मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । १२ पुस, २०७९ ।

काठमाडौ । माफियाका लागि हिटलर बन्न तयार भएका धरान उपमहानगरका मेयर हर्क सङपाङले कार्यक्रम प्रस्तोता रबी लामिछाने गृहमन्त्री भएकोमा खुसी व्यक्त गरेका छन ।

उनले Harka Sangpang A Revolution नामको फेशबुक मार्फत यश बारेमा दुईपटक आफ्ना धारणा राखेका छन । उनका यी दुई प्रतिक्रियाबाट प्रष्ट हुनछ कि उनी रबी गृहमन्त्री हुँदाउक्त क्षेत्रमा उल्लेख्य सुधार हुनेछ ।

उनले पहिलोपटक रबी गृहमन्त्री भएकोमा खुसी व्यक्त गर्दै अब केही तह लाग्छन भनेका छन । यसबाट प्रष्ट हुन्छ उनी रबीको त्यो सफलतामा खुसी छन ।

हेर्नुस उनको स्टेटस

रवी लामिछाने गृह मन्त्री बन्नु भएकोमा खुसी लाग्यो है ! अब केही तह लाग्छन् होला !

त्यसैग्गरी उनले आफुसजितको उनले गृहमन्त्री लामिछानेलाई बधाई दिँदै अब गुण्डाको राज खतम बनाउनुपर्छ भनेका छन ।

हेर्नुस पहिलो स्टेटस

हार्दिक बधाइ दिन चाहन्छु माननीय गृह मन्त्री ज्युलाई ! गुण्डाको राज खत्तम बनाउनु पर्छ अब !

माफियाका लागि ‘हिटलर’ बन्न तयार छु : हर्क साम्पाङ

मेयर साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बने : कार्यपालिका सदस्य

प्रकाशित मिति । १२ पुस, २०७ ।

काठमाडौ । धरान उपमहानगरपालिकाका अधिकांश वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पत्रकार सम्मेलन गरेर मेयर हर्क साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आराेप लगाएका छन्।

बिहीबार दिउँसो धरान उपमहानगरपालिका परिसरमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले कार्यपालिका बैठक बस्न नसक्नुमा मेयर साम्पाङले बैठकमा कार्यपालिका सदस्यलाई दिएको गैरजिम्मेवार अभिव्यक्ति भएको पनि बताए।

तीन महिनादेखि धरान उपमहानगरको कार्यपालिका बैठक बस्न सकेको छैन। बैठक नबस्दा विभिन्न नीतिगत निर्णय अड्किएका छन्।

गत असोज १४ गते बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङले कार्यपालिका सदस्य अनुप देवानलाई आफ्नो धारणा राख्ने क्रममा हकार्दै बाहिर निस्कन निर्देशन गरेपछि विवाद सुरु भएको थियाे।

उक्त अभिव्यक्तिप्रति आत्मालोचना गर्न माग राखे पनि मेयर साम्पाङले अस्वीकार गरी तोकआदेशको आधारमा नगर चलाउँछु भन्दै कार्यपालिका सदस्यहरूलाई अपमान गरेको उनीहरूको आरोप छ।

त्यसपछि कार्यपालिका सदस्यसँग सामान्य क्षमायाचन गर्नुपर्ने माग गरे पनि मेयर साम्पाङले मानेका छैनन्। पटक-पटक कार्यपालिका बैठक नभएपछि बिहीबार मेयर साम्पाङ स्वेच्छाचारी, गैरकानुनी र गैरजिम्मेवार भएको भन्दै कार्यपालिका सदस्यहरू पत्रकार सम्मेलन नै गरी मेयरविरुद्ध उत्रिएका हुन्।

मेयर साम्पाङले कार्यशैली परिवर्तन गरेर म नभई हामी भन्ने भावनाअनुरूप धरानको विकास गर्न एकताबद्ध रूपमा अघि बढ्ने वातावरण सिर्जना गर्न उनीहरूले माग गरेका छन्।

वडा नं १७ का अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता सूर्य भट्टराई (मनोज)ले नेतृत्वको रूपमा मेयर साम्पाङले बैठक सुचारु गर्न कुनै पनि पहल नगरेको बताए।

मेयर साम्पाङले अराजक र स्वेच्छाचारी प्रवृत्ति देखाएको पनि उनले बताए। मेयर साम्पाङले गैरसंवैधानिक र गैरकानुनी रूपमा तोकआदेशकै आधारमा काम गरिरहेको र त्यसको जवाफदेही नगर कार्यपालिका नहुने पनि उनीहरूले बताएका छन्।

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा मेयर साम्पाङले विभिन्न विकास निर्माणको लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक लगाएको, विनानिर्णय साबुन उद्योगको निर्माण कार्य सुरु गरेको, बिपी पार्कको नाम परिवर्तन गरी विनानिर्णय आफ्नो फोटो राखेर श्रम स‌ंस्कृति पार्क नामाकरण गरेको उल्लेख छ।

यस्तै, सामाजिक सञ्जाल (फेसबुक)मा तुच्छ शब्दहरू प्रयोग गरी गालीगलौज गर्दै प्रस्तुत भएको, जातीय सद्भाव खल्बलिने गरी नीच शब्द प्रयोग गरेर दलित समुदायको आत्मसम्मानमा चोट पुर्याएको, सेवाग्राहीहरूलाई हप्कीदप्की गर्नुका साथै राष्ट्रसेवक कर्मचारीलाई अपमानित गर्ने गरेकोलगायतका आरोप मेयर साम्पाङमाथि छन्।

मेयर साम्पाङले आफ्नो गल्ती स्वीकार गर्नेभन्दा पनि तोकआदेशको भरमा नगर चलाउँछु भन्दै कार्यपालिका सदस्यहरू धरान बिगार्न आएको भन्ने भ्रम फैलाइरहेको उनीहरूको भनाइ छ। साबुन उद्योगको संरक्षण समिति गठन गरेको विषयमा पनि प्रश्न उठेको छ।

मेयर साम्पाङले कार्यपालिका सदस्यहरूलाई इंगित गर्दै दैनिक फेसबुकमा स्टाटस लेख्दै आएका छन्। तर, कार्यपालिकाभित्रको समस्या समाधानका लागि भने कुनै ठोस पहलकदमी गरेका छैनन्।

कार्यपालिका सदस्यहरूले उनीविरुद्ध पत्रकार सम्मेलन गरेपछि मेयर साम्पाङले फेसबुक पेजबाटै पत्रकारहरूलाई आफ्नो कार्यकक्षमा बोलाएका छन्।

उनले थप लेख्दै, खोला बेचबिखन गर्न नदिँदा, भ्रष्टाचार गर्न नदिँदा, बेथिति मच्चाउन नदिई ६ महिनामै धरानमा परिर्वतन ल्याइदिएकाले मलाई निरंकुश भएको आरोप लगाएको बताए। ‘यत्तिको त केही होइन। माफियाहरूका लागि त हिटलर बन्न नि तयार छु। जय देश। जय मातृभूमि,’ उनले लेखेका छन्।

बुधबार मात्र उनले सामाजिक सञ्जालमा ‘चमारे बुद्धि’ भनेर स्टाटस् लेखेपछि दलित समुदायको अपमान गरेको भन्दै सरकारको आधिकारिक संस्था राष्ट्रिय दलित आयोगले विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ। धरान उपमहानगरका तीनजना दलित समुदायका कार्यपालिका सदस्यहरूले पनि विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन्।

हल्का हिमपातको सम्भावना

काठमाडौँ — पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आगामी २४ घण्टा प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने जनाएको छ ।

तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

हाल लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।


Last Updated on: December 27th, 2022 at 12:30 pm


१५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया