मंगलबार १४ चैत्र २०७९


रबी लामिछाने र राजेन्द्र लिङ्देन सरकारमा जाँदा बालेनको छट्पटी, भर्खरै फेरि लेखे लामो स्टाटस !

प्रकाशित मिति । ११ पुस, २०७९ ।

काठमाडौ । सरकार गठनको प्रक्रियालाई लिएर पछिल्लो चरणमा काठमाडौंका मेयर बालेन्द्र शाहले एकपछि अर्को धारणा राखेका छन । यतिबेला सरकार गठन भन्दा उनका स्टेटसहरु भाइरल भैरहेका छन ।

सरकार गठनको लागि संबिधनमा व्यवस्था भए अनुसार दलहरुले आ-आफ्नो पक्षमा बहुमत जुटाउन गरिएका हर प्रयासहरु संसदीय व्यवस्थाको सामान्य चरणहरु हुन । दलहरु पनि चरणबद्ध रुपमा छलफल गरेर जता बहुमत जुट्छ त्यसरी नै सरकार निर्माण गर्ने क्रममा थिए र निर्णय लिए ।

यो चरणमा माओवादी-काँग्रेससहित र माओवादी-एमालेसहितको दलहरुको छलफल भयो र अन्तमा माओवादी-एमालेसहितका दलहरुको पक्षमा बहुमत प्राप्त भयो । हो यी प्रक्रियाहरु राजनीति बुझेको मानिसको लागि एउटा सामान्य प्रक्रिया हुन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल, जनमत पार्टी, जसपासहित गरि १६६ सांद तयार भएर राष्ट्रपतिसमक्ष पेश गरे । राजनीति बुझेको मानिसको लागि यो नौलो कुरा होइन ।

माओवादी-कांग्रेससहितको सत्ता गठबन्धनमा कांग्रेसले पुरानो सहमति कार्यान्वयन नगरेपछि राजनीति यो कोर्षमा जानू स्वभाविक थियो । बहुमत जुटाउन आवश्यक भएकोले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासहित अन्य दलहरु पनि सरकारमा जानू पनि सामान्य प्रक्रिया हो ।

तर यो बिषयमा काठमाडौंका मेयर बालेन्द्र शाहको टाउको दुखाई किन ?

मेयर शाहले हिजो बेलुका ८ बजेर १३ मिनेटमा एउटा स्टेटस लेखेका छन जसमा उनले आफ्नो पद र मर्यादाको खिल्ली उडाएका छन । उनले एउटा महानगरको मेयर भएर जनताबाट निर्वाचित सांसदहरुलाई गफाडीहरु र व्यापारीहरु भनेर पदीय मर्यादा भुलेर अपमान गरेका छन ।

अरु त के देशकै चौथो पार्टी रास्वपा जसले २० सिट जितेको छ उसलाई एउटा स्थानीय तहको मेयरले सिकाको कत्ती पनि सुहाएन । अर्को कुरा १४ सिटसहित पाँचौ शक्ति भएको राप्रपालाई राजावादी सरकारमा जानू हुन्न भनेर उसले अर्ति उपदेश दिनुमा कुनै तुक छैन ।

भन्ने हो भन उनी आफै मेयर छन, राजावादी हुन कि गणतन्त्रवादी खुलेका छैनन तर अरुलाई उपदेश दिन्छन । यदि राजावादी सरकारमा जानू हुन्न भने उनी पनि राजावादीहुन भन्ने हल्ला छ मेयरबाट राजिनामा दिएर बसे हुँदैन र ?

उनका यी सबै औचित्यहीन गफ हुन । यसले उनको क्षमतामा प्रश्न चिन्ह खडा गरिरहने छ। अर्को कुरा उनले धरानका मेयर हर्कलाई मेरै लोरोबाट चुनाव जितेको भनेर जसरी अभिव्यक्ति दिएका थिए त्यसबाट बुख्न सकिन्छ राष्ट्रिय स्वतन्त्र पार्टी पनि मेरै कारणले आएको हो भन्ने बालेनको बुझाई छ ।

तर रबी लामिछाने बालेन जस्तो होइनन उनी लामो संघर्ष पछि राजनीतिमा प्रवेश गरेका हुन र बालेनभन्दा हजार अनुभव रबीमा छ । नेताहरुलाई गाली गरेर थोरै समर्थक बटुलेर एउटा स्थानीय तहको मेयर भएका बालेन र लामो समयसम्म काम गरेर देशकै चौथो पार्टीका अध्यक्ष भएका रबी लामिछानेलाई तुलना गर्नुनै मुर्खता हुन्छ ।

बालेनलाई पिर भनेकै रबी उदय हो, यो बारेमा ढिला चाँडो छर्लङ्ग हुने नै छ ।

सर्वसाधारणले त भन्न मिल्दैन भने एउटा स्थानिय तहको कार्यकारी पदमा बसेको मेयर जस्तोले निर्वाचित सांसदहरुलाई यस्तो भन्ने अधिकार छैन । उनको यो स्टेटसमा पदीय मर्यादा बुझेका बुद्धिजीवीहरुले उनलाई सकारात्मक सल्लाह सुझाव दिएका छन भने उनका समर्थकले भने ताली ठोकेका छन ।

यहाँ भिडको पछि लाग्नेकी सत्यको पछि लाग्ने भन्ने मुख्य प्रश्न हो । हामीले आवेगका निर्णय र समर्थन भन्दा यथार्थ धरातलमा खास के हो त बुझ्नु अति आवश्यक हो ।

हेर्नुस काठमाडौका मेयर बालेन्द्रले शाहले Balen भन्ने उनको आधिकारिक फेशबुकमा शेर गरेको पोष्ट

नयाँ सांसदहरु,
नयाँ गफाडीहरु!
उही पुरानो देश ।
उही पुराना व्यापारीहरु ।

अहिले काठमाडौ महानगरमा उनीए दिन प्रतिदिन बिबादित बनिरहेका छन । कुनै योजना बिना धमाधम गरिबका झुपदीहरु र फुटपाथहरु भत्काउन शुरु गरेदेखी उनको चर्चा सकारात्मक भन्दा नकारात्मक रुपमा बढी चर्चा हुने गरेको छ ।

उनले भनेजस्तो काठमाडौ महानगरका वडा अध्यक्षहरुले उनलाई यस्तो भन्दा के हुन्छ होला ? उनले ती शब्द प्रयोग गर्दै गर्दा उनलाई भत्काउन मात्र जानेको डन जास्ता शब्दहरु प्रयोग गरेका ती कमेन्टहरु सामान्य रुपमा बुझिए के हुन्छ ?

कम बोलेर धेरै बिबादास्पद काम गरेका बालेन सामाजिक संजालमा त्यति अपडेट गर्दैन थिए तर हिजो देखि अहिलेसम्म सरकार गठनकै बिषयमा ३-३ वटा स्टेटस लेख्नुले उनी प्रती स्वतन्त्र हुन या कसैबाट परिचालित हुन भन्ने कुरामा प्रश्न खडा भएको छ । माओवादी-कांग्रेससहितको सरकार हुँदा चु नबोल्ने बालेन जब माओवादी-एमालेसहित रास्वपा र राप्रपासहितको गठबन्धन हुँदा खिल्ली उडाउने भाषाले उनी कसै न कसैबाट परिचालित भएको अनुमान धेरैको छ ।

उनले एउटा मात्र लेखेनन आज ४ घण्टा अगाडि मात्र routine of nepal banda भन्ने फेशबुक पेजमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड”र एमालेक अध्यक्ष केपी शर्मा ओली संगको फोटो राख्दै पोस्ट गरेको स्टाटसको स्क्रीनशट फोटो र बालकोटमा एमाले, माओवादी, स्वतन्त्र पार्टी, राप्रपासहितका दलहरुका नेताहरुको छलफलको बेला लिएको तस्बिरसमेत राखेर अर्को स्टेटस लेखेका छन ।

शाहलाई चुनाव जिताउन महत्त्वपूर्ण भुमीका निभाएको Routine of Nepal Banda को पोष्टलाई स्क्रीनशट फोटो र संयुक्त बठकको फोटोसहित अङ्ग्रेजी अल्फाबेटमा एउटा स्टेटस लेखेका छन । उनले लेखेको त्यो स्टेटसले के बुझाउछ भने उनलाई सरकार गठनको सामान्य प्रक्रिया पनि थाहा रहेनछ । मेयर जत्तिको मानिसले जाबो संबिधानमा व्यवस्था भएको सामान्य प्रक्रिया नजान्नु सिंगो महानगरको लागि दुखको कुरा हो ।

उनले लेखेको स्टेटस हेर्नुस

Hijo Euta Kavita Lekheko Thye,

Aaja Lekhdina.

Desh K ho? Byaapar ho? Khel Ho?

खासमा मेयर बालेनले भन्न खोजेको चाहिँ के हो ? सरकार गठनकै प्रक्रियामा नगैइ देशमा भद्रगोल मचचाउने वा त अरु केही ? कि उनले म पनि संबिधानले दिएको अधिकारमा टेकेर नै मेयर भएको हुँ भन्ने कुरा बिर्से यात उनी स्वतन्त्र नभै कुनै राजनैतिक दलको कार्यकर्ता बनेर बोलिरहेका छन, यसमा अनेक प्रश्न उठेका छन ।

यदि त्यस्तो होइन, कसैबाट परिचालित होइन वा उनको हैसियत नै यहि हो भने उनले यो स्तरको प्रतिक्रिया दिनु लज्जास्पद कुरा हो । यस्ता प्रतिक्रियाले उनको चेतना स्तर लनि छर्लङ्ग पारेको देखिन्छ ।

जब प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतीसहित एमाले, माओवादी, रास्वपा, राप्रपासहितका दलहरुको सहमतिमा १६६ जनाको हस्ताक्षर संकलन गरि राष्ट्रपतिसमक्ष पेश गरे त्यसपछी मेयर शाहले अर्को स्टेटस लेखेका छन । उनको यो स्टेटस भने राजावादी र गणतन्त्रवादी संगै सरकारमा जाने भन्नेमा प्रश्न चिन्ह गरेका छन ।

उनी स्वयं राजावादी वा गणतन्त्रवादी नखुलेको बेला उनको यसप्रकाराको अभिव्यक्तिले प्रश्न चिन्ह खडा गरेको छ । राप्रपा हुन वा रास्वपा संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था मानेर चुनाव लडेका छन ।

जुन व्यवस्था भित्र रहेर उनीहरुले चुनाव जिते ती सांसदहरु सरकारमा जानू हुन्न भनेर कहाँ लेखेको छ, यो प्रश्न बालेनको लागि हो ?

यदि कहिँ लेखेको छ भने प्रमाणसहित पेश गरि अर्को स्टेटस लेखून होइन भने जुनसुकै राजनैतिक दलहरु पनि सरकारमा सहभागी हुन सक्ने संबैधानिक व्यवस्था अध्ययन गरून् । उनका यस्ता बकम्फुसे धारणाले उनलाई जुन किसिमका समर्थन मिलेको थियो बिस्तारै खस्किने क्रम चलिरहेको छ ।

हेर्नुस उनले एक घण्टा अगाडि लेखेको स्टेटस

राजा फर्काउछु भन्ने,
राजा चाहिन्न भन्ने,
र ,
राजा मार्छु भन्ने तीनटै सरकारमा ।

हामी प्रजा सधै सास्तीमा ।

उनको यो अभिव्यक्त कानुनी रुपमा होस वा अन्य रुपमा होस एकदम गलत छ । उनले राजा मार्छु भन्ने खालको जुन शब्द प्रयोग गरेका छन भोलीक दिनमा यो शब्दले उनलाई अदालतसम्म पुर्‍याइन पनि सक्छ । एउटा संबैधानिक पदमा बसेको मेयरले यस्तो अभिव्यक्ति दिनु गैरजिम्मेवारपन मात्र होइन माफी दिन लाएको पनि छैन ।

मेयर भएको दिनदेखी बिबादै बिबादमा फसेका मेयर शाहले पदीय मर्यादा भुलेर दिएका पछिल्ला अभिव्यक्तिहरु निन्दनीय छन । उनका यी भिव्यक्तिहरुले उनी स्वतन्त्र या के भन्ने प्रश्न त जन्मायो नै त्यति मात्र होइन भर्खरै उदायको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि लक्षित गरेको बुखिएको छ ।

राजनैतिक रुपमा यो व्यवस्थालाई मानेर अगाडि बढेको स्वतन्त्र पार्टीलाई प्रश्न गर्नुमा कुनै तुक छैन । उनलाई सर्वसाधारण जस्तो तर्क दिन पनि छुट छैन ।


Last Updated on: December 26th, 2022 at 9:54 am


तपाईको प्रतिक्रिया