामी प्रजा सधै सास्तीमा ।

उनको यो अभिव्यक्त कानुनी रुपमा होस वा अन्य रुपमा होस एकदम गलत छ । उनले राजा मार्छु भन्ने खालको जुन शब्द प्रयोग गरेका छन भोलीक दिनमा यो शब्दले उनलाई अदालतसम्म पुर्‍याइन पनि सक्छ । एउटा संबैधानिक पदमा बसेको मेयरले यस्तो अभिव्यक्ति दिनु गैरजिम्मेवारपन मात्र होइन माफी दिन लाएको पनि छैन ।

मेयर भएको दिनदेखी बिबादै बिबादमा फसेका मेयर शाहले पदीय मर्यादा भुलेर दिएका पछिल्ला अभिव्यक्तिहरु निन्दनीय छन । उनका यी भिव्यक्तिहरुले उनी स्वतन्त्र या के भन्ने प्रश्न त जन्मायो नै त्यति मात्र होइन भर्खरै उदायको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि लक्षित गरेको बुखिएको छ ।

राजनैतिक रुपमा यो व्यवस्थालाई मानेर अगाडि बढेको स्वतन्त्र पार्टीलाई प्रश्न गर्नुमा कुनै तुक छैन । उनलाई सर्वसाधारण जस्तो तर्क दिन पनि छुट छैन ।

जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन

काठमाडौँ — जनता समाजवादी पार्टी(जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् ।

बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन यादव जसपा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको नेता नवलकिशोर साहले जानकारी दिए ।

रामसहाय पार्टी अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन् । जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आए पनि अध्यक्ष यादवनिकट रामसहायले बाजी मारेका हुन् ।

जसपा महासचिवसमेत रहेका यादवले २०४६ पछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०६४ मा पहिलो मधेस आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका उनी तत्कालीन मधेसी जनअधिकार फोरमको संस्थापक रही सुरुवातदेखि नै महासचिवको भूमिकामा थिए ।

संसदीय यात्रा भने उनले २०६४ बाट सुरु गरे । तत्कालीन फोरमबाटै बाराबाट संविधानसभा सदस्यमा निर्वाचित भएका उनी २०७४ मा पनि सोही ठाउँबाट दोहोरिएका थिए । उनी यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्रीसमेत बनेका थिए ।

सरकारको सहभागिता विषयमा निर्णय गर्न भने राजनीतिक समितिको बैठक पुस १८-१९ मा बस्ने भएको छ । महासचिव मनिष सुमनले सोही बैठकले सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने नेताको निर्णय गर्ने बताए ।


Last Updated on: December 28th, 2022 at 1:27 pm


६५९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया